ads

Breaking News

सेराजेम टेस्टोमनि र म

प्रारम्भमा अत्तो न पत्तो थियो। त्यस पछि यी कुरा हुन आये।
एक दिन म र स्थानीय केही  पाकाहरु गफ गाफ गरेर बसेको राजमार्गको एका प्रतीक्ष्यालयमा अकस्मात स्वर्गबाट परीहरु अवतरण भएझैँ दुइ  युवतीहरु प्रकट भये र खोल्न थाले कुरा - " वुबा  ,दाइहरु , हामी नवलपरासी हेल्थ केयर सेंटर (प्रा.लि.) कवासोतीबाट आएका हौं।

यहाँ नि:शुल्क सेराजेम थर्मल मसाज दिइन्छ। यसका सञ्चालक श्रीमान नारायण प्रसाद पौडेल ज्यू हुनुहुन्छ। यसको शुभारंभ भदौ ३ गतेदेखि हुँदैछ। बिस्तृत जानकारी यो  पम्पलेट बाट लिनुहोला र निःशुल्क थेरापी लिन अवस्य पाल्नुहोला" भन्दा भन्दै अलप हुँदा भये। उनीहरुले छोडेको पम्पलेट यस्तो थियो -

 पम्पलेट १ 

 पम्पलेट २ 
                                       (यसलाई जूम गरेर पढ्नुहोला )
अपेक्ष्या नगरेको घटना एकाएक घटित भएपछि हामी एकक्षण अलमलमा परयौ। केही समय लगाएर पम्पलेटमा लेखिएको कुरा पढेपछि उपस्थित कसैले सकारात्मक  रुपमा लिए कसैले नकारात्मक। तदुपरांत हामी त्यहाँबाट  अआफ्ना लगमा लाग्न तितरबितर भयौं। म आफ्नै घरतर्फ लागें। बाटामा अघिको परिघटना बारे सोचें ,बिषयवस्तु नौलो लाग्यो। एकपटक बुझेर हेर्न पर्ला भन्ने मन  बनाई उदघाटन मिति भदौ ३ गते पर्खेर बसें।


अंत्यतः भदौ ३ गते आयो। म दिनको मध्यान्ह पछि नवलपरासी हेल्थ केयर सेंटर(प्रा.लि.) मेजर चोक (कालीगण्डकी अस्पतालको नाकै मुनि)पुगें। सेवा उद्घाटन भई सूचारू भई सकेको रहेछ। पहिलो दिन हुनाले सेवग्राहीको चाप कम थियो। मैले थेरापी ल्याबमा प्रवेश लिने बित्तिकै त्यहाँ कार्यरत 'मिसहरुले स्वागत गरेर उदघाटनको लड्डू प्रदान गर्नु भयो। मैले लड्डू भोग गरी सक्ने बित्तिकै एक 'मिसले'मसाज लिने खाट तरफ इंगित गरेर खाटमा सुत्नु भन्नुभयो। मैले खाटमा ओछ्याउने सेतो बस्त्र ओच्छ्याएर सूति सेतै बस्त्र ओडेपछि मेरो आंग भागमा 'नाइन वल्ब' भनिने यन्त्र घुसारियो। त्यसपछि ताप मिलाइयो। नाइन वल्बले ताप र प्रकाश छाडेपछि  मेरो आंग पट्टिको कटिभाग तात्न थाल्यो। प्रत्येक २ मिनटमा १५ पटक १५ विंदूमा(उत्तानु र घोप्टो परी)सारे पछि पहिलो दिनको मसाज सकियो। मसाज लिउञ्जेल मेरो जीउ पसिनाले निथ्रुक्क भिजेको थियो। मलाई असेैहया हुनेगरी पोलेकोपनि थियो। मैले 'आत्थु पोल्यो 'भन्दा सँगै रहनु भएकी 'मिसळे' "जति पोलेपनि सहनु पर्छ ,यसरी दिनहुँ सेकदै गएपछि सुधारका प्रतिक्रिया (शरीरमा भूकंप) देखा पर्छ। परिणाम स्वरुप ज्वरो आउने ,वाकवाकि आउने ,पखाला चलनेपनि हूंन सक्छ। त्यसो भएमा तुरंत यहाँ सूचना दिनुपर्छ। गांठीकुरो यहाँ आउँन टुटाउन हुँदैन"भन्नु भयो।


त्यस दिन म उपचार जगतको नौलो अनुभव लिएर उही गफ्को अखड़ा (प्रतीक्ष्यालय)मा गएँ। प्रतीक्ष्यालायमा उपस्थित सबै पार्षद(साथी)ले आज यती  बखत सम्म कहाँ अनमरिएको थिइस भनेर कौतुहल जनाए। मैले साता अघि  यहीँ हामीलाई दुइ युवतीहरुले निम्तो दिएको कुरो समझाएर प्रतिप्रश्न गरें "तपाईहरु जानू  भएन "?वहाँहरुले मन्टो हल्लाएर गयेनौ भन्नुभयो। बुढ़ा हरुले   थेरापी लिनजाने कुरालाई गंभीर रुपमा लिनु भएको रहेन छ। त्यो कुरालाई बिरसी सक्नु भएको रहेछ। बुढ़ा मध्यका एक रसिकले मलाई  हेरेर भने "जान्छस बजिया ,तँ गएको  भए के छ सबूत देखा "? मैले हत्त न पत्त "न पत्याए मेरो वदन छाम्नूस , अझै सम्मपनि मसाजको ऊष्मा  सेलाएको छैन "भनेर उनको अगाडि  उभिएं । उनले तातो चीसो के छ जान्ने मनसायले हैन मलाई बुरवक बनाउने सुरले मेरो सर्टको फेर टाउको पट्टि उलटयाए। तब उनले मेरो आंगमा नाइन वल्बले लगाएको डाम देखेछन र भने लौ बिताएछ मराले ,यो ता अर्कै धर्ममा लागेछ ,साथी हो !यो डामिएर पो आ छ त। उनले त्यसरी उल्ल्याए पछि अरुले पनि मेरो आंग हेरे। भने "हो त कति धेरै डामहरु तँलाई पोलेन "? मैले "औषधिको तीतो पचाये झैं मसाजको तातो पनि पचाउन पर्दो रहेछ "भने। बुढाहरु सोचमा परे ,म घर फिरें।


घरमा आएपछि कोठामा पसें। लुगा फेरन लाग्दा मैले भुंडीमा राता टीका जस्ता डामहरु देखें जो सिपालू ट्याटूकारले बसाले जस्तै देखिन्थे। यो नाइनवल्बले बसा लेका डाम थिए। यसरी लहरै परेर बसेको डामहरु देखेर  एक क्षण त म डराएं पनि। अघि प्रतीक्ष्यालयका साथीहरूले आंगमा डाम बसेको छ त भनेका थिए। मैले उनीहरुका कुरा जाँच्न आंगमा फर्केर हेर्न सक्ने कुरा थिएन। मैले वास्ता पनि राखेको थिइन त्यतिखेर। मैले केही गहन कुरा नै भएको जस्तो लागेर त्यों डाम आमा लगायत अरुलाई पनि देखाएं। वहाँहरुले "अहिले सम्मपनि डाम मरिसकेको रहेनछ ,सँधै यसो गर्दा रगत सुक्छ होला भो' भोलि देखि न जा "भन्नु भयो। तर मैले मानिन ,वल्कि कमसे कम १० दिने कार्ड फेरेरै हेर्छु भन्ने अठोट गरेर फोटो खिच्ने सुरसार तिर लागें कार्डमा टाँस्न।


टोकन बितरण हुंदै। 

म दोस्रो तेस्रो गर्दै चौथो दिन सवेरेैको सेसन भेट्ने गरी गएँ। लाइनमा बसी टोकन लिएर सेराजेम मसाज ल्यावमा प्रविष्ट भएँ। विधि अनुसार कार्यक्रम संचालन भयो। सर्वप्रथम रिसेप्शनमा हग सहित स्वागत ,कक्ष्या भित्र कार्यक्रम संचालकले कार्यक्रम आरम्भको उद्घोष ,सेराजेम एक्सरसाइज ,राष्ट्रिय गान ,सेराजेम एंथेम ,नवआगंतुक सेवग्राहीहरुको सम्मान ,सेराजेम थर्मल मसाजबारे ब्याख्यान र नारा लगाए पछि मसाज बेड तर्फ सरियो।आजको मसाज गरियो।  एवंरीतले १० दिन बिताये पछि आज मैले अटोमेटिक बेड(मास्टर भी ३ )पाएं। साथै फोटो सहितको नयाँ कार्ड। चलन अनुसार बेडमा सेतो वस्त्र ओछ्याइ सुतेर सेतै वस्त्र ओढेपछि 'मिस'ले मसाजरको स्विच अन गर्नु भयो। मसाजरले मेरुदंडको शीर देखि पुच्छर सम्म आफैँ चहारयो। यो क्रम ३० मिनट सम्म पुनरावृत भइरह्यो। कम्प्याक्ट नाइन वल्ब  मसाजरलाई आफै वा सहयोगीद्वारा १५ पटक १५ विन्दुमा सारनु पर्थ्यो ,मास्टर भी ३ लाई चाहिं एक पटक स्विच अन गरे पछि आफैँ स्वचालित हुने।यसको संगीता सुनने लगायत धेरै थरीका मूढ़हरु पनि हुन्छन्।यसरी दसौं दिनको मसाज लिएर म घर फरकियें। दिन मध्यान्ह हुँदै साँझ अनि रातमा फेरियो। मलाई रातमा घुंडा दुखने(पोल्ने) गर्थ्यो। (यसबाट मुक्ति पाउन मैले योग गरें ,नरम तेल घसें तर यो  निर्मूल भएको थिएन। सेराजेम थर्मल मसाजरले निर्मूल गर्छ भन्ने सुने पछि म सेराजेम थर्मल मसाज केंद्र ,औपचारिक नाम -नवलपरासी हेल्थ केयर सेंटर कवासोती ८ मेजर चौक आएको हूँ )  त्यसैले आजपनी म कहिले घुंडा दुखन थाल्ला भनी ओछायनमा टोह लिँदै थिएँ। तर धेरै बेर सम्म कुर्दापनि आज घुंडा दुखेन। कुर्दा कुर्दा कुनबेर निदाएँ छु पत्तेै भयेन।भोलिपल्ट पनि म  केन्द्रमा गएँ। विधिपूर्वक प्रारम्भिक औपचारिकता पूरा हुन अघि आज मलाई टेस्टमनी दिन बोलाइयो। मैले उपस्थित सेवाग्राहीहरु समक्ष्य माथिका सबै कुरा भनें र दोहोर्याएं -मलाई त सेराजेम मसाजरले चमत्कार नै गरेर देखायो। मसाज लिन थालेको १० दिन भित्रै  मेरो घुंडा दुखन छाढयो। साथै राम्ररी निंद्रा लागने र भोक लागने हून थाल्यो!
म थेरापी लिंदै।


आज शुक्रवार -सेराजेमको नीयमानुसार प्रत्येक शुक्रवार मनोरंजनात्मक कार्यक्रम गरिन्छ। जस्तै - कपल कार्यक्रम ,नाचगान आदि। प्रतिभा हुनेहरुले नाचछन गाउँछन। नजान्नेले ताली बजाएर रौस लिन्छन। मैले चाँही रचना वाचन गर्ने गर्थें।

दशैं विदा अघि यो केन्द्रमा सेराजेम नेपाल प्रमुख तथा अन्य सेंटरहरुका प्रमुखहरुले निरिक्षण भ्रमण गर्नु भयो। त्यस क्रममा सेराजेम नेपाल प्रमुख 'श्रीमान शिन सर्क जू 'ले भन्नु भयो "हाम्रो उद्देश्य संसारलाई रोगमुक्त गर्नु संग छ,त्यों काम सेराजेम मसाजरहरुले गर्छ र म नेपाल रहनुको कारण कसैलाई सेराजेम उत्पादनहरुले हानिनोक्सानी पुरयाए जिम्मा लिनकालागि हो।"
 दायाँ बाट क्रमशः शिन सर्क जू,
नारायण प्रसाद पौडेल र श्री बुडाथोकी।

यसरी नै म दशैं विदा सकिएपछिपनि सेराजेम धाइ रहें। मलाई भोक लाग्ने , निद्रा लाग्ने र शारीरिक मानसिक स्फूर्ति बढेको अनुभव हुंदै थियो। कागतिहारको रात अचानक मेरो घुंडामा पुरानेा  दुखाइ लुसुक्क पस्यो र घुंडा पोल्न थाल्यो। म दुइ खुट्टा उछालेर फालमार्न थाल्छु ,तर आज मैले धेरै बेर यसो गर्न परेन ,छिनभर मैं  पोलाई बिलायो। यसले मलाई के ज्ञान थप्यो भने रोग पूर्णत:निर्मूल नभए सम्म समय समयमा बल्झि रहंदो रहेछ।


ठूलो एकादशी अघिको कुरा हो। त्यस वेलासम्म यस केन्द्रमा अर्को एउटा ऑटोमेटिक भी ३ मसाजर बेड थपिएको थियो। एकदिन मेरो पालो आएपछि म त्यसमा सुतेर घर फर्किए। तर घर पुग्दा न पुग्दै झस्का पसेजस्तो , कोखाहानेजस्तो गर्न थाल्यो र सांझ सम्ममा म  ओल्टन पल्टन  त के सास लिन पनि नसक्ने भएँ। आधारात सम्म डल्लिएर 'अइया अइया'भनिरहेँ। सकी न सकी रात बिताये पछि मुसाले थाहापाउलाकि जसरी सवेरै म राजमार्गइ राजमार्ग सेराजेम कार्यालयमा पुगेँ। कार्यालय बाहिर सेवग्राहीहरु आत्मविश्वासकसाथ कार्यालय खुलने समयको परखाईमा थिए । नियत समयमा टोकन बांडियो। सवै औपचारिकता पूरा गरेपछि थर्मल मसाज सुरु भयो। आज म कम्प्याक्ट नाइन वल्बमा सुतें। कोखाहानन न छाडेपनि मैले अइया अइया भन्दै १५ विन्दु पार गरें। मलाई दुखाइ कम हुंदै गएकोले मैले रिपोर्ट गर्ने विचार त्यागें र छेवैमा रहनु भएकी 'मिस'लाई "हिजोको भी३ वेडले मलाई झस्का पसाएर  बेस्कन दुःखायो "भनें। प्रतिउत्तरमा 'मिस'ले " तपाइँमा सुधारको प्रतिक्रिया देखापरेको हो। चिंता नलिनुहोस दुखाइ घट्दै जान्छ। बरु दिनहुँ आउँन चाहिं नछाड्नुहोला "भन्नुभयो।


नवलपरासी हेल्थ केयर सेंटरमा समय समयमा भेटघाट ,अन्तरक्रिया
मसाजर बुक गर्नुहुनेलाई सम्मान गरिँदै 
,प्रतियोगात्मक कार्यक्रमहरु आयोजन भइरहन्छ। मु.का.बाट दूत पनि पठाइन्छ। नेपाल भरिमा यो सेंटर 'कान्छो'भएकोले (अहिले यो ठाइँलोमा उक्लिएको छ ,यो भन्दा मुन्नयांड अन्तरे र पानी मन्तरे जनमिसकेकाछन )यसलाई थप उत्साहित  तथा ससक्त बनाउन यसो गरिएको हो। आज सराजेम नेपाल मुख्य कार्यालय र नजिकका अन्य सेंटरहरुबाट प्रमुखहरु (उद्धव,दिलीप,उज्जवल,सानू आदि )आउनु भएको छ। सेवग्राहीहरुलेपनि  वहाँ हरुको भब्य स्वागत गर्नुभयो। त्यस अवसरमा आगन्तुकहरुले सेराजेम मसाज के हो ,यो कसरी अस्थित्वमा आयो ,यसको प्रधान कार्यालय  कहाँ छ ,यो ग्लोबल कम्पनिको विश्वभरि कति शाखा छन ,यो किन नि:शुल्क छ ,सेराजेम प्रोडक्टहरुले कहिले र कसरी मानिसलाई निरोगी र सुंदर बनाउँछन ,यो किन नं. १ उत्पादन रहिआएको छ जस्ता कुरा बारे प्रकाश पार्नु हुन्छ। साथै हाम्रो जीवन
मसाजर हस्तांतरण तथा शुभकामना। 
हाम्रो शरीर ,मन तथा समाज स्वस्थ रहेमात्र  सुखमय बन्छ ,शरीर र समाज स्वस्थ रहे कसै प्रति बोझ बनिरहन पर्दैन। प्रेम,दया,करुणा बांडेर रमाइलो संग जीवन बिताउंन सकिन्छ। यो सब कुरा सेरजेमको थर्मल मसाजरले मात्र संभव बनाउँछपनि भन्नु भयो। यस्तै मीठा मीठा कुराहरु सुनेर नै होला सेवग्राहीहरु पुष माघको ठीहीरोमा पनि सवेरै उठेर मसाज लिन आउँछन। हाल यो सेन्टेरमा दैनिक सरदर २५० जनाले सेवा प्राप्त गर्छन।यहाँ कम्प्याक्ट नाइन वल्ब ,सेरटोनिक  सेरेब्रल ,रिफलेक्टर र मास्टर भी ३ गरी २४ बेड छन। ८ जना मिसहरुले  दिनभरि नथाकिकन सेवग्राहीहरुको सेवा गर्नुहुन्छ।



संयोगवश एकदिन म नारायणगढ़को वालकुमारी पथ स्थित सेराजेम केन्द्रमा ऊकळीएं। मैले  न.प.हे.के.सेंटरको आई.डि.देखाएर "म त्यहाँ बाट आएको ,म आज यहीं थर्मल मसाज गरेर जानु परयो "भनेपछि सो सेन्टेरमा ड्यूटीरत 'मिस 'ले प्रेम र आदर पूर्वक भी ३ बेड उपलब्ध गराई दिनु भयो। त्यसै गरी म काम विषेशले काठमांडू जान परयो। सो वेला म सेराजेम वसुंधरा केन्द्रमापनि उक्लिएं। यहाँ पनि मेरो हार्दिकताकसाथ स्वागत भयो। मलाई भी ३ बेड उपलब्ध गराइयो। मैले टेस्टमनी पनि दिएं। म पुन:चितवन गएको बेलामा टांडी ,सौराह चौक स्थित सेराजेम केन्द्रमापनि पसें। भन्नै पर्दैन सम्मान र स्वागत सेराजेम सेंटरहरुको संस्कार नै बनि सकेको छ। यहाँ पनि मेरो भब्य स्वागत भयो। मैले टेस्टोमनि पनि दिएं। मेरो आफ्नै चटारोको कारण यहाँ भने मैले मसाज लिइन। यो केंद्र दुइ बर्ष पुरानेा हो। केन्द्रको वातावरण शांत स्वच्छ र अनुशासित भएको महशुस भयो।



नवलपरासी हेल्थ केयर सेंटर (प्रा.ली.)सेराजेम स्थापना भएको ६ महीना पुगेको छ। अपवाद बाहेक मैलेपनि ६महिनादेखि अटूटरूपमा नी:शुल्क मसाज सेवा लिइरहेको छु। मेरो समग्र शारीरिक मानसिक सामाजिक स्वस्थ सुधार हुँदै आइरहेको छ। सबैलाई थाहा भएको र थाहा हुन पर्ने कुरा सेराजेम मसाजरले विस्तारै पानी सरे झैँ  काम गर्छ। विगत केही दिन देखि मैले सेरटोनिक सिक्का पनि बाँध्दै आएको छु। यसले पनि पुरानो दुखाइ घटाउँदै लगेको महशुस हुनका साथै झ्याप्प झ्याप्प निंद्रा लागने र भर्खरै घटेका कुरा बिरसाउने गरेको जस्तो अनुभव हुँदैछ।यसो भएको मानसिक स्वास्थ्मा सुधारको प्रतिक्रिया देखापरेकोले  होला।
बर्माको किम कावासोतीमा 
अहिले सेराजेम सेंटरहरु बीच 'सर्वोत्कृष्ट सेंटर प्रतियोगिता 'अवधी चालु छ। हिजो मात्र सेराजेम भी ३ मसाजर हस्तांतरण कार्यक्रम संम्पन्न भयो। श्रीमान गैरे परिवारलाई शुभकामना प्रदान गरियो। यस अवसरमा केंद्रलाई नवबधु झैं सिंगारिएको थियो। हालसम्म यहाँ सेराजेम मसाजर बुकिंग गर्नेको संख्या आधा दर्जन पुगिसकेका छन। सुन्नमा आए अनुसार यसको मूल्य पौने ४लाख कायम छ।


सेराजेममा सवै कुरा राम्रा मात्रै पनि नहुन सक्छ। फाटट फुट्ट बाहेक संसार भरबाट यस्को पक्षमा राम्रै प्रतिक्रिया आएका छन। यता नेपाल सरकारले चाहीं यसको गतिबिधिलाई  कसरी हेरि रहेको छ कुन्नि ?सुन्नमा आए अनुसार सबै ठूला नेता र कर्मचारीहरूको घरमा चाहीं यो भित्री सकेको छ अरे।  सरकारले यो औषधिय उपकरणको पहुँच (स्वस्थ चौकीहरु,परोपकारी संघ \संस्थाहरु मार्फत ) सर्वसाधारणसम्म पुरयाई दिए  एउटा ठूलै लोक कल्ल्याण हुनेथियो। अस्थु।   











  

No comments