ads

Breaking News

सरकारको सहयोगी चयन

                                                                           श्री
कवासोती न.पालिका
   २।३बहुमत बोकेको नेपालको संघीय सरकार मेलैसंग अघि बडिरहेको छ ।संघ प्रदेश दुवै सरकारका नेताहरु ब्यस्त बन्दै गइरहेका छन । उनीहरुको तत्कालिक ब्यस्तता बजेट निर्माण र परराष्ट्र मामिलामा केन्द्रित देखिन्छ । दैनिक कार्यसञ्चालन त छंदैछ। यस वीच सरकारले अाफ्ना सहयोगीहरु चयन  (spoiling ) गरयो । सो बेला देखाएको केही विरोधाभाषचाहीं अलिक झस्काउने खालको देखिन्छ । यसबारे यहां प्रस्तुत छ छेाटेाचर्चा -
   

सिंहदरवार

 हुनत म सरकारमा सहभागि कुनैपनि दलको सकृय कार्यकर्ता होइन । त्यसैले मलार्इ दलहरुको अान्तरिक मर्म थाहा छैन । तर दलहरु एउटा प्रणालिबद्ध संस्थाहुन र अाफूलार्इ चाहिने अंग उपांगहरुले पूर्ण हुन्छन भन्ने कुरा चाहीं थाहा छ । यस हिसावले सरकारले गरेका केही नियुक्तीहरु हेर्दाचाहीं दलहरु पूर्ण संस्था होइननकि जस्तो लागेर अायो । कसरी?-


    हालै सरकार प्रमुखले योजना अायोगको उपाध्यक्ष नियुक्त गर्नुभयो । अायोगमा पद खालि थियो पूर्ति भयो ,कुनै ठूलो कुरा भएन ।नियुक्त ब्यक्तित्वपनि देशको धुरन्धर विद्वान मध्यमा पर्नुहुन्छ ।उहांले राष्ट्र निर्माणबारे पुस्तक लेख्नु भएको छ ।नेपालमा संघियता लागुहुनै नसक्ने कुरालार्इ राज्यपुनसंरचना तथ संघीयताबारेको अाफ्नो पुस्तकमा २दर्जनभन्दा बढी प्रमाण समेटेर पेश गर्नु भएको छ ।  कुरा यहांसम्म मिलेको छ । तर अाज देशमा संघीयता लागुभइसकेको छ । अव सरकारले योजना तथा नीति बनाउंदा संघीय सिद्धान्त तथा अवधारणालार्इ (economics of scale)अात्मसात गरेर योजना तथा नीति बनाउन पर्ने हुन्छ । यस हिसावले नियुक्त पात्र जाे एकात्मक प्रणालिको प्राज्ञिक पृष्ठभूमिको हुनहुन्छ ले, संघीयता जस्तो फराक अवधारणामा बसेर कसरी योजना तथ नीतिबबनाउन सक्नुहुन्छ? सरकारको यो कामले त नियुक्त उपाध्यक्षलार्इ जिम्मेवारी सुम्पेको हैन अनुसास्ती दिएको जस्तो देखिन्छ । सरकारले नियुक्तिहरुगर्दा अन्यत्रपनि यस्तै गरेको छ भने ,उपयुक्त ठाउंमा ,उपयुक्त समयमा ,उपयुक्त पात्रकाे चयन भएको छैन ।यसरी दलहरु अपूर्ण नै छन भन्ने लाग्छ।
   

   अव दलहरुलार्इ सोध्न मन लाग्छ , के एमाले।माअाेवादी तथ अन्य दलहरुमा सरकार चलाउन अावश्यक विकल्प सहितका जनशक्ति छैनन? के यस्तै चालाले संघिय समावेशी लाेकतन्त्र अघि बड्ला? के विषयगत(प्राविधिक)बुद्धिजीविहरु चाहिने स्थानमा साेलाेडाेलाेरुपमा जाे उंचाे देखिन्छ उसैलार्इ उभ्याएर वा पार्टिमा जसको चकचकी धेरै छ उसैलार्इ प्रस्तुत गरेर संघीय लाेकतन्त्र नेपालको अवको प्रसाशन चल्छ र देशले सम्वृद्धि प्राप्त गर्छ । यसबारे सरकार तथा दलहरु गम्भिर बन्न परयो ।अाजलार्इ यहांसम्म मात्र ।

No comments