ads

Breaking News

कथा एक:बकुल्ला जोडि

तीन तले आधुनिक घर।हरियो पारदर्शी कांचका चक्लाहरुले बारिएको माथिल्लो तला। कुनै पार्टिसन गारो छैन। मानौ पिल्लरहरु नभएको भये फराक सभा कक्ष्य हो। यही ठाउँमा भर्खरै 'थर्मल थेरापी 'को कार्यालय बसेको छ। कार्यालयले यो ठाँउलाई दूई भाग लगाएर पूर्व पट्टी सेवग्राहीलाई ब्याख्यान दिने र पश्चिम पट्टी मसाजलिने यन्त्रजडित खाटहरु मिलाएर राखेको छ। सम्पूर्ण कक्ष्यको वातावरण शांत,स्वच्छ र उपचारमय छ।  



वार्तिक बाबू अहिले यहीं उत्तर पश्चिम फर्किएको एउटा मसाजर यन्त्र जड़ित खाटमा लम्पसार परेका छन , उत्तानो। अहिले बिहानको ८ बजी सकेको छ। उनको बायाँपट्टि लहरै मेचमा बसेका अन्य सेवग्राहीहरु एकाग्र भएर ब्याख्यान सुनीरहेका छन। ऊनी सुतीरहेको ठाउँ बाट आकास , त्यस मुनिको पहाड़ र  पहाडको काखमा बसेको यस उदयीमान नगरीको बिशाल खंड देख्न सकिन्छ। उनको खुट्टामुनि जस्तै तल  पूर्वपश्चिम राजमार्गमा वाहनहरु ओहोरदोहोर गरिरहेका छन। यो भवनको तल बायां पट्टी एउटा गणपति मंदिर छ। अहिले प्रभातकालीन पूजा पाठ सकीइ मंदिरको मूलद्वार बंद छ। आक्कल झुक्कल रुपमा मंदिरको बाहिरि भागमा राखिएको लघु स्वरूपलाई ढोगेर घंट बजाउनेहरुले उत्पन्न गराएको ट्वाङ्ग स्वरले घण्टाघरको घडिले बजाएको समयसूचक घंटिको समझना गराउँ छ। मंदिरको पूर्वी किनारमा एउटा रुग्णालयको चमेना गृह (क्यान्टिन ) छ। त्यसको किनारमा एउटा मोटर छिर्ने कच्ची बाटो छ ,जो राजमार्ग छोएर दच्छिन तीर तेर्सीएको छ। ठीक क्यान्टिन अगाडि एउटा अजंग विशाल सिसौको बृक्ष्य उभिएको छ। छेवैमा मझौला कदको एक्लो आँपको रुख पनि छ ,जहां कलिला दानाहरु पुष्टिरहेका छन।
PIC-1
PIC-2
                                           मसाजलिंदैगर्दा बार्तिक बाबूको आँखा त्यों बिशाल सिसोको बृक्षमा ठोक्किई रहन्छ। बृक्ष करीब २५-३० मीटर अल्को र ४०-४५ मीटर जातिको आकासीय घेरो समेटेर उभिएको छ। गोलाकार रुपमा फिंजारिएको त्यो सिसोको बृक्षका हांगा पातहरूले अकासनै छेकेको जस्तो लाग्छ। यद्यपि पातहरुका अन्तरालबाट छिरेको दृष्टि भने अकासमा गएर मात्र ठोकिन्छ। सिसौका पातला पातहरु छिप्पिइसकेका छन। मसिना लहरेदार हाँगामा कोषापनी लागिसकेका छन। सिरसिर बतास चल्दा ति उँधो झुकेका लहरेदार झिंजे हाँगाहरुपनि मंदगतिले झुलछन। यसरी एकटकले दृश्यपान गरिरहने जो कोहीपनि यस्तो बेला प्राकृतीक सम्मोहनले लट्ठीनछ। ऊनी पनि लट्ठीइ सकेका थिए तर उनलाई यहां सेवग्राहीहरुको स्याहरसुसार गर्ने 'मिस 'ले 'प्रोजेक्टर 'लाई अर्को विन्दूमा सार्नुहोस भनेपछि ऊनी झस्यांग हुन्छन र त्यसै गर्न लाग्छन। अब ५ मिनट यो बिन्दूमा स्थिर रहनु पर्छ। यो वेला ऊनी फेरी आफ्ना नयनज्योती  गोड़ापट्टिको पारदर्शी हरिया काँचको फ्रेम बार बाट बाहिर फ्फ्याँक्छन। उनको दृष्टि पुन:त्यही मनमोहक सिसोको बृक्षमा पर्छ। कंचन र पवित्र लाग्ने सिसोका हाँगाबिँगा तथा पातहरु उष्मावनहुंदै आइरहेका भास्कर किरणमा अझ टल्किन्दै लहलहाई रहेका थिए। तल राजमार्गमा स्कूली किशोर किशोरीहरु , सड़क आश्रित ब्यापारिहरु र घरेलू किनमेलका लागि निस्किएका नरनारीहरुको चाप बढिरहेको छ। सना तथा ठूला सवारी साधनहरूपनि आफ्ना आफ्ना दिशामा घुईंकी रहेका छन। सवेरै हिंडेका बटुवाहरुलाई लखेट्न आउने भूस्याहा कुकुरहरुचाहीं  आफैँ लखेटिइ सकेकाछन।

यसैबेला पर अकासमा एक बथान सागिने जातका बकुल्लाहरु उड्दै सिसौको बृक्ष तीर आउँदैछन। त्यो बथानबाट एक जोड़ी बकुल्ला छुट्टिएर कावा खाँदै यही सिसोको बृक्षको एक हांगामा बस्न आइपुग्छन । अरु पश्चिम तीर बरालीनछन। एउटा मोटो शाखामा ठिङ्ग्रिँग उभिएका बकुल्ला जोड़ी छिनछिनमा बिस्तारै पखेटा फिंजाइ यही हाँगामा उफ्रीउफ्रि यताउता गर्छन। सर्वांग शुभ्राकृतिका ती बकुल्ला जोड़ीका सिन्के खुट्टी र पहेँला नङ्ग्रा जति सुहाउँदा थिए ,त्यों भन्दा बढ़ता सूंदर उनीहरुका उडिरहेका सिमलको भुवा भन्दा श्वेत पखेटा , वक्रदार गर्धन , लाम्चा पेट , आंग र सिउरका मसिना कल्कि थिए। उनीहरु भर्खरै आहारले तृप्त भएर आएका रहेछन की क्याहो कुन्नी ,अहिले उनीहरु बनस्पति फल वा किरा-माकुरा(आहार जनन्य वस्तु )तीर ध्यान नलगाइ उडूं उडूं गर्दै बस्दै गरिरहेका थिए। मानौ यहाँ थेरापी लिने हरुले गर्ने ब्यायमको नकल गरिरहेकाहुन। त्यों बिशाल बृक्षको हजारों शाखा प्रशाखामा अन्य जातका कुनैपनि चराचुरुङ्गी छैनन। लाग्छ ती जोडिको मात्र प्याओ हो अथवा उनीहरुको आफ्नै कल्पबृक्ष हो।


 अचानक बाहिर एउटा सानू हुरी आयो। आकाश कालो नीलो हुंदै गायो। ती बकुल्ला उंधोमुन्टो लाएर घोतली रहेका थिये। वार्तिकको घोप्टो परेर मसाजरको प्रोजेक्टरलाई पेटमुनिको बिन्दूहरुमा सारने समय आयो। उनले बाहिरबाट नजर झिकी आसन फेरे। यसो गर्दा उनका आँखा आफू अगाडिको खाटमा मसाज लीने अन्य सेवग्राहीहरु तीर पर्छ। उनले मुन्टो बटारेर ब्याख्यान दिने कक्षा  पनि हेरे। कक्षामा 'सालको पात टपरी हुनि 'गीतको तालमा पछिल्लो पालो पर्नेहरु छमछम नाचीरहेका थिए। यसै बखत पूरेै  कक्ष उज्यालो हुनेगरी मिलिक्क पहेँलो प्रकाश पस्यो सँगसँगै बड़ेमाको आवाजमा चड्कने झरेको गर्जनपनी। मसाज कक्षका सबै मानिसहरु तर्सिएर चल्मलाउन थाले। कक्षमा बिजुली गईसकेको थियो। मसाजर अफ भयो। सबै खाट बाट उठेर गर्जनको ब्याख्या गर्न थाले । वार्तिक बाबूपनि खाटबाट ओर्लिसकेका थिए। उनको आंखा त्यही सिसौको बृक्षमा परयो। चट्यांग त्यही सिसौको बृक्षमा खसेको रहेछ। बृक्षको एउटा हांगो मूल कांड बाट चिरिएर तल झरेको थियो। ऊनी सँगै सबैले भने ' ए !चट्यांग त सिसौको बृक्षमा पो परेको रे छ ! धन्न हाम्रो भवनलाई छलेछ '। आजको पहिलो पालोको मसाज येतिकै 'डिसमिस'भयो। वार्तिक त्यहाँ बाट निस्किए। ऊनी सिसौ बृक्षको फेदतीर पुग्दा त्यहाँ वरिपरिका अन्य मानिस पुगिसकेका थिए। कोही झरेको हांगाले बाटो छेक्यो ,पन्छाउन परयो भन्दै थिए ,कोही चट्यांग बाट सँधैलाई कसरी मुक्ति पाउने होला । अर्को एउटाले थप्यो 'म संग दोहोरो काइदा छ सुनने ? केाही बोलयो  ' भन्न त सुनूँ ' । उस्ले भन्यो ' नगरको माझमा एउटा सानू स्टेशन बनाउने ,त्यसको धूरिमा एउटा टर्च लाइट जस्मा चुंबकीय तरंग भरिएको हुन्छ उँभो पारेर जड़ने। त्यसलाई २४ सै घंटा लाइट बाले जसरी  बाली राख्ने। जब चट्यांग गिरछ तब लाइटले छाडेको तरंग ले समातेर स्टेशनको ऊर्जा संकलक युनिटमा पुर्याउँछ। एसरी जहां खसेको भएपनि लाइटले छाडेको तरंगले घरहरु भन्दा मथि नै बाट खैंचेर स्टेशनको  ऊर्जा संकलन यूनिटमा  दाखिला गरेको ऊर्जा पछि बिजलीमा रूपान्तर गरेनि भयो बेचे पनि भयो ,एक - अर्को संधै लाई चट्यांग बाट मुक्तिपनि मिल्यो। छैन त दोहोरो कायदा ? ' जा बजिया सँधै मान्छेलाई डल्लो बनाउने मात्र कुरा झिक्छ। उ सीत परिचित अर्कोले जवाफ फरकायो। यसै  मेसोमा बार्तिकको आंखा सड़क किनारको नालिको डिल्मा परयो। त्यहाँ उही पहिलेका जोड़ी बकुल्ला निष्प्राण भएर लम्पसार परेका थिए। अहिलेभने उनीहरुको रंग पोल्दापोलदै उम्किएको ठुटो जस्तो कालो थियो। उनले  अझ नजिक गएर हेरेमात्र उद्दार गर्न सकने अवस्था केही बचेको थिएन। प्रकृति पनि कस्तो निष्ठुर छिनभर अगाडिको अलौकिक आनंद दिने परिवेश र पात्रलाई निमेष भरमै बिकृत र निष्प्राण बनाइदिन्छ - उनले मनमनै भने - कतै मपनि घर जाँदै गार्दा मानव नियोजित  धरापमा परी यही गतिमा त पुग्ने हैन ? ऊनी स्वतस्फूर्त हुन थर्मल मसाज लीन आएका झन उदास भएर साइकल चुइकयाउंदै घर तीर लाग्छन। अगाडि जे  छ त्यो बिधाताको   योजनामा भर पर्ने कुरा हो। के वार्तिक बाबू सकुशल घर पुगे होलान ? (विश्व पुस्तक दिवस २०७६)
         लोकतंत्र दिवस २०७६को अवसरमा सम्पूर्ण पाठक हरूमा हार्दिक शुभकामना !!
     



       




       
     पट्टी 

No comments