ads

Breaking News

दुई भावना


भावना-१
विमन्द भो' दरो बतास बोक्न थाल्यो छारो
हुरेल धरेल हिउँदे उत्सव खुसीको पसारो।
     वसंतैले  आंगन लीपपोत  गरेर के भो र ?
     तीनतलेको झ्याल बंद छ कहाँ हान्नु तारो।
मौसम न्यानो ,रन वन ,उद्यान झनै हितकारी
बयान  गरी  साध्य  छैन  वुलवुलेको   धारो।
     एउटा मात्र हातले ताली बजेको कहाँ छ र ?
    जोर  पारेर बजाऊं न लाई अति  परयो गारो।
भित्तेै फोरि घिच्याउन  जाऊं ठाकुर बाघ हैन
बघिनीले   मनमाफिक   तान्दिन    तगारो ।
तीनतलेको.....

 सिमल फूल्यो .. 

भावना-२
पहिलो छिमल सिमल फूल्यो रातै लटरम्म
रवि  वाली  पुष्टि  रैछन  भूइँ  भूइँमा  टम्म।
फागूनैले  बसंतलाई  डाकेर  के  भो'  र ?
प्रभातमा  मुस्कान  छैन दिन मुस्लोले डम्म।
    हाटबजार विनिमय अविर पिचकारी
    आफ्नो चाँही चीरै गुम्यो रंग लथालिंग।
वाइफलेको संगत भन्दा बन पस्नु बेस रे छ
फागू आयो बैगुनिको  छैन  ङिच्च   सम्म।
कृष्णजीलाई राधिकाको संदेश दिने गोपी
कतै  भये  निष्ठुरीको  झिकिदेऊन   दंम्भ।
 ‌:-:-!:-):-(;-):'(O:-):-$:-!:-):-(;-):-):-(:-!

No comments