ads

Breaking News

गणतन्त्र दिवस:सए रोज शुभम्

       
 राष्ट्रपतिको कार्यालय
       प्रथम गणतन्त्र दिवस मनाइंदै गर्दा सकल देशमा केवल एउटा सार्वभोेम संविधान सभामात्र थियो । धेरै अारोह अवरोह पारगरी अाज ११अाैं गणतन्त्र दिवस मनाइंदै गर्दा नेपाल एउटा युग सुहांउंदो विधान र ब्यवस्था सहितको संघीय लोकतन्त्र(गणतन्त्र)को रुपमा उभिन अाइपुगेको छ । विगत बर्षहरुमा घोषित गणतन्त्र जनताले अनुमोदन गर्लान नगर्लान ? संघीयता कार्यान्वयन हुन्छकि हुंदैन होला ? भन्ने संशय थियो । अव ती सवै संका र अन्योल समाप्त भएर गइसकेका छन । विस्तृत शान्ति सम्झाैताका एक दूइ धारा बाहेक सवै धाराहरु सफलतापूर्वक समाधान भइसकेका छन । यसरी महान जनअान्दोलन २ को सवै उपलब्धिहरु संस्थागत गर्न धैर्य धर्ने संघीय गणतन्त्र (लोकतन्त्र) नेपालको सम्पूर्ण जनजनमा ११अाैं गणतन्त्र दिवसको सुखद् उपलक्ष्यमा हार्दिक अभिनन्दन ।


     अाैपचारिक अनाैपचारिकरुपमा गणतन्त्रलार्इ सम्झिएर(महिमा गाएर)मात्र प्राप्त गणतन्त्र सुरक्षित रहि रहन सक्दैन । यसको रक्षा र विकासकोलागि निरन्तर निरिक्षण एवं सन्तुलन मिलाइरहनु पर्छ । अाज विश्वभर नै प्रजातन्त्र(लोकतन्त्र वा गणतन्त्र)ले धम्कि खपिरहनु परेको छ । नागरिकहरुलेपनि प्रजातन्त्रमा विश्वास घटाउंदैलगेका छन , भनिन्छ  निर्वाचनमापनि सहभागिता घटदै गइरहेको छ । एकातिर भने अर्कातिर, नव स्थापित प्रजातान्त्रिक देशहरुमा प्रजातन्त्र हांक्न अनुभव तथा कार्यकुशलताको कमि,अागत निर्गतको वेवास्था,सत्तामोह,अधिक शक्ति संचय, भ्रष्टाचार,नागरिक अयोग्ता वा अनुसाशन हिनता,लुकेररहेका समाजिक कुरिति,अपराधीक मनोविज्ञान तथा स्रोतसाधन दाेहन क्षमताको कमिले गर्दा निर्मित ब्यवस्था(लोकतन्त्र) ढल्ने अवस्थामा पुग्ने गरेका छन र अवसरवादीहरुले फाइदा लिने गरेका छन ।



     हाम्रो यथार्थमा भर्खरै लोकतन्त्र संस्थागत(संरचनात्मक।कार्यात्मक परिवर्तन)भएको छ । क्रमिकरुपमा राज्यका कारोवार प्रजातान्त्रीकरण हुंदै जाने अाशा गर्न सकिन्छ । अागत निर्गत चक्र चुस्त बन्ने छ। नवनिर्मित संघीय लोकतन्त्र नेपालको विधिपूवर्वक निर्वाचित प्रथम शक्तिशाली सरकारले भर्खर मधुमास अवधि सकेको छ । यस अवधिमा केही राम्रा निर्णय भएर कार्यान्वयनमा(सिन्डिकेट खारेज) गएका छन ।सरकारका सए रोजलार्इ शुभम् मान्न सकिन्छ । बेला अनुरुप सदन चालु छ । सरकारले नीति तथा कार्यक्रम सदनमा छलफल गरार्इ रहेको छ । हुनत यो नीति तथा कार्यक्रम नियमित हो तापनि यसले दीर्घकालिन सोचपनि संगालेको छ । प्रस्तुत नि.तथा का.को मूलनारा "सम्वृद्ध नेपाल सुखी नेपाली" रहेको छ । यस अतिरिक्त विभिन्न माध्यमबाट धेरै प्रवुद्धजनहरुले सम्वृद्ध नेपाल सुखी नेपाली उद्धेश्य कार्यन्वयनमा लानकालागि वाैद्धिक सारहरुपनि पृष्ठपोषण गरिरहनु भएको छ ।यी सवै कामकुरा केन्द्रीय र शीर्षतहका हुन कार्यान्वयनमा अाए पक्कै नेपाली सुखी बन्ने छन । यसका लागि हामीले पहिले धेरै अघिदेखि  समाज तथा राज्यमा राजगर्दै अाएका वेथितिहरुलार्इ पन्छाउन पर्छ ।

        अाउनुहोस , अब सतहमा रहेका वेथितिहरु के कस्ता छन तीनिहरुलार्इ कोट्टयाउं ।
१.सरकारका मान्छे हुन वा नागरिक कार्यालय वा घरकोदैलाबाट पाइलो सार्ने वित्तिकै अांखामा ठोक्किन अाइपुग्ने दृश्य बनेको छ मटरसाइकल,ट्रयाक्टर तथा ट्रिपर दुर्घटना ।
२.त्यस्तै घरघरबाट एउटै उद्धेश्यकालागि बाटामा निस्किएका वालवालीकाहरुको असमानता प्रदर्शन गर्ने फरकफरक तांती ।
३.हिजोअाज अत्यन्त कम समय अन्तरालमा च्वाट्ट च्वाट्ट विद्धुत काटिने गरेको छ ।
४.रोपाइं अायो मल तथा किटनाशक नपाइने,कच्चा पदार्थको जोगाडभयो उद्धयोग हडतालहुने ,चाडपर्व नजिकिए वस्तु हराउने,शेवाशुल्क वृद्धि हुने, वर्षालागेपछि विकास निर्माण कार्य तिव्र बनाइने र अधिवेशन सकिएलगत्तै उच्चतहका कर्मचारीहरु विदेश भ्रमणमा निस्किने हुने गरेको छ।
५.नदीनाला,पाखापर्वतमा कतै अनियन्त्रित दोहन भैरहेको छ ,कतै कच्चापदार्थ खेर गैरहेको छ ।
६.सीमा क्षेत्रहरुबाट कर छलेर अवैध सेवा तथा वस्तु दोहोरो अोसार पसार भइरहेछ ।
७.तराइ,मधेसमा प्रचलनमा रहेका साप्ताहिक हाटवजारहरु रुग्ण,फोहोर र असाहाय बन्दै गइरहेका छन ।स्तरोन्नतिको पर्खाइमा छन ।
८.स्थानीय स्तरमा उत्पादन विक्रि र उपभोग हुंदै अाएको मदिरा,सुर्ति चुरट गांजा,चियाकफिको गुणस्तर मापन छैन,यत्रतत्र जहांपनि पुगेका छन । यसलार्इ चटक्क रोक लगाउनपनि सकिंदैन ।बरु स्थान निश्चित गरेर , उचित मापदण्ड तोकेर राजस्व असुल्न सकिनेगरी उत्पादन विक्रि तथा उपभोग गर्ने ब्यवस्था मिलाउने होकि ?
९.शान्ति सुरक्षामा खटिएका राष्ट्र सेवकका बथानैले हथकडि भिरेर कारावास सजाय पाएका छन ।
देख्नमा झिनामसिना दृश्यभएपनि सतहमा रहेका यीनिहरु झांगिन पाएभने अजंगको अाैतार धरेर सरकार तथा राष्ट्रलार्इ नै एकैगांस पार्न वेर लगाउंदैनन् । तसर्थ वेलैमा सचेत होअाैं ।
 
      अन्त्यमा,११अाैं गणतन्त्र दिवसले राज्यलार्इ जनताका अाकांक्षा पुरा गर्ने बाटो देखाउन सकोस् । एघाराैं गणतन्त्र दिवसको सुखद् उपलक्ष्यमा देशभित्र बाहिरका सम्पूर्ण गणतन्त्रपेमिहरुमा हार्दिक शुभकामना ।

No comments