ads

Breaking News

स्वामी महानन्द सरस्वती ।


स्वामी महानन्द सरस्वती
swamee mahananda saraswatee 

दीक्षापछि गुरुदक्षिणा अर्पण गर्दै।

स्वामी महानन्द सरस्वती (जन्म २०१४ बि.सं.-) ,पूर्वनाम श्री ठाकुर प्रसाद अधिकारी चैतन्य।माथिको मितिमा तत्कालिन तुप्चे गा.बि.स. डांडागाउंमा जन्मिनु भयेको हो ।त्यतिखेर प्रथम आमनिर्वाचनको तितोमीठो र त्रिशुली हाइड्रो प्रोजेक्टले ल्याएको उमङ्ले गाउँ रङ्गमगिरहेको थियो।७-८बर्ष भएपछि वहां सपरिवार चितवन जिल्ला,शिवनगर,भगवानपूर बसांइ सर्नु भयो।त्यसैबेला वहांले श्री नारायणी प्राथमिक बिध्यालयमा प्रवेशलिनु भयो।वहाँको संयुक्तपरिवार त्यहाँ आनन्दपूर्वक समय बिताउनलागे।दैवको खेल त्यो आनन्द धेरै काल लम्बिन सकेन, वहांको परिवारमा समाजिक बिघटनरूपि रोग पस्न थाल्यो।बर्षिउनी जसो ठूलाठूला बज्रपात पर्नथाले। जसोतसो वहाँले श्रीना.बि.म.मा.बि.बाट slc पास गर्नु भयो।त्यतिबेला गाउँ फर्क राष्ट्रिय अभियानको उदयहुंदै थियो।काङ्ग्रेस ,कम्युनिस्ट भूमिगत थिए।स्व.श्री ५ बिरेन्द्र बीरबिक्रम राजगद्दीमा आसिन भैसक्नु भएको थियो । त्यसैताका वहाँ आफ्नो जन्मस्थान नुवकोट्को तुप्चेमा जानु भयो। केहिबर्ष वहांले नुवाकोट जिल्लाका विभिन्न गाबिसहरूका साझा संस्थाहरूमा काम गर्नु भयो।यो कुरा हुंदैगर्दा ०३६ साल आयो। यो साल अघिसम्म पञ्चहरूको मुखमा अ.त. र बिकासको मूल फुटाउं भन्ने बोली झुन्डिएको हुन्थ्यो भने यस साल पछि भूमिगत गिरोह भन्ने बोलिको बिकास भयो जे होस ०३६ सालले छाडेर गयेको खुलापन र स्वतन्त्रताको वहांलेपनि मनग्य उपयोग गर्नुभयो। बाघटार (तृशुली बजार)मा पहिलोपटक स्व.गणेशमानको भाषण सुन्ने,बिबिसी सुन्ने,दिनमान ,कालोसूर्य पड्ने,ब्रुस्ली तथा अमिताभको सिनेमा हेर्ने,जिन्स,रयाङ्लर,लीवेल्ट,हाइहिलगमबूट पहिरिने,कोकोकोला पिउने,कहिले "मुटुमाथि ढुङ्गाराखी हांस्नु परया छ"कहिले "दम मारो दम"बोलका गित गुनगुनाउने,काला सेता पदार्थ सेवनगरेर लठ्ठिने,सत्सङ्का कुरापनि सुन्ने गर्नु भयो। वहांले जनमत सङग्रह र त्यसपछिको चुनावमा सरकारको तर्फबाट भागलिनु भयो।यसो गर्दैगर्दा वहाँले मित्रहरूको इच्छामा काठमाडौमा उध्यम तथा अध्ययन गर्ने जमर्कोपनि गर्नु भयो।यहि बेलामा वहाँले र ,केजिबि , सिआइए ,साम्राज्यबाद,बिस्तारबाद, मण्डले, बुख्यांचा ,ममचा भन्न मात्र जान्नु भयो ।वाञ्छित सफलता प्राप्त गर्न सक्नु भएन।बिपिको शवयात्रामा देखापरेपछि वहाँको काठमाडौ आउजाउ ठप्प जस्तै भयो - वहाँ भन्नुहुन्छ-त्यसपछि म जागिर त्यागेर चितवन तिर लागें।चितवन फर्केपछि मेरो बिहेको प्रस्ताव आएको त थियो तर म गम्भीर ढंगले प्रस्तुत भइन।कुरो त्यसै टर्यो।देशमा राजनीति मात्रात्मक रूपमा बढेको थियो।प्रतिपक्षी(इतर)हरु कोही जनपक्षीय उपयोग गर्ने रणनीतिमा थिए भने कोही एक चिन्हको आधारमा चुनाव लड्ने भन्थे।अझ कोही कोही त भूमिगतनै रहेर दीर्घकालीन ससस्त्र जनयुद्ध लड्नु पर्छ भन्थे।दैनिकरूपमा बग्ने राजनीतिक पारिस्थितिकिका सूचनाहरू विश्लेषण गर्दा पाकादेखि नवजिज्ञासु सम्मका राजनीतिका बिद्यार्थी जोकोही पनि सन्तुष्ट हुन सक्दैन थिये।एक प्रकारले देशको चित्र खैरो थियो,सेतो कालो छुट्ट्याउन नसकिने।येस्तोमा वहाँले पर्ख र हेरको रणनीति लिनुभयो।तद्न्तर पैतृक सम्पत्तिबाट केही अंश जोहोगरेर व्यवशायमा हात हाल्नुभयो।येस पटकपनि वहाँलाई सफलता मिलेन ,सम्पूर्ण धन्दा एक सिजनमै धाराशाही भयो।वहाँलाई लाग्यो जागिरमा माथिको र उद्दयम-व्यवशायमा परंपरागत घरानियाको आशिरवाद नभइ वरदान प्राप्त नहुने रहेछ।यी असफलताका घटनाले घर तथा छिमेकमा वहाँ प्रतिको विश्वासमा कमि आयेको थिएन यता भने उता वहाँ स्वयममापनि आत्मविश्वास र जोशको तिब्रता घटेको थिएन ।एक पटक फेरि वहांले हिम्मतिलो कदम चाल्नु भयो।येस पटक वहाँ एक्लै हुनुहुन्थेन,छिमेकी परिवारकोपनि साथ थियो।त्यो कदम चितवन बाट सुर्खेत वसाइं सर्नु थियो।वसाइं जम्ने प्रक्रिया विकासको क्रममै थियो अचानक वहाँ अज्ञात प्रेरणाको वशमा आएर भारत तिर लाग्नु भयो।एक वर्ष अज्ञातवास पछि वहाँ घर आउनु भयो।घर पुन:चितवन(शिवघाट)मै सारिइ सकेको रहेछ।जसो तसो वहाँ घर तथा समाजमा समायोजन हुनु भयो।

बि.स.४४/४५साल सम्म आईपुग्दा वहाँले अर्ध भूमिगतजस्तै भयेर खुबमजासंग मार्क्सवादी साहित्यहरूको अध्यन गर्नुभयो।वेलाबेलामा हुने इतर पक्षहरूले आयोजन गर्ने बिरोध प्रदर्शनमा सहभागी भयेर गिरफ्तारी दिने कामपनि गर्नु भयो।तथापि वहाँ कुनैपनि संगठनको पूर्णकालिन सद्स्य हुनुभयेन।स्वतन्त्र विचारमै अड्नु भयो ।पर्ख र हेर नै वहाँको रणनीति रह्यो।वहाँको समझमा मार्क्सवादी सिद्धान्तको सर्वत्र मनपरी प्रयोग गरिंदै आयेको,स्वयम् मार्क्सवाद संकीर्ण रहेको र पछिका मार्क्सवादीहरूले मार्क्सवादमा रहेका कमिकमजोरी हटाउन नलागि अन्धानुकरण गरिरहेको आयो।सवै लाई थाहा भयेको कुरो त्यति खेर अन्तर्राष्ट्रिय राजनीति शितयुद्धको चरममा आइपुगेको थियो।ग्लोवलाईजेशनको अवधारणा जन्मिसकेको थियो।देश भित्र सुधारिएको पन्चायत मैलिइसकेको मात्र थिएनकि फाटिसकेकोपनि थियो।छर छिमेकले समेत असहिष्णुता प्रदर्शन गरिरहेका थिए।एकाएक रुसमा,जर्मनमा परिवर्तन आयो।चीन भारतमा भयङ्कर हिंसा प्रतिहिंसाका घटना भए।यसैमेसोमा हाम्रो देसमापनि  देशभित्र बाहिर रहेका प्रतिपक्षी एकजुट भयेर देशमा संयुक्त राष्ट्रिय  जन आन्दोलनको घोषणा गरे।आन्दोलनले केही क्षति व्यहोरेर सफलता हासिल गर्यो।राजाले गाउँ फर्क(पन्चायत)हटाइएको घोषणा गरे।संबैधानिक राजतन्त्रात्मक सम्बिधान लागु भएपछी तत्कालीन संकट टर्यो।पञ्चहरूको नेतृत्व बाट देश मुक्त भयो।प्रजातन्त्र तथा जनपक्षीय पक्षधरहरूले यस अवधिमा पटक पटक सत्तारोहण गरेपनि मुलुकलाई अगाडी लान सकेनन।विभिन्न बहाना र भिसाका नाममा देशका जनशक्ति बाहिर्याउने,कलकारखाना मास्ने,श्रोतसाधन बेच्ने,भ्रस्टाचार बडाउने काममात्र भयो।फलस्वरूप  उग्र बाम तथा दक्षिण पन्थी फूल्दै फल्दै गयेर ४०सूत्रीय मागका नाममा गृह युद्ध सुरु भयो।वहाँ थप्नुहुन्छ-यसै बर्ष वहांहरू पुन:बसाइं सर्नु भयो नवलपरासीको अग्यौली गाबिसमा।त्यस समयमा गाउँ गाउँ घर घरमा  i.n.g.o.पुगेको थियो विभिन्न थरिका निवारण र ससक्तिकरणको नाममा।सरकारले पनि एकिकृत सेवा र सुरक्षाको कार्यक्रम ल्याएको थियो । तवपनि भिडन्तमा  क्रान्तिकारिहरूनै अघि रहेको समाचारहरू प्रसारण भैरहन्थ्यो । वहाँ थप्नुहुन्छ-यसै अवधिमा (२०५८)अकल्पनीय राजदरबार हत्याकान्डमा स्व.बिरेन्द्रको वंश विनाश भयो।यहीं देखि ग्र्याण्ड डिजाइन भन्ने चलन चल्यो।ज्ञानेन्द्र श्री५ महाराज घोषित भए।ज्ञानेन्द्र श्री५ भएपनि उनले न दलहरुलाई हातमा लिन सके न माओबादी जनयुद्ध रोकियो।उल्टै उनले संकटकाल लगाउने,संसद भंग गरि आफ्नै अध्यक्षतामा मन्त्री मण्डल गठनगर्ने काम गरे।राजाको यो कदमनै जन आन्दोलन २को बिज बन्यो।नेका र वाममोर्चाले उठाएको आन्दोलन त्यति ससक्त थिएन।पछि भारतमा ७ दल र माओवादी माझ वार्ता र १२ बुंदे सहमती भएपछि अनि माओवादी हतियार त्यागेर शान्तिपूर्ण आन्दोलनमा मिलित भएपछि आन्दोलन सशक्त हुन थाल्यो।आगामी दिनहरूमा दमनको वास्ता नगरी २०औं लाख जनता सडकमा झर्न थाले। अन्ततः बैशाख ८गते राजाले जनताको नासो जनतालाई फिर्ता गरें भने।यतिभन्दापनि जनताले नमाने पछि ७दलको मार्गचित्र अनुसार विधिवत संसद पुनर्स्थापना गरेको घोषणा गरेपछि आन्दोलन रोकियो।यसपछि बिस्तृत शान्ती सम्झौता, अंतरिम सम्बिधान,माओवादी सम्मिलित संयुक्त सरकार र मधेस थारू आन्दोलन समझदारि र सम्बिधान सभा निर्वाचन भयो।यसअघि सन २००६अगस्त९(२०६३)मा ७पार्टी गठवन्धन सरकार तथा माओवादीले संरासंघ महासचिवलाई नेपालमा संविधानसभा निर्वाचन तथा दिगो शान्ति स्थापनार्थ अनुरोध पत्र लेखेपछि प्रस्ताव नं.१७४०अनुसार अनमिन नेपालमा आयो।७पटक म्याद थपेपछि आफ्नोकाम सकेर २०११जनवरीमा फिर्ता भयो।।(१०बर्षसम्म कहाँ केकेभए सोको दैनिक विवरण मानव अधिकार बर्ष पुस्तकहरू र लडाइँमा जनता नामक फोटो पुस्तकमा पड्न हेर्न पाइन्छ) ।यिनै दिनहरूमा  वहाँहरूले गुजराकोरूपमा गरिखाने भूमिलाई बेचेर लघुउद्द्यम चलाउनु भयेको थियो। वहाँ बिहानदेखिनै उद्द्यममा लाग्नु हुन्थ्यो र मध्यान्हमा अनौपचारिक शिक्षा लिन पुस्तकालयमा जानु हुन्थ्यो।यो पुस्तकालय read समर्थित थियो।यो पुस्तकालयमा वहाँले राजनीति शास्त्र,अर्थशास्त्र, विकास अर्थशास्त्र,जनसंख्या शिक्षा ,प्रजातन्त्र,संघियता,सम्बिधान,सम्बिधानसभा,अन्तर्राष्ट्रिय कानुन,अन्तर्राष्ट्रिय सम्बन्ध ,मानवाधिकार ,नेपालमा संबैधानिक बिकासको इतिहास र सूचना प्रबिधि सम्बध्द पुस्तकहरूको अध्ययन गर्नुभयो।यस अतिरिक्त शिक्षा दर्शन एवं मनोविज्ञान ,मानव शास्त्र ,समाजशास्त्रहरूको परिचयपनि प्राप्तगर्नु भयो।अचम्मको कुरा पुस्तकालय बाहिर माओवादीहरूको चकचकी रहेपनि न पुस्तकालयमा मार्क्सवादी साहित्य थिये न पुस्तकालयलाई कुनै प्रकारको हानिनोक्सानी पुर्यायेका थिए।वहाँहरूको नव स्थापित उध्यमले क्षमता अनुसारको व्यवशायिक मुनाफा दिएपनि द्वन्दका कारण हुने बन्द,हडताल र बिद्युत लोडसेडिङका कारण  सेवा सुचारू राख्न मुस्किल पर्दथ्यो। त्यस बेला सबैतिरका रोजगारमूलक व्यबशायका हालत कष्टकर थियो।  माथि बताइएका घटना पूरा भएपछिमात्र गाउँ घर शहर बजारमा चहलपहल देखापर्न थालेकोहो।वहाँ भन्नुहुन्छ -नेपालकै इतिहासमा प्रथम पटक २०६४मा संबिधान सभाको निर्वाचन सम्पन्न भयो।यस निर्वाचनमा माओवादी पहिलो दलको रूपमा देखापर्यो।संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लग्यो।राजा ज्ञानेन्द्रलाई १५दिन भित्रमा नारायणीहिटि राजदरबार छाडिदिन अनुरोध गर्यो।राजनैतिक सहमती नजुटदा यो सम्बिधानसभाले संविधान दिन सकेन ।२०७०मा पुनः संविधान सभाको चुनाव भयो। यो दोश्रो संविधान सभाले ०७२ असोज ३गते नेपालको सम्बिधान जारी गर्यो।देशभर दीपावली गरियो।यस अघि २०७२ बैशाखमा गएको भूकम्पले थोरैदिन अवरोध पुर्यायो।यस संविधानले राज्यलाई संघ,प्रदेश र स्थानीय तहमा बिभाजन गर्यो।जारी संविधान प्रति मिश्रित प्रतिक्रियाहरू आए।भारतले त अघोषित नाकावन्दी नै लगायो।यस अवधिमा एक घटक माओवादी अलग बस्यो।निश्चयनै नाकावन्दिले निकै अफठ्यारो पार्यो यसका वावजुदपनि  बिकास निर्माण ,जनजीवन सामान्य गतिमा चल्दै रह्योभने रेमिट्यान्सले अर्थतन्त्रमा ठूलो सहयोग पुर्यायो।तदन्तर २०७४मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले सबै भन्दा बडी पद जित्यो।०७४मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले,नेका,माओवादी क्रमशः पहिलो, दोस्रो र तेस्रो हैसियतमा आये। निर्वाचन निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रतिक्रिया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले छाडेर गये।


वहाँ वयान गर्नुहुन्छ -दुई तिहाईको सरकार ,१५औं २५वर्षे योजना,संबृद्ध नेपाल सुखी नेपाली कार्यक्रम ,अधिकार सम्पन्न स्थानीय निकाय ,नयाउत्साह सहितको अनिवार्य केही गर्नैपर्ने दायित्व बोकेको प्रदेश सरकार संबिधानत:अधिकार बांडिएर कार्यभार हलुको भयेको संघ सरकार बिप्रेषणले खर्च धानेको भयमुक्त अर्थतन्त्र शान्त र आय,उपभोग,बचतमुखि जनजीवनले देश धन्य थियो।आलोचना गर्नेहरूले(पुरानो संस्थापन पक्षधरहरू समेतले) परिवर्तनको वाहक,परिवर्तन र वर्तमानप्रति जेसुकै भनेपनि मलाईचाहिं वर्तमान प्रति गर्व छ।सन्तोष छ।कतै कमिकमजोरी छनभने सच्याउने ठाउँ संधै खुला छन। यसो र किनभने आज म जस्ताको नगरपालिका भित्र पक्की घर,सानो उध्यम,घर अगाडि राजमार्गमा जोडिने पक्की सडक,घरको छानामा डिशएन्टेना,सोलार प्यानल,भित्री भित्तामा ईन्टरनेट राउटर,औधोगिक विद्युतको मिटर ,विद्युतकन्भर्टर ,परिवारको प्रत्येक सदस्यको हातमा मोबाइल ,ल्यापटप वा डेस्कटप कम्पुटर,फ्लोरिङ फर्निसिङ्ले सजिएको बैठक कक्षको एक किनारमा फ्रीज,भान्सामा ग्यास सिलिन्डर ,बिद्धुतिय चुलो,स्नानागर।सौचालयमा तातो चिसो पानीको फोहोरा,आंगनमा स्वच्छ पेयजलको धारो जोडिएको छ।छिटाछरिता सवारीसाधन ता हुनेनै भए।अझ घर अगाडिको सडककिनार रातैभर झलमलाइरहने सोलर ल्याम्पपोस्टले सुन्दरता र सुरक्षा दुवै थपेको छ।समुदाय भित्र शिक्षा ,स्वास्थ ,बन,बित्तीय आदि संस्थाहरू समुदायको सक्रियतामा संचालनमा छन ।यति भैरहंदा एउटा अचम्म्को तथ्य म संग छ,वहाँ भन्नुहुन्छ-संसार बाट पेट्रोल भण्डार रित्तिने वेला भैसक्यो तर मैले आजसम्म निजि उपभोगकालागि भनेर एक लिटर पेट्रोल पनि किनेको छैन।व्यवहारिक जगत(प्रपञ्च)मा यत्तिनै मैले देखेसुनेको र भोगेको हो।यत्ती नै मेरो साक्षीत्व हो।

यससंगै मेरो अर्को रोचक तथ्यपनि छ,त्यो के भने मेरो अहिलेसम्म बिहे भएको छैन ।यसो किन भयो त?वहाँ भन्नुहुन्छ -संसार सवै प्राणीको लागि भएपनि कसैलाई नसोचेको ऐश्वर्य प्राप्ति हुन्छ,कसैलाई आवश्यक शारीरिक अङगबाटपनि बन्चित रहेर बांच्नपर्छ,जिविकाको साधन त परै जाओस!यसो हुनु उसको पूर्वजन्मको कर्मको फलले (प्रारब्धले)हुन्छ जो यस जन्मको प्रयासलेफेरिंदैन।बरु यसजन्मको प्रयासले(ज्ञान प्रप्तिले)आउने जन्ममरणको चक्रलाई सदाकालागि छिनाल्न सकिन्छ।अर्थात मुक्ति प्राप्तगर्न सकिन्छ ।यहि नै सनातन वैदिक आर्यहिन्दु दर्शनको सारहो।यहि सार बुझेर मैले आश्रम परिवर्तन गर्ने विचार गरें।तत्पश्चात म चतुर्थाश्रममा प्रवेशगर्न (सन्न्यासलिन)के गर्नु पर्ला भनेर बुझ्न पशुपति क्षेत्रतिर लागें।तर त्यहां कसैले पनि स्पष्ट कुरा भन्न सकेनन,मैले मात्र यतिकुरा थाहापाएंकि यस्तो काम त आदिप्रयाग देवघाट मै हुन्छ नि!तब म घरमा आएर आमाको आज्ञा लिएर सोझै देवघाट पसें।देवघाटमा म हरिहर सन्न्यास आश्रममा आएर आफ्नो बेलि बिस्तार सुनाएं।मेरो कुरा सुनेपछि सचिवालय प्रमुख र उपस्थित सन्तहरूले आश्रम प्रवेश विधि सम्झाउनु भयो।र यो तय भयोकि मैले आश्रमलाई केही सेवा प्रदान गर्नुपर्ने र आश्रमले मलाई चित्तसुद्धी नहुन्जेलसम्म श्रवण,मनन,निधिध्यासनका निम्ति आश्रय उपलब्ध गराउने ।यसरी मेरो  आश्रम प्रवेशपछी मैले पुस्तकालय सेवा दिन थालें।साथै नियमित चर्याभित्रपर्ने स्वाध्याय प्रवचन पनि श्रवण गर्न थालें।  सिद्धान्तत: मैले उपलब्ध पुस्तकालय समाग्री मध्यबाट बेद बेदान्त,पुराणेतिहास,षड्दर्शन,षड्शास्त्र र उपकरण ग्रन्थहरूको एकसरो अध्ययन गरें भने अद्वैतबेदान्त दर्शन र यस भित्रका प्रकरण ग्रन्थहरू तथा संस्कृत व्याकरणको गहिरो अध्ययन हुँदै छ।आश्रम प्रवेश पछिको ५बर्षका घोर तपस्या र साधना पश्चात यहि शिवरात्रि(२०८०)को पावन अवसरमा मैले वैदिक विधिपूर्वक श्रीहरिहर सन्न्यास आश्रम,देवघाटका वर्तमान नेपाल  सन्तसमाजका अध्यक्ष पीठाधिश अनन्त बिभुषित महामन्डलेश्वर श्री१००८स्वामी ज्ञानानन्दज्यूको श्रीमुख र करकमल बाट चतुर्थाश्रम प्रवेशको सन्न्यास दीक्षा मन्त्र र "पटआलेख"प्राप्तगरें,जस अनुसार मेरो नया अध्यात्मिक नामाकरण स्वामी महानन्द सरस्वती भयेको छ।अस्तु।

पट आलेख।

**********

१.आम्नाय===श्रीङ्गेरीमठाम्नाय।

२.प्रेमपट====श्री१००८स्वामी परमानन्द सरस्वती महाराज ज्यू।

३.योगपट====स्वामी महानन्द सरस्वती ।

४.गोत्र======भूर्भुव:स्व:।

५.सम्प्रदाय ===भुरिवार।

६.वेद=======यजुर्वेद।

७.आचार्य ====सुरेस्वराचार्य।

८.महावाक्य===अहं ब्रह्मा$स्मि।

९.पदवी=====सरस्वती ,भारती,पुरी।

१०.क्षेत्र=====रामेस्वरम्।

११.देवता====आदिवराह।

१२.देवी=====कामाक्षी।

१३.तीर्थ=====तुङ्गभद्रा।

१४.ब्रह्मचारी===चैतन्य।

१५.परमहंस गायत्री==गोप्य ।NA

*********************

*******समाप्त*********

No comments