ads

Breaking News

बजेट २०७५

                                                                           श्री
बजेट थैलो
      बजेट भनेको विगतको अार्थिक समीक्षा,वर्तमानको अार्थिक अध्ययन र अाउने बर्षमा गर्नुपर्ने कार्यहरुको अाय ब्यय नै हो । यसको निर्माणमा - बजेट तर्जुमा दिग्दर्शन अनुसार - २८थरिका प्रकृया पार गर्नु पर्छ । त्यसैले बजेट लामोसमय र प्रसस्त प्रसाशनीक राजनैतिक जनशक्ति लगाएर बनाइन्छ जो सत्य हुन पर्छ । यसै कामका लागि नेपालमा अहिले संघीय संसदको दोस्रो अधिवेशन जारी छ । संघीय संसदीय प्रकृया  अनुसार बजेट बनाउंदा सर्वप्रथम अधिवेशन डाकिन्छ,कार्यतालिका बबनाइन्छ,पूर्वबजेट प्रस्ताव हुन्छ ,  संसदमा बजेट सिद्धान्त र प्राथमिकता माथि छलफल हुन्छ । त्यसपछि छलफलले नीति तथा कार्यक्रमको विकास गर्छ । विकसित कार्यक्रमलार्इ राष्टपति समक्ष पठाइन्छ । राष्ट्रपति ज्यूले सो नीति तथा कार्यक्रमलार्इ सदनमालगेर पेश र सम्वोधन गरेपछि सदनमा सो माथि छलफल हुन्छ । छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ र सो नि.तथा का.पारित गरिन्छ। यो चरणमा पारित नी.तथा का. अर्थमन्त्री कहांजान्छ अर्थमन्त्रिले प्राथमिकीकृत त्यस नी.तथा का.लार्इ सदनमा पेशगरेपछि छलफल हुन्छ ,छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रिले दिएपछि सदनले पारित गर्छ । त्यसपछि त्यो नीति तथा कार्यक्रम विधेयककाे रुपमा विकास हुन्छ र त्यस विधेयकलार्इ पूर्णसदनमा पेश गरिन्छ । सदनले विधेयकको दफादफामा छलफल गरी पारित गरेपछि पारित बजेटलार्इ सरकारले बर्षभरि कार्यान्वयनमा लगेर सिद्ध्याउं छ ।
     

अर्थमन्त्री खतिवडा
      बजेट बन्ने यो पकृया हेर्दा यसमा कतैपनि त्रुटि नरहने देखिन्छ र पारित लक्ष्य तथा उद्देश्य सहजै प्राप्त हुने देखिन्छ , तर ब्यवहारमा नेपालमा कहिल्यैपनि त्यसो भएको देखिएन । यो कुरा जांच्नकोलागि नेपालको पहिलो बजेट जो ने.का.का सूवर्ण सम्सेरले २००८मा बसेको संसदमा पेशगरेका थिए,जसमा मो.रु.५करोड २५लाख २९हजारको ब्यवस्था थियो देखि पञ्चायत कालहुंदै गतबर्ष ब्यवस्थागरेको लगभग १३खर्व रुपैंयाको बजेटहरु हेरे पुग्छ। यसले के देखाउंछभने नेपालमा जहिलेपनि घाटासिद्धान्तमा अाधारित बजेट,महत्वाकांक्षी बजेट , लोकपृयतावादी बजेट र हालका बर्षमा निर्वाचन क्षेत्र उन्मुख बजेटहरु बन्दै अएको छ र प्रतेकजसो बजेटले लक्षीत अार्थिक वृद्धि हांसिल गर्न असफलहुंदै अाएको छ । यसको दोषचाहीं सरकारको अस्थिरताले पाएको छ । यसकुराको पुनर्पुष्टि भर्खरै अर्थमन्त्रीले दिएको जवाफलेपनि गरेको छ र वहांले अब बन्ने बजेट संघीय संरचना अनुरुप सन्तुलित हुनेपनि भन्नु भएको छ ।अाशा छ , अब सवै प्रकारका विकृति विसंगति र वाधाअडचनरुसंग जुधेर अाउंदो बर्ष अाम जनताको मानव विकास सुचकांक प्रष्ट बडेको देखिने बजेट  ल्याइने छ,वृद्धिदरले दोहोरो अंक छुने छ,अार्थिक स्थितिको मापन डिजिटल डिभाइडेसन पध्दतिमा रुपान्तर हुने छ । जय बजेट,जय संघीय अधिवेशन 

No comments