ads

Breaking News

गाउँ गाउँमा शिंहदरबार, घरआँगनमा पुतली बगैंचा!

१.तस्वीर हरु।
१ देवघाट गाउँ पालिकामा कृषि मेला।
हरिहर मन्दिरमा राजनीतिक बैठक।१

  
हरिहर मन्दिर वरपर बाटो सुधार हुंदै।१

देवघाट धामको एक बृद्धाश्रममा..
वसन्तको झलक।
रुपलालको सम्झना।१

कावासोती १६,डण्डामा खेल रंगशाला निमार्ण हुंदै।
सातघरे मिल वरपर बाटो पिच हुंदै।१

बोरिङ गाडिंदै!

मिलघर।

योजना।
योजनालाई भांजो हाल्दै छ कोरोना भाइरस!हे!पापि तं भुतुक्कै भैजा!
कोरोना भाइरस। अरु फोटोहरु पनि हेर्नमन लागे तलको लिंकमा क्लिक गर्नुहोस्।
Thanks to CDC for making this photo available freely on @unsplash 🎁 https://unsplash.com/photos/k0KRNtqcjfw
शहिद पोष्टबहादुर बोगटी को शालिक , अक्करे।

अक्करे बजारको शीर!

स्थानीय मन्दिर!
भुकम्प प्रभावित क्षेत्र (डांडाथोक)को एकघर(रामुअधिकारीको) पुनर्निर्माण पछि!
मेरै जन्म स्थान!
२.भिडियोहरु।

१.गाउंघर जसरी फेरिंदै छ, परिवारहरूको भैपरि तथा सांस्कृतिक कार्यक्रममा पनि विविधता आउनाले दृश्य अनौठो लाग्छ।
१.


२.


कतैकतै राजनीतिक बैठक पनि बस्दैछ!


बर्षा हुँदै..
वसन्त बोलाउंदै छन चराचुरुङ्गीहरु।
यो पनि हेर्नुहोस्!




प्रधानमन्त्रीको क्रियाशीलता र स्वास्थ्य-संवेदनशीलता







कोरोना भाइरस (कोभिड–१९) का कारण पूरै विश्व असामान्य परिस्थितिमा छ । यो विश्वव्यापी संकटसित जुध्न हरेक मुलुक खरो रूपमा उत्रनुपर्ने अवस्था छ । यही समय हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य छैन ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालबाट गत शुक्रबार घर फर्किएका उनको सक्रियता र भेटघाट भने असामान्य छ । भर्खरै ठूलो शल्यक्रिया गरेर अस्पतालबाट फर्किएको एउटा बिरामीका रूपमा ओलीको यस्तो क्रियाशीलता अस्वाभाविक देखिन्छ ।


सर्वप्रथम त, प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’ भएको दिन जसरी निवास फर्किए, त्यो नै निकै असामान्य थियो । उनी ठूलो शल्यक्रिया गरेर घर फर्किने आम बिरामीजस्तो ‘ह्विलचेयर’मा थिएनन् ।


चिकित्सकहरूले डोर्‍याएरै उनलाई गाडीसम्म ल्याएका थिए । त्यस क्रममा कतिसम्म लापरबाही भएको देखिन्थ्यो भने संक्रमणको उच्च जोखिममा रहेका ओली ठूलो भीडबाट घेरिएका थिए र अनुहारमा मास्कसमेत लगाएका थिएनन् । उता, उनलाई डोर्‍याउने चिकित्सक टोली र सँगैको भीडमा पनि मास्क नलगाउनेहरू उत्तिकै थिए । अरू बेला त जटिल शल्यक्रियाबाट गुज्रिएको बिरामीलाई संक्रमण हुने जोखिम बढी हुन्छ, झन् अहिले त नयाँ विषाणुको त्रास सर्वत्र भएका बेला प्रधानमन्त्री र उनको सहयोगी टोलीको त्यो हेलचेक्र्याइँ आफैंमा अशोभनीय देखिन्थ्यो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको र उनको शारीरिक अवस्था सामान्य रहेको सकारात्मक सन्देश दिन यस्तो शैली अपनाइएको हुन सक्छ, तर यसले मुलुकका कार्यकारी प्रमुखको स्वास्थ्यप्रति आवश्यक संवेदनशीलता दर्शाउन नसकिएजस्तो देखियो ।


दोस्रो, प्रधानमन्त्री ओलीले निवास फर्केको भोलिपल्टैबाट भेटघाट थालेका छन् । शनिबार पहिले आफ्नो सचिवालयका कर्मचारीलाई भेटेका उनले त्यसपछि आफ्नो पार्टीका केही शीर्ष नेताहरूसँग अनौपचारिक बैठक गरे । चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपण गरेका बिरामीले कम्तीमा तीन महिनासम्म अरू मानिसलाई भेटघाट नगर्नु उत्तम हुन्छ । अनावश्यक हिँडडुल र भेटघाटले संक्रमणको जोखिम बढाउने डर हुन्छ । त्यसमाथि प्रधानमन्त्रीको यो प्रत्यारोपण दोस्रो हो, उमेर र अरू स्वास्थ्य समस्याका कारण पनि उनमा संक्रमणको जोखिम स्वाभाविक रूपमा बढी छ । यो संवेदनशीलतालाई प्रधानमन्त्री स्वयं, उनको परिवार तथा आफन्त र सल्लाहकार टोलीले विशेष ख्याल गर्नुपर्छ ।


तेस्रो, प्रधानमन्त्री ओली आइतबार सार्क राष्ट्रका सरकार, राष्ट्रप्रमुख र प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा दुई घण्टा सिंहदरबारमा बसे । केही गलेको अनुहारमा देखिएका उनले उक्त अवधिमा झन्डै पाँच मिनेट लिखित मन्तव्य राखे । मन्तव्यपछिको छलफलमा पनि झन्डै १० मिनेट बोले । यति ठूलो शल्यक्रिया गरेको एघारौं दिनमै यति लामो कन्फरेन्समा स्क्रिनसामु बस्नु अस्वाभाविक मात्र होइन अनावश्यक पनि थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको उक्त भिडियो कन्फरेन्स आफ्नो ठाउँमा महत्त्वपूर्ण थियो, त्यसमा नेपालले सक्रिय रूपमा भाग लिनु पनि पर्थ्यो । तर, प्रधानमन्त्रीकै अनिवार्य सहभागिता जरुरी थिएन । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री वा अन्य कसैलाई प्रतिनिधिका रूपमा सहभागी गराउँदा कसैले अन्यथा मान्ने थिएन । त्यहाँ परराष्ट्रमन्त्री वा स्वास्थ्यमन्त्रीलाई मुलुकको तर्फबाट प्रतिनिधित्व गराउँदा पनि अनर्थ हुँदैनथ्यो । आखिर, प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे सार्क मुलुकका सरकार प्रमुखहरू अनभिज्ञ थिएनन् । यस्तो अवस्थामा उनको अनुपस्थितिलाई लिएर कसैले औंला ठड्याउँदैनथे । बरु ओली त्यहाँ सहभागी भएकामा देशभित्रै सामाजिक सञ्जालमा प्रश्न उठेका छन् । उक्त भिडियो कन्फरेन्समा पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीको साटो स्वास्थ्य राज्यमन्त्री सहभागी भएको दृष्टान्तले पनि यस्तो प्रतिक्रिया जन्माएको हुन सक्छ ।


चिकित्सकीय मापदण्डहरू पूरा गरेर र निजी चिकित्सकहरूको परामर्श लिएरै प्रधानमन्त्री ओली कन्फरेन्समा सहभागी भएको भन्ने सरकारी बयानबाजी कुनै हिसाबबाट जायज देखिन्न । प्रधानमन्त्रीको आत्मबल प्रशंसनीय छ तर त्यसलाई आत्मघाती हुने बाटोतर्फ अघि बढ्न दिनु हुँदैन । यस्तो अवस्थामा प्रधानमन्त्री ओली एउटा बिरामीका रूपमा पालना गर्नुपर्ने चिकित्सकीय नियमहरूको परिधिभित्रै रहनुपर्छ । रोग र स्वास्थ्यले कहिल्यै प्रधानमन्त्री भन्दैन । तसर्थ, संक्रमण हुन सक्ने अनावश्यक जोखिम मोल्ने काम उनले गर्नु हुँदैन । र, चिकित्सकहरू पनि प्रधानमन्त्रीको मनोभवनाअनुसार भन्दा पनि चिकित्सा विज्ञानको मान्यताअनुसार चल्नुपर्छ । चिकित्सकहरू यस्तो तथ्यबारे जानकार नभएका होइनन्, तर कहिलेकाहीँ ‘प्रधानमन्त्रीले चाहना देखाइहाल्नुभयो, मान्दिऊँ न केही नहोला’ भन्ने जस्तो मानवीय कमजोरी उनीहरूमा देखिनुहुँदैन ।


प्रधानमन्त्री ओलीलाई संक्रमण हुन नदिन बालुवाटार निवास र उनी आवतजावत गर्ने जुनसुकै स्थानमा विशेष सावधानी अपनाइनुपर्छ । यो सबै कुरामा जोड दिन किन परेको हो भने अहिले ओली एक सामान्य नागरिकमात्र होइनन्, देशका कार्यकारी प्रमुख हुन् । उनको स्वास्थ्य स्थिति पूरै देशसँग जोडिएको छ । सकारात्मक सोचका धनी प्रधानमन्त्रीसित ‘म सकिहाल्छु नि’ भन्ने भावना हुन सक्छ, तर उनको आनीबानी कुनै हठबाट निर्देशित हुनु हुँदैन । सुझबुझपूर्ण र देशप्रतिको जिम्मेवारीबोधबाट उनी सञ्चालित हुनुपर्छ ।
प्रकाशित : चैत्र ४, २०७६ ०८:३०

आकासमा सलह उड्दै छन्!

झपक्क आंप फुलेसरि समृद्ध नेपाल सुखि नेपाली नारापनि फुलोस्!
समाप्त!

No comments