ads

Breaking News

प्रदेश नाम र राजधानी

                                                                             श्री
   संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ कार्यान्वयनमा अाएपछि त्यस अनुसार ब्यवस्था गरिएको प्रदेशहरुले धमाधम अाअाफ्नो नाम जुराउनेबारे अग्रसरता लिइरहेको कुरा प्रमुख सञ्चार माध्यमहरु पड्दा थाहा लाग्छ । प्रदेशहरुले यो गर्नैपर्ने काम हो , गरे । अहिले प्रदेश नं.४ले अाफ्नो नाम के राख्ने भन्नेबारे छलफल अन्तरकृया चलाइ रहेकाे छ र, प्रदेशनाम र राजधानीबारे विभिन्न विकल्पहरु अाइरहहेका छन् । सवैले पेशगरेका दाविपनि राम्रै छन् । तर पेश सवैलार्इ छान्न सकिंदैन,चाहिने एउटामात्र हो । पेश भएका मध्य एकमा नै सर्वसम्मति जुटाउन पर्छ । उही प्रदेशवासी भएकाले मेरो रायमाचाहिं प्रदेशनाम गण्डकी र प्रदेश राजधानी दमाैलीै,तनहुंमा राख्नु एेतिहासिक र ब्यवहारिक दुवै हुन्छ भन्ने छ ।
Laurasia-Gondwana.svg
                      गोण्डवान
     किनकि,प्रदेशनामको प्रश्नमा-गण्डकी- किन उपयुक्त छ भने-गण्डकी शब्द गोण्डवान शब्दसंग मिल्दोजुल्दो छ जो टेथिस सागर जत्तिकै प्राचीन छ । गण्डकी शब्दले पवित्र नदी गण्डकीलार्इ बुझाउने भएकाले र यो नदी हिमाल,पहाड,मधेस,तराइ भएर भारत भित्रसम्म घुसेकाले यो प्राकृतिक,एेतिहासिक र सर्वत्र परिचित छ ।
By User:LennyWikidata - SVG version of Image:Laurasia-Gondwana.png
राजनीति तथा प्रसाशनमा यस अघिपनि यो शब्द (गण्डकी) प्रचलनमा अाइसकेकाले प्रसशनिक कामकाज चलाउन सहज हुने नै भयाे । अतः४नं.प्रदेशकाे नाम गण्डकी नै उपयुक्त हुन्छ भन्ने कुरालार्इ प्रकृति,इतिहास,प्रसाशनिक साक्ष्यद्वारा प्रमाणित गरिन्छ ।
      जाइनी केरे भन्देखिलार्इ यसो र किनभने जसो यो छ ,प्रदेश राजधानीको प्रश्नमा-राजधानी भनेको प्रसशानिक मुख्यालय रहने ठाउं हाे भन्नेकुरा सवैलार्इ थाहा छ । तर जस्तोसुकै ठाउंमा राजधानी रहन सक्दैन । यसकोलागि केही योग्यता हुनपर्छ । जस्तो सामरिक सुरक्षा,अधिनस्त क्षेत्रको केन्द्र,यातायत र सञ्चारकाे राम्रोजालाे,बजार,सभ्यजन र बाक्लाे बसाेवास , शान्त र सुरम्य भाैगोलिक अवस्थिति अादिअादि । त्यसाे भए के पाेखराले याे याेग्यता धरेकाे छ त ? हाे केही छ, केही छैन? यस अघि क्षेत्रीय राजधानी रहंदै अाएको पोखरा शहर दिनानुदिन सेवा(पर्यटन)तथा बस्तुउत्पादन(कारखानाहरु)को केन्द्र बन्दै गइरहेको छ ।यस शहरकाे केही योग्यतालार्इ हेरेर यसलार्इ राजधानीकाे रुपमा नियुक्त गर्दा यसलार्इ अावश्यक ब्यवशायीक दाैडधुपमा सरकारी दाैडधुपले अनावश्यक अवराेध श्रृजना गरीदिन्छ ,एकातिर भने अर्कातिर ,यसकाे कोलाहलमय ब्यस्तताले सरकारी कार्यालय र कर्मचारीलार्इ चाहिने एकाग्रतामा ब्यवधान उत्पन्न गरिदिन्छ ।त्यसैले यस शहरलार्इ प्रदेश राजधधानी नबनार्इ सेवा तथा बस्तु उत्पादन गर्ने अाैद्ध्योगिक राजधानीको रुपमा अघि बड्नदिनु संघ तथा प्रदेश दुवैको हितमा हुन्छ ।त्यसो भए दमाैली,तनहुंले सवै याेग्यता पुरागरेको छ त? हाे केही छ केही छैन । यो पाेखरा जति सभ्य,सघन छैन र प्रदेशको छेउमा अवस्थित छ एकातिर भने अर्कातिर यो शान्त सुरम्य छ,यातायात,सञ्चारको पहुंचमा छ , सरकारी एकाग्रता, गोपनियता र सुरक्षामा हत्तपत्त ब्यवधान पस्ननदिने यस स्थानको योग्यता छ ।यस स्थानलार्इ राजधानी नियुक्तगर्दा नव निर्माणद्वारा देशलार्इ सिंगार्ने अवशरपनि हात लाग्छ ।अतः यी नै दमका अाधारमा दमाैली,तनहुं प्रदेशनं.४को राजधानीकाे योग्य उम्मेद्वार छ भनि प्रमाणित गरिन्छ । बांकी प्रदेशनं.४वासीहरुको जो इच्छा ।
                                                                      (तस्विरःनि.अा.ने.बाट उदृत)

👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮
















               

No comments