ads

Breaking News

जथाभावी:भर्ष्टता

गौरवपूर्ण लोकतंत्र दिवस २०७६  भब्यरूपमा मनाई सकिएको छ। समीक्षकहरुले यसको प्रतिक्रियामा टिप्पणीपनि दिए। उनीहरुका अनुसार -गत बर्ष देशले महत्वपूर्ण संरचनाहरु पायो। तर सरकारले चाहीं गतिलो प्रस्तुति दिनसकेन। 


यता परम्परागत राजनीतिलाई मान्यतादिने शक्तिहरुलेपनि यस अवसरमा मुख खोले -उनीहरुको भनाइ रह्यो -"यदि प्रजातन्त्रलाई मान्छन भने परम्परागत संस्था वा नेतालाई निषेध हैन स्थान दिन परछ,कारण परिवर्तनकारी  शक्तिहरुलेपनि हाम्रो राष्ट्र /राज्यमा एउटा निष्पक्षी शक्तिको( कार्यकारिणी राष्ट्रपतिको ) खोजी गरिरहेको बेलामा त्यों स्थानमा पहिले देखिनै बनीबनाउ परम्परागत शक्तीलाई किन आशीन नगराउने ? " 

 यी दुईथरी भनाइमा समीक्षकहरुले दिएको भनाइ यथार्थ परक छ। यसमा दुई मत छैन। परम्पराभक्तहरुको भनाइले भने सर्बसाधारणको मथींगलमा भूइँचालो पसाए झैं भएको छ। यसले सचेत सर्वसाधारणको मगजभित्र लुकेर बसेको गंभीर कुराहरु बाहिरयाएको छ। जसानुसार -"आंदोलन ,समझौता ,सहमति र घोषित सम्बिधानको अत्मासँग मेल नखाने कुरा गरेर ब्यर्थ घूमिफिरि ती शक्तिहरु किन समयसमयमा आफूलाई हास्यको पात्र बनाई रहन्छन ? एक-दुइ उनीहरु परम्परा भक्त हुन र परम्परागत शक्तीलाई जगेर्ना गर्ने मनशायले यस्ता कुरा फिँजाएका होलान। "   

यहां दोस्रो कुरा बारे केही प्रस्ट्याउं। यो ध्रुब सत्य हो -परम्परा बसेर नै आज सम्पूर्ण मानव जगत र सभ्यता यहां सम्म आइपुगेको हो। त्यसैले परम्परा के हो ?कसरी यसको बिकास र नियमन हुन्छ ? यसबारे धेरथोर सबैले जानी सकेका छन। वास्तवमा परम्परा भनेको अघिदेखि बस्तै आएको रितिथिति तथा चालचलन हो भने ,यसलाई समयले नै बिकास गर्दै लान्छ , वेद ,दर्शन र नीति नीयमहरूले नियमन गर्छ। परम्पराका कुरा (आदर्श का कुरा )गर्नेहरुले राज्य बेदोक्त बिधिले(पछि मनुस्मृति ,चाणक्य नीतिअनुसार ) चल्नु पर्छ भन्ने मान्यता बोक्छन। यस्को अर्थ राज्यमा एउटा राजा हुनपर्छ र राजा तथा प्रजाले आश्रम ब्यबस्था (ब्रमचर्य ,गृहस्त ,बानप्रस्थ र सन्यास ) अनुसार आचरण गर्नु पर्छ। बेद तथा आदर्शवादीहरुको यो कुरा सही होला। यो भनाइ अनुसार सबैले  आफ्नो आफ्नो आचरण पुरा गरे त्यस्तो ब्यवस्था चल्थ्योपनि होला। तर यथार्थ के हो भने बेदको ज्ञान वेदभित्र मात्र  सीमित छ,बाहिर जथाभावी: भर्ष्टता ब्याप्त छ। यसको पुष्टि इतिहास पुराणहरुले मात्र हैन ,हिजोआजको हाम्रो भोगाईले पनि गरेकै छ। इतिहासमा रामायण ,महाभारत ,कोतपर्व,भण्डारखालपर्व र राजा बिरेन्द्र वंशनासपर्व जो जोडिएका छन ती सवै जथाभाविका उपज हून।

तस्वीर १ 
राजा जनक तथा राजकुमार सिद्धार्थ अपवाद मात्र हुन। ज्ञात अभिलेख अनुसार कुनैपनि इतिहासका राजाले संकटापन्न अवस्था न ब्यहोरी स्वेच्छाले समयानुसार वर्णाश्रम धर्मको अंतिम दुइ आश्रमवास गरेका छैनन। उनीहरुले मृत्युको घड़ी सम्मपनि सत्ताको सुख भोगिरहे। परम्पराका निर्देशक सिद्धांतलाई लत्याइ रहे। जसो राजा उसेा प्रजा।प्रजा हरुमापनी अनाथ भएका र गंभीर संकट ब्यहोर्न पर्ने अवस्था उतपन्न भएपछि मात्र वाध्य भएर 'जीवनशास्त्र'(भावे )अनुसारको आचरण धरने गरेको देखिएकोछ। नत्र मृत्यु अघिसम्म गृहस्थ मै डुबेर रहेको पाइन्छ।


हून ता यस तर्फ मैलेपनि लगभग लगभग सोच्ने बेला आएको छ। तर लोकतंत्र दिवसको अवसरमा जजसले परम्परागत संस्थालाई पुनर्स्थापित गर्नु पर्छ भन्ने प्रवचन दिए स्वयं उनीहरु नै गृह त्याग गरेर परम्परागत (बेदोक्त )आचरण अनुसार सनन्यास आश्रममा प्रवेश लिइसक्नु पर्ने ब्यक्तित्व हुन। त्यो उच्चाशनमा प्रवेश पाउन अनिवार्य तथा वाञ्छनीय योग्यता प्राप्त शीर्ष पुरुषहरुले त्यस्ता गुह्ये कुरा गरी बस्न सुहाउँदैन।यसरी जथाभावी स्थानमा बसेर ,जथाभावी ढङ्गले पेश गरेको मागलाई ,जथाभावी तौरले एक्सकयुशन नगरिएला र ?भन्ने शंका उठाउँदा चिन्तनलाई जथाभावी पोखेको नभनिएला नै। बरु चासो परम्पराका बिग्रिएका भत्किएका टेकहारु नवीकरण गर्ने तीर लगाए पुरुषार्थ प्राप्त हुने थियो। नत्र हिजोका युगमा संस्कृत भाषा मरेझैँ भोली बैदिक परम्परा अधोगतिमा पुगेर लोप हुने निश्चित छ ,येसो भएमा भिक्षाटन गरेर डुलने जमिनपनी बांकिनरहनेपनि  निश्चित छ।


यता  संस्थापनको राजनीती आउँदो बजेट र अधिवेशन तर्फ सोझिंदई छ। यो बेलामा सरकारले  विगतका भूलहरुबाट शिक्षा लिएर ठोस जनहितका काम तीर मन लगाउन आवस्यक छ भन्न सकिन्छ ।

अंतर्राष्ट्रीय जगत एकपाली फेरी आतंकवादबाट स्तब्ध बन्यो। नुजिल्यान्ड र श्रीलंका यसपटक निंदनीय आतंकवादको निशानमा परे। अमेरिका-जापान भेटवार्ता ,भारतमा निर्वाचन ,चीनमा बी आर आई सम्मेलन अन्य चर्चित घटनाहून।
                                                                                                                श्री ठाकुर।
                                                                                                 इनफोठाकुरम@जीमेलडट कम







  

No comments