बृहत अामनिर्वाचन-२०७४ (Comprehensive General Election-2017)
।।श्री।।
शीर्षक बृहत अामनिर्वाचन २०७४ नै किन ?
शीर्षक बृहत अामनिर्वाचन २०७४ नै किन ?
यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभाको निवार्चन दुइचरणमा एकैदिन ३मतपत्रमा ४ स्थानमा मत संकेतगरि पूराहुंदै छ ।यसले भावी राष्टपतिकोलागि निर्वाचक मण्डल समेत दिने छ । सम्भवतःयस्तो इतिहासमै पहिलो पटकमा सीमित रहने छ । यहां भाव नेपालको सम्विधान २०७२ विफल भएर फेरि चुनाव नै हुने छैन भन्न खोजिएको हैन ,अाउने अरु निर्वाचन अधिपछि गरेर हुन्छ भन्ने देखाउन खोजिएको हो । त्यसैले शीर्षक बृहत अामनिर्वाचन २०७४ दिइएको हो ।
अवलोकन
अवलोकन
भोलिको विहङ्गम झलक
वृहत अामनिर्वाचन २०७४ सम्पन्न भएपछि देशले संघीय लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलार्इ गुरु अादर्श मानेर नेपालको सम्विधान २०७२लार्इ शीरोधार्यगरि अग्रगमन लिने छ। सम्वैधानिक राष्ट्रपति,कार्यकारी प्रधानमन्त्री र मन्त्रीपरिषद,प्रदेशप्रमुख तथा मुख्यमन्त्री र मन्त्रीहरु , अधिकार सम्पन्न स्थानीय निकाय पदाधिकारीहरुले अाअाफ्नो अधिकार क्षेत्रभित्ररहि देशको साशन सञ्चालन गर्ने छन । उनीहरुलार्इ अागत निर्गत पृष्ठपोषण चक्रले गतिशील र नेपालको सम्विधान २०७४ले मार्गनिर्देशीत गर्ने छ । युगाैंदेखि सुतिरहेको समाज परिचालीत र राजनीतिक सहभागिता टुकुटुकुबाट बित्तातोडसंग अघिबड्ने अाशामात्र हैन प्रजातान्त्रिक संस्कृतिको जगपनि बलियो हुंदै जाने अाशापनि गर्न सकिन्छ ।
तात्कालिक अावश्यकता
वृहत अामनिर्वाचन २०७४ःकेही सुखद् केही दुःखद् संयोग
- प्राकृतिकरुपले यसअवधिमा झरिबादल,हिमपात,सीतलहरहरुबाट पीडित हुन परेन ।
- निर्वाचन प्रतिस्पर्धा संगठित दुइधारको दाैडमा अनुसाशनपूर्वक अघिबडिरहे छ ।यस्तो यसअघि भएको थिएन ।
- दुइधार मध्य वामगठबन्धनको रणमैदानी हुंकार ढाल्न नसक्ने सरकार र तिव्रविकास छ भने प्रजातान्त्रिक गठवन्धनको हुंकार वामपक्षको विजयभयो भने अधिनायकवाद लाद्छ,रुन पाइंदैन भन्ने छ ।
- तीन तहले पूर्णता पाएको रोमाञ्चक दृश्य हेर्न ब्यग्र जनताजनार्दन तथा प्रवुद्धवर्गहरु अाअाफ्नो ठाउंबाट गच्छेअनुसार ठांट (पोशाक श्रृङ्गार) बडाउंदै छन ।
- पहिले पहिले दल तथा उम्मेद्वारहरु छरिएर घरदैलाेमा अाउंदा गाउंघर नै जात्रास्थलजस्तो देखिन्थ्यो भने यसपालि दुइधारयुक्त भएर अायो ,वारम्वारता भने पातलो देखियो ।
- यद्ध्यपि मैले अझसम्म कसैकोपनि घोषणापत्र पढ्न पाएको छैन,तर सृन्नमा अाएअनुसार सवैका नीति तथा कार्यक्रम विगतकै सुधारीएका रुपमा छन ।
- यसपालि निर्वाचन दाैडमा रहेका वामगठवन्धनका प्रमुख एक हस्ति पुष्प कमल दाहालले पुत्रशशोक ब्यहोर्न परयो।
- कर्तब्य,भवितव्य र साधारण दुर्घटनाका झिनामसिना घटना बाहेक ठूला क्षति ब्यहोहोर्न परेन ।
👪
No comments