समसामयिक
प्रकृतिले आफ्नो कला मार्फत सम्पूर्ण जगतलाई अनुकूलता प्रदान गरेकीछिन् । उत्तरायण सरद ऋतुले हिमपात र जलवर्षाद्वारा धरतीलाई रम्य र उर्वर बनाएको छ।जीव तथा वनस्पति आआफ्नो पारिस्थितिक अनुकूल नया स्वरुपमा वर्षाभिवृद्धि लिइरहेका छन् । स्वभाव अनुसार कसैले चोलाछाड्ने कसैले नयाँ चोला लिने क्रमपनि सूचारु छ।
नेपाली समाज र जनजीवनको विविधता सारुप सनातन चलिआएका चाडपर्व,गुह्यकर्म,महोत्सव, यज्ञ कर्मपनि निर्विघ्न सम्पादन भएका छन्,हुंदा छन्।अहिले श्री स्वस्थानी ब्रतकथा बाचन हुंदै छ। वसन्त पञ्चमी आउंदैछ।
भनिन्छ,यस वर्ष बर्षे खेती (धानवाली)को उत्पादन राम्रो रह्यो । हिँउदे उत्पादन -तोरी ,गहुँ तथा फलफूल तरकारिहरुको उत्पादनपनि राम्रोरहने लक्षण छ ।पशुपन्छी पालन तर्फ स्थिरतादेखिएको छ। यी सब नेपाली समाजका यस्ता गतिशीलता हून जसलाई कसैले चाहेर वा नचाहेर रोक्न सक्दैन।
अब कुरा आयो प्रयत्नजन्य गतिशीलताको। सर्वबिदित छ ,ऐतिहासिक राजनीतिक परिवर्तन पछि ('नेपालको संबिधान २०७३ 'घोषणा भये पछि )बनेको प्रथम जननिर्वाचित सर्कार वहाल छ। सरकारको मुख्यनारा 'सम्बृध नेपाल ,सुखी नेपाली 'रहेको छ। तर सर्कारले करिब क़रीब बर्ष दिन गुजारी सक्दापनी अपेच्छित आर्थिक ,सामाजिक गतिशीलता देखाउन सकेको छैन। प्रकाशित प्रतिवेदनहरुले प्रगतिका सूचकहरु ओरालो झरेको देखाएका छन।
विकासको कुरा गर्दा यस आ.व.मा वा योजना अवधिमा संकल्प गरिएका आयोजना समयमै पुराहुनु नै विकास हो। तर सरकारको प्रगति हेर्दा अहिलेसम्म २०-२५ प्रतिशत कामपनि अघि नबडेको देखिन्छ। नयाँ ठूला योजनहरु कतै ठेक्का लाग्न नसकेर थनकी रहेका छन ,कतै ठेकेदारको लापरवाहिले पछि सरेका छन। त्यसैगरी केही सरकारको गलत नीतिका कारण अघि बड़ेका छैनन। उदघाटनको रिबन काटिन ठिक्क परेको मेलम्ची योजना फेरी अन्योलमा परेको छ। यी परिदृश्य हेर्दा सोध्न मनलागछ ,सर्कार के गरेर बसेको छ?जबकि सेवा सुविधाका खर्च चाहीं प्रवाहित भइ सकेको छ। धुर्मुस सुन्तली फाउंडेसन ,क्रिकेट खेलाड़ीहरु लगायत केही निजी संघ। संस्था(सेराजेम,नेपाल )को अगाडि सिङ्गो राज्यको कामकाज फिक्का देखिएको छ। अंतर्राष्ट्रीय सम्बन्धहरुमापनि असन्तुलन र असमझदारी देखिन थालेको छ ।
नीतिगत पक्ष पनि संतोषजनक छैन। शान्तिप्रक्रियाका बांकी काम पूरा गरिएको छैन। नयाँ संबिधान अनुसार बन्नू।फेरिनु पर्ने क़ानूनहरु बनिसकेका छैनन। संघ र प्रदेश बीच अधिकार बाँडफाँडको छिनोफानो भइसकेको छैन। डाक्टर गोविंद केसीको मागलाई बलात थिचिएको छ। सदनले सक्ष्यमता र निष्पक्षता देखाउन सकेको छैन। समितिहरुको प्रतिवेदन माथि खेलवाड़ भएको छ। प्रतिपक्षको
भूमिका बलियो छैन।
अर्कोतर्फ सुशासन र पारदर्शिता हराए झैं भएको छ। दीनहुँ भ्रष्टाचार कांडका पोका खुलिरहेका छन। जल्दाबल्दा प्रकरणहरु -३३ केजी सुन ,निर्मला पंत ,वाईडबोडी जहाज ,पप्पू ,कलिका ,चिनी ,ट्याक्स हेवेन सुमार्गी ,स्विस बैंक खा ता ,एनसेल कांडहरुको कारवाही किनारा हुन सकेको छैन। हुँदाहुँदै राष्ट्रपती कार्यालय र प्रदेश मंत्रालयहरु समेतमा भ्रष्टाचार छानविन टोली पठाउनपर्ने सम्मका कुरा बाहिरिएका छन।
यता राजनीतिका वाहक दलहरु आफैंमा अस्तब्यस्त छन। केहि मसिना दलहरु सँधैको सडकमा छन। ठूला दलहरु एकता ,सुद्धिकरण-सुदृढ़ीकरणमा लागेको भनेपनि काममा केही देखिन सकेको छैन।सत्ताधारी पार्टी सत्तामै लिप्त छ भने प्रतिपक्ष नेका सडकमा ओर्लिएकोछ। सांचै भन्ने हो भने नेकाले पहिले आफूलाई सुदृढ़ पारेर नयाँ कदम चले जनताले जाती मान्थे। विवाद तथा नीतिगत अन्योलमा जेलिएको अहिलेको अवस्थामा छेडिने आन्दोलनमा जनता होमिएलान?
अन्त्यमा ,चारै तीर बाट बिचार गरी ल्याउँदा सबैलाई ०६२। ०६३ को उपलब्धि घाँडो भएको ,परिवर्तन अभिशाप भएको नै देखिन्छ। तर संघीय लोकतंत्र नेपाल
हाँक्न सकने अर्को शक्ति उदाइ नसकेको वर्तमानमा ढिलोचाडो दलहरुले जिम्मेवारी वहन गर्ने नै छन भन्ने आशा राख्न सकिन्छ। सरस्वती माता ले सबैलाई विद्या बुद्धि प्रदान गरुन।

No comments