ads

Breaking News

वसन्त र सत्ता

                                      




                                                                               श्री
वसन्त
     वसन्त ऋतुले अाफ्नो क्षेत्रको परिक्रमा तुर्नै लागेको छ । माैसम तथा वातावरणपनि एेजनमुताविक परिवर्तित भएका छन् ।हावाहुरी,चटट्यांग,असिना पानी र बड्दो गर्मिले दिनहरु प्रभावित हुंदै अाएका छन ।                         
वनस्पति जगत हरियाली र फलफूलहरुले गमक्क भएका छन् । कीटपतंगदेखि विशालकाय पशुपंक्षीहरुको गतिविधिमा सक्रियता एवं उत्तेजना देख्न सकिन्छ । नदी,ताल तलैया झर्ना तथा सिमसार निर्मल र सहज देखिएका छन । समग्र प्रकृतिमा वर्णन गर्न लाएक त्यस्तो केही असामान्य घटना देख्न परेको छैन । 


     मानिसको कुरा गर्दाचाहिं , मानिसहरु अधिकांशतःनिश्चित भाैगोलिक सीमा र सत्ताभित्र रहन्छ । हामीपनि मानिसहाैं।त्यसैले हाम्रोपनि एउटा भाैगाोलिक खण्ड र सत्तावृत्त छ ।अाउनुहोस अव हाम्रो हिजाेअाजको सत्ता साशकीय गतिविधि र नागरिक कृयाकलाप कस्तो छ ? त्यसबारे जान्न,एउटा गृहिणीले सांझको तीहुन टार्न करेसावारीको रायोको सागकोपात छानिछानि निमोठे झैं हामीपनि समसामयीक घटनाका टुसा टुसाका जानाकारी लिअाैं ।


अधिवेशन
     निर्वाचन भएयताका दिनहरुमा सरकार अाफ्नो साशकीय परिपाटी मिलाउनमै ब्यस्त रहयो । प्रदेशहरुले अाफ्नो पहिलो अधिवेशन सफलतापूर्वक सके वा सक्दै छन । प्रदेशनं.६,७ले अाफ्नो पहिलो अधिवेशन सफलतापूर्वक सकेको समाचार अाएको छ,जो प्रसंशा योग्य छ । स्थानीय तहमा केही नगरपालिकाहरुले अाफ्नो नगरभित्रको विकासनिर्माणलार्इ तिव्र बबनाउंदै लगेको समाचारमा पड्नसुन्न पाईन्छ ।यता नागरिकहरुको एक समूह(यातायात ब्यवशायी)ले नया सरकार बनेयता सरकारलार्इ पहिलो अवरोध दिए । अाम नागरिकहरु भने सरकारले तर्जुमा गर्दै रहेको बजेट र भारतीय प्रधानमन्त्रीको भ्रमणबाट केही पाइहालिन्छकि भन्ने अाशमा मुख बाएर बसेका छन ।पुनरुत्थानवादीहरुले दवाव बडाएका छन । जासुसी तथा पुराना दमनयन्त्र चलाउंदै छन । एमाले । माअोवादीको एकताको धन्दा अझै सकिएको छैन । देशका प्रवुद्धवर्गहरु वार्षिक नीति तथा कार्यक्रम यस्तो हुनपर्छ,उस्तो हुनपर्छ भनेर विचार पोख्दै छन । अाजदेखि दोस्रो संघीयसंसद बस्दै छ ।

प्न.म.नरेन्द्र मोदी

जानकी मन्दिर
     अर्कातिर भारतीय प्रधानमन्त्री सम्माननीय नरेन्द्र डि. मोदीको नेपाल भ्रमणबारे चर्चा चुलिंदो छ । कसैले भारतीय प्रधानमन्त्रीको यो भ्रमणको विरोध गराैं भनेर सहमति मागिरहेका छन भने,कसैले यो भ्रमण फगत मोदीको तीर्थाटनमात्र हो भने । कसैले यो भ्रमणमा नेपाल र भारत वीच रहिरहेको सवै कलहका कारणहरुलार्इ निमिटयान्न पार्नुपर्छ भने त कसैकसैले भारतीय प्रधानमन्त्रीले शीस महललार्इ प्रवेशव्दार बनाइ नेपालको दाैडाहा सम्पन्न गर्नुहुन्छ भने,अव हामी भारत रवाना हुंदा ताजमहल प्रवेशगरी भारत भ्रमण पुरागर्नेतिर किन नलाग्ने?भन्ने प्रश्नपनि तेर्स्याएका छन । यी सवै कामकुरा(बजेट,भ्रमण)अाउनै बांकी छन।हेर्दै जाउं नियत तिथिमितिमा के भएर जान्छ ।अाजचाहीं अखिल हांसो दिवस हो । यस अवसरमा के गर्नु पर्छ पाठकवर जानाकार नै हुनुहुन्छ ।



No comments