ads

Breaking News

बोली।पेटबोली

जनश्रुती अनुसार बेलामा नबोल्ने लाटो हो। येता जसले धेरै (पेटभरी )बोल्छ त्यसले नै अधिक गलती गर्छ ,येसो ब्यवहारवादीहरु भन्छन। त्यसो ता लोकपंक्तिमा पनि -' बन्दूकबाट निकलेको गोली र मुखबाट निकलेको बोली फेरी फर्केर आउँदैन भन्ने गरिन्छ '। बोल्नु भनेको भाव ,भाषा संचार गर्नु नै हो। यहां बोल्नुको अभिधार्थ लेख्य -कथ्य दुवै माध्यमको प्रयोग भनि बुझनू पर्छ। बोलन  पाउनु मानिसको नैसर्गिक अधिकार हो। तर सवै ठाउँमा (देशमा) धेरथोर राज्य कानूनको अनुशीलन गर्ने प्रचलन छ।  


माथि थाहा भएका कुराहरुलाई  मनन गरेर ' स्मार्ट ' बोल्न सकने मान्छे नै उत्तम  वक्ता हो भननेकुरा थाहा हुँदा हुँदै पनि कहिलेकाहिं बोलने मान्छे चिपलिहालछ। परिणाम - दंड ब्यहोर्नु ,क्ष्यमा माग्नू वा आलोचना सहेर मौन बस्नुमा पुगेर मामला टुङ्गिन्छ।  बोलने वक्ताहरू धेरै प्रकारका हुन्छन। तीनमा सहज वक्ता ,ब्यवसायिक वक्ता र शौखिन वक्ता प्रमुख हुन। सिपालु वक्ताले शैली (अलंकार) मिलाएर बोल्छन।वक्ता जस्ता हुन ,तीनले बोल्दा प्रमुखत:संबिधान र ब्याकरण जो सर्वस्वीकार्य र बाध्यकरी हुन्छ मानेका हुन्छन। अहिले नेपालमा 'बोल्ने ' प्रशंग बारे राज्य र सम्बंधितहरूको   भनाभन चल्दै छ , हेरौँ कहां पुगेपछि दुवै चुप हुन्छन। 


येता धमाधम बोलिहालन पर्ने बेला आएको छ,उता उच्चारण प्रयत्नले पहल लिने ठाउँ मै चीसो गडेको छ , मेरुदंड करकर खाएको छ(कसै कसैले उच्चारण प्रयत्न भुंडीबाट सुरु हुन्छ भन्छन। ) माथिका उक्ति सार्थक नगरुँ ता 'लाटो ' भनिएला भन्ने डर यता बेला घरकीन लागिसक्यो ,चिसो हटेको छैन। कर्तब्य खातिर पीड़ा (जोखिम )सहेर भये पनि दुइ चार प्रोक्ति बोलेको छु अन्यथा नलिनु होला। 


सर्वप्रथम म यहां अरुले बोलेको जस्ताको तस्तै बोलन चाहन्छु -  रामत:सममाननीय राष्ट्रपति ज्यूले गणतंत्र दिवसको अवसरमा 'गणतंत्र हाम्रो  जीवन पद्धति हो ' र  प्रधानमंत्री ज्यू ले 'गरीबी र गणतंत्र सँगसँगै रहन सक्दैन ' भन्नु भयो।        
लक्ष्यमणत: ' कांतिपुर दैनिक ले-आजको दिनले लोकतान्त्रिक आंदोलनका बांकी कारयभार पूरा  गर्न ,राष्ट्रपति संस्थाको सम्मान बढाउन र सरकारलाई गणतांत्रिक चेतना अनुकूल चल्न प्रेरणा मिलोस!शुभकामना ! ' भन्नुभयो। 
हनुमानत:अब म आफ्नै अन्त:स्करणको बोली बोल्दै छू। यसै दिन सरकारले १५ खर्ब चान चूनको बजट प्रस्तुत गरेको छ। ८ %भन्दा बढीको आर्थिक बृद्धि दर। बजेटमा शिक्ष्या ,भौतिक पूर्वाधार निर्माणले प्राथमिकता पाएको छ,कृषि पछाडि परेको छ,उद्योग ब्यवशाय,सामाजिक सुरक्ष्या अघि बढेको छ। बजट संतुलित (लोकप्रियतावादी ?) छ,जति आय उति खर्च अंतिम जोड़ ठ्याक्कै मिलेको छ। बिगतको अनुभव हेर्ने हो भने प्रक्षेपित लक्ष्य आधा भन्दा कममात्र प्राप्त भएका छन ,यसपाली त्यस्तो नहोस। येता एसपाली थप आम्दानिका बाटा (अपर तमाकोसी ,नेपाल -जापान हवाई सम्पर्क र वैदेशिक रोजगार दाताहरु संग राम्रो संझउता र मौसम अनुकूल बने कृषि तथा पशु पालनबाट राम्रो आमदनी ) खुलने अर्थशास्त्रका जानकारहरु बताउँछन। यो खुशीको कुरो हो। 


सम्बिधानले देशलाई समाजवाद उन्मुख पार्नु भनेको छ। २|३ बहुमत प्राप्त नेकपा(नेकपा)को आर्थिक नीति पनि ' सम्बृध नेपाल सुखी नेपाली ' रहेको छ। पक्कै पनि सरकारले यी दुइ लक्ष्य भेट्टाउन लागेशक्ति बल लगाउने नै छ।  तर यहां एउटा टड्कारै  संग नमिलेको कुरा के छ भने ,अर्थमंत्री ज्यू ले प्रस्तुत गर्नु भएको बजट देशको आर्थिक सामाजिक मनोबीज्ञानको ' किन्सियन बिश्लेषण पध्दतिको सार हो ,जसले देशलाई  लोककल्याणकारी ,आधुनिक प्रजातानत्रिक  (पूंजीवाद ) समाज तर्फ लैजान्छ। जवकि कम्युनिस्टियन समाजवाद तर्फ लैजान मार्क्सीय बिश्लेषण पध्दतिको प्रयोग गरेर सार निकालन पर्थ्यो - 'न्यू इकनमिक डिल' पस्कनु पर्थ्यो की ? । जे होस यसपाली पनि पहिले पहिलेझैँ सदन अवरुद्ध भएर समयमै बजट नआउलाकी भन्ने चिंता चाहीं छैन। २|३ बहुमत जो संजीवनी बनेर रहेको छ।         
आम्दानिको बाटो 
  

















No comments