लेखनाथ जयन्तिमा ऋषि अधिकारी
लेखनाथ जयन्तिको अवसरमा आत्रेय गोत्र समाज , चितवन -१ ले आयोजना गरेको कविता वाचन कार्यक्रममा परमानन्द संस्कृत गुरुकुलम् का छात्र "तनहुँ तारा"श्री ऋषि अधिकारी द्वारा वाचित कविता!
शीर्षक-लेखनाथ पौड्याल छन्द-भुजङ्गप्रयात अलंकार-अन्त्यनुप्रास१
उनी काव्य संसारमा चम्किएका
र साहित्य सम्मानमा लम्किएका।
दिए ज्ञान साहित्यिका हुन सहारा
उनी हुन संधै टल्किएका सितारा।।
ऋषि अधिकारी |
लिइँ हातमा पुस्तिका लेखनी ती।परिस्कारवादी बनाएर नीति ।।
रच्यौ काव्य तिम्ले सुधाझैं हजार।
तिमीमा थियो ज्ञान को त्यो बजार।।
३
सुधा काव्य ति देवताले पिएरे ।
तिमी नै सबै प्रार्थना गर्दथे रे।।
तिमीमा थियो मात्र शान्त स्वभाव।
कतै छैन शाहित्यमा क्यै अभाव।।
४
थियो लेखनी जादुको कारखाना
बने काव्य तिम्रा सबैका खजाना।
कवि श्रेष्ठ छौ देवताका स्वरुप
थियो ज्ञान सद्भावले पूर्ण रुप।।
५
म लेखुं कसोरी तिमी लेखनाथ
तिमी मुक्ति हौ या स्वयम् मुक्तिनाथ।
तिमीमा सबै ज्ञानको पूर्णता र
तिमी काव्य संसारका हौ जुहारी।।
६
छुटे अश्रु धारा भए स्तब्ध सारा
गए छाडि यो जिन्दगीका सहारा।
अरे निष्ठुरी छन् दया हिन नाथ
लगे साथ हाम्रा हिरा लेखनाथ।।
** समाप्त**
**
केही सान्दर्भिक तस्वीर हरु!
पिएस गुरु कुलम् का छात्रहरू १ |
३
४
५
।।समाप्त।।
No comments