ads

Breaking News

झडयाङ्ग..!

झड़यांग..! गर्जन गर्जियो। यसपछि पट्ट्ट छाना बजाएर असीना बरसियो। केहीबेर मैं वातावरणमा शांति छायो पनि। रातको पृथ्वी सतह चन्द्रमाको चहकले श्यामल रूप र वहुआयामिक आकृतिमा टुक्रुक्क बसे झैँ देखिन्थ्यो। गगनमा जून , बादल र अंतरिक्ष आफ्नै स्वभावमा गतिशील वा अटल थिए। मेरो शयन कक्षमा पहिले नै विजुली विच्छेद भई सकेको थियो। झ्याल खोलें करेसाको गंध मिश्रित चिसो वतास हरर भित्र पस्यो। म श्रृंग कामद ैओछ्यानमा सिरक भित्र गुटुमुटु भयें। 


विहान ब्यूझंदा विजुली थिएन। जून अझ अस्ताई सकेको थिएन। घर नजिकै गाडिएको सोलर ल्याम्प पोस्टलेपनि प्रसस्त उज्यालो छरी रहेको थियो। घर बाहिर मनग्य प्रकाश थियो भित्र अंधकार। अहिले मैले मोबइल लगायत साधनहरुमा संचित ऊर्जा खर्च गरेर नित्य कर्मका काम भ्यायें र आजको दिनचर्या शुभरम्भा गरे। 



२-३ दशक अघि सुनेको थिएँ -पश्चिमी देशहरुमा १ मिनट विजुली अवरुद्ध भयो भने पूरे देशको जनजीवन चिर निंद्रामा सुतेको लाश जस्तै हुन्थ्यो अरे।  त्यस वेला मैले उक्त कथनको वजन महशुस गरेको थिइन। तर आज विहान ९ बजे सम्म पनि विजुली नहुँदा मलाई पनि आफू मरेको लाश समान भएको महशुस भयो। यद्यपि म संग समान्य उपभोगका वाहेक विलाशिताका विधुतीय साधन पर्याप्त छैनन ,तापनि जति जुटेको छ (मोबाईल ,ट्याबलेड) त्यति सम्मको पनि सञ्चालन ठप्प भयो। 



सुन्नमा आये अनुसार कोही चट्यांगले ट्रांसमीटर लुटेर लग्यो भन्थे ,कोही राजमार्गको नार्नघाट-वटौली खंड ४ लेनको बनाउन साविक किनारमा रहेको प्रशारण प्रणाली सार्न आपूर्ति रोकिएको हो ,अनी अझै १०-१२ दिन बत्ती आउँदैन ।


आकस्मिक वा सुनियोजित जउन तवर बाट यो अवस्था सृजित भएको भए पनि (अझ शंका लाई फुकाएर 'हालै भारतले विकास गरेको आकसिय सुरक्ष्या संयंत्र खसेर  हाम्रो ट्रांस्मिटेरमा आगो लागेको हो 'भने पनि )विजुली मैं आश्रित रहेर कमाई गरी खानेहरुलाई ,सेवा  लीनदिनेहरुलाई सारै मर्का परेको हुन्छ , एकातिर भने अर्कातिर एसरी सर्वत्र एकसाथ बिद्युत बिच्छेद हुँदा बीजुलीबाट उत्पन्न हुने संभावित हानिनोक्सानी पनि शून्य तहमा झर्छ। येति खेरको समयलाई शून्य विजुली जोखिमको समय नाम दिन सकिन्छ। यो समयमा जीवनले अप्रत्यक्ष्य राहत लिइरहेको हुन्छ। त्यसो भन्दैमा सँधै भरी येस्तै भइरहोस भन्ने गर्नु चाहीं हुँदैन। यस पटकको नवलपुर - नवलपरासी भेकको विद्युत अवरोध घटनाको विवेचनगरी सरकारले छिटै आवश्यक कदम उठाउनेनै छ।  


यता मेरो बिद्युतिय साधनहरु ठप्प भएको २ दिन भयो। अति चल्ती हुने मोबाईल ,ट्यबलेड बन्दै छ। खासमा मैले आई टी को  प्रयोग गर्ने भनेको इंटरनेट मार्फत मोबाईल र ट्याबलेड चलाउने नै हो। म ट्याब्लेडमा ईमेल ब्यवस्थापन ,फेसबुक ट्वीटरमा कमेन्ट ,केही साइटहरुबाट क्लेम ,यूट्यूब बाट ट्यूटोरियल लगाएत सूचना तथा मनोरंजन तथा वर्डप्रेस र ब्लग्गर बाट भावना तथा विचारको अभिव्यक्ति लीने दिने गर्छु। यद्यपि म आफूलाई पाको ठान्छु तर मैले पोख्ने गरेको भावना तथा विचार पाका हुन्छन् वा हुँदैनन त्यों चाहीं जान्न पाएको छैन। तथापि मेरो प्रयास भने जारी नै रहने छ। 




नढाँटीकन भन्ने हो भने मेरो मूल चिंतन राजनीति तर्फ ढल्केको हुन्छ। विकल्पमा कलाका केही विधा मनपराउँछु। मेरो अभिव्यक्ति तीनैका अनुशासनमा बद्ध भएर 'मेरो ब्लग चौकी 'मार्फत अभिब्यक्त हुँदा छन। भविश्यमा इ बुक निकाल्ने विचार छ। भनिगएं मेरो रूचि राजनीति तिर  बढ़ि छ। यसो आसपासको केही जानकारी प्रेषण गरुं भनेर लागेको खसखस लागि हाल्यो। अब म त्यतै लाग्छु। 

भनिन्छ राजनीति 'विज्ञानकी महारानी हुन।  उस्ता महारानीका बारेमा चिंतन तथा अभिव्यक्ति दिने भनेको उनको सार र रूपको विवेचना  नै हो। अर्थात एक नेपालीले आफ्नो संदर्भको राजनीति  टीकाटिप्पणी गर्नु नै हुन्छ। सदा प्रत्यक्ष्य छ -लामो संघर्ष र वलिदान पछि देशमा जनइक्ष्यामा आधारित ' संघीय लोकतंत्र स्थापित भइसकेको छ। महान विस्तृत शांति समझौताका अपवाद वाहेक सवेे धारा कार्यान्वयनमा गई नवनिर्मित संबिधान अनुसार निर्वाचनद्वारा नियुक्त दुइ तिहाई वहुमत प्राप्त सरकारको एक आ.व. समाप्त हुंदैछ। यस अवधिमा केही नभएको पनि हैन,केही नचाहिँदो पनि भये। होली वाइन पिए पछि सरकार (नेता र कर्मचारीगण ) अझ आध्यात्मिक भएर आउनु पर्नेमा त्यसो भएको पाइएन। झुट्टा र अनावश्यक कुरा बड़ी फ़ैलीरहे। भ्रष्टाचारका नयाँ प्रकरण बाहिर आउँन छाड़ेन । थोरै मा भन्नुपर्दा यो आ.व. मा केही क़ानूनहरुको प्रकाशन ,कूटनीतिक भ्रमण ,हिउँदे अधिवेशन ,सीके प्रकरण ,बिप्लवलाई वार्तामा ल्याउन दवाव दिनेकाम ,कर्मचारीहरूको समायोजन र लगानी सम्मेलन आयोजन भये। संबृद्घ नेपाल सुखी नेपाली नाराले मुखर हुने अवसर नै पाएन।
त्यसो ता प्रदेश तथा  स्थानीय  सरकारहरुले पनि उसेे  गरी  दिन बिताये ता भन्ने प्रश्न पनि उठन सक्छ। मेरो प्रदेशको हकमा चाहीं केही जमर्को गरेका छन भन्न सकछु। यस अवधिमा बिपक्षीहरुले चाहीं बरालीने र गुमसुम रहने गरेरै दिन काटे  भन्न सकिन्छ। यसरी नै अंतर्राष्ट्रीय राजनीतिपनि प्रभावहिन रह्यो। जल्दाबल्दा प्रश्नहरु सशक्त रुपमा उठेन। अमेरिका -कोरिया प्रायदीप ,बेलायत  -ईयू ब्रेक्जिट मामला ता शिथिल रहे भने अन्य मानवाधिकार संबद्ध कामहरुमा के प्रगति होस। यू.यन.को पुनसंरचना नभएसम्म अब विश्वले थप आशा गर्ने ठाउँ पनि छैन। जय विज्ञान की  महारानी !!         
सातघरे-सुन्दरवस्ती पक्की बाटो बन्दै।
जिल्ला अस्पताल बन्दै।
म.वि.सामुदायीक अस्पताल जिल्ला अस्पताल मा परिवर्तन।


ग.प्र.को मु.मन्त्री डण्डा मा।
                        
    












No comments