ads

Breaking News

मोदी भ्रमण सारांश

                                                                             श्री
मोदी अाउंदै
         सम्माननीय प्र.म.नरेन्द्र दामोदर दाश मोदीको तेस्रो २दिने नेपाल भ्रमण यही बैसाख२८गते विशेष विमानबाट जनकपुर विमानघाट अवतरण गरेपछि सुरु हन्छ । वहांलार्इ त्यहां नेपालका सम्माननीय प्र.म. केपी अोली,पराष्ट्रमन्त्री माननीय ज्ञवाली तथा प्रदेश पदाधिकारी र जानकी मन्दिर पदाधिकारीहरुले हार्दिकताका साथ भब्य स्वागत गर्नुभयो ।प्र.म.मोदी सुसूचित समयभन्दा केही ढिलोगरी नेपाल प्रवेश गर्नुभएको थियो । वहां विमानघाटबाट जानकीमन्दिर सवारी हुंदा बाटामा हजाराैं नरनारीहरुले हार्दिक स्वागत गरेका थिए । वहांले जानकी मन्दिरमा विधिवत पूजा अर्चना गर्नुभयो । मन्दिरमा वहांले संक्षिप्त प्रेस बृफिंग गर्नुभयो । त्यस अवसरमा वहांले अाफू प्रधानमन्त्रीको रुपमा हैन प्रधान तीर्थयात्रीकोरुपमा नेपाल अाएको हुं भन्नुभयो । ततपश्चात वहां र वहांका नेपाली समकक्षी अोली ज्यूले हरियो झण्डा देखाएर जनकपुर अयोध्या जनकपुर (रामायण सर्किट)मा चल्ने बससेवाको उद्घाटन गर्नुभयो । तालिका अनुसार वहांले जनकपुर नगरको रंगभूमि मैदानमा नागरिक अभिनन्दन लिनुभयो । त्यसअवसरमा वहांले रु.१अर्व सहयोग घोषणा गर्नुभयो । फाइव टि योजना पेशगर्नुभयो । 

           
उपहार ग्रहण
           त्यसै दिन वहांको काठमाण्डाै अागमन भयो । वहांले काठमाण्डाैंमा प्र.म.अोलीसंग मिलेर अरुण तेस्रो ९००मे.वा. योजनाकाे शिलन्यास गर्नु भयो । वहांलार्इ काठमाण्डाैं महानगरपालिकाले रा.स.गृहमा अभिनन्दन गरयो । त्यस अवसरमा वांले नेपालको विकासको निम्ति अाफू सेर्पा बन्न तयार रहेको ,नेपालले अाफ्ना अावश्यकता र प्राथमिकता ठम्याएर हिंडेमा भारत संधै साथदिन तयार रहेको ,एकबर्षमा ३वटा चुनावगर्न सफल नेपाल एक बलियो लाेकतान्त्रिक शक्ति भइसकेको भन्नुभयो । वहांले कृकेट खेलाडि सन्दीप लामिछानेको नामपनि लिनुभयो । 
          

भाषणगर्दै
             दोस्रोदिन वहां सवेरै श्रीपशुपति नाथ मन्दिर गइ त्यहां विधिवत पूजा अर्चना गर्नुभयो । वहांले नेपालका राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री संग भेट गर्नुभयो ।मध्यान्ह वहां मुक्तिनाथ मन्दिर दर्शनगर्न मुस्तांग जानुभयो ।वहांलार्इ पर्यटन तथा संस्कृतिमन्त्रीले अागमानी गर्नुभएको थियो ।त्यहांपनि वहां पूजाअर्चनामा सरिक हुनुभयो ।यध्द्यपि ४नं.प्रदेश,पोखरामा वहांलार्इ अभिनन्दन गरिएन । यसैदिन वहांले नेपालको प्रमुख दलहरुका नेताहरुलार्इ भेट्नुभयो । यसअवसरमा सवैदलका नेताहरुलार्इ एकैबर्षमा ३वटा चुनाव सम्पन्न गराएकोमा सराहाना गर्नुभयो । मेलमिलापपूर्वक अघिवड्नपनि सल्लाहदिनु भयो ।वहांले प्रतिनिधि मण्डलस्तरीय वार्तामापनि भागलिनु भयो ।

स्वदेश फर्कंदै
          यसैवीच वहांको भ्रमणलार्इ लक्ष्य गरेर नेपालका केही स्थानमा केही ब्यक्ति तथा समूहले सांकेतिक विरोध प्रदर्शन गरे ।भारतका संचार माध्यममापनि वहांको विरोध भएको देखियो ।वहांले अाचार संहिता नाघेको प्रतिपक्षको अारोप थियो । अन्त्यमा १६बुंदे संयुक्त बक्तब्य जारी गरी वहां यसैदिन स्वदेश प्रस्थान गर्नुभयो ।विदाइ गरिसकेपछि परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारकर्मिहरुमाझ भारतीय प्र.म.को यो भ्रमण अत्यन्त सफल,सम्झिरहन लायक र एेतिहासिक भएको छ भन्नुभयो । सांच्चैनै परिवर्तन पछि के नेपालको व्दिपक्षीय तथा अन्तर्राष्ट्रिय सम्वन्धहरुपनि सकारात्मक दिसातिर भ्रमणगर्न लागेका हुन त ?

No comments