ads

Breaking News

बिटक्वाइन(BITCOIN)

                                                                      ।।श्री।।
बिटक्वाइन परिचय
बिटक्वाइन
लोगो
             केन्दिकृत माैद्रिक प्रणालिमा सरकारहरुले अाफ्ना केन्द्रिय बैंक  (जस्तोः हाम्रो सन्दर्भमा  नेपाल राष्ट्र बैंक)  मार्फत सिक्का,नोट(फिएट)भनिने एकाइ मुद्रण गरेर वितरण एवं नियन्त्रण गर्छन । बिटक्वाइनचाहीं विकेन्द्रित कृप्टो करेन्सि(लुकेको मुद्रा) हो ,जसलार्इ इ.सं.२००९मा सतोशि नाकामोतोले अाविष्कार गरेका हुन । बिटक्वाइनलार्इ विना रोकटोक र सीमा संसारमा जहां बसेको मानिस समक्षपनि पुरयाउन सकिन्छ ।नोट ,सिक्कालार्इचाहिं यसोगर्न सरकार र बैंकहरुले सीमा र नियन्त्रण लगाउंछन । बिटव्काइन केहि समय यतादेखि अत्यधिक लोकप्रिय  डिजिटल मुद्रा भएको छ । यसका दशाैं हजार प्रोगामर र ब्यवशायीहरुले विश्भरिबाट नया सेवा र एप्पसहरु निर्माण गरिरहेकाछन । यो अन्य(फिएट)मुद्राहरुभन्दा तुलनात्मकरुपमा सुरक्षीत छ,यसको तेस्रो पार्टि हुंदैन,यो deflationary छ र यसको स्रोत खुला छ ।
बिटक्वाइन  प्रकृति
          रुपियांपैसालार्इ थैलि वा मनिब्यागमा राखे झैं  बिटक्वाइनलार्इ सार्वजनिक खाता जसलार्इ ब्लकचेन भनिन्छमा भण्डारण गरिन्छ । बिटक्वाइन किन्न सटहि वा एटिएम प्रयोग गरिन्छ ।थपकुरो बिटक्वाइन  नियमित रुपिंयापैसा(फिएट)जसरि छापिंदैन । यसलार्इ कम्प्युटरहरुको विश्वब्यापि सञ्जालव्दारा अाविष्कृत वा उत्खनित गरिन्छ ।एकाइ बिटक्वाइन बिश्वब्यापी भुक्तानी मुद्राकोरुपमा स्थापित भएको छ ।यो सम्भवतःसामान्य मानिसहरुमा भन्दा ब्यापार तथा मूल्य अनुमानगर्नेहरुमाझ अझ निरन्तर लोकप्रिय बन्दै जाने छ । यसको मूल्य माग ,अापुर्ति रअनुमानकर्ताहरुको Whims अनुसार अचानक र तिव्र गतिमा तलमाथि हुने गर्छ ।
बिटक्वाइन प्रसार
               बिटक्वाइनको वितरण २१मिलियन सिक्कामा सीमित छ जुन यसको मूल्य धारण(बस्नु)को कारण हो ।उदाहरणकोरुपमा गत २०११ मा एक बिटक्वाइन सिक्काको मूल्य एक यु.एस.डलरभन्दा तल थियो भने २०१७को अन्त्यतिर १०हजारडलरभन्दा माथि पुगेको छ ।भविष्यमा बिटक्वाइन अझ लोकप्रिय बन्दैगए यसको मूल्य एकलाख डलर पुग्ने छ  । बिटक्वाइन वा कुनैपनि प्रकारका मुद्रालार्इ स्थिरता,विश्वास र अनुकुलता अावश्यक पर्छन ।बिटक्वाइनको सवालमा यसको बड्दाे प्रयोगकर्ता,ब्यापारीहरु र स्थापना भएका कम्पनिहरु हेरेर यसको अाधार नाप्न सकिन्छ ।अन्य रुपियांपैसाहरु जस्तै बिटक्वाइनको मूल्य प्रतक्ष्यरुपमा मान्छेहरुकै सटहि वा भुक्तानिबाट प्राप्तगर्ने इच्छामा अडेको छ ।
बिटक्वाइन वालेट(ब्लकचेन)



          बिटक्वाइन वालेटले  बिटक्वाइन भण्डारण गर्दैन , बरु बिटक्वाइन चलनगर्न गोपनियता र सार्वजनिक सांचो राख्छ ,जुन ब्लकचेन खातामा भण्डारण हुन्छ । बिटक्वाइन वालेटका प्रमुख प्रकारहरुःसफ्टवेयर वालेटᐨ यसले नेटवर्क जोड्छ र तपार्इंलार्इ बिटक्वाइन खर्चगर्न अनुमति दिन्छ ।यसका अतिरिक्त स्वामित्व प्रमाणन र पासवर्ड कि पनि राख्छ ।यिनिहरु डेस्कटप वा मोवाइल एप्पसरुमा डाउनलोड गर्न सकिन्छ ।अनलाइन वालेटᐨ उस्तै काम गर्छ,अझ सजिलोपनि हुन्छ ।फिजिकल वालेटᐨ यसले पासवर्डलार्इ अफलार्इनमा राख्छ ।यदि तपर्इंसंग धेरै बिटक्वाइन छन भने बिभिन्न प्रकारका वालेटमा भाग लगाएर राख्नु सुरक्षीत हुन्छ ।
बिटक्वाइन कारोवार(लेनदेन)
               बिटक्वाइन कारोवार भनेको बिटक्वाइन नेटवर्कमा मान(भ्यालु)को स्थानान्तरण हो ।जो गुप्त (कोडमा) वा लुकेको हुंदैन । यसलार्इ ब्लकचेन ब्राउजरमा जोसुकैले हेर्न सक्छ । कारोवारलार्इ बिटक्वाइननेटवर्कमा माइनरहरुले प्रमाणित गर्नु अावश्यक हुन्छ । उनीहरुलार्इ यो काम गरेवापत बिटक्वाइनले पुरस्कृत गरिन्छ । यो प्रणालि जहिलेपनि र जाहांपनि लागुहुन्छ ।ब्लकचेन  विकेन्द्रित र वितरित डाटाप्रणालि हो ।प्रतेक बिटक्वाइनको ब्यक्तिगत स्वामित्व उपलब्ध गराउन प्रत्येक बिटक्वाइन नेटवर्कले अाफूसंग ब्ल कचेनको प्रतिलिपि भण्डारण गरेका हुन्छन ।
बिटक्वाइन खरिद
              बिटक्वाइनलार्इ अरु मुद्रा जस्तैगरि किनबेच गर्न सकिन्छ । यसलार्इ साटेर , क्रेडिटकार्ड प्रयोगगरेर , पेपलव्दारा र अन्ययस्तै साधन प्रयोग गरेर प्राप्त गर्न सकिन्छ  । यसलार्इ नगद जसैगरी अरुकुनै साथि वा मान्छेसंग मुद्रामा प्रतक्ष्य साट्नपनि सकिन्छ ।
बिटक्वाइन देश वा बिटक्वाइनमा बस्तु तथा सेवा खरिदबिक्रिेहुने ठाउं                             
            अहिले संसारमा  एकलाखभन्दाबढि दोकान(पसल)ले भुक्तानिमा बिटक्वाइन सकार्छन।यो थाहापाउन सर्च इञ्जिन,क्वाइनम्याप(यहां काठमाण्डाैंमापनि दुइठाउं देखाउंछ)  र समर्पित बजारस्थल खोज्न सकिन्छ ।बिटक्वाइनलार्इ कुनैपनि नियमित पसल वा(परंपरागत पसल) भण्डारले क्रेडिटकार्ड स्विकारे झैं बिटक्वाइन डेविटकार्ड प्रयोगगरेर भुक्तानिलिनेदिने धेरै विकल्पहरु छन ।सुरक्षीत सटहि गर्न अघि केहि अाधारभूत जांच गर्नुपर्छ ,जस्तैःत्यो साइटको SSL Encryption.विटक्वाइन लेनदेन (खर्च)सावधानीपूर्वक गर्नुपर्छ ।
बिटक्वाइन माइनिङ
माइनिङ भनेको थप्ने र ब्लकचेनमा कारोवारको रेकर्ड निश्चित गर्ने प्रकृया हो । यो प्रकृया कसरि नया बिटक्वाइन श्रृजना गर्ने(कमाउने)भन्नेपनि हो। माइनिङ भनेको श्रोत संवेदनशिल प्रकृया जो विशेष  कम्प्युटरव्दारा विशाल डाटा केन्द्रहरुमा सम्पन्न गरिन्छ ।
 बिटक्वाइनबारे महत्वपूर्ण कुराहरु

                                      (सावधानःयो साइट संकाको घेरामा छ)
                बिटक्वाइन सटहि गर्न र अाफ्नो अावश्यकता अनुरुपको कक्षा ठेगाना(कि हरु) पत्ता लगाउनेकुरा कति महत्वपूर्ण छ भन्ने जान्नु अावश्यक छ । त्यसपछि पहिले अाइ.डि.प्रमाणीकरण हुन केहिसमय(दिन) लाग्छ तर पछिपछि किनवेच सट्टापट्टा गर्न थालेपछि चांडोचांडो काम हुन्छ ।सटहिगर्नुभन्दा पहिले केहि सुरक्षा जांच गर्नुपर्छ ।जस्तैःसाइटको एस.एस.एल.छकि छैन,पासवर्ड मिल्छमिल्दैन,two-facter auothentication र गुगलसर्च गर्दा त्याे ठांउ अाउंछ अाउंदैन हेर्नपर्छ ।
बिटक्वाकइन सम्वन्धि केहि युक्तिहरु(BTC TIPS)
                    बिटक्वाइन कसरि प्राप्तगर्ने र चलनगर्नेभन्नेबारे जान्न चाहनुहुन्छभने यहां केहि उपयोगी युक्तिहरु छन ।
  • अलिकति बिटक्वाइन किन्न बिटक्वाइन डट कम वालेट डाउनलोड गर्नुहोस।
  • जानिराख्नुहोस,सिंगै बिटक्वाइन किन्नैपर्छ भन्ने छैन ।बिटक्वाइन बिभाज्य छ ,जति थोरै वा धेरै मनलाग्छ त्यति किन्न सक्नुहुन्छ ।बिटक्वाइन सटहि(Exchange)वा ब्रोकरेज (Brokerage)सेवा प्रयोग गरेर ब्यांक ट्रान्सफर वा पेपलव्दरा अनलाइन मार्फत किन्नुहोस ।
  • चांडै नै बिटक्वाइन किन्न क्रेडिटकार्ड मार्फत अनलाइनमा Buy.Bitcoin.comविकल्प छान्नुहोस । अन्यअरु बिटक्वाइन संग्रहकर्ताहरुबाट प्रतक्ष्य र स्थानीयस्तरमा बिटक्वाइन प्राप्तगर्न अनलाइन बजारस्थलहरु,जस्तैःLocalbitcoins मार्फत प्राप्तगर्नुहोस ।
  • बिटक्वाइनको ATMs विश्वभरि नै पाइन्छ । यसको काम  नियमित ब्यांकहरुको एटिएमस् संग दुरुस्तै मिल्छ ।
  • तपार्इंहरुपनि अाफ्नो काराेवार(किनवेच)को भुक्तानिमा बिटक्वाइन स्विकारगर्न थालिहाल्नुहोस । Brick-and-mortar stores and online shops can use a bitcoin payments processor, such as Bitpay, to easily integrate bitcoin into point-of-sale flows.
  • तपार्इंको वसोवास नजिक कतिले भुक्तानिमा  बिटक्वाइन स्विकार्छन भन्नेजान्न क्वाइन म्याप वा बिटक्वाइन डट कमको बिटक्वाइन सेवा निर्देशिका हेर्नुहोस ।
     
  • बिटक्वाइन गेम्स रिफरल प्रोग्राममा सम्मिलित भएर बिटक्वाइन डट कम रिफर गरेर अायअार्जन गर्न सुरु गर्नुहोस ।
  • हाम्रो ल्काउड माइनिंग उपयोग गरेर अाजै बिटक्वाइन माइनिंग गर्न थाल्नुहोस । यसलार्इ कुनै प्राविधिक ज्ञान र विशेष हार्डवेयर किन्न पर्दैन ।
  • बिटक्वाइनकोलागि कामगर्न थाल्नुहोस ,बिटक्वाइन जागिर पदहरु हेर्नुहोस ।हामी उत्साहि र प्रतीभावान समुहलार्इ हाम्रो समुहमा सम्मिलितगर्न संधै प्रतीक्षामा रहन्छाैं ।
  • अझ अरु जान्नचाहानुहुन्छभने बिटक्वाइन र यसको इकोसिष्टम,Bitcoin.comको FAQ ,समाचारहरु र टुल सेक्सनमा दर्शन दिनुहोस ।
  • मार्गनिर्देशिकाहरुबाट अझअरु जान्नचाहनुहुन्छभने श्रीमान Roger Ver लार्इ सम्पर्क गर्नुहोस ।  
                   (प्रस्तुत लेख रगर भेर , बिटक्वाइन डट कमको टेन डेज कोर्सको स्वतन्त्र अनुवाद हो ।)  अनु.श्रीठाकुरम् । 
       
                                                                 (सवै तस्विरहरु उदृत हुन)
                  
       यहांपनिल्किकगरिहेर्नुहोसः thakuramthakuram.000webhostapp.com 
                       
                                         ।।समाप्त।। 

No comments