ads

Breaking News

कृष्मस र इ.सं.२०१८

. . sccccccccccccccccccccccccccccccccc
..................................................................... . .. ...
१.कृष्मस सिजन अथवा...
     दृश्यतः सवै सभ्यता र संस्कृतिका चाड़पर्वहरु सुखशान्तिदायक तथा विकासमैत्री नै देखिन्छन ।विवाद मात्र हुने ले धेरै खायोको मात्र हो । यता हुनेखाने बन्न सवैलार्इ समान अवसर छंदै छ ,आफूपनि दिनेखाने बने त भै हाल्यो नि भन्नेहरुपनि नपाइने हैनन ।
      आदिम कालदेखि नै तर्कहरुलार्इपनि सम्मान गर्दै सुक्ष्मदेखि भब्यस्तरसम्मका चाडपर्वहरु धुमधामकासाथ मनाउंदै आएको छ संसारले ।यसैगरी विश्वभरिका र नेपाली कृष्चियनहरुलेपनि भर्खरै महान कृष्मस चाड़ भव्यतापूर्वक सम्पन्न गरे,गरिंदै छ (संयोगःयसैवीच ल्होसारपनि मनाइयो)।
     महान बस्तुको महिमापनि लम्वेतानको हुन नै भयो । त्यसैले म चर्चालार्इ थोरै लम्ब्याउने अनुमति चाहान्छु । ब्ल्याक फ्राइडे,थ्याङकिंग गिभिङ्ग डे , हुंदै विभिन्न मत र सम्प्रदाय वीच वांडिएर जनवरीको दोस्रो सातासम्म मनाइने पवित्र कृष्मस चाडको भब्यता त्यसैपनि अनुमान गर्न सकिन्छ । त्यसै भएर होकि यसलार्इ मौसमी उत्सव(seasanal festival)पनि भनिंदो रहेछ ।
     मानिसले चाड़पर्वहरुमा आफ्नो हित देखेर नै यसलार्इ पाल्दै आएको हो । मानिसको हर्ष खुसियाली ब्यक्त हुने अवसररुपि यस्ता दिब्य सम्पत्तिहरुको आआफ्ना प्रकारले रक्षा व विकास गर्नु सवै सभ्यताका मानिसहरुको कर्तब्य हुन्छ ।     
                                    Happy Chrishmas!!

२.नववर्ष इ.सं.२०१८
   ।।वर्ष २०१८ पृथ्वीबासीकालागि सुखसंवृध्दिदायक बनोस।स्वागत छ–२०१८।।
      इ.सं.२०१८ लागिसकेको छ । अगमवक्तारुले यस बर्षको भविष्यवारे विभिन्न  आंकलनपनि गरिसकेका छन । आउने दिनहरु हामी माझ भएरै बित्दैजाने हुन ।आउने दिनहरुले के लिएर आउंछ त्यो थाहा भइ हाल्छ ।त्यसैले यतापट्टिबाट ध्यान हटाएर गएको वर्ष २०१७ले के छाडेर गयो त्यतापट्टि लधुदृष्टि दिउं ।
     बर्ष २०१८लार्इ पालो दिने बर्ष २०१७ विश्वकालागि औसत नै रह्यो ।यस बर्षले कुनैपनि राम्राकुराकालागि माइलस्टोन(कोषेढुङ्गो) दिन सकेन ।भनिन्छ,विश्व अर्थतन्त्र तथा राजनीतिमा चीनको भूमिका पुगेन ।अमेरिका बांकी विश्वबाट एक्लियो ।फेसबुक,पुटिन,ट्रम्प भनेको वारम्वार सुनियो । अमेरिकाले घरेलुदेशी नीतिमा फेरवदल ल्यायो ।वेलायतमा धरेलु राजनीति सक्रिय भएर थिग्रिइ सकेको छ ।इ.यु.मापनि कम्पन उठ्यो ।यु.एन.ले नया नेता चयन गरेपनि यो संस्था अस्थित्व रक्षाको संकटमा छ ।मानव अधिकार उलङघनका घटना बडिरहे ।मध्यपूर्व गहिरा मतभेत र झगडाको मैदान रहिरह्यो ।भारत जाग्ने प्रयत्नमा छ । एशिया , ल्याटिनअमेरिका , अफ्रिका , अष्ट्रेलिया ,अन्टार्कटिका , अन्तरिक्षले केही दिन सकेनन ।ठूला प्रजातन्त्र रक्षात्मक स्थितिमा छन । नेपाल ले प्रजातन्त्र निर्माणका मह्त्वपूर्ण कामहरु अन्तिम चरणमा पुरयाएर छाडेको छ ।अन्त्यमा,नववर्ष २०१८ले मानवजाति सवैको सम्मानपूर्वक बांच्न पाउनपर्ने सम्मका चहानाहरुलार्इ समेटेर राख्न सकोस् ।
              शुकामना!!!                                  श्रीठाकुरम ।

                       a

No comments