ads

Breaking News

मनका कुरा भएका मेरो अासपास...

मनका कुरा भएका मेरा सपास...

      नेपालको सम्विधान २०७२ले देशलार्इ धर्मनिरपेक्ष बनाएको छ । यसो भएपनि नेपाली धर्मानुरागी जनसमुदाय भने धर्मप्रति अझ उत्साहित भएका छन् ।धर्मकर्म,रीतिथिति ,चालचलनजन्य क्षेत्र तथा स्थानहरुमा चहलपहल बडदै गएको महशुस हुन्छ ।
    वास्तवमा ब्यक्तिको मन, विचार,तथा कर्महरुलार्इ सामाजिक अनुकुलन र आर्थिक तत्वहरुले प्रभावित पार्दा रहेछन । मेरो बारेमा म फू धर्मनिरपेक्षताको सापेक्ष रहंदारहंदैपनि मैले घरवारमा रहुञ्जेल सनातनदेखि चलिएका धार्मिकसांस्कृतिक–कर्महरु क्षमता र श्यकता अनुसार चलार्इ एको छु।प्रतिकुलताको कतै सामना गर्न परेन।यद्ध्यपि कतिपय भाकल, तीर्थयात्रा,कुलपूजा अझ मनकामनादर्न जस्ता न्तरीक धार्मिक पर्यटनहरुमा भने हिजोसम्मपनि मेरो सहभागीता थिएन (त्यसो त अनाैपचारीक रुपमा सयाैं तीर्थस्थल टेकेको छु)। यसको कारणमा अनुकुलता र र्थिक क्षमता दुवै थिए । तर आजभने    कसरीकसरी तीर्थस्नान तथा श्राध्द(पौषे औंसी)गर्नजाने सुयोग जुरयो र उत्तरगया वेत्रावतीको तीर्थाटन गरें।त्यो सहज तीर्थाटन कस्तो थियो अव त्यसको छोटो वृतान्त
   “ हामी एकाटोल वरपरकाको १०जनाको वगाल उत्तरगया वेत्रावतीमा तीर्थेश्राध्द गर्न नवलपुर,कावासोती १६,सातघरेबाट रात १०बजे हुस्सुसंग गुटुमुटिंदै पू.प.राजमार्ग उक्लियौं । यात्रा संयोजकले यात्राप्रबन्ध राम्रो बबनाउन सकेका रहेनछन । राजमार्गमा केहीबेर भांडकुकार्इ झेलेर हामी भैरहवा देखि काठमाण्डौं जान आएको रात्रिबस रोकेर त्यसमै कोचियौं , गल्छीसम्मकालागि । जसोतसो छेकथुन,उठबस गर्दै विहान ६बजेतिर गल्छी,वैरेनीमा झरयौं , गल्छीबाट सोझै बेत्रावति श्राध्दगर्ने स्थानसम्मकालागि बसहरु पार्इंदा रहेछन।तर हामी गल्छी पुग्नु अगावै वेत्रावती पुग्नेबाटो ३घन्टाकोलागि प्रसाशनले रोकिसकेको रहेछ ,कारण ,सडक पुनःनिर्माण । सहंगोमहंगो वेत्रावतीकोलागि बसटिकट सुरक्षित गरेर ३घन्टा बिताएपछि हाम्रो यात्रा अगाडि बडयो।यात्रा निर्वाध वेत्रावती पुगेर सकियो ।
   बेत्रावतीका दोकानहरुको शीर्षस्थानमा बनेको श्राध्दकर्मादिगर्ने स्थान पस्ने व्दारबाट स्नान,श्राध्दादि गर्ने दोभानसम्म सर्जामहरु सञ्चयगरि राखेको दोकांधे झोला बोकेर हाम्रो तीर्थालुटोली काम्दो गोडाले सोपानहरु टेक्दै तल झर्छन ।बेत्रावतीपट्टिको त्रिशुली र फलांखुको संगममा श्राध्दगर्ने उपयुक्त स्थान निधो हुन्छ।अन्ततः१२बजे नघाएपछि हामी संगमको रापिलो घामले उर्जावान आआफ्ना देहलार्इ त्रिशुलीको सुवर्ण–मणि–भष्मादियुक्त शितल तर वेगवान जलधारको कोमल भुंवरीमा लगेर डुवुल्क्याउंछौं ।
    स्नान लगत्तै विधिपूर्वक श्राध्द थालियो । आज श्राध्द गर्न आउने तीर्थालुहरु रैथानेभन्दा सुदुरका बढि थिए ।उपस्थिति उल्लेख्य थियो । वातावरण पवित्र र शान्त थियो ।हामी सवैले आआफ्ना प्रवन्ध र स्वभावअनुसार चटारो नगरीकन सांझ अघि नै श्राध्दकर्म सक्यौं । श्राध्दकर्म भोलिपनि गर्न सकिने रहेछ ।तर भोलि फरक विधिकालागि हो भन्ने सुनियो।भोलिको उपस्थिति झन सघन हुन्छ अरे ।
    श्रुती तथा पूराणहरु अनुसार पतिपत्नी सहित यहां आइ तीर्थेश्राध्द गर्दा अन्यस्थानमा(कासी,रामेश्वर,पूरी,बद्रीआदिमा)गइ गरेभन्दा धेरैगुनाबढि पुण्यप्राप्तिहुन्छ भन्ने छ । तर जनसमुदायमा यस बारे कम ज्ञान र स्थानीय प्राधिकरणको न्युन प्रवन्ध तथा प्रचारप्रसारले यसको पौराणीक महत्व सार्थक हुन सकेको छैन ।पवित्रधाम उत्तरगया गया धार्मिक पर्यटनको दृष्टिलेहेर्दा अझै ऒझेलमै परिरहेको नै देखिन्छ । यो धामलार्इ गुलजार बनाउनेकाम स्थानीय प्राधिकरणकै हो । स्थानीय प्राधिकरणले अन्य संस्कृति मैत्री संघ।संस्थासंग सहकार्य गरी यसको महात्म्य वृध्दिगरे उत्तरगया क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ” ।। ॐ शान्ति ।। वेत्रावती तत्सतः।।

D x .       n vvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvv fc

No comments