ads

Breaking News

बृहत अामनिर्वाचन-२०७४ (Comprehensive General Election-2017)

                                                                                ।।श्री।। 
 शीर्षक बृहत अामनिर्वाचन २०७४ नै किन ?
           यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभाको निवार्चन दुइचरणमा एकैदिन ३मतपत्रमा ४ स्थानमा मत संकेतगरि पूराहुंदै छ ।यसले भावी राष्टपतिकोलागि निर्वाचक मण्डल समेत दिने छ । सम्भवतःयस्तो इतिहासमै पहिलो पटकमा सीमित रहने छ । यहां भाव नेपालको सम्विधान २०७२ विफल भएर फेरि चुनाव नै हुने छैन भन्न खोजिएको हैन ,अाउने अरु निर्वाचन अधिपछि गरेर हुन्छ भन्ने देखाउन खोजिएको हो । त्यसैले शीर्षक बृहत अामनिर्वाचन २०७४ दिइएको हो ।


अवलोकन
          सरसरर्ति यस पटकको अाजसम्मको गतिविधिहेर्दा निर्वाचन वातावरणीय सन्तुलन सकारात्मक दिशातिर नै फलित छ ।निर्वाचनमा विगतका कमिकमजोरि सच्याउंदैजाने वाचा गरेपनि लोभपापका रोग कतैन कतैबाट छिरेको गन्ध फैलिनबाट रोकिन सकेको छैन ।प्रजातान्त्रिक संसारमा  निर्वाचन मैदान जहांपनि र जहिलेपनि कमोवेश संस्थापन पक्षतिर नै मोहित हुने गरेको हुन्छ । सवै जसो ठाउंका प्रतिपक्षिहरुलेपनि त्यसलार्इ सहज चुनाैतिको रुपमा सकारेर अधिबड्ने गरेका उदाहरणपनि देख्न पाइन्छ । यहांपनि अाज दोस्रो चरणको मतदानकोलागि हप्तादिन बांकी रहंदासम्म झगडै झिक्नपर्ने त्यस्तो केहि धटना देख्न पाइएको छैन । यस्तो दलहरु पाका ,ब्यबहारिक र जिम्मेवार बनेर नै हो भन्न सकिन्छ । यद्दपि कतैकतै निर्वाचन अाचार संहिता नाघेकोकुरापनि सुन्नमा अाए । यदि त्यसो हो भने भोलिका दिनमा यसो विल्कुलै हुनुहुंदैन ।अहिले सम्म  निर्वाचन अयोगले अाफू तिर अाैंला उठ्न(गाडि 👆?)दिएको छैन । भइंतह देखि प्रबुद्धजगतसम्मका अभिब्यक्ति ,गतिविधिहरुपनि सकारात्मक नै छन ।प्रथमचरणको निर्वाचनमा मतदाताले अाफ्नो सहभागिता घटाए भन्ने छ ।नि.अायोगअनुसार ६५ प्रतिशत मत खसेको पुष्टि हुन्छ ।
 निर्वाचन सहभागिता प्रतिशत घट्नजानुलार्इ  विशेषज्ञहरुले लगातारको निर्वाचन सहभागिता थकानको संज्ञा दिएकाछन । अर्को कारण दल र उम्मेदवारहरु प्रायजसो पुरानो अनुहारमै र नीति तथा कार्यक्रमपनि प्राचीन ताम्रपत्र वा शिलापत्रहरुको रुपमा अाएकोले मतदाताले उदास भएर मतदानस्थल नगएका हुन भनिन्छ । अर्को कुरा निर्वाचन अभियान  शानदार सफलतातिर बढिरहंदा धटेधटाएका खेदपूर्ण धटनाका पछि को थिए र  उद्धेश्य के थियो भन्नेबारे भने त्यति सोधखोज भएको पाइएन ।  यस्ता कर्तुतहरु दोस्रोचरणमा पस्नबाट रोक्न पर्छ । यसपालि अलिक सशंकितहुन पर्नेकुरा अन्तरर्राष्ट्रिय वा व्दिपक्षीय क्षेत्रबाट निर्वाचन पर्यवेक्षणको कुरो लिएर कोहि अाएको सुनिएन ।मैलेमात्र नसुनेको भए क्षमाप्रार्थि छु ।
भोलिको  विहङ्गम झलक
             वृहत अामनिर्वाचन २०७४ सम्पन्न भएपछि देशले संघीय लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलार्इ गुरु अादर्श मानेर नेपालको सम्विधान २०७२लार्इ शीरोधार्यगरि अग्रगमन लिने छ। सम्वैधानिक राष्ट्रपति,कार्यकारी प्रधानमन्त्री र मन्त्रीपरिषद,प्रदेशप्रमुख तथा मुख्यमन्त्री र मन्त्रीहरु , अधिकार सम्पन्न स्थानीय निकाय पदाधिकारीहरुले अाअाफ्नो अधिकार क्षेत्रभित्ररहि देशको साशन सञ्चालन गर्ने छन । उनीहरुलार्इ अागत निर्गत पृष्ठपोषण चक्रले गतिशील र नेपालको सम्विधान २०७४ले मार्गनिर्देशीत गर्ने छ । युगाैंदेखि सुतिरहेको समाज परिचालीत र राजनीतिक सहभागिता टुकुटुकुबाट बित्तातोडसंग अघिबड्ने अाशामात्र हैन प्रजातान्त्रिक संस्कृतिको जगपनि बलियो हुंदै जाने अाशापनि गर्न सकिन्छ ।
तात्कालिक अावश्यकता

            देशवासी,सरकार,प्रसाशनयन्त्र, दलहरु,भातृसंगठन,सञ्चारकर्मी ,विद्ध्यार्थी उद्द्योग ब्यवशायी तथा प्रबुद्दवर्गहरुले अाजभोलिका दिनका संवेदनशीलता हृदयङ्गमगरि भड्काउपूर्ण गतिविधिलार्इ उम्रिन नदिइ वृहत अामनिर्वाचन २०७४लार्इ सफलतामा पुरयाउन अाअाफ्ना ठाउंबाट सक्दो योगदान दिनु नै अाजको अावश्यकता हो ।
वृहत अामनिर्वाचन २०७४ःकेही सुखद् केही दुःखद् संयोग 

  • प्राकृतिकरुपले यसअवधिमा झरिबादल,हिमपात,सीतलहरहरुबाट पीडित हुन परेन ।
  • निर्वाचन प्रतिस्पर्धा संगठित दुइधारको दाैडमा अनुसाशनपूर्वक अघिबडिरहे छ ।यस्तो यसअघि भएको थिएन ।
  • दुइधार मध्य वामगठबन्धनको रणमैदानी हुंकार ढाल्न नसक्ने सरकार र तिव्रविकास छ भने प्रजातान्त्रिक गठवन्धनको हुंकार वामपक्षको  विजयभयो भने अधिनायकवाद लाद्छ,रुन पाइंदैन भन्ने छ ।
  • तीन तहले पूर्णता पाएको रोमाञ्चक दृश्य हेर्न ब्यग्र जनताजनार्दन तथा प्रवुद्धवर्गहरु अाअाफ्नो ठाउंबाट गच्छेअनुसार ठांट (पोशाक श्रृङ्गार) बडाउंदै छन ।
  • पहिले पहिले दल तथा उम्मेद्वारहरु छरिएर घरदैलाेमा अाउंदा गाउंघर नै जात्रास्थलजस्तो देखिन्थ्यो भने यसपालि दुइधारयुक्त भएर अायो ,वारम्वारता भने पातलो देखियो ।
  • यद्ध्यपि मैले अझसम्म कसैकोपनि घोषणापत्र पढ्न पाएको छैन,तर सृन्नमा अाएअनुसार सवैका नीति तथा कार्यक्रम  विगतकै सुधारीएका रुपमा छन ।
  • यसपालि निर्वाचन दाैडमा रहेका वामगठवन्धनका प्रमुख एक हस्ति पुष्प कमल दाहालले पुत्रशशोक ब्यहोर्न परयो।
  • कर्तब्य,भवितव्य र साधारण दुर्घटनाका झिनामसिना घटना बाहेक ठूला क्षति ब्यहोहोर्न परेन ।
                                                                   समाप्त
                                             👪 
                                            




                                   

No comments