ads

Breaking News

मनन अनुमिति (अद्वैत वेदान्त सामान्य ज्ञान )

ॐ 


Manan Anumiti

मुखपृष्ठ डिजाइन: श्री ठाकुर।

------------------------------

          भूमिका


                    ॐ                                  

।। ...पूर्णमेवावशिष्यते ।।

प्रा.डा.नारायणप्रसाद खनाल

       भ.न.पा.-४ , चितवन।

अध्यात्म चिन्तन एक पूर्ण बिषय हो।मानव-जीवन पूर्णतया अध्यात्ममय छ, मात्र जीवनलाई दर्शन गर्न सक्नुपर्छ।आत्मतत्त्वको खोजी गर्न वैराग्यले अङ्गीकार गर्नुपर्दो रहेछ।वैरागीले पनि सद्गुरुको आश्रयविना अभिलषित उद्देश्य प्राप्त गर्न सक्दैन। आत्मतत्त्वको ज्ञानविज्ञान ईश्वरप्राप्ति असम्भव छ। ईश्वर पूर्ण तत्त्व हो भने अज्ञानी पुरुष भौतिक दृष्टिबाट पूर्ण होला तर ज्ञानका दृष्टिले अपूर्ण नै हुन्छ। उसले अनेक प्रयत्नद्वारा ज्ञानको मार्ग अवलम्बन गर्यो भने र गुरुकृपापनि भयो भने ‘रसो वै स:' अथवा ‘प्रज्ञानं ब्रह्म’ जस्ता उपनिषदिय सूत्रहरूद्वारा सङ्केतित ब्रह्मसाक्षात्कार पनि हुन सक्छ तर ब्रह्मज्ञान चानचुने कुरा भने हुंदै होइन।

जीवनको पूर्वार्धमा अन्यत्र सङ्र्घर्ष गर्दै परिवारको बीचमा रहेर पनि एक्लो यात्री बनेर भड्किरहेका श्री ठाकुर प्रसाद अधिकारीले यतिवेला जीवनको उत्तरार्धमा आएर हरिहर सन्न्यास आश्रममको सेवक बनि सन्त शिरोमणि स्वामी ज्ञानानन्द सरस्वती ज्यूको सान्निध्य पाएर जेजति वेदान्त दर्शन वा अध्यात्मका विषयमा पढेर-सुनेर-जानेर अझै केही जान्ने इच्छा जागेर जुन मनन विषयक जिज्ञासा र समाधान प्रस्तुत गर्नु भएको छ अथवा वेदान्त र तद्विषयक ज्ञेय सामग्री मनोयोगका साथ संकलन गर्नु भएको छ, यसबाट जिज्ञासुहरूलाई प्राथमिक सामान्य ज्ञान अवश्य हुनेछ।

वेदान्त विषय लहरोतान्दा पहरो गर्जिने जस्तो हुन्छ। यो पढेर मात्र  जानिने विषय होइन, बरु यो त बोध र आचरण अनि प्रचार प्रसार द्वारा जान्न सकिने विषय हो। सर्वप्रथम गार्हस्थ्य आश्रम त्याग, वैराग्यवोध, आचार विचार र धार्मिक निष्ठा, सद्गुरुहरूप्रतिको सम्मान, ईश्वरप्रतिको समर्पण भाव, ध्यान-ध्येयप्रति लगाव राख्न पर्ने अध्यात्मविद्याको सुधारस पान गर्ने कार्यमा प्रवृत्त हुनुपर्ने दर्शनशास्त्र यति गम्भीर र विस्तृत छ कि, कतिपय साधनामार्ग अवलम्बन गरेका त्यागी वैरागी पनि हार खान्छन् तर श्री ठाकुर प्रसाद अधिकारीले जीवनमा बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाइसक्नु भएको छ र उहाँ यति वेला वैराग्यबोधपूर्वक जीवनवोधको दिशामा अग्रसर हुनुहुन्छ। कुनै विषयको ज्ञान गरेर या जिज्ञासु बनेर लेख्नु भनेको एकप्रकारको खोजी गर्नु हो र त्यस्तो खोज गर्न नसक्नेहरूको निम्ति यस्तो सामग्री प्राप्त हुनु भनेको ठूलो सौभाग्यको कुरा हो।

प्रस्तुत पुस्तकमा सङ्कलन गरिएको महत्वपूर्ण समाग्री हेर्दा लेखक-संकलकको पर्याप्त परिश्रम खर्च भएको देखिन्छ। सर्वप्रथम यो पुस्तक नै दुई भागमा विभाजीत छ। पहिलो खण्डमा 'सृष्टिको क्रिया-प्रक्रियाहरू’मूल शीर्षक अन्तर्गत छ उपशीर्षक बारे निकै खोजपरक अध्ययन प्रस्तुत भएको छ। उपशीर्षकका पनि उपोपशीर्षक नभएका होइनन्, अझ कतै त तिनका पनि सूक्ष्म भेद देखिन्छन्।जे होस् यो खण्ड वेदान्त ज्ञान पिपासुका निम्ति अत्यन्त सहायक हुने देखिन्छ। त्यसैगरी दोस्रो खण्डलाई ‘वेदान्तदर्शन’ मूल शीर्षक दिइएको छ र यस अन्तर्गत १० उपशीर्षक छन्। पहिलो उपशीर्षक वेदान्तका जाज्वल्यमान प्रश्नहरू’हो र यसमा चौविस उपशीर्षकहरूमा प्रश्न गरिएका छन् भने तिनका यथोचित उत्तरहरू पनि विविध शास्त्रीय ग्रन्थ, प्रवचन आदि बाट दिइएका छन्।दोस्रो उपशीर्षक ’स्वर्णिम वचनहरू’ तेस्रो अनमोल जानकारीहरू,चौथो ’आत्माका २०० नामको सूची', पाचौं ‘वेदान्त शब्द सूची' पांचौं ’वेदान्त शब्द सूची’ रहेको छ जस अन्तर्गत करिब एकहजार शब्दहरूको वर्णानुक्रमिक वेदान्त समबध्दार्थ सङ्कलन गरिएको छ, यस्तै आदि शंकराचार्यका कृतिहरू छैठौं उपशीर्षक अन्तर्गत भाष्य प्रकरण ग्रन्थ र स्तोत्रहरूमा विभाजन गरेर उपलब्ध कृति वितरण प्रस्तुत भएको छ।उपशीर्षक ‘हिन्दू धर्मग्रन्थ हरूमाथि प्रमुख भाष्यहरू’, आठौं हरिहर संन्यास आश्रम, देवघाट धाम (आदि प्रयाग) संक्षिप्त परिचय, नवौं ’हरिहर सन्न्यास आश्रमबाट प्रकाशित ग्रन्थहरू’ र दशौं उपशीर्षक’उपसंहार’ हो,जो छोटो रहेको छ।यी कुराका अतिरिक्त पुस्तकका अगाडि पछाडि र माझमा पनि केही महत्वपूर्ण स्तोत्र-मन्त्रहरू एवं जानकारीका अत्यधिक विषयवस्तु सङकलन भएको छ।यसलाई सङ्ग्रह पुस्तकमात्र भनेर हुंदैन किनँभने श्री ठाकुर प्रसाद अधिकारीजीका परिपक्व एवं ज्ञान गुनका आधारमा यथास्थान जे जस्तो विषय विश्लेषण र प्रतिपादन भएको छ, मलाई लाग्छ त्यो उहाँको निजी शैली प्रयुक्त अभिव्यक्ति हो र त्यो वेदान्तका मर्मभन्दा बाहिर गएको प्रतित हुंदैन।

जीवनका उकाली-ओरालीमा जस्तासुकै र जतिसुकै उत्पात र विपदा सहन परेपनि जुनसुकै विषयमा जिज्ञासा राख्ने, अध्ययन र सृजनातिर निरन्तर लागिपर्ने श्री ठाकुर प्रसाद अधिकारीजीका जिज्ञासु स्वभाव यतिबेला वेदान्त विषयक ऊहापोह गर्नतिर एकोन्मुख भएको देखिन्छ। यसैगरी आध्यात्मिक चिन्तन, दार्शनिक मनन र ज्ञान ध्यान विषयक निदिध्यासन तर्फ लाग्न सक्नु भयो भने उहाँबाट यस किसिमको आध्यात्मिक उपयोगी सामग्रीको सङ्कलन र प्रकाशन हुँदै रहने छ र जिज्ञासु वर्ग अत्यधिक लाभान्वित हुने छ। यद्यपि 'विद्यास्थानानां गन्तुमन्तं न शक्य:' भन्ने प्रचलन छंदैछ तथापि महान उध्देश्य लिएर अघि बढ्दा जेजस्तो फलप्राप्ति हुन्छ, निष्काम कर्म गर्नेहरूका लागि त्यही नै महान् उपलब्धि हुन्छ। परिपूर्ण त ईश्वर नै हुन्छन्, अरू सबै अपूर्ण नै छन् तथापि पूर्णबाट पूर्ण झिक्दा पनि पूर्ण नै बाँकी रहने विषयमा कलम चलाउनु भएकोमा म श्री ठाकुर प्रसाद अधिकारीज्यूलाई उहाँको वानप्रस्थ-सन्न्यस्त आश्रम र त्यहाँको चिन्तनको प्रस्तुत ‘मनन अनुमिति' वेदान्तदर्शनका अध्ययनशील समाजमा लोकप्रिय हुन सकोस् र लेखक-सङ्ग्रहकर्तालाई यस कार्यमा पूर्ण सफलता मिलोस, हार्दिक शुभकामना!!’पन्थान: सन्तुते शिवा:'।।

२०७८ भाद्र २८, चतुर्थी।


-----------+-------------------------

शुभाशिष:

शुभाशिष


             ॐ

।। सा विद्या या विमुक्तये ।।

स्वामी डा.ज्ञानानन्द सरस्वती

श्री हरिहर-सन्न्यास-आश्रम, तनहूँ।

                                         

केही समयदेखि हरिहर सन्न्यास आश्रम देवघाटधाममा अध्यात्म-साधना गर्दै आइरहेका ठाकुरप्रसाद अधिकारीले आफ्नो साधनाको क्रममा श्रवण,अध्ययन एवं मनन गर्दैगर्दा प्रस्फुरित भएका वेदान्तदेखि व्यवहार सम्म र देहदेखि देहीसम्मका यथामति चिन्तनहरूलाई लिपिबद्ध गरी “ मनन अनुमिति “ नामको शीर्षकमा पुस्तकाकार कृति तयार पारेकोमा साधक ठाकुरलाई हार्दिक साधुवाद!

“ मनन अनुमति “ शीर्षकको अर्थ गर्नुपर्दा “ मनन “ शब्दको अर्थ शास्त्र पढिसकेपछि वा सुनेपछि प्रत्यक्ष अनुभवका निम्ति चिन्तन नै गर्नुपर्दछ भन्ने हुन्छ। किनकी मनन पश्चात् नै निदिध्यासन सम्भव छ।यो नै वेदान्त को निर्घोष हो।

“अनुमिति “ यो शब्द न्याय-दर्शनसम्मत छ। मिति=ज्ञान,अनु=पश्चात् अर्थात् पछि हुनेवाला ज्ञान नै अनुमिति हो। समग्रमा भन्नुपर्दा अनुमान प्रमाणद्वारा जन्य ज्ञान नै अनुमिति हो। जस्तै-पर्वतो बन्हिमान् धूमात्। कुनै पर्वतमा धुवाँ देखियो भने अग्निको अनुमान हुन्छ। किनकी विना अग्नि धुवाँ देखिनु असम्भव छ। वस्तुतः जगतरूप कार्यद्वारा ब्रहम-चैतन्यरूप कारणको ज्ञान हुन्छ। किनकी कारणरूप ब्रह्म-चैतन्य विना कार्यरूप जगतको अस्तित्व नै असम्भव छ।अस्तु!

शीर्षक अनुसारको प्रसङ्ग,प्रश्नानुसारको उत्तर र शुध्दाशुध्दिलाई यथा-स्थितिमा रहन दिई साधक ठाकुरको मननको प्रयास स्तुत्य छ। साधनाको यात्रा सफल रहोस्-आशिर्वाद।

        ॐ                                

 ।।सरस्वतीमयादृष्टा

   वीणापुस्तकधारिणी।

हंसवाहन  संयुक्ता 

विद्या दानं करोतु मे।।

           लेखकीय

सृष्टिका प्रथम वर्षहरूमा देवता मानिस, पशुपक्षी(स्थावर-जङ्गम ) र समस्त संसार ब्रह्ममय थियो । किन नहुनु सबै परमेश्वरका अंशरूप थिए । परमेश्वरलाई वैश्वानर वा विराट् वा हिरण्यगर्भ वा समष्टि र वहाँका अंशहरूलाई(मनुष्यको अवस्था अनुसार तैजस, प्राज्ञ, विश्व) व्यष्टि, प्रत्यगात्मा,जीवात्मा वा देवात्मा भनिन्थ्यो । क्रमैले सृष्टि सुचारु हुन थाल्यो । देवता,मानव,पशुपक्षीहरूले(स्थावर- जङ्गमहरूले) प्रणाली अनुरूप कर्म गर्न थाले । स्वाभाविक हो कर्म सुकर्म-कुकर्म दुईवटै हुन सक्थे । यसरी कर्म गर्दै जीवन परिपक्व बनाउदै जाँदा मृत्यु दिएर सृजित सबै प्रकारका जीव समूहको एक दिन मृत्यु आउंथ्यो र ऊ कर्मानुसार मुक्त वा पुनर्जन्म धारणा गर्दथ्यो । मुक्त हुनेहरूले पुनःयस धरतीमा फर्कन पर्दैनथियो र मुक्त नहुनेहरू पुनः यस धरतीमा आफ्नो कर्मानुसारको योनिमा फर्कनु पर्दथ्यो । हुनसक्छ ऊ ऊसको पहिलो जन्मको योनि समूहभन्दा भिन्न (मानिस थियो भने गोरु) समूहमा जन्मन पनि सक्थ्यो । यसरी संसार जन्म मृत्युको चक्र संगसगै मौलाउन थाल्यो । सृजन, पालन, विनाश आ–आफ्नो धर्म पूरा गर्दै अघि बढे । सबैकालमा सृजन र विनाशको तुलनामा पालनधर्मको आयु दीर्ध रहन्थ्यो । यो पालन धर्मको अवधिमै विभिन्न क्रियमाण कर्महरूले जन्मने र फैलने मौका पाउंदथे । दैवी कर्महरूमा (आध्यात्मिक) आस्था हुनेहरूले तत्जन्य कर्म पुरा गरी पुण्यलाभ गर्दथे । तिनलाई मार्गदर्शन गर्ने श्रुति, स्मृति, उपनिषद, पुराणेतिहास ,दर्शन, शिक्षा, आदि वेदका अङ्गहरू थिए । आसुरी कार्यमा लत बसेकाहरू आ–आफ्नै मन मर्जिले दुनियालाई भ्रष्ट र आतङकित बनाँउदै दुःखान्त अन्त भोग्दथे । यसै गरी देव, दानव, मानव, मानवेतर संसार अधि बढदै गयो । जगत्को पाप-धर्मको सन्तुलन मिलाउन परमेश्वरले समय समयमा धेरै अवतारहरू पनि लिनु भयो ।परमेश्वरको सुन्दर सृजन झन अलंकृत र सुशोभित हुंदै आयो । 

चेतनमा श्रेष्ठ र कर्ममा अधिकार पाएको मनुष्यले स्वभाव अनुसार  पुरुषार्थ प्राप्तिका लागि धेरै अभ्यास गर्न पुगे । वेदोक्त मार्ग पहिचान गरी सो प्राप्तिको लागि उपदेश सञ्चार गर्न थाले श्रवण, मनन, निदिध्यासनलाई उच्च तहमा पुर्याई विदेह (कैवल्य) मुक्तिको प्राप्ति सहज तुल्याए । यद्यपि जीवसंग पहिलेदेखिनै (परमात्मा,भगवान्, आत्मा) छ तापनि त्यो तत्त्व छोपिएर एक कुनामा थन्किएकोले मान्छेले बिर्सियो । उसलाई त्यो कुरा बोध गराइदिने एक अग्रकर्ता(frontier=गुरु) जन्मिए । उनले दिएको ज्ञान शिष्यहरूले आफ्ना शिष्यलाई सार्दा यो मुक्ति प्राप्तिको अभ्यास परंपरा बन्न पुग्यो । सौभाग्य यो परंपरा आज पनि जीवित छ, मुक्ति प्राप्तिको लागि अभ्यास आज पनि गरिन्छ गराइन्छ । यो कर्म निजी तथा संस्थागत रूपबाट एक गुरु माध्यम हुंदै आएको छ । यसको लागि एक गुरु  एक मुमुक्षु भए पुग्छ । हुनत मुक्ति पूर्वजन्ममा संचित पुण्यकार्य र यस जन्ममा श्रद्धायुक्त भगवत् भक्ति हुनेहरूलाई अचानक साक्षात्कार वा फलित हुन्छ भने कर्म, उपासना र ज्ञान मध्ये कुनै एकमा विलक्षण साधना हुने साधकहरूलाई भगवान्ले प्रत्यक्ष दर्शन दिई जन्म-मरणको चक्रबाट छुटाउनु हुन्छ भन्ने कुरा धर्म शास्त्रहरूमा लेखिएको  छ। 

आज जीवन धेरै थरिका जटिलता नछिचोलिकन बिताउन असम्भव जस्तै भइसकेको छ । समाज विभिन्न थरिका आस्था, विश्वास, मत,वादहरूको गञ्जागोलले जेलिएको  छ। धर्म संस्कृतिमा पनि धेरै थरिका जालको संजाल टांगिएको  छ। एउटै धर्म धारमा पनि देश, काल र परिस्थितिका प्रभावले बहुधार सृजना भएका छन् । फलस्वरूप एउटै परिवारमा बाबुको सगुण चिन्तन, आमाको निराकार चिन्तन, छोराको मानववतार ईश्वर चिन्तन त छोरीको ज्ञानयोग चिन्तन देखिएको छ । जुन धारका जुन वाद वा मत धारण गरे पनि लक्ष्य एउटैहो मोक्ष प्राप्ति। सो लक्ष्य प्राप्ति एक साधना पध्दति अङ्गिकार गरेपछि मात्र हासिल हुन्छ । अद्वैत वेदान्तमा साधना मार्ग-श्रवण, मनन र निदिध्यासन हो । यो ज्ञान मार्ग हो । साधन चतुष्टयको निश्चयात्मक साधनले जो कोही पनि साधक गुरु शरणद्वरा मोक्ष प्राप्त गर्न सफल हुन्छ भन्ने उत्तर मीमासा दर्शनको ठहर छ । जिज्ञासुको ज्ञान प्राप्ति (मोक्षकामना) सहज होस् भन्ने उद्देश्य राखी यस ‘मनन अनुमति' नामक कृत्ग्रन्थमा अद्वैत वेदान्त दर्शनभित्र (क्षेत्रत: यसमा दार्शनिक परिचय, अध्ययन शैली {अनुबन्ध चतुष्टय}, उपनिषद् र वेदान्त तथा मूल विषय: ब्रह्म,माया,आत्मा,जीव,ईश्वर, ईश्वर र जीव, बन्धन र मोक्ष, सृष्टिको प्रकृया तथा प्रमाण आदि पर्दछन्।[कसै कसैले यिनै मूल विषयलाई फुटाएर शीर्षक थपघटगरी व्याख्या गर्ने गरेको पनि पाइन्छ। यसो हुँदा कसै कसैलाई भ्रम पर्न सक्छ।यदि यस्तो समस्या पर्न आए सोको समाधानकालागि सिद्धान्त {ब्रह्मसूत्र} हेर्नुपर्छ])। चलनमा आउने क्रिया-प्रक्रियाहरूको बुंदागत परिचय, ज्ञान,आत्मा, मुक्ति बारे प्रश्नोत्तर शैलीमा जानकारी तथा अन्य विविध विषयका साथै आत्माको २०० नामहरूको सूची र वेदान्तमा प्रयोग हुने शब्दहरूको व्याकरणिक अर्थसहितको सूचि समावेश गरिएको छ । कतिपय बुंदाहरूको सामग्री पंचदशी,पञ्चीकरण,प्रकरणग्रन्थहरू र विभिन्न व्यख्या-टीकाबाट छाँटेर निकालिएको छ। यसको सम्पूर्ण सामग्री परंपराबाट नै प्राप्त भएकाले सबै कुरा अनुलेख गरिए जस्तो छ,हो पनि मेरो प्रयास परंपरा प्रसार गर्न मा नै केन्द्रित हुनुपर्थ्यो र भएको छ ।लोक प्रसिद्ध छ ‘घिउ कहाँ पोखियो दालमा'। यो कृति मोक्ष कामना गर्ने नवजिज्ञासुहरूकोलागि सोझो बाटो पहिल्याई लक्ष्यमा पुग्न र ज्ञानको चतुर्थ भूमिकामा पुगिसकेका ज्ञानी जनहरूलाई पुनरताजगि लिन समेत उपयोगी हुनेछ।यो कृत्ग्रन्थ मेरो हरिहरसंन्यासआश्रमबसाइको क्रममा श्रवणगरेका प्रवचनहरू,स्वाध्याय, पुस्तकालय तथा अन्य विद्युतीय ज्ञान र सूचनामाध्यमहरूबाट निक्लिएको सारवस्तु हो।यो कृत्ग्रन्थमा रहेका असुध्दिहरूलाई रौं चिरा गरी केलाएर शुध्द्याइ दिनुभएकोमा र ‘पूर्णमेवावशिष्यते' प्रदान गरीदिनु भएकोमा म परमादरणीय प्रा.डा.नारायण प्रसाद खनालज्यू (प्रणयराना)लाई ‘स्मार्ट’नमस्कार नटक्र्याइ रहन सक्दिन।भगवान क्षमाशील हुनुहुन्छ,त्यसैले पाठकवृन्द पनि स्वाभाविक रूपमै क्षमाशील हुनुहुन्छ  यदि कतै मैले भुल गरेको भए! अस्तु ।                                                        विनीत,    

लेखक।                               

मिति २०७८ , भाद्रपद ।         


           

            ॐ

        मनन अनुमिति

          विषय सूची

           खण्ड:एक

शीर्षक                      पृष्ठ                                                  

सृष्टिको क्रिया-प्रक्रियाहरू    

१.पञ्चीकरण

२. सृष्टिको २५ तत्त्व

३. देह

३.१. देहको विकार

३.२. देहको प्रकार

३.३. देह कोशको आधारमा

३.४.१. देहको शत्रु

३.४.२. देहको विलय

४. ईश्वरको देह

५. ईश्वरको ३ अवस्था

६. ईश्वरको ३ रूप

७. ईश्वरको ३ स्वरूप

८. ईश्वरको ३ भक्त

९. ईश्वर एक्लो हुनुहुन्छ

१०.ईश्वरको अर्थ, परिचय र कार्य

११. ईश्वरोपासना

१२. के साँच्चैमा ईश्वर छन् त ?

१३. माया

१४. अविद्या अर्थात् अज्ञान

१५. जगत्

१६. जीव

१७. म

१८. आफू

१९. आत्मा

२०. आत्मा ज्ञान

२१. म कहाँबाट आएको हुँ ?

२२. कर्म

२३. धर्म

२४. अष्टसिद्धि

२५. समुच्चयवादी

२६. ज्ञानको प्रतिबन्धक

२७. चिन्तन चिरफार

२८. विचार

२९. महावाक्य प्रशोधन

३०. ज्ञान योग

३१. ज्ञान योगी

३२. समाधि

३३. समाधिको फल

३४. ज्ञानभूमिका

३५. सप्तान्न

३६. अपवर्ग

३७. त्रिपुटी

३८. मनुष्य (नरनारी)

३९. संस्कार

४०. दु:ख

४१. आनन्द

४२. ऊर्मि

४३. रोचक तथ्य

४४. बालक अवस्थाको अवगुण

४५. युवक अवस्थाको अवगुण

४६. वासनाको प्रकार

४७. सिद्धि प्राप्ति

४८. सम्पदा

४९. नर्कको द्वार

५०. भक्तको प्रकार

५१. स्वभाव

५२. षड्दर्शन

५३. पञ्चदशी

५४. संवित्

५५. वाद निरूपण

५६.अनिर्वचनीय

५७. त्रिविध प्रस्थान

५८. वाद:भिन्नता र एकता

५९. विद्यारण्यमुनिको प्रतिविम्ब वाद

६०. मुमुक्षु (अधिकारी) अनुसारको सिद्धान्त

६१. वेद

६२. पुराण

६३. उपनिषद

६४. प्रस्थानत्रयी

६५. पञ्चदशी

६६. गीता

             खण्ड २

     वेदान्त दर्शन 

१. वेदान्तकाजाज्वल्यमान प्रस्नहरू

क.आत्मज्ञान गर्न के गर्नु पर्छ ?

ख.आत्मज्ञान भन्नु र ब्रह्मविद्या भन्नु एउटै हो ?, आत्मज्ञान वा ब्रह्मविद्याको परंपरा कसरी बस्यो     र अहिले कहाँ आइपुगेको छ ?

ग.संन्यास भनेको के हो ?  

घ.महानुशासन भनेको के हो ?

ङ.जीवात्माको १६ कला भनेको के हो ?

च.आनन्द कहाँ कति ?

छ.जगत्को समूह भनेको के हो ?

ज.देहको स्रोत कहाँ छ ?

झ.जगत भनेको के हो ?

ञ.पुराकल्प भनेको के हो ?

ट.क्लेश भनेको के हो ?

ठ.ब्रह्म भनेको के हो ?

ड.ज्ञान भनेको के हो ?

ढ.गुरु भनेको को हो ?

ण.जिज्ञासु भनेको को हो ?

त.अनुष्ठान भनेको के हो ?

थ.प्रणव भनेको के हो ?

द.विद्या भनेको के हो ?

ध.प्रलय भनेको के हो ?

न.कल्प भनेको के हो ?

प.पञ्चाग्नि भनेको के हो ?

फ.मार्ग भनेको के हो ?

ब.पुनर्जीवन (जन्म-मृत्यु) चक्र भनेको के हो ?

भ.वैदिक यज्ञ भनेको के हो ?

     २.  स्वर्णिम वचनहरू

     ( हितोपदेश- १)

     ३.अनमोल जानाकारीहरू

      ( हितोपदेश- २)

     ४. आत्माको २०० नामहरूको सूची

     ५.  वेदान्त शब्द सूची

     ६.आदि गुरु शंकराचार्यका कृतिहरू

     ७.हिन्दू धर्मग्रन्थहरूमाथि प्रमुख भाष्यहरू

     ८.हरिहर सन्न्यास आश्रम, देवघाट धाम (आदि प्रयाग), संक्षिप्त परिचय ।

     ९. हरिहर सन्न्यास आश्रमबाट प्रकाशित ग्रन्थहरू

     १०. उपसंहार

---------+---------+-----------+--

                ॐ

।। नमो नमस्तेअखिलमन्त्रदेवता-

द्रव्याय सर्वक्रतवे क्रियात्मने।     

 वैराग्यभक्त्यात्मजयानुभावित-

ज्ञानाय विद्यागुरुवे नमो नमः।। 

-------------------------------------

     मनन अनुमिति

       खण्ड : एक

सृष्टिको क्रिया-प्रक्रियाहरू

१. पञ्चीकरण:-

पञ्चीकरण भनेको सृष्टि(जगत) लाई प्रपञ्च प्रणालीमा ढाल्नु हो।जहिले र जहाँ पञ्चमहाभूतहरूको विषयमा चर्चा- परिचर्चा गरिन्छ, त्यसैलाई पञ्चीकरण भनेर पनि बुझिन्छ । पञ्चमहाभूत पाँच थरिका छन् । अपञ्चीकृत पृथ्वी, जल, तेज, वायु र आकाश यी पञ्चमहाभूतहरूलाई यसरी पञ्चीकृत गरिन्छ :-

स्थूल देहको पञ्चीकृत २५ तत्त्वहरू

पञ्चभूत पृथ्वी जल अग्नी वायु आकाश

पृथ्वी:अस्थि ५० रक्त १२.५ आलस्य १२.५ संकोचन १२.५ कट्याकाश १२.५

जल:मांस १२.५ वीर्य ५० कान्ति १२.५ चलन १२.५ उदाराकाश १२.५

अग्नि: (तेज) नाडी १२.५ मूत्र १२.५क्षुधा ५० उत्क्रमण १२.५ हृदयाकाश १२.५

वायु: त्वचा १२.५ स्वेद १२.५ तृषा १२.५ धावन ५० कण्ठाकाश १२.५

आकाश: रोम १२.५ राल १२.५ निद्रा १२.५ प्रसरण १२.५शिराकाश ५०%

(विस्तृत जान्न हेर्नुहोस् पंचीकरण-

रुपान्तरकार शेषनारायण,पं. दुर्गादत्तशास्त्री।प्रकाशक श्री रामजी बाबु धिताल।)

२. सृष्टिको २५ तत्त्व:-

जगत्को सृष्टि सम्वन्धमा साङ्ख्य दर्शन (कपिल मुनि, सत्कार्यवाद)ले यसरी व्याख्या गरेको छ । 

पुरुष+प्रकृति >महत् >अहंकार> तन्मात्रा(५ विषय= रूप,रस, शब्द, गन्ध, स्पर्श । र पंचमहाभूत=आकास, वायु,जल, अग्नि, पृथ्वी )>इन्द्रिय (५ ज्ञानेन्द्रिय , १ उभयेन्द्रिय , ५ कर्मेन्द्रिय) ।( विस्तृत जान्न हेर्नुहोस्-साङ्ख्यकारिका)

  क.सृष्टिक्रम:तमोगुण प्रधान तर सत् तथा रज मलिन विशेष सत्ता सम्पन्न अज्ञानोपहित चैतन्यबाट आकाशको उत्पत्ति हुन्छ र आकाशबाट वायु, वायुबाट अग्नि, अग्निबाट जल र जलबाट पृथ्वीको उत्पत्ति हुन्छ।यिनै आकाश, वायु, अग्नि,जल, पृथ्वीको अपञ्चीकृत पञ्चभूत-पञ्चतनमात्रा (शब्द, स्पर्श, रूप,रस, गन्ध)बाट अपञ्चीकृत सूक्ष्म शरीर र पञ्चीकृत पञ्चमहाभूत (स्थूल भूत)बाट स्थूल शरीर उत्पन्न हुन्छ। विस्तृत जान्न हेर्नुहोस् वेदान्तसार:।

   ख.सृष्टिक्रम: सर्वप्रथम परमात्माले इच्छा(सङ्कल्प) गर्नुहुन्छ र मह,जन,तप र सत्यलोक को आधार द्युलोक र यसमूनि अन्तरिक्ष लोक, ग्रह, नक्षत्र, 🌟 ताराहरूको लोकको सृजना गर्नु हुन्छ र पञ्चीकरण गर्नुहुन्छ। यसपछि यी लोकको रक्षार्थ लोकपालको सृजना गर्नु भयो।पञ्चमहाभूतबाट हिरण्मयपुरुष(अमुर्त)हिरण्य गर्भलाई पानीबाट निकालि त्यसबाट अङ्ग उपाङ्ग सृजना गर्ने (मूर्तिकरण)उध्देश्यले सङ्कल्प (तप)गर्नु भयो।तलको फलस्वरूप हिरण्य गर्भ पुरुषको शरीरबाट अण्डा फुटेझैं सर्वप्रथम मुखरूप छिद्र निस्क्यो। मुखबाट वाक इन्द्रिय र यसको अधिष्ठात्री देवताहरू उत्पन्न भए। विस्तृत जान्न हेर्नुहोस् वेदान्त प्रवेशिका,प्रेम ना. शर्मा २०६१।

३. देह (मनुष्य)

देह भनेको शरीर हो । देह आत्मा तथा भूतहरूको घर हो। यसको अर्थ र कार्य धेरै छन् । अब हेरौं क्रमैले देहको अवस्थाः जाग्रत अवस्थाको देहलाई विश्व भनिन्छ ,स्वप्नलाई तैजस र सुषुप्तिलाई प्राज्ञ ।

३.१.देहका (मनुष्य) विकार:-

देहका ६ वटा विकार ठम्याइएको छ, ती हुन् (क) जन्मनु (ख) जन्मेपछि अस्तित्वमा रहनु ( ग) बढ्नु (घ) तन्नेरी हुनु (ङ) बृद्ध हुनु (च) मर्नु।

३.२. देहका प्रकार (मनुष्य) :-

देहको मुख्य प्रकार ३ छन् । तर कतै कतै ४ पुरयाइएको छ । ती हुन १.स्थूल शरीर २. शूक्ष्म (लिङ्ग) शरीर ३. कारण शरीर ४. करणकारण शरीर

३.३.देह (मनुष्य) कोशको आधारमा :-

(क) अन्नमयकोश (ख) प्राणमयकोश(ग)  मनोमय कोश (घ) विज्ञान मय कोश(ङ) आनन्दमय कोश । देह ५ कोशहरूको समुच्चय हो । 

३.४.१. देहका ५ शत्रुः-

देहका ५ शत्रुहरू हुन- काम, क्रोध, लोभ, मोह, ईर्ष्या।

३.५.२. देहको विलय:-

 देह ३ प्रकारबाट विलयमा जान्छ।१.कृमि २.विट ३.भस्म।

४.ईश्वरको देह:-

ईश्वरको ३ देह मानिएको छ।१.विराट २.हिरण्यगर्भ ३.अव्याकृत(तत्)

५. ईश्वरको ३ अवस्था:-

ईश्वर ३ अवस्थामा प्रकट हुनुहुन्छ।१.उत्पत्ति २.स्थिति र ३. प्रलय अवस्था।

६. ईश्वरको ३ रूप:-

ईश्वरको भक्ति वा चिन्तन ३ रूपमा गर्न सकिन्छ । ती हुन्:- निर्गुण निराकार, सगुण निराकार, सगुण साकार। ब्रह्मा, विष्णु , महेश ३ नै रूपमा विचरण गर्नुहुन्छ।(सत्व, रज, तम)

७. ईश्वरको ३ स्वरूप:-

ईश्वर ३ स्वरूपमा व्यापक हुनुहुन्छ ।

क) सद्घन, ख. चिद्घन, ग. आनन्दघन । समग्रमा भन्दा सत्चिदानन्द स्वरूप भनेर जानिन्छ ।

८. ईश्वरका ४ भक्त:-

ईश्वरका भक्तलाई ४ प्रकारमा विभक्त गर्न सकिन्छ । ती हुन:- आर्त, जिज्ञासु,अथार्थि र ज्ञानी। कतैकतै ३ प्रकारमा विभाजन गरिएको पनि पाइन्छ। जस्तै:- क. आर्त ख. ज्ञानी ग. भक्त

९. ईश्वर एक्लो हुनुहुन्छ :-

ईश्वर सधै एक्लो हुनुहुन्छ तर वहाँमा निष्क्रिय भावकी माया (अज्ञान वा अविद्या) लुकेर रहन्छिन् । जब परमेश्वरले सृष्टिको इच्छा गर्नुहुन्छ तब माया सक्रिय हुन्छिन् र सृष्टि फैलिन थाल्छ ।

१०. ईश्वरको अर्थ परिचय र कार्य:-

वेदान्तले ईश्वर माने मालिक (स्वामी )भन्छ शासक मान्छ । विश्को सृष्टि र शासन गर्न ईश्वर चाहिन्छ । जगत्को निर्बाध स्वचालन नै ईश्वर प्रयोजन हो । यसैले ईश्वर चेतन छ । त्यो एउटै छ । ईश्वरलाई अनुभूति गर्न सकिन्छ । ईश्वर भएको अनुमान गर्न सकिन्छ । ईश्वर विश्वको नियन्ता र अन्तिम आधार हो । समस्त जीवहरूको समष्टि एउटै डल्लो नै ईश्वर हो । ईश्वर निष्पक्ष छ । ईश्वर गुणातीत छ । ईश्वर मायामा परेको प्रतिबम्व हो । निर्विशेष एवं निर्गुण ब्रह्म जब  मायाको समष्टि रूप उपाधि बाटआवृत हुनुहुन्छ तब सगुण ब्रह्म वा इश्वर भनिनुहुन्छ।ईश्वर अनादि अनन्त छ । हरि नै जगत् , जगत् नै हरि हुनुहुन्छ । 

११. ईश्वरोपासना:-

लक्ष्यसम्म पुग्ने साधन उपासना हो । उपासनालाई अनन्य (एक देवता भक्ति) तथा अपरिछिन्न नामले विभाजन गर्न सकिन्छ । दुवैको लक्ष्य आत्माराम बन्नु भएता पनि अपरिच्छिन्न उपासना सर्वाङगपूर्ण ईश्वरको उपासना हो । 

उपासनाको अर्थ वेदान्तले यसरी गर्छ - उप = नजीक आसना= स्थिति अर्थात आफू इष्टदेवताको समीप्यमा रहनु । उपासनाका सगुण र निर्गुण दुवै भेद हुन । सगुणको पनि दुई भेद छ :- क. प्रतीकोपासना ख. अग्रोपासना प्रतिकोपासनाको पनि दुई भेद छन्- क. व्यष्टि प्रतीकोपासना र समष्टि प्रतीकोपासना । साधकले व्यष्टि उपासना हुँदै समष्टि उपासनामा उक्लनु पर्दछ । यहाँ भक्तिमार्ग (एकदेव पूजा) लाई सगुण उपासना र ज्ञानमार्ग (श्रावण मनन निदिध्यासन) लाई निगुर्ण उपासना भनी बुझिन्छ । निर्गुण उपासनालाई वेदहरूले नेतिनेति भन्दै प्रतिपादन गर्छन् । जपद्वारा अस्ति भांति प्रियस्वरूप आराधना गर्ने पनि छन् । ओम्कारले व्यष्टि र समष्टि दुवै रूपमा इश्वरको प्रतिपादन गर्छ ।

१२. के साँच्चैमा ईश्वर छन् त?

वेदान्तले यस प्रश्न माथि प्रतिप्रश्न थपेर ईश्वर भएको यसरी प्रमाणित गर्छ :- यो महान् संसारको गतिविना कसैको प्रेरणा आफसेआफ चल्यो वा चल्छ होला त?यदि कसैले चालन गरेर यो संसार चक्र (भवाटवी) चलेको छ भने त्यो कोही पक्कै ईश्वर हुनुहुन्छ । ईश्वर अनुभूत गर्ने, महापुरुषहरूले ईश्वर छ भनेका छन् ।कोभिड रोगलाई अनुभूत गरेर (देखेर) कोरोना भाइरस छ भन्ने अनुमान लगाउन सके झैं यो चलायमान जगत देखेर ईश्वर छ भन्ने अनुमान जो कसैले पनि गर्न सक्छ । ईश्वर निर्गुण निराकार ब्रह्म स्वरूपमा विद्यामान हुनुहुन्छ । मायामा परेको चैतन्यको आभास नै ईश्वर हो । मायामा परेको ब्रह्मको छाँया नै ईश्वर हुनुहुन्छ । 

१३. माया:-

माया ईश्वरको सृष्टि इच्छा पूरागर्न साथ दिने निष्क्रिय शक्ति हुन् । माया ईश्वर अधीन रहन्छिन् । माया त्रिगुणात्मिका र अनिर्वचनिया छिन् । मायासंग विक्षेप र आवरण नामक दुई शक्ति रहन्छन् । माया सत् हुन कि असत् छुट्याउन नसकिने हुँदा अनिर्वचनिया मानिन्छिन्। सांख्य सिद्धान्त अनुसार जबसम्म पुरुष मायाको गुणमा आसक्त रहन्छ तबसम्म सृष्टिको प्रसार भइरहन्छ । जब पुरुष मायादेखि विरक्त भएर उसको साथ छाडछ , तब ऊ मुक्त हुन्छ । माया समष्टि अज्ञान हुन् , मायामोह व्यष्टि अज्ञान हो । वेदान्तले मायामा असंभव केही पनि छैन भन्छ । माया नै अविद्या हुन । मायाका अनेक नाम छन् । जस्तै:माया, अविद्या, प्रकृति, शक्ति,सत्या,मूला,तुला, योनि, अव्यक्त, अव्याकृत,अजा,अज्ञान,तम,तुच्छा,अनिर्व-चनीया।

१४. अविद्या अर्थात अज्ञान:- 

अविद्या भनेको ज्ञानको विरोधी हो । अविद्या (अज्ञान) साक्षी प्रत्यक्ष छ , अज्ञान अनादि छ, ज्ञानद्वरा अज्ञानको नाश हुन्छ । अज्ञानको कारण छैन । चैतन्य र अज्ञानको अध्यास हुन्छ। अध्यासलाइ ह्रदय ग्रन्थी भनिन्छ । अज्ञानका धेरै नम छन् , यथा – अविद्या , प्रकृति, माया, तम, अज्ञान, अनृतम् , प्रधान, जड, क्षयिष्णु र त्रिगुणात्मक । किन्तु अज्ञान एउटा मात्र छ , आ-आफ्ना हृदयरूपी कोठामा रहेको ज्ञानको बत्तीले अज्ञानलाई नाश गर्न सकिन्छ । समष्टि अज्ञानलाई चाहीँ कसैले हटाउन सक्दैन । 

१५. जगत् :-

जगत् माने भूमा अर्थात संसार हो। यसको कर्ता कर्म सबैथोक ब्रह्म नै हुनुहुन्छ । विस्तृत जान्न हेर्नुहोस ' ब्रह्मसूत्र ' । 

   क.महाप्रपञ्च: कारण, स्थूल, सूक्ष्म शरीरहरूको समष्टिबाट महाप्रपञ्च बन्दछ। विस्तृत जान्न हेर्नुहोस् वेदान्तसार:पृ.३४-४९।

१६. जीव :-

     वेदान्तमा जीवको बारेमा मत भिन्नता छ । कोही जीव प्रतिबिम्ब त कोहीकोही जीव बिम्ब प्रतिबिम्ब केही पनि होइन वास्तविक ब्रम्हा नै हो, अहं ब्रह्मास्मि भन्दछन् । यसैगरी जीव एक छ कि, अनेक भन्नेमा पनि विवाद छ । सामान्य अर्थमा चाहीँ जीव माने प्राणधारी वस्तु् हो, यो अज्ञानी छ, सर्वज्ञ हुंदैन, जन्म मरण चक्रमा घुमिरहन्छ , ईश्वर हुन सक्दैन महापुरुषसम्म हुनु उसको योग्यता हो भनेर चित्त बुझाउन पर्ने हुन्छ  । अद्वैत वेदान्तले भने जीव र ईश्वर एकै अंश र अंशी हुन् भन्छ, जसलाई शंकराचार्यको ‘मायाबाद’ पनि भनिन्छ । जीवलाई व्यष्टि एवं प्राज्ञ पनि भनिन्छ, अज्ञान  वा मायाको व्यष्टिरूपउपाधिबाट आवृत भएपछि आत्मालाई जीव भनिन्छ,यो शरीर र इन्द्रियको अध्यक्ष तथा कर्मफल भोक्तापनि हो।विस्तृत जान्न हेर्नुहोस-वेदान्त वार्ता स्वामी ईश्वरानन्द ।

१७. म:-

जसको सत्ताले सबै अतिरिन्द्रिय, बहिरिन्द्रिय, शरीरसमेत सचेतन देखिएका छन् यी सबैको अधिष्ठान सत्य चैतन्य नै ‘म’ हुं ।

१८. आफू :-

व्यापक , अखण्ड र सुखस्वरूप छ ।

१९.आत्मा:-

अतिरिन्द्रिय भन्दा माथि सदा चेतन र प्रकाशवान रुपमा रहने सत्चित् आनन्द स्वरूप वस्तु नै आत्मा हो। शास्त्रमा आत्माका १२ स्वरूप हुन्छन् भनिएको छ।ती हुन्: नित्य, अव्यय, शुद्ध,एक,क्षेत्रज्ञ,आश्रय,अविक्रय,स्वदृक,हेतु, व्यापक,असंगी,अनावृत।(आत्माका नामहरूको सूची पछाडि आउँछ)

२०.आत्माज्ञान :-

आफूले आफूलाई थाहा पाउनु नै आत्मज्ञान हो ।

२१. म कहाँबाट आएको हुँ ? :-

म विश्वको मूल ‘सत्य’ बाट आएको हुं ।

२२. कर्म :-

कर्मको साधारण अर्थ हो–जुन कुरा गरिरहिएको छ त्यो काम(कर्म) हो र मानिसले जीवनमा गर्नुपर्ने दुई कर्म चाहिँ देव कर्म र पितृकर्म हुन् । वेदान्तले ३ थरि कर्म निर्धारण गरेको छ :-

१. सञ्चित कर्म जुन ‘ज्ञान’ द्वारा निवृत्त हुन्छ ।

२. प्रारब्ध कर्म  जुन ‘भोगेर’ निवृत्त हुन्छ । 

३. कृयामण कर्म जुन सम्बन्धित सँग प्रीति तथा दोष राख्ने सँग बाँडिन्छ । भगवान् श्रीकृष्णले गीतामा ‘सकाम कर्म’ र ‘निष्काम कर्म’ को चर्चा गर्नुभएको छ । विस्तृत जान्न हेर्नुहोस् ‘सरल गीता,’गीताप्रेस,गोरखपुर ।

२३. भागवत धर्म :-

      तप, तितिक्षा,स्वाध्याय, ब्रह्मचर्य, द्वन्दद सहनुलाई भागवत धर्म भनिन्छ ।यता भागवत् २ किसिमका हुन्छन् पनि भनिन्छ! ती हुन:१.वैष्णव भागवत्।२.भगवती भागवत्।

२४. अष्ट सिद्धि:-

      अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व, वशित्वलाई अष्ट सिद्धि भनिन्छ । कर्मद्वारा साध्य हुने फल – उत्पाद्य, आप्य र संस्कार्य हुन्।

२५. समुच्चय वादि :-

         ज्ञान र कर्म दुवै द्वारा मुक्ति प्राप्त गर्न साधनारत मानिसहरूलाई समुच्चयवादी भनिन्छ । विस्तृत जान्न हेर्नुहोस- सर्ववेदान्त सिध्दान्तसार संग्रह ।

२६. ज्ञानका प्रतिबन्धक :-

     अहंता, ममता, सकाम पुण्य र पाप वासना ज्ञानका प्रतिबन्धक हुन् । यीनको अवशेष रहेसम्म ज्ञान परोक्ष रहन्छ । 

२७. चिन्तन चिरफार :-

     जगत्मा केवल दुई पदार्थ मात्र छन् । ती हुन् दृश्य र द्रष्टा । जगत्मा यदि कोई चिन्तन गर्छ भने यी दुई विषयमध्ये एकको नै चिन्तन गर्छ किनकि यी दुईबाहेक तेस्रो छँदै छैन । पूर्वीय चिन्तनको विषय ‘ द्रष्टा’ हो, पश्चिमको दृश्य । परम लक्ष्य दुवैको दुःखको अत्यान्तिक निवृत्ति र अखण्ड परम आनन्दको अनुभूति नै हो । चिन्तन–मनन–विचारशिलता मानिस मात्रका गुण हुन् । विस्तृत जान्न हेर्नुहोस् - आत्मानात्मा विवेक एवम् आत्मबोध ले.ज्ञानानन्द सरस्वती स्वामी ।

२८. विचार:-

     चित्तलाई कुनै विषयको पछि दौडाई सार लिनु नै विचार हो । यो काममा अन्तःकरणका सबै वा केही तत्त्वलाई लगाईन्छ । संगठित वेदान्त विचार गर्न सर्वप्रथम गुरुको शरणमा जानुपर्छ । गुरु द्वारा श्रवण,मनन,निदिध्यासन विधि द्वारा विचार गर्ने साधन पाएपछि विचार कार्यको थालनी गर्नुपर्छ । विचार गर्न थाल्नु पूर्व प्राथमिकता ‘आत्म विचारलाई’ दिएर वेदान्त शास्त्रको अवलोकन अध्ययन,अनुसन्धान तथा श्रवण, मनन, चिन्तनलाई सहायक प्राथमिकतामा राख्नुपर्छ । आत्म साक्षात्कारको लक्ष्यमा पुग्न बाधा दिने तीन अवरोधक छन् – आसक्ति, कर्म(प्रारब्ध), भावी प्रतिबन्ध यीनलाई पन्छाएर अधि बढे विचारले ‘मुक्ति’ दर्शन गराई दिन्छ । जीव र व्रह्मको अद्वैतज्ञान गराई दिन्छ । 

२९. महावाक्य प्रशोधन :-

        महावाक्य प्रशोधनको अभिधार्थ- वर्णन गर्न योग्य एक विषयलाई अनेक वाक्यद्वावारा अर्थ बुझाउँदा प्रयोग हुने वाक्य समूह महावाक्य हो । यहाँ वेदान्तका चार महावाक्य र त्यसको स्रोत तथा प्रशोधन (अर्थ) गरिन्छ । 

१.प्रज्ञानं ब्रह्म - श्रोत ऋग्वेद ,ऐतरेय उपनिषद ,अर्थ- सर्वत्र ब्रह्मनै ब्रह्म छ ।त्यसो भए म को हुँ त ? यसको उत्तर स्वरूप अर्को वाक्य आयो –

२.तत्त्वमसि– श्रोत –सामवेद । छान्दोग्य उपनिषद । अर्थ –त्यो तिमी नै हौ (ईश्वर तिमीनै हौ ) ।त्यसो भए मभित्र त्यो (ईश्वर) कहाँ छ त ? यसको उत्तर स्वरूप अर्को वाक्य आयो –

३.अयमात्मा ब्रह्म –श्रोत–अथर्ववेद । माण्डुक्योपनिषद् । अर्थ–मभित्रको आत्मा नै ब्रह्म हो (ईश्वर हो) अब प्रश्न उठ्दैन र साक्षात्कार हुन्छ । त्यसलाई जनाउन अर्को महावाक्य आयो —

४.अहं ब्रह्मास्मि –श्रोत यजुर्वेद ।

अर्थ – म नै ब्रह्म हुँ । अं हो ! म नै ईश्वर हुं । 

३०. ज्ञानयोग :-

       पुरानु धारणा, विश्वास, कामना र इच्छा त्यागेर निर्मल भएर मोक्ष प्राप्तिको लागि लागिरहनु नै ज्ञानयोग हो । ज्ञानयोग २ चरणमा विभाजित छ  (१) बहिरंग चरण (२) अन्तरंग चरण ।

(१) बहिरंग चरणमा विवेक, वैराग्य षटसम्पत्ति र मुमुक्षुत्व पर्दछन् । अब यी चार क्रियाको विस्तार वर्णन:-

क. विवेकः– नित्यानित्य वस्तुको ठिक ज्ञान हुनु ।

ख. वैराग्यः– सुखभोगलाई क्षणभंगुर मानेर भोग इच्छा पूर्णतया परित्याग गर्नु । अर्थात सुखप्रति विराग राख्नु ।

ग. षट् सम्पत्तिः– सम, दम, उपरति,तितिक्षा, श्रध्दा, समाधान षट् सम्पत्ति हुन्। तीनको छोटो व्याख्या- 

शमः–मनलाई शान्त गर्नु नै सम हो ।

दमः– मन र पञ्च इन्द्रियलाई दमन गर्नु दम हो ।

उपरतिः– संसारको कुनैपनि वस्तुमा विरतहुनु, नरमाउनु, आसक्त नहुनु नै उपरति हो ।अर्को अर्थमा गृहस्थ आश्रम त्याग गरेर सन्यस्त आश्रम प्रवेश गर्नुपनि उपरति हो। संन्यास मार्गबाट लक्षसिध्दि(मोक्ष प्राप्ति)को बाटो यहिंदेखि सुरु हुन्छ भनिन्छ। विस्तृत जान्न हेर्नुहोस्: वेदान्तसार:११।

तितिक्षाः– गर्मी, जाडो, सुःख–दुःख ,लाभ-हानि,मान-अपमान र सम्मानको धैर्यपूर्वक सहन गर्नु तितिक्षा हो । 

श्रद्धाः– वेद, वेदाङ्ग, उपनिषद शास्त्र, गुरुवाक्य र गुरु तथा ईश्वरप्रति श्रद्धा र अटल विश्वास राख्नु श्रद्धा हो ।

समाधानः– चित्तलाई एकाग्र पार्नु र स्थितप्रज्ञहुनु समाधान हो ।

घ. मुमुक्षुत्वः– आध्यात्मिक, आदिदैविक र आदि भौतिक तीनै संसारी ताप, पुत्रेषणा, वित्तेषणा , लोकेषणा प्रति त्यागभाव राख्नु मुमुक्षुत्व हो । 

२. अन्तरंग चरणमा श्रवण, मनन्, निदिध्यासन पर्दछन् ।

अब तिनको छोटो व्याख्या :-

श्रवणः– गुरु उपदिष्ट शास्त्रवाक्यद्वारा तत्त्वज्ञानको सम्बन्धमा सुन्नु श्रवण हो ।

मनन – गुरुमुखबाट ब्रह्मसत्यको विषयमा श्रवण गरेका कुरालाई अन्तःकरणमा धारण गर्नु र त्यसलाई बारम्बार संझनु मनन हो ।

निदिध्यासन–साक्षात्कार,अनुभूति । श्रवण, मनन गरेका कुरालाई अनवरत चिन्तन गर्नु वा आफूमा लागु गर्नु , आचरणमा उतार्नु । 

३१. ज्ञानयोगी :-

      ज्ञान लाभ र इन्द्रिय वश गर्ने नै ज्ञानयोगी हो । ज्ञान योगीले ब्रह्म सत्य र जगन्मिथ्यामा दृढ विश्वास र मुक्तिको कामना गरिरहन्छ । (विस्तृत जानकारीको लागि हेर्नुहोस् सम्पूर्ण “सर्ववेदान्त सिध्दान्त सारसंग्रह” टीकाकार ज्ञानानन्द सरस्वती )। सामान्यतया योगीहरूलाई २ प्रकारले वर्गिकरण गरिन्छ।तीहुन्:१.युञ्जनयोगी(शास्त्रकार)।२.युक्तयोगी, सन्यस्त योगी(ब्रह्मनिष्ठ)।

३२. समाधि (ध्यान) :-

            मुमुक्षुहरूले (आत्मज्ञान प्रति जान्न चाहनेहरूले ) आफ्नो मनको वृत्तिलाई बाह्य विषयहरूको संकल्पहरूबाट निवृत्त भएर त्यसमा स्थिरता उत्पन्न गर्नका लागि तथा अद्वितीय आत्मालाई अपरोक्ष दृढ बोध प्राप्त गरेर जीवन्मुक्त हुने र तत्पश्चात विदेह मुक्तिको प्राप्तिको लागि समाधिको अभ्यास अवश्य गर्नुपर्छ । समाधी २ प्रकारको हुन्छ । (१) सविकल्प समाधि (२) निर्विकल्प समाधि । सविकल्प समाधि पनि २ प्रकारको हुन्छ :- यथा –(क) दृश्यानुविध्द सविकल्प समाधि (ख) शब्दानुविध्द सविकल्प समाधि। 

दृश्यानुविध्द सविकल्प समाधि: वृत्ति जो अन्त:करणमा उत्पन्न हुन्छन् ती सबै वृत्तिहरूको द्रश्टा म साक्षि चैतन्य रूप आत्मा हुं भन्ने अनुभवलाई दृश्यानुविध्द सविकल्प समाधि भनिन्छ । शब्दानुविध्द सविकल्प समाधि:— देह,इन्द्रिय,अन्तःकरण इत्यादिदेखि म असंग हुँ , सच्चिदानन्द स्वरूप हुँ। जाग्रत् , स्वप्न , सुषुप्त अवस्था भन्दा पर हुँ , म स्वयंप्रकाश हुँ, यसरी प्रत्यक्ष शब्दहरूलाई उच्चारण गर्दै स्वयंलाई उपरोक्त भनाई अनुसार जान्ने नाम नै शब्दानुविध्द समाधि हो । 

(२.) निर्विकल्प समाधि 

            निर्विकल्प समाधिमा चित्त निश्चल राख्नु पर्छ । दृश्यानुविध्द तथा शब्दानुविध्दलाई अभ्यास गरे पश्चात् संकल्परहित स्थितिलाई निर्विकल्प समाधि भनिन्छ । यस्तो वेला निर्विकल्प आत्मा स्पष्ट अनुभव हुन्छ । समाधि ‘म निर्विकल्प आत्मा हुँ भन्ने दृढ निश्चय प्राप्त गर्नलाई हो । यसपछि आत्मा साक्षात्कार हुन श्रवण, मनन गर्नुपर्छ । अर्थात् समाधि (ध्यान) बसेपछि पनि बारंबार श्रवण - मनन, सत्संग गरिरहनु पर्छ । यस प्रसङ्गमा यज्ञवल्क्य मैत्रेयीलाई भन्नुहुन्छ —“पहिले वेदान्त शास्त्रको अध्ययन, श्रवण गर, ब्रह्म तथा आत्माको ऐक्यबोध गराउने युक्ति (लिङ्ग)द्वारा वेदान्तको तात्पर्य ब्रह्म बोधको निश्चय गर्नुलाई श्रवण भनिन्छ । लिङ्गहरू ६वटा हुन्छन्:१.उपक्रम र उपसंहारको एकरूपता।२.अभ्यास।३.अपुर्वता। ४.फल।५.अर्थवाद।६.उपपत्ति

३३. समाधिको फल :-

        समाधिको फल २ प्रकारका छन् 

१. अवान्तर फल(गौण फल) २. मुख्य फल । 

अवान्तर फल भनेको अनन्त जन्ममा संचित भइरहेको पापपुण्यका थुप्रा नष्ट हुनु हो । अविद्याको नाश (साक्षत्कारको धर्म ) बढेर जानु मुख्य फल हो । 

३४. ज्ञान भूमिका(चिदाभाष्) :-

ज्ञान भूमिकाले कुन साधु कति पानीमा छ भन्ने मापन गर्छ। ज्ञान भूमिकाका सात चरण छन् । 

–श्रवणलाई ‘शुभेच्छा’ नामक पहिलो भूमिका भनिन्छ । 

–मननलाई  विचारणा दोस्रो भूमिका भनिन्छ ।

–निदिध्यासनलाई तनुमानसा नामको तेस्रो मूमिका भनिन्छ । 

–सत्वापत्तिलाई चतुर्थ भूमिका भनिन्छ । यो अवस्थामा आफै नै ब्रह्म बनिन्छ । ब्रह्म सात्क्षात्कार हुन्छ । (ब्रह्मवित्)

असंसक्ति (ब्रह्मविद्वर)पांचौ, पदार्थ भाविनी(ब्रह्मविद्वरीयान) छैटौं र तुर्यगा (ब्रह्मविद्वरिष्ठ) भूमिका सातौं हो । चौथो भूमिका प्राप्त भईसकेको ज्ञानीको कुनै कर्तव्य बाँकी रहँदैन । चौथो भूमिका पार गरेका र सातौं भूमिका पुगेका ज्ञानीहरूको विदेहमुक्तिमा केही फरक पर्दैन । प्रारब्धानुसार योगीका बाह्य दृष्ट फरक हुन्छ । भूमिकाका चरणहरू ज्ञानी पुरुषका विशेष भूषण हुन् । 

३५. सप्तान्न :-

 मनुष्यको निम्ति मर्त्यान्न–१ (धान, गहुँ)

 देवताको निम्ति देवान्न–२ (दर्श–पूर्णमास)

 पशुहरूको लागि अन्न –१(दुध) 

आत्माको अन्न ३ (मन,वाणी,प्राण ) 

                      जम्मा ७

३६. अपवर्ग :-

     प वर्ग –प,फ,ब,भ,म यीनको जहाँ गएर अभाव हुन्छ, त्यसको नाम हो अपवर्ग । प=पतन , फ =फलको आशा, ब=बन्धन, भ=भय, म=मृत्यु, । यी ५ थरी प– वर्गको नाम नै अपवर्ग हो । आत्मतत्त्व साक्षात्कार भएपछि यीनको अभाव हुन्छ । पवर्गको अभाव हुनु नै अपवर्ग हो।

३७. त्रिपुटी :-

३ वस्तु वा क्रियाको समूह त्रिपुटी हो । त्रिपुटी जति चाहेपनि बनाउन सकिन्छ । तर वेदान्तमा प्रयोग हुने मुख्य त्रिपुटीहरू यी हुन् – कर्ता,करण र क्रीया । क्रमशः

ज्ञाता , ज्ञान र ज्ञेय । अर्थात् द्रष्टा,दर्शन र दृश्य । 

३८. मनुष्य (नर नारी ) :-

चिन्तन,मनन,विचारशीलताले युक्त जीव नै मनुष्य (नर नारी) हुन् । ‘अखिल ब्रह्माण्डका समस्त प्राणीहरूमा मनुष्य जीवन सर्वश्रेष्ठ स्पृहणीय र स्तुत्य छ’ अनन्त श्री विभूषित महामण्डलेश्वर ज्ञानानन्द सरस्वती । 

३९. संस्कार :-

प्राणीले पूर्वजन्ममा गरेको कर्म जो उसको अन्तः करणमा जम्मा भएको हुन्छ , लाई संस्कार भनिन्छ । यो प्रारब्धाधीन हुन्छ । सुख-दुःख जे छ भोग्न पर्ने हुन्छ तर यस जन्ममा संस्कारलाई सुकर्मले सुधार्न सकिन्छ । 

४०. दुःख (ताप) :-

दुःख भनेको आनन्दको विपरीत अवस्था हो । वेदान्तले दुःखलाई ३ प्रकारमा बाँडेको छ । ती हुन्–आधिदैविक,आधि भौतिक र आध्यात्मिक । अज्ञान नै दुःखको (शोकको) कारण हो । आत्म साक्षात्कार हुँनासाथ जीव परमानन्दको अवस्थामा आइपुग्छ । सम्पूर्ण ताप नष्ट हुन्छ । 

४१. आनन्द :-

शोक (दुःख) को उल्टो आनन्दवस्था हो । जीव सत्यबाट आएकोले ऊ जन्मदै सुख स्वरूप छ । तर आफू आएको श्रोत बिर्सिएकोले भ्रमित छ । दुःखको खाल्डोमा परेको छ । जब ऊ भगवत उन्मुख वा ज्ञान मार्गमा प्रवृत्त भएर ज्ञान प्राप्त गर्छ तब अखण्डानन्द प्राप्त गरि हाल्छ । आनन्द ५ प्रकारका मानिएको छ । ती हुन् – योगानन्द,आत्मानन्द,अद्वैतानन्द विद्यानन्द र विषयानन्द । विस्तृत जान्न हेर्नुहोस् ‘पंचदशी’ । 

४२. ऊर्मि :-

        जन्म, मरण, क्षुधा, पिपासा , शोक,मोहलाई ऊर्मि भनिन्छ । यो जीव (प्राणी मनुष्यादि) माथि लागु हुन्छ ।

४३. रोचक तथ्य:-

कल्कि अवतारी भगवान्को दाजुको नाम प्राज्ञ हो ।

४४. बालक अवस्थाका अवगुणः-

असमर्थता, मूर्खता, इच्छा, चपलता, दिनता, दुःख, सन्तान बालक अवस्थाका अवगुण हुन ।

४५. युवा अवस्थाका अवगुणः-

विवेक -विचार, सन्तोष -शान्ति, समता यी सद्गुण युवा अवस्थामा देख्न पाइँदैन ।

४६. वासनाका प्रकारः-

वासना ४ प्रकारको हुन्छ, सुषुप्तिवासना– यो स्थावरमा हुन्छ ।

स्वप्नवासना– तीर्यक् योनिमा (पशुपक्षी) हुन्छ ।

जाग्रत्वासना– देवता र मानिसमा हुन्छ ।

क्षीणवासना– देवता र मानिसमा हुन्छ ।

४७. सिद्धिप्राप्तिः-

प्राण र अपान स्थिर भई कुण्डलिनी सुपुम्नामा प्रवेश गरयो र ब्रह्मरन्ध्रमा एक मुहुर्तसम्म स्थित भयो भने सिद्धिप्राप्ति हुन्छ। विस्तृत जान्न हेर्नुहोस योगवशिष्ठ्।

४८. सम्पदा(सम्पत्ति) 

यो संसारमा मनुष्य समुदाय दुई प्रकारको छ : एक दैवी प्रकृति भएका र अर्को आसुरी प्रकृति । दैवी प्रकृति भएकासंग दैवी सम्पदा हुन्छ । आसुरी प्रकृति भएकासंग आसुरी सम्पदा हुन्छ । दैवी सम्पदा मुक्तिको लागि हुन्छ  भने आसुरी सम्पदा बन्धनको लागि । 

४९. नर्कका द्वार:-

काम, क्रोध तथा लोभलाई नर्कको द्वार भनिन्छ । 

५०. भक्तका प्रकार :-

अथार्थी, आर्त, जिज्ञासु र ज्ञानी यी चार श्रीकृष्णका भक्त हुन्छन् । विस्तृत जान्न हेर्नुहोस ‘सरल गीता’ गीताप्रेस, गोरखपुर । 

५१. स्वभाव :-

जन्म–जन्मान्तर आर्जित संस्कारबाट स्वभाव बनेको हुन्छ । मनुष्य(नर–नारी) को स्वभाव उसका व्यवहारबाट .बुझ्न सकिन्छ । मनुष्य (नर–नारी )का स्वभाव अनौठा हुन्छन् । यही स्वभावको अनौठोपनाहरूले कसैलाई केमा रुचि, कसैलाई कुनै कुरामा प्रेम, कुनै विषयमा प्रवृत्त–कुनै विषयमा निवृत्त, कोही केही कुरामा निपुर्ण , कोही मुढ हुन्छन् । कुनै सरल मार्ग पनि कसैलाई घुमाउरो र दुर्गम लाग्छ । पूर्व जन्मकृत पुण्यपापको संस्कारबाट यस जन्मको स्वभाव बनेको हुनाले जतापट्टि जसको संस्कार प्रबल छ मनुष्य प्रायः उतैपट्टि सोझिन्छ । सामान्यत: स्वभाव दुई प्रकारको हुन्छ । १. स्वभाव प्रकृति (अभ्यस्त संस्कार)  २. आर्जित स्वभाव । स्वभाव प्रकृति आदिम हुन्छ , त्यसैले मनुष्य स्वत: त्यता आकर्षित हुन्छ । जस्तैः कसैले उठ्ने बित्तिकै नुवाइधुवाइ गर्नु, कसैले हातमुख मात्र धोएर सन्तोष मान्नु । 

आर्जित स्वभाव - शिक्षा ,ज्ञान , तालिम आदिद्वारा विकसित स्वभाव आर्जित स्वभाव हुन् – जस्तो एउटा ज्ञानवान मानिसले धुम्रपान, मद्यपान, अवैध सम्बन्ध , मांसाहार नगर्ने  बानी बसाल्नु । यता स्वभाव अनुसार नै मनुष्य विभिन्न ‘गुण’हरूमा विभाजित हुन्छ र कोही तामसी , कोही राजसी र कोही कोही सात्त्विक हुन पुग्छन् । अर्को एउटा रोचक कुरा मनुष्य जतिसुकै ठूलो बुध्दिजीवि भएपनि उसको मानसिक स्थिति निम्नतर (काम, क्रोध, लोभ, मोहमा प्रवृत्त ) छ भने ऊ कहिल्यै पनि जीवन्मुक्ति प्राप्त गर्न सक्षम हुने छैन । 

यसकारण स्वभावले यदि यताउता प्रेरित गरेपनि वैदिक विधि निषेधलाई मानेर सोही अनुरूप आचरण गर्नु नै समर्थ मनुष्यका जीवन (योनि) को वैशिष्टय हो भनिन्छ । 

५२. षड्दर्शन:- 

मनुष्य (नरनारी) ब्रह्ममा पसून , नास्तिक मत पट्टि नलागुन् र जन्म मरण चक्रमा नफसुन् भन्ने स्वच्छ र पवित्र उद्देश्यले दर्शनकारहरूले आ-आफ्नो दर्शनको सर्वोपरि स्थान देखाएर विभिन्न तर्क र श्रुतिवाक्यसमेतको अवलम्बन गरी कल्याणका अनेक मार्गरूपको (दर्शनका) जन्म दिनु भएको हो । दर्शनहरू मुख्य रूपमा दुई खेमामा विभाजित छन् : क. आस्तिक  ख. नास्तिक । आस्तिक दर्शन ६ छन् , त्यसैगरी नास्तिक पनि ६ नै छन् । अब यहां तिनको छोटो चर्चा –

(क)नास्तिक दर्शन (भौतिक वादी ) 

१.  चार्वाक् दर्शन 

यो दर्शनले वेद प्रमाणलाई मान्दैन । ‘मनुष्योहं,जानामि’ म मान्छे हुं , जान्द छु –भन्छ । यो त्याज्प दर्शनको आदर्श ‘यावज्जींवं सुखं जीवेत्  ऋणं कृत्वा घृतं पिवेत्। भष्मीभूतषस्य देहस्य पुनरागमनं कुतः ' हो ।

२.  बौध्द दर्शन (४ मत) 

गौतम बुध्दले प्रत्यक्ष अनुभुत यथार्थ तत्त्वको जुन आदेश आफ्नो शिष्यहरूलाई दिनुभयो, त्यो नै बौध्द दर्शन हो । बौध्द दर्शन चार प्रकारको सम्प्रदायमा विभाजित थिए । ती हुन्-माध्यमिक , योगाचार, सौत्रान्त्त्तिक र वैभाषिक। पछि २ मार्गमा समेटिए। तीहुन्- हीनायन र महायान।दु:ख,आयतन, समुदाय र मार्ग यी ४ आर्य सत्यको सम्यक् ज्ञान भएमा नै मोक्ष प्राप्त हुन्छ भन्ने कुरामा बौध्दहरूको विश्वास छ। यिनीहरू पनि वेद प्रमाण मान्दैनन्। 

३. जैन दर्शन 

यस मतको प्रबर्धक ‘अर्हत’ भन्ने प्रसिध्द पुरुष हुनुहुन्थ्यो । यस दर्शनका आदितीर्थङ्कर ऋषभदेव र अन्तिम तीर्थङ्कर ‘वर्धमान’ हुनुहुन्थ्यो । वर्धमानले तपस्या गरी कैवल्य प्राप्त गर्नु भएकोले वहांलाई ‘महावीर जीन' को उपाधि प्राप्त भयो । यसपछि  नै यो अर्हतदर्शन जैनदर्शनको रूपले चिनिन  थाल्यो ।  यो दर्शनको अवान्तर भेद धेरै भएपनि मुख्य सुधारवादी श्वेताम्बर र कट्टरवादी दिगम्बर गरी दुई सम्प्रदायमा विभक्त छ । जैन दर्शनमा सप्त भङ्गी(सप्ताङ्गवादी) न्याय र ‘रत्नत्रय’ साधनद्वारा मोक्ष प्राप्ति हुन्छ भनिन्छ । जैन दर्शनमा सृष्टि स्वयं सिध्द वस्तु हुनाले सृष्टिकर्ता कुनै ईश्वर छैन, न त फलदाता ईश्वर छ , जीव अनन्त जज्ञागुण सम्पन्न भएपनि उस्का आफ्नो अनुचित कार्यको कारण आफ्नो स्वरूपले छोपिन्छ , त्यसैले ऊ आफू भित्रको चेतन सम्म पुग्न सक्दैन । ‘रत्न त्रय’ पुरा भए सारा कर्मबाट मुक्त हुन्छ र दुःखबाट जीवको मोक्ष हुन्छ भनिन्छ — कृतेनकर्म क्षयो मोक्ष: । यहाँ सम्म नास्तिक छ दर्शन (चार्वाक– १, बौध्द–४ र जैन–१) को बारेमा चर्चा भयो ,अब आस्तिक दर्शनहरूको सक्षिप्त चर्चा गरिन्छ । 

(ख)आस्तिक दर्शन (अध्यात्मवादी) 

१. वैशेषिक दर्शन 

यस दर्शनका सूत्रकार काणाद महर्षि हुनुहुन्छ । यस दर्शनलाई कणाद, औलिक्य तथा वैशेषिक दर्शन पनि भनिन्छ । यो दर्शन गौतम सूत्रभन्दा अधिको हो । सम्पूर्ण गुणको उच्छेद हुनु नै मोक्ष हो भन्ने यस दर्शनको सिद्धान्त हो । वैशेषिकहरू प्रत्यक्ष र अनुमान दुई प्रमाण मान्दछन् । वेदान्तले सृष्टिको मूल तत्त्वको पञ्चीकरणद्वारा थप व्याख्या गरेझैं यो दर्शनमा ६+१ सात पदार्थ हुन्छन् र तिनको सामान्य र विषेश धर्मको यथार्थ ज्ञानबाट ‘मोक्ष’ हुन्छ – यसो कणादले भन्नुभएको छ । 

२.न्याय दर्शन

न्याय दर्शनका प्रतिपादक महर्षि गौतम हुनुहुन्छ । ‘आत्यन्तिक दुःख निवृत्ति नै मोक्ष हो ’ भन्ने यस .दर्शनको मुख्य ४ प्रमाण छन् । प्रत्यक्ष, अनुमान उपमान,आगम । न्यायको दुईरुप प्राचीन र नव्य न्याय छन् । प्राचीन न्यायानुसार १६ पदार्थको तत्त्वज्ञानबाट मोक्ष प्राप्त हुन्छ र नव्य न्यायका आविष्कारक गंगेश उपाध्याय हुन् । उनको ‘तत्त्वचिन्तामणि’ नामक निबन्ध ग्रन्थमा मोक्षको  बाटो देखाइएको छ । अन्यत्र कैवल्य भनेजस्तै यहाँ (न्याय दर्शनमा) अपवर्ग मुक्ति मानिन्छ । परमात्मा सर्वज्ञ र एक मात्र छ । जीवात्मा प्रतिशरीर भिन्न भिन्न र अनेक छन् र दुवै नित्य र व्यापक छन् भन्ने मान्यता यस दर्शनको छ ।

३.साङ्ख्य दर्शन 

सांख्यको उपदेशक महर्षि कपिल हुनुहुन्छ । यो दर्शन धेरै प्राचीन छ । सांख्यमा मुख्य ४ तत्त्व हुन्छन् भनिन्छ । यी चार तत्त्व फुक्दै गएर चेतन पुरुष सहित २५ तत्त्वलाई सांख्यले मानेको र यो बाहेक कुनै ईश्वर नमानेको हुंदा यसलाई निरीश्वर सांख्य भनिन्छ ।  सांङ्ख्यको चार तत्त्व निम्न छन्।

१. प्रकृति — (प्रधान वा अव्यक्त ) यस द्वारा अरु तत्वको उत्पत्ति हुन्छ । सत्व, रज, तम यी ३ गुणको साम्यावस्थाको नाम प्रकृति हो । 

२. विकृति — दश इन्द्रिय, मन, पृथ्वी, जल, तेज, वायु, आकाश यी १६ पदार्थको नाम विकृति हो । 

 ३. प्रकृति विकृति — महत्तत्त्व( समष्टि बुध्दि) अहंकार पंचतन्मात्रा यी ५+२=७ प्रकृति विकृति हुन।

४. प्रकृति विकृति रहित — पुरुष जीवात्मा हो । यसरी जगत्को स्वरूप देखाएपछि ‘आत्मा’ को अर्थ दिइएको छ । जीवात्मा प्रतिशरीर भिन्न भिन्न छ । जीवात्मालाई अनन्त सूक्ष्म, चेतन, सर्वगत, निर्गुण,द्रष्टा, भोक्ता, अर्थता, क्षेत्रज्ञ आदि नाम दिइएको छ । प्रकृति जड हुनाले उसले मात्र केही सृष्टि गर्न सक्दिन। पुरुष निर्गुण र निष्क्रिय हुनाले यस बाट पनि केही सृष्टि हुन सक्दैन । यसैले सृष्टि हुन दुवैको योग आवश्यक छ । पुरुषलाई ‘भोग’र ‘मोक्ष’ दिन प्रकृति सदैव प्रवृत्त भइरहन्छ । सतः सज्जायते जय ! सत्कार्यवाद। 

ईश्वरासिध्द:(साङ्ख्य १।९२) यो सूत्रमा ईश्वरको निराकरण छ । समय र स्थानका अभावले पूर्ण व्याख्या गर्न सकिएन । ज्ञानान्मुक्ति: (सा.६।५) वोध वा ज्ञानबाट नै मोक्ष प्राप्त हुन्छ भन्ने सांख्यको सिध्दान्त हो , छ । 

४.योग दर्शन 

 जीवको लागि सर्वोच्च लक्ष्य प्राप्त गर्ने उत्तम साधन योग पनि हो । योग दर्शनको प्रवर्तक भगवान् पतञ्जलि हुनुहुन्छ । योग दर्शन ४ पाद र १९५ सूत्रमा विभाजित छ । ब्यासजीले यसमा भाष्य लेख्नु भएको छ । सांख्यको सृष्टिक्रमको २५ तत्त्वलाई पूर्ण समर्थन गर्दै पतञ्जलिले यसमा एक तत्व थप्नु भएको छ  ईश्वर । यसैले योग दर्शनलाई ‘सेश्वर’ सांख्य दर्शन पनि भनिन्छ । स्मरणीय छ कपिलको सांख्य दर्शन निरीश्वर हो । 

योग दर्शन अनुसार क्लेश, कर्म विपाकहरूले निर्मलिकरण भएको पुरुषविशेषको नाम ईश्वर हो । क्लेश ५ प्रकारको हुन्छ ।  अविद्या, अस्मिता, राग, द्वे,अभिनिवेश । यीनलाई ‘अवधि पञ्चपर्व’ पनि भनिन्छ । पञ्चमा तम, मोह, महामोह, तामिस्र, अन्धतामिश्र पर्दछन् ।  यी ५ प्रकारका क्लेशले जीवलाई सताइरहेका हुन्छन् , यसलाई हटाएर प्रपञ्चदेखि पृथक् केवलीभावले रहनुलाई कैवल्य मोक्ष भन्दछन् । जीवलाई असंप्रज्ञात समाधिद्वारा केवलीभावमा पुर्याउनु नै योग दर्शनको विषय हो । 

चित्तको (मन,बुध्दि) वृत्ति नरोकिएसम्म असंप्रज्ञात समाधि सिद्ध नहुने र त्यो विना कैवल्य नहुने हुनाले चित्तवृत्ति निरोध गर्न योग चाहिन्छ । 

चित्तको वृत्ति निरोध गरेर स्वरूपमा प्रतिष्ठित हुन योगका आठ अंगहरूको अभ्यास नितान्त जरुरी छ । योग अष्टाङ्गका नाम यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान, समाधि हुन् । यी साधनद्वारा प्रज्ञा अवस्थामा पुगी कैवल्य(मोक्ष) प्राप्त गरिन्छ । 

५.पूर्व मीमासा दर्शन 

यो दर्शनको मुख्य आचार्य महर्षि जैमिनि हुनुहुन्छ । यो दर्शन सबै  दर्शनभन्दा ठूलो छ । यसको अन्तिम चार अध्याय चाहिँ जैमिनिले रचेको मानिदैन । यो दर्शनले श्रुति, स्मृति पुराणहरूलाई उध्दृत गर्दै धर्म, कर्म, ज्ञान,स्वर्ग,यज्ञ र वेदहरूबारे समीक्षा गरिएको छ । ऋषिहरू वेदका मन्त्र द्रष्टा मात्र हुन् भनी किटान गरिएको छ । वेद अपौरुषेय हो भनिएको छ । जैमिनि दर्शनमा दुई मत प्रचलित छन्: १. कुमारिलको भाट्ट मत      २. प्रभाकरको गुरुमत। 

कुमारिल भट्टको मतमा पदार्थ ५ मानिन्छन्: द्रव्य,गुण,कर्म सामान्य र अभाव । प्रभाकरको गुरुमतमा पदार्थ संख्या ८ मानिएका छन्: द्रव्य,गुण,कर्म,सामान्य,परतन्त्रता,शक्ति,सादृश्य,संख्या । वेदान्त दर्शनले ६ प्रमाण मान्छ तर यिनीहरू ५ प्रमाण अनुपलब्धि छाडेर (प्रत्यक्ष, अनुमान, आगम, उपमान, अपचित्त) मान्दछन् । 

पूर्वमीमासा दर्शनले ईश्वर मान्दैनन् जस्तो देखिएपनि कुरा त्यस्तो होइन । जीवले आ–आफ्नो कर्मानुसार फलको प्राप्ति र भोग भोग्नैपर्छ । वेदविहित कर्महरू गर्नैपर्छ । ‘प्रारब्ध कर्माणां भोगादेव क्षय:’ , ‘प्रपञ्च सम्बन्धविलयो मोक्ष:’ हुन्छ भने – ईश्वर अकिञ्चित्कर जस्तै भूमिकामा रहन जान्छ । त्यसैले यिनीहरू ईश्वरको पृथक अस्तित्व देख्दैनन् । 

६.उत्तरमिमांसा दर्शन 

अध्यात्मशास्त्रको श्रीपेच वेदान्त रूपि नारायणी नदीबाट विभिन्न दार्शनिकले दर्शनका जिज्ञासु हृदयक्षेत्रलाई ज्ञानोत्पादनको निम्ति सिञ्चित गरी उर्वरा बनाए । कोमल हृदयक्षेत्रमा रोपण गरिएको उत्तम विचारबीजलाई उमार्ने, हुर्काउने, फुलाउने,फलाउने गरी ज्ञानतत्त्वरूपि अमृततत्त्वले सबैलाई तृप्त बनाई अमरत्व प्रदान गरे । दार्शनिकहरूको यो काम नै उत्तरमीमांसा शास्त्र (दर्शन) हो, जसलाई वेदान्त दर्शन अथवा ‘ब्रह्मसूत्र’ भनिन्छ। ब्रह्मसुत्रको निर्माता भगवान बादारायण हुनुहुन्छ। यसको रचना इ.पु. ६०० बर्षअघि भएको हो। पछि पछिका आचार्यहरूले ब्रह्मसूत्र  तथा प्रस्थानत्रयी श्रुतिस्मृति सम्मत  छ र यसैमा हाम्रो सम्मतिपनि छ, भन्दै यसै आधारमा आ–आफ्नो भाष्यलेखि आफ्नो आचार्यत्व सिध्द गर्नु भएको छ । 

वेदान्तको धेरै  भित्री सम्प्रदाय छन् । तिनमा मुख्य  ५ छन् । जस्तो – (१) विशिष्टाद्वैत  (२) द्वैत (३) द्वैताद्वैत(४) शुध्दाद्वैत (५) अद्वैत । यिनीहरूमा सर्वश्रेष्ठ अद्वैत वेदान्त मानिन्छ , जसको यसै लेखमा यथास्थानमा पछि  परिचय दिइनेछ ।  अब ५ मतको छोटो चर्चा ।सर्वप्रथम विशिष्टाद्वैत मत - यस मतको वाहक प्रसारक श्री रामानुजाचार्य हुनुहुन्छ । वैष्णवधर्मावलम्बी आचार्यहरूका ४ थरी सम्प्रदाय छन् । वैष्णव–ब्रह्मा– रुद्र र सनक सम्प्रदाय । यी सबै सम्प्रदायका मूलाधार भगवान् नारायण हुनुहुन्छ । श्री भाष्य वहाँको रचना हो जो ब्रह्मसूत्र माथि लेखिएको छ र निकै प्रसिद्ध छ । रामानुजाचार्यको मतमा पदार्थ जम्मा ३ छन् :  १. चित्  २. अचित्  ३. ईश्वर । चित् (चेतन) अचित्(जड) सबै पदार्थ स्वतन्त्र छन् , सत्य छन् र यी दुबै ईश्वरका शरीर छन्, ईश्वरका अधीन छन् । भगवान् सगुण हुनुहुन्छ । शास्त्रहरूमा ईश्वरको जुन निर्गुण स्वरूपको वर्णन पाइन्छ । त्यो ईश्वर विमल रागद्वेष नभएको  हुनुभएकोले भनिएको हो । भगवानको निर्विशेष अवस्था कहिल्यै हुँदैन किनकि भगवान्को शरीर नै चेतन र अचेतनबाट बनेको छ । यसरी पदार्थरूप विशेषणबाट विशिष्ट भइकन पनि परमात्मा अद्वैत रूपले रहनु हुन्छ । त्यसकारण यो मत विशिष्टाद्वैत मानिन्छ । 

वेदोक्त कर्मानुष्ठान र ज्ञानबाट चित्त शुध्द हुन्छ र ब्रह्मजिज्ञासा हुन्छ । त्यसैले ज्ञान सहित कर्मानुष्ठानले परमात्मा भक्ति (प्रेम) हुन्छ र भक्तिको प्रभावले भगवान्को अनुग्रहबाट मात्र ‘मुक्ति’ पाइन्छ । प्राकृत देहबाट छुट्टिएर वैकुण्ठ पुगेपछि अर्को दिव्यदेह पाइन्छ र नारायणको सेवक भएर सत्यसंकल्पत्व सर्वज्ञत्व आदि गुणले भरिएर भगवान्कै समान सुखभोग प्राप्त गर्नु नै मुक्ति हो । वैकुण्ठमा रहेर सृष्टि,स्थिति,संहार गर्ने अधिकार खोज्नु अथवा भगवान् नै हुन खोज्नु सिध्दान्त विपरीतको काम हुन्छ । श्री रामानुज भन्नु हुन्छ । 

द्वैताद्वैत दर्शन (निम्बार्क मत) 

द्वैताद्वैत मतका आचार्य निम्बार्क हुनुहुन्छ । भक्तहरू  निम्बार्कलाई भगवान्को सुदर्शन चक्रको अवतार मान्दछन् । यो मत सनक सम्प्रदाय नामले पनि चिनिन्छ । किनभने नारायणबाट सर्वप्रथम सनकादिले पाउनु भएको हो । उहाँले ब्रह्मसूत्रमा वेदान्तपारिजातभाष्य लेख्नु भएको छ । उहाँको मतमा द्वैतपनि सत्य हो, अद्वैत पनि सत्य हो । त्यसैले यो मतलाई द्वैताद्वैत या भेदभाव वादले चिनिन्छ ।द्वैताद्वैतवादले ३ पदार्थलाई मुख्यरूपले मान्दछ । 

१. ब्रह्म २. जीव(चित्)   ३. जगत्(अचित् जड)

ब्रह्म जीव र जगत्देखि अत्यन्त भिन्न भइकन पनि अभिन्न रूपले रहेको छ । जसरी वृक्षमा पात र फूलहरू। यही भिन्न र अभिन्नको आधारमा दर्शन आश्रित छ। 

–ब्रह्म सर्वसक्तिमान् र जगत् जीवमा जन्मिइकन पनि निर्विकार रूपले रहेको छ । ब्रह्म निर्गुण भएपनि सगुण मुख्य रूप हो । उनका ईश्वर , कृष्ण आदि अनेक नाम छन् । यस मतमा राधा कृष्णको विशेष पूजा हुन्छ । 

–जीव अणु हो इश्वर विभु, ब्रह्म अंशी जीव अंश । जीव ब्रह्मदेखि भिन्न छ अभिन्न पनि । जीव नित्य छ । जीवत्व संधै रहिरहन्छ । 

–अचित् जड ३ प्रकारको छ । (१) पाकृत - प्रकृतिबाट उत्पन्नदेखि महाभूत सम्मका पदार्थ (२) अप्राकृत विष्णुपद ,गोलोक, परमधाम आदि (३) काल कर्मद्वारा चित्त शुद्ध भएपछि भगवान्को महिमामा श्रवणमा चित्त आकर्षित हुन्छ । नित्य चित्त लगाइरहनु र अनन्यशरणगतिबाट मुक्ति पाइन्छ भन्ने  यस मतको मान्यता छ । मुक्ति– सालोक्य, सामीप्य, सारूप्य, सायुज्य चार प्रकारका हुन्छन् । अर्चिरादि(देवयान) मार्गबाट मुक्त भइन्छ । 

माधव मत (द्वैत दर्शन ) 

द्वैत दर्शनका आचार्यको नाम श्री माधव या आनन्दतीर्थ (विं.सं. १२५४) हो । यस सम्प्रदायमा भगवान् सर्वज्ञ ,सर्व शक्तिमान्, स्वतन्त्र र सदा सेव्य हुनुहुन्छ । वहां विष्णु हुनुहुन्छ, दृश्यवानम जगत् सांचो हो । ५ प्रकारको भेद जीव–जड,ईश्वर–जड, जीव जीव , जड–जड, ईश्वर–जीव भेद हुन् । यो नै सत्य हो । जीव–चेतन, दास र मायामोहित छ, यो ईश्वरको अधीनमा रहन्छ र अनादिकालदेखि बध्द छ । कोही जीव संसारी छन् , कोही वध्द र कोही मुक्त छन् । कर्म अनुसार मर्त्य,स्वर्ग नरकमा घुमिरहन्छन् । मुक्ति:–आफ्नो सुखको अनुभव नै मुक्ति हो । ईश्वरको अनन्त गुण– महिमाको ज्ञानबाट ईश्वर–आफू वीचको भेद जानिन्छ र सालोक्य मुक्ति प्राप्त हुन्छ । भगवान् सेव्य र आफूलाई सेवक मानेर भगवान् प्राप्ति बाहेक कुनै फलको आशा नराखिकन हुने अनन्य अनुराग नै मुक्तिको उपाय हो । परोपकार, धर्मकर्म भगवान्कै भजन सेवा हुन् । यो सम्प्रदायले ३ प्रकारको प्रमाणलाई मान्दछ:  प्रत्यक्ष , अनुमान र शब्द । वेद प्रतिपाद्य अनेक तत्त्व छन् , तैपनि मुख्य तत्त्व सर्वदु:ख निवारक भगवान नै हुन्। ‘वेदैश्च सर्वैरहमेव वेद्य:' –भगवान् कृष्ण भन्नुहुन्छ। यो सम्प्रदाय नारायणबाट ब्रह्माजीमा आएको र त्यसपछि हनुमान्–भीमद्वारा माधवाचार्य(पूर्णप्रज्ञ) ले प्राप्त गर्नु भएको हो भनिन्छ । यसलाई ब्रह्म सम्प्रदाय पनि भनिन्छ।माधवाचार्यको ब्रह्मसूत्रमा ‘पूर्णप्रज्ञ भाष्य’धेरै प्रसिध्द छ ।

 शुध्दाद्वैत दर्शन (वल्लभ मत) 

यो मतका संस्थापक वल्लभाचार्य (वि.सं. १५३५) हुनुहुन्छ । वहाँले ब्रह्मसूत्रमा अणुभाष्य लेखेर शुध्दाद्वैत मत स्थापना गर्नु भएको हो । भगवान् रुद्रबाट बालखिल्यले , त्यसपछि विष्णु स्वामीले, त्यसपछि वल्लभले यो ज्ञान प्राप्ति गर्नुभएकोले यो मतलाई रुद्र संप्रदाय पनि भनिन्छ ।मायादेखि ब्रह्म अलिप्त हुनुहुन्छ , शुध्द हुनुहुन्छ र अध्दितिय हुनुहुन्छ । यही अभिन्न सम्बन्धले यो मत शुध्दाद्वैत नामले प्रख्यात छ । ब्रह्म नै मायासंग टाँसिन पुग्छन् भन्ने कुरा वल्लभाचार्य मान्नु हुन्न । शुध्द ब्रह्मबाट शुद्ध जीव निस्कन्छन् । जीव अणु र सेवक हो । प्रपञ्च जगत् साँचो हो । जीव ईश्वर दुवै शुध्द हुनाले समास बन्दछ : शुध्दयोअद्वैतम्  । 

प्राकृतिक गुणबाट ब्रह्मा पुरातन भएपनि उहाँ नै जगत्को कर्ता हुनुहुन्छ । ब्रह्मामा अचिन्त्य शक्ति निहित हुने हुनाले अन्य धर्महरू पनि वहाँमा रहन सक्छन्। संसारको अभिन्न निमित्तोपादान कारण ब्रह्मा नै हुनुहुन्छ । त्यसैले वल्लभमत अविकृत परिमाणवाद पनि हो । (सुनबाट सुनको गुण नहराइकन सुनका गहनाहरू बनेजस्तै ) संसार कहिल्यै हराउँदैन । सृष्टि र प्रलयमात्र हुने हो । यो नै सत्य हो । सृष्टि भगवान्को लीलाविलास हो । गोलोकमा बस्नुहुने सगुण श्रीकृष्णको सायुज्यप्राप्ति नै मुक्ति हो । ज्ञानमार्गबाट अक्षर ब्रह्म मात्र प्राप्त हुन सक्छ । मुक्ति मार्ग दुईवटा हुन्छन्:  १. मर्यादामार्ग – वेद शास्त्रानुसार ज्ञान र कर्म साधनाबाट प्राप्त हुने मोक्ष । २. पुष्टिमार्ग – भगवान् शरणापन्न भएर भक्ति साधनाले प्राप्त मोक्ष । यो मार्गबाट भगवान् प्रसन्न हुनासाथ जीवमा शक्ति प्राप्त हुन्छ र ऊ स्वतः मुक्ति प्राप्त गर्न अग्रसर हुन्छ , चाहे ऊ जुनसुकै आश्रमको होस् । केवल ऊ सर्वात्मभावले परमात्मामा आश्रित भएर रहनु मात्र पर्छ । वल्लभाचार्यको ‘भागवतमा’ ‘सुवोधिनी’ व्याख्या चर्चित छ । प्रस्थानत्रयीको सार भागवत हो भन्ने वहाँको निचोड छ । 

अद्वैत दर्शन (सम्प्रदाय) 

यसलोकमा भएका सम्पूर्ण दर्शनहरूको मुख्य लक्ष्य र उद्देश्य ब्रह्म प्राप्ति गराउनु नै हो तापनि वेदान्त दर्शन चाहिं सो कार्यको लागि उत्तम मानिन्छ । आउनुहोस् अब यो महान् अद्वैत वेदान्त - समुद्रमा प्रवेश गरौं , जहाँ डुबुल्की मारेर तद्रूप भएपछि यथार्थबोध भई सारा शंका उपशंका सदाका निम्ति लोप भएर स्वतः अखण्ड आत्म साम्राज्य पाइन्छ । यो अनुपमेय अद्वैत दर्शन सूर्यचन्द्र रहेसम्म न अस्त हुनेछ न उसको समीपमा आउने मुमुक्षु्हरूलाई मुक्त र कृत्यकृत्य नबनाइकन नै बीचमै हराउने छ,किनकि, यो अमरत्व प्रदान गर्ने अद्वितीय अमृत तत्त्व हो । अद्वैत दर्शन जसलाई मायावाद पनि भनिन्छको प्रवर्तक आचार्य शङ्कराचार्य हुनुहुन्छ। यसको केन्द्र भनेको जीव, आत्मा र ईश्वर एक हुन् भिन्न होइनन् हो ।यस मतको प्रतिपाद्य विषय (लक्ष-उध्देश्य) मनुष्यलाई मोक्ष पदमा पुर्याउनु हो, यसबारे पछि पनि चर्चा गरिनेछ।

ब्रह्म र आत्माको यौगिकता प्रदर्शन गर्ने यो एकदलीय ज्ञान सर्वप्रथम आदिदेव नारायणबाट ब्रह्माजीले पाउनुभएको हो । त्यस ज्ञानलाई ब्रह्माबाट वसिष्ठ–शक्ति–पराशर–वेदव्यास–शुकदेव-गौडपादगोविन्दपाद हुँदै शंकराचार्यलाई सञ्चार गरियो । यसरी गुरूपरम्पराबाट कहिल्यै नहराउने अखण्ड चैतन्य हुनुलाई संप्रदायवित् ज्ञान भनिन्छ । यदि कोही पुरुष सर्वशास्त्रज्ञ भएतापनि ऊ  सम्प्रदायवित् छैन भने त्यसमा अलौकिक ज्ञानलोक उदित नहुने हुनाले ऊ मुर्खवत्, उपेक्षणीय हुन्छ । अनादिकालदेखि नै अद्वैत सिध्दान्त प्रचलित थियो । यसको बलिष्ठ आधारशिला वेद, उपनिषद र पुराण नै छ । यस अतिरिक्त अद्वैत रहस्यको अमूल्य मणि शंकरका गुरुका गुरु गौडपादको माण्डुक्यकारिका आजपनि सबैको अगाडि जगमगाइरहेको छ । 

पाशुपत मत:- पशुपति मतमा तत्त्वहरूको कल्पना वेद विरुद्ध देखिन्छ। मुक्तिको साधन बारेमा पनि पाशुपतहरू वैदिक छैनन्।ऊनीहरूका अनुसार जसले कण्ठी,रुचिका,जटा,भस्म र यज्ञोपवित यी छ वटा मुद्राहरूले शरीरलाई सुशोभित गराउँदछ, त्यो फेरि यो संसारमा फर्कँदैन अथवा मुक्त हुन्छ। रुद्राक्षको चुरा,जटाधारण तथा साथमा मुर्दाको खोपडी राख्नु र शरीरमा भस्म लगाउनु वा यी सबैको चिन्हमात्र पनि धारण गर्नाले मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ। यिनीहरू

 महेश्वरलाई निमित्त कारण तथा प्रकृतिलाई (प्रधानलाई) उपादान कारण मान्दछन्। त्यसैले यिनीहरू अवैदिक मानिन्छन्।ऊनीहरू ईश्वर, माया, जीव,जगत सबैलाई अनन्त मान्ने हुँदा प्रश्न उठ्छ,त्यसोभए के ऊनीहरूका ईश्वरले जीव कति छन्, जगत् कत्रो छ, प्रकृति कहाँ सम्म फैलीएकी छीन् भन्न सक्छन् त ?यदि उत्तर ‘सक्छन्’मान्ने हो भने एउटा अनिर्वचनीय (अनन्त) तत्त्वले अर्को अनिर्वचनीय (अनन्त) तत्त्वको बारेमा के भन्न सक्छ र ?यो उत्तर बेठीक हुन्छ। यदि उत्तर’सक्दैन’आए ईश्वर (अनिर्वचनीय तत्त्व) सर्वज्ञ नभएको प्रमाणित हुन्छ, त्यसैले पाशुपत मत ढुलमुले देखिन्छ र यो मत मान्न योग्य छैन।

बेलाको बोली:-नेपाली हिन्दूहरूको आराध्यदेव श्री पशुपतिनाथ हुनुहुन्छ। यहिँ नै पाशुपत मत पनि प्रचलनमा रहेको छ, यो मत जानाजान अवैदिक तथा अस्पष्ट हुँदा हुँदै कसरी जन्मिन र फैलिन पायो? विचित्रको कुरो छ।सिध्दान्तले अमान्य घोषित गरिसकेकोले अरू अगाडिका नालिबेली लगाउने प्रयास गरिएन।। विस्तृत जान्न हेर्नुहोस्-ब्रह्मसूत्र।।२।२।३७ ।।

श्री शंकराचार्य:-

श्री शंकराचार्यले गुरु परम्पराबाट नै ज्ञान प्राप्त गर्नु भएको हो । यो अद्वैतको सूक्ष्म रहस्यलाई वहांले आफ्नो जीवनमा लागु गरेर कसरी मानव, ब्रह्म र आत्माको ऐकय साक्षात्कार गरी त्यो परमोच्च वैदिक व्याख्या ब्रह्मसूत्र, उपनिषद, गीता (प्रस्थानत्रयी) मा र अनेक प्रकरण ग्रन्थहरूमा अत्यन्त स्पष्ट रूपले विवेचन गरी राखिदिनु भएको छ । वहाँको यो दैवी मेधाशक्ति, सर्वोच्च विद्वता, चामत्कारिक योगशक्ति देखेर सारा विश्व आश्चर्य चकित छ । त्यसै हुनाले वहाँलाई अद्वैतमतको प्रवर्तक जगंदगुरु शंकराचार्य साक्षात् भगवान्को अवतार भनेर मानिंदै आइएको छ । यद्यपि वहाँ अन्य मतका आचार्यहरूबाट आलोचित पनि हुनुहुन्छ।श्री शंकराचार्य कहिले यस लोकमा अवर्तिर्ण हुनुभयो भन्नेमा मतभेद छ । आधुनिक अन्वेषक अनुसार वहाँ संवत् ८५४ जन्म र कैवल्य ८७७ मा संप्रदाय परम्पार अनुसार युधिष्ठिर संवत् २६३१ वैशाख शुक्ल पंचमीमा केरल प्रदेशको क्लाडी ग्राममा आविर्भाव हुनुभएको हो भन्ने तथ्य जगत् व्याप्त छ । वहाँले एकै वर्षमा मातृभाषा बोल्ने दुई वर्षमा आमाबाट सुनेको सारा पौराणिक कथा मुखाग्र भन्ने गर्नुहुन्थ्यो । उहाँको ब्रतवन्ध ५ वर्षमा भयो । गुरुकुलमा गएर षड्ङगसहित वेद अध्ययन गर्नुभयो । त्यसपछि आमाको आज्ञानुसार गोविन्द भगवत्पादसंग सातवर्षमा संन्यास ग्रहण , व्यासको दर्शन र १६ वर्षपछि ब्रह्मशूत्रमाथि भाष्यरचना गर्नुभयो , जुन संसारमा अहिलेसम्म प्राप्त भाष्यहरूमध्ये सबैभन्दा प्राचीन र प्रख्यात छ । वहाँले शीर पुछार भारतको भ्रमण गरेर धर्म प्रचार र मठको स्थापना गरी क्रमशः पद्मपाद , सुरेश्वर, हस्तामलक र तोटकलाई आचार्य नियुक्त गर्नुभयो । वहाँले धर्म र ज्ञान प्रचार गर्दै पशुपतिनाथसम्म आइपुगेर नेपालको पशुपतिनाथ मन्दिरको  पुनरोध्दार समेत गर्नु भयो  भनिन्छ । वहाँले ३२ वर्ष सम्ममा अनेकौं ग्रन्थ रत्नहरू (प्रकरण ग्रन्थहरू) रच्नु भयो र यसै वर्ष निर्वाण हुनुभयो भन्ने कुरा इतिहासले देखाएको छ ।

५२. पञ्चदशी:-

हामी विभिन्न विषयहरूमा व्यर्थको कल्पना( सोच) खर्चिरहेका हुन्छौं । त्यसो गर्नुभन्दा वेदान्तको कुनैपनि प्रकरणमा चिन्तन मनन गर्ने गरेमा परमात्मा अनुभवमा प्रकट गर्न सकिंदो हो । त्यसै उद्देश्यलाई स्थानमा राखी वेद तथा वेदान्त प्रकरणहरूको सम्पूर्ण विषयवस्तु एकत्रित गरी एकै ठाँउमा हेर्न सकियोस् र मानिस मुक्त हुन सकोस भनी तयार भएको ग्रन्थ हो पंचदशी। यो पञ्चदशीमा १५ धाराहरू छन् । तिनलाई ३ भागमा विभक्त गरी  क्रमशः सत् (५), चित् (५), आनन्द (५) नामक विषयहरूको व्याख्या मार्फत ईश्वर जीव र आत्माको परिचय र प्रत्यक्षीकरण गर्ने बाटो देखाइएको छ । जीवबाट शिव हुने उपाय बताइएको छ । 

विद्यारण्य स्वामी पञ्चदशीकारः-

 पञ्चदशीकार स्वामी विद्यारण्य स्वामी (१३-१४ शताब्दी ) वेदान्तको अन्य आर्चायहरू समान पूज्य हुनुहुन्छ । वहाँको समयका राजा विरवुक थिए । वहाँले चतुर्थाश्रम सन्यास लिएर श्रृङगेरी मठको माठाधीश बन्नु भयो । वहाँका ३ गुरु थिए । वहाँले विभिन्न विषयमा दर्जनभन्दा बढी ग्रन्थ रच्नु भएको थियो । उहाँ एक उच्चकोटिको ज्ञानी हुनुहुन्थ्यो । उहाँ लगभग १०० वर्ष बाँच्नु भएको थियो ।

कृष्ण कान्त अधिकारी:-

वेदान्तमर्मज्ञ तथा नेपाली वेदान्त साहित्यको अमर कृति ‘पञ्चदशी नेपाली टीकाको टीकाकार' हुनुहुन्छ।यस कृतिमा वहांको ‘गूढार्थ प्रकाशिनी’बाट धेरै सामाग्रीहरू उध्दृत छन्।

५३. संवित्(ज्ञान) 

संवित्लाई स्वयंप्रकाश आत्मा भनिन्छ । यसका धेरै पर्यार्य नामहरू छन् । सच्चिदानन्द, ज्ञान तत्त्व, ब्रह्म चैतन्य आदि । यो जानिने वस्तुले हामीलाई  जे जानने वाला बनाउंछ त्यो ज्ञान (दृक्) हो । यी सवै कुरा हामी (म) आफू नै हौं । तर अहिले हामीले ' आफू नै ब्रह्म हो, हामीमा आत्मा छ ‘ भन्ने कुरा बिर्सेका छौं  ।शोकहरूबाट मुक्त नभई जन्म, मृत्यु रूपी चक्रमा बांधिइरहेका छौं । अर्थात् हामी स्वर्गबाट विमुख रहदै आएका छौं । हाम्रो वास्तविक चरित्र आनन्द घनन बाट हामी विपरीत स्थितिमा छौं । यी कुराहरू जस्तका तस्तै वेदमा भनिएकाले यो नै सत्य हो भन्नेकुरा स्वयंसिद्ध छ। ऋषिमुनि तथा श्रुति पुराण शास्त्रहरू पुरक प्रमाण हुन् । वेदान्तले हामीलाई त्यो तत्त्व संवित ,आत्मा आदिनाम गरिएको चिजसंग सात्क्षात्कार गराउंदछ । यहाँ मात्र आवश्यक यो छ कि कोही पनि यस्तो परम हितकारी वस्तुसंग साक्षात्कार गर्न गुरु शरणमा परोस् ।

५४. वाद निरूपण:-

जगत्को सृष्टिको विषयलाई लिएर आस्तिक दार्शनिकहरूको मत ३ प्रकारको छ:नैयायिक दार्शनिकहरूको आत्मवाद-१, सांख्य र योग मतावलंबिहरूको परिणामवाद २, वेदान्तको विवर्तवाद ३। आरम्भवादीहरूको भनाइ छ, कारणबाट कार्य उत्पन्न हुन्छ । कार्य उत्पन्न हुनभन्दा पहिले सबै असत् हुन्छ । समवायी , असमवायी, निमित्त यी त्रिविध कारणबाट कार्यहरू उत्पत्ति हुन्छन् । कार्यदेखि कारण भिन्न हुन्छ वा एकै? यो प्रश्नमा मतभेद रहेको  छ। नैयायिक भन्छन् धागोबाट जो कपडा बन्दछ त्यो धागो नै कपडा हैन । यहाँ धागो र कपडा अलग अलग वस्तु हुन्। कपडाको उपदान कारण जो धागो हो, त्यसदेखि भिन्न वस्तु हो कपडा।यस्तो मतलाई आरम्भवाद भन्छन् । कार्यरूप पाञ्चभौतिक स्थूल जगत्को नाश भएपनि कारणरूप परमाणु नित्य हुनाले त्यही बाँकी परमाणुबाट पुनः अर्को पृथ्वी आदि स्थूल जगत्को आरम्भ हुन्छ । यही आरम्भवाद हो । यो वादमा कार्य र कारणको भेद रहन्छ ।

परिणामवादीहरू:-

परिणामवादीहरू योगलाई सांख्य भनेर भन्छन्।उनीहरू अनुसार असत् सत् हुंदैन । सत् असत् हुदैन । मानौ कपडा उत्पन्न हुनुभन्दा पहिलेको धागोलाई असत् मान्ने हो भने कपडा उत्पन्न हुनै सक्दैन । संसारमा कुनै चिज असत् सिध्द हुन सक्दैन केवल रूपान्तर हुने मात्र हो । अर्थात कारणदेखि अभिन्न कार्यको नाम नै परिणाम हो । जस्तो दुधबाट दहिमा रूपान्तरण। यसैगरी प्रकृतिनै जगत् रूपमा परिणत भइरहेको हुन्छ । आरम्भवाद र परिणामवाद परस्परमा विपरीत देखिन्छन् । 

विवर्तवाद (वेदान्त) :-

स्थूलबाट सूक्ष्म तत्त्वमा सोचविचारलाई लैजाने उद्देश्यले जुन वादहरू (आरम्भक, परिमाण, विवर्त) विकास भएका छन् , ती आफनो ठाँउमा ठिक भए पनि बढी भरपर्दो वाद चाहि विवर्तवाद हो । वास्तवमा प्रमाणद्वारा कुनै मत (वाद) पनि सिद्ध हुन सकेका छैनन् । सबै भ्रान्तछन् । जस्तो कार्यदेखि कारण भिन्न हो वा अभिन्न भन्ने प्रश्नमा विद्वान्हरू बीच तर्क-वितर्क गराउदै जाने हो भने अन्त्यमा गएर थाहा पाउन सकिएन भन्ने उत्तर नै आउने छ । भनौं, ध्याम्पो माटाको कारणले हो भने माटो केको कारणले भन्ने प्रश्न गर्दै गएमा यसको शिलशिला कहिल्यैपनि टुङ्गिदैन । अतः सबै कर्म प्रपञ्चको मूल खोज्दै जाने हो भने यो प्रयासको प्रतिफल अज्ञानमा गएर टुङ्गिन्छ । वेदान्तमा यस्तो घटनालाई अनिर्वचनीय स्थिति मानिन्छ । अज्ञान नै अनिर्वचनीय स्थिति हो । त्यसैले वेदान्तले भन्छ अज्ञान (अनिर्वचनीय) को आश्रय अधिष्ठान सत्यवस्तुमा हुन्छ । आफू ममा हुन्छ सद्वस्तु अज्ञानवश सपनाझैं अनेक कार्य प्रपञ्चको रूपमा विवर्तित हुन्छ । जस्तो झिसमिसे उज्यालोमा डोरी देख्दा सर्पको आभाष हुनु । अज्ञानले गर्दा डोरीमा सर्प भान हुनुलाई अतात्त्विक अन्यथाभाव विवर्तवाद भनिन्छ । यसरी ब्रह्मको विवर्त जगत् प्रपञ्च हो भन्ने कुरा सिद्ध हुन्छ । अर्थात् अज्ञानवश ब्रह्ममा जगत् कल्पित हुन्छ । 

५५. अनिवर्चनीय:-

अनिर्वचनीय भनेको जो सत्य अर्थमा अथवा झुठो अर्थमा अथवा सत्य झुठ दुवै (उभय )अर्थमा विचार विमर्शको विषय हुन सक्दैन , त्यो अनिर्वचनीय हो ।

५६. त्रिदिध प्रस्थान:-

अब हामी यहाँ त्रिविध प्रस्थान बुझ्नभन्दा पहिले हाम्रो वैदिक इतिहासभित्र थोरै बेर पसेर बबेदान्तरूपी ढोकाबाट बाहिरियौं । जब सृष्टिको पहिलो बिहान उदायो तब देखि नै हाम्रो वैदिक व्यवस्था प्रचलनमा आउन थाल्यो । सृष्टिको पहिलो काल खण्डमा वेद एउटामात्र थियो ।कालान्तरमा समय र आवश्यकताअनुसार वेद ३ भए। हुँदा हुँदा भगवान् वेदव्यासको कालमा आएर वेद संख्या ४ भए । कालक्रमानुसार जगत , ब्रह्म र ईश्वरको व्याख्या सामर्थ्यलाई अझै फैलाउन पर्ने आवश्यकता पर्यो । यसै आवश्यकता अनुरुप श्रुति, स्मृति, पुराण, उपपुराणहरू ,आरण्यकहरू,दर्शन तथा षडङ्ग वेदहरू,धर्मसास्त्रहरू, सूत्रहरू, गीता तथा ब्रम्हशूत्रहरूका रचना भए । फलस्वरूप सृष्टिको पहिलो बिहानीमा एकपरिवार रहेको आर्य वैदिक धर्मावलम्बीहरू विभाजित भएर विश्वका ठुला ४–५ धर्महरूमा बाँडिन पुगे । त्यसै गरी प्रत्येक धर्ममा आ आफ्नै दर्शन , मत तथा आम्नायहरू बन्न पुगे । यही क्रमले वि.सं. ८४५ तिर उत्तर मीमांसा तथा वेदान्त दर्शन सम्प्रदायका धर्मवीर जगत्गुरु आदि शंकराचार्यज्यूको आविर्भाव भयो । वहाँले बरालिएको वैदिक वव्यवस्थलाई सही किलामा ल्याएर बांधिदिनु भयो।।तबपनि फेरि मतहरू , वादहरू जन्मिन छाडेनन् र त्रिविध प्रस्थानरूपी मत स्थापना भयो । यति हुँदा हुँदै आज त रामकृष्णको गरिबवाद, अरविन्दको शिक्षावाद , गान्धीको रामराज्यवाद, रजनीशको भोगवाद,डा.क्षितिजचन्द्रको नवअद्वैतमत तथा थप पहिचान गर्न पर्ने प्रेमपाल,सतपाल, साइबाबा,कृपालु, आशाराम,रामपाल, ब्रह्मकुमारी र डा.विकासानन्दको मनोक्रान्तिवाद आदि आदि देख्न पाइन्छ। यता समाजमा यसरी वाद अनुसार धार्मिक संघ संस्था विस्तार हुंदो छ भने उता  वैदिक धर्म तथा समाजका आधार स्तम्भहरू अव्यवहारिक हुँदै ढल्दै छ। भगवान संग प्रार्थना छ अब आश्रम(ब्रह्मचर्य, गृहस्थ , वानप्रस्थ र सन्न्यास) व्यवस्थालाई नै नबचाउने अवस्था र परिस्थिति सकियोस् । यसैगरी समाज संगसंगै विज्ञान तथा प्रविधिको अभूतपूर्व विकासले ४ वर्ण ३६ जातका ठाउँमा मानवाधिकार धर्म समर्थित डिजिटल डिभाइडेसन व्यवस्थाले लिंदै छ जहाँ व्यक्तिले आफ्नो मोबाइलमा आफ्नो मानवीय परिचय र सामाजिक हैसियत देख्न पाउने छ । यसै भित्र ऊसको धार्मिक वाल पेज हाइड भएर रहनेछ। ऊसलाई वर्तमान परिचय र सामाजिक हैसियत चित्त नबुझे आफ्ना कर्ममार्फत आफ्नो जीवन थप गुणस्तरीय बनाउन स्वतन्त्रता रहनेछ । यो पछिल्लो निष्कर्ष तत्कालका लागि बोध गर्न कठिन छ, भविष्यमा खुल्दै जानेछ ।

यहाँ सम्म हामीले हाम्रो वैदिक इतिहास र वर्तमान चाहार्यौं, आउनुहोस् अब हामी प्रवेश गरौं त्रिविध प्रस्थानभित्र । यस अधि हामी थोरै बेर ‘त्रिविधप्रस्थान’ जन्मनुको पृष्ठभूमि जान्न इतिहास भित्र पसेर वर्तमान प्रवृत्ति छिचोल्दै बाहिरिएको थियौं त्रिविधप्रस्थान र वर्तमान प्रवृत्ति जन्मिनुको पृष्ठभूमि(कारण) पनि अघि अघि झैं सृष्टि, जीव, आत्मा, ईश्वर तथा ज्ञान (मुक्ति प्राप्त) गर्न गराउन मार्ग सुगम तथा स्पष्ट पार्न र आर्य हिन्दू वैदिक व्यवस्थालाई थप आकर्षक र शसक्त बनाउन नै थियो,जो देश,काल र परिस्थितिको माग अनुकूल थियो। खासमा त्रिविध प्रस्थान भनेको विभिन्न मतहरूको समुच्चय हो।यसमा जगद्गुरु आद्य शंकराचार्य कृत अद्वैत सिद्धान्तका अनुयायीहरू क्रमशः आचार्य पद्मपादको विवरण प्रस्थान, आचार्य शुरेश्वरको वार्तिक प्रस्थान र आचार्य वाचस्पति मिश्रको भामती प्रस्थान सम्मिलित छन्।यी तीनवटै प्रसिध्द मत हुन्।अब क्रमैसँग तिनको संक्षिप्त जानकारी:-

विवरण प्रस्थान (प्रतिबिम्व वाद):- यो मूलतः पद्मपादको पञ्चपादिका नामक ‘ब्रह्मसूत्र’ व्याख्यामा आधारित सिद्धान्त हो। यसलाई ' प्रकाशात्मक यति’ ले विवरण प्रस्थान नामले प्रख्यात बनाइदिनु भयो। विवरण प्रस्थान मत अनुसार वेदान्त श्रवणको नियम हुन्छ, त्यो नियमको नाम हो नियम विधि:। वेदान्तको ज्ञान भाषा ग्रन्थ पढेर पनि हुन्छ तर त्यो भन्दा उत्तम ब्रह्मनिष्ठ गुरुको मुखबाट नियम पूर्वक श्रवण गर्नुमा हुन्छ।महावाक्य श्रवण पछि मनन र निदिध्यासन अत्यन्त महत्त्वपूर्ण सहायक अंग हुन्। श्रवण बाट नै अपरोक्ष साक्षात्कार हुन्छ।यो मतलाई पद्मपादको प्रतिबिम्बवाद भनिन्छ। प्रतिबिम्बवाद भनेको ऐनामा पारो दलेको हुंदा प्रतिविम्ब देखिन्छ तर मुखमा केही दलेको हुंदैन त्यसैले कसैको मुखमा हेर्दा आफ्नो मुख देखिदैन हो। यसरी नै चैतन्य ईश्वर पारो दलेको ऐना हो, बिम्ब जीव (अविद्ध्यायुक्त चैतन्य)मुख(प्रतिबिम्ब)हो। अर्थात ईश्वर रूपी ऐनामा जीव रूपी बिम्बको प्रतिबिम्ब देख्न सकिन्छ भन्ने नै विवरण प्रस्थानको अर्थ हो।

वार्तिक प्रस्थान (आभाष वाद):-

वार्तिककार सुरेश्वरको वार्तिक प्रस्थानमत अनुसार ब्रह्म साक्षात्कार गर्न चाहने मुमुक्षुले वेदान्त श्रवणगरेपछि ऊसले ऊसको चिन्तनलाई अनात्म विषय तिर जानबाट रोक्न पर्छ र त्यसो गर्न सघाउने विधिलाई परिसंख्याविधि भनिएको छ।यो विधि अनुसार कुनै पनि मुमुक्षुले वेदान्त बाहेकका अरु कार्य व्यापारमा चित्त लगाउन हुंदैन। यसरी वेदान्त बाहेक प्रपञ्चको केही कुरा पनि चिन्तन नगरे स्वयम आफू प्रकाशित भइहाल्छ भन्ने हो। यदि केही गरि चित्त भड्कियो भने त्यसलाई नियन्त्रणमा ल्याइ पुनः आत्म चिन्तनमा नै लाग्न पर्छ। सारमा जसरी सुतेको मानिसलाई जगाउन आवाज दिइन्छ, त्यसरी नै मुमुक्षु ‌मानिसलाई श्रवणले ब्रह्मबोध गराउंछ र ऊ मुक्त हुन्छ।यो सिद्धान्तलाई आभासवाद भनिन्छ। प्रतिबिम्बवाद र आभासवादमा केही भिन्नता छ। आभासवादमा दुई वस्तु-दर्शनढुङ्गा र बाह्रमासे फूललाई नजिकै राख्दा दर्शन ढुङ्गामा जो बाह्रमासे फूलको चित्र अनुभूत हुन्छ (देखिन्छ) त्यो आभाषवाद हो। यसरी नै ब्रह्मको स्वरूप बुद्धिले भाषा गर्छ।मतलव ब्रम्ह वा आत्मा जे हो छर्लङ्ग हुन्छ। त्यो छर्लङ्ग पार्ने (आभाष पार्ने) चेतनको नाम हो चिदाभाष जीव। आभाषवादले आफूले गरेको आभाषलाई झुटो मान्दछन् भने प्रतिबिम्ब वादले आफूले देखेको प्रतिबिम्बलाई सत्य मान्दछन्। वास्तवमा वार्तिककारको सिद्धान्त ‘जीव न प्रतिविम्ब हो नत अविच्छिन्न नै '। किन्तु ब्रह्म नै अविद्या ले गर्दा दीन हीन दु:खी जीव बनेर जन्म-मरणको चक्रमा परेजस्तो भएको मात्र हो।जीवले ब्रह्मज्ञान गर्नासाथ ऊ तरि हाल्छ।

भामती प्रस्थान (दृष्टि-सृष्टिवाद, अविच्छिन्न वाद):-

भामती प्रस्थान अर्थात वाचस्पति मिश्रको सिद्धान्त अनुसार श्रवणको कुनै विधि हुंदैन , बिधिको प्रयोग हेयोपादेय (ग्राह्य।त्याज्य) विषयमा मात्र लागु हुन्छ। ब्रम्ह हेयोपादेयत्व रहित स्वरूप हुनाले श्रवण विधि लाग्दैन। अर्थात कर्मेटारको ढुकुरबा’ले अक्करेको चुच्चे ढुङ्गो माथि छिनो चलाए जस्तै जता हानेपनि हुने-मात्र ढुङ्गो चोइटिन पर्यो । यता जगतगुरु श्री शंकराचार्य  चाहिँ “ श्रवणको कुनै विधि हुंदैन तर विधि जस्तै विधिको छायां नियम लागु हुन्छ भन्नु हुन्छ। किनभने श्रोताको मन विषय प्रति प्रवृत्त भइरहने हुनाले उसलाई अन्तरमुख गराउन छायाविधि लागु गर्न सकिन्छ। आत्मा वा रे द्रष्टव्य:! विधि छैनन। केवल शास्त्र र आचार्यको उपदेशबाट जो आत्मज्ञान हुन्छ, त्यही श्रवण हो। श्रवणबाट परोक्ष ज्ञान मात्र हुन्छ। अपरोक्ष ज्ञान हुन निदिध्यासन नै गर्न पर्छ। ध्यान गर्न पर्छ।भामतीकार अविच्छिन्नवाद मान्नु हुन्छ। जस्तै तालभित्र प्रविष्ट आकास लाई तालावच्छिन्न आकाश भनिन्छ, त्यस्तै बुध्दिभित्र प्रविष्ट चैतन्यलाई बुद्ध्यवच्छिन्न जीव भनिन्छ। अविद्याको आश्रय जीव हो र ब्रह्म विषय हो। अन्य आचार्यहरू ब्रम्ह नै अज्ञानको कारण र विषय हो भन्ने गर्नु हुन्छ। वहांहरूलाई मायाअनवच्छिन्न चेतन ब्रह्मवादी भनिन्छ। प्रपञ्चयुक्त जीव ,उपाधिधारी जीव अज्ञानको अधिष्ठान हुनाले मात्र ईश्वरलाई जगतको कारण भनेको हो, वास्तवमा अज्ञानले उपहित जीव नै जगत्को उपादान कारण हो। अविध्याको आश्रय नहुनाले ईश्वरले जगत्को रचना गर्दैन।जीव नै आफूमा आश्रित अविध्याद्वारा (सपनामा मलमार्केट वा अन्तर्राष्ट्रिय खेलकुद ग्राम बनाएझैं) जगत्को कल्पना गर्छ।यो मतमा दृश्य प्रतिभासित हुनाले यसलाई दृष्टि-सृष्टि वाद भनिन्छ।

५७. वाद भिन्नता र एकता:-

अद्वैत वेदान्त दर्शन एउटा डल्लै विषय रहेतापनि यसभित्र धेरै वादहरू छन्। कोही आभाषवादी छन् त कोही प्रतिबिम्बवादी । अझ कोही कोही त अवच्च्छेदवादी।सबैले एक अर्काको सिद्धान्तको खण्डन र आफ्नो मण्डन गरेका छन्। पञ्चदशीका ग्रन्थकारले पनि अवच्च्छेदवादको खण्डन गरी  आभासवादको समर्थन गरेका छन्। यसरी व्यक्ति पिच्छे वाद जन्मनुको कारण जसरी हुन्छ मुमुक्षुहरूलाई शीघ्र र सुगम तरिकाले साक्षात्कार गराउन अथवा ब्रह्मबोध गराइ मुक्त तुल्याउनका लागि नै हो। अर्को वाद जन्मिने कारण चाहिँ मुमुक्षुहरूको विभिन्न स्तर भेदले पनि हो।

५८.विद्यारण्यमुनिको प्रतिबिम्ब वाद:-

विद्यारण्य मुनि प्रप्रतिबिवादी नै हुनुहुन्छ तापनि वहां प्रतिबिम्बलाई आचार्य पद्मपादले जसरी सत्य नमानेर मिथ्या मान्नुहुन्छ, त्यसैले आभाषवादी हुनुहुन्छ भने पनि हुन्छ। यता आभाषवाद र प्रतिबिम्ब वादमा एउटा प्रश्न चिन्ह लाग्न सक्छ, जस्तो- रूपरहित वस्तुको कस्तो प्रतिबिम्ब पर्ला? अथवा आभास हुन सक्ला? यसको उत्तर यस्तो छ- रुपरहित निराकार वस्तुको पनि प्रतिबिम्ब पर्न सक्छ, जस्तो-शब्द रूपरहित निराकार वस्तु हो तापनि शब्दको प्रतिबिम्ब रूप प्रतिध्वनि सुन्नमा आउँछ। आकाशको पनि कुनै रूप छैन निराकार छ, त्यसको पनि पानीमा प्रतिविम्ब देखिन्छ। बिम्ब र प्रतिबिम्बमा अवच्छिन्नता हुनैपर्छ भन्ने नियम पनि सर्वत्र लागु हुँदैन, किनभने आकाश सर्वत्र व्यापक भएर पनि कचौराको जलभित्र पनि देखिन्छ। यसरी नै परमात्मा निराकार, व्यापक भएतापनि एक थुर्पी घिउको चोइली जत्रो बुद्धिमा अनन्त भूमा परमात्माको अलौकिक प्रतिबिम्ब पर्न सक्छ। परमात्मा जस्तो व्यापक वस्तुलाई शब्द (मनोवाणी) द्वारा दृष्टान्त मार्फत बुझाउन खोज्नु भनेको संकेत (सान) गरेजस्तो मात्र हो यसको(परमात्माको) यथार्थ स्वरूपको पूर्ण अनुभव त विशुध्द अखण्ड बुध्दि (स्वानुभव गम्य) द्वारा मात्र सम्भव हुन्छ।

५९.मुमुक्षुहरू((अधिकारी)अनुसारको सिद्धान्त र वाद:-

जगत्मा अधिकारीहरू(मुमुक्षुहरू)३ प्रकारका मानिएका छन्-मन्द,मध्यम, उत्तम । यी तीनै प्रकारको जिज्ञासुहरूको कल्याणको लागि आचार्यहरूले क्रमशः सृष्टि-दृष्टिवाद, दृष्टि-सृष्टिवाद र अजातवाद सिध्दान्तको प्रतिपादन गर्नुभएको छ। अब तीनको सारांश।

सृष्टि-दृष्टि वाद:-

जसको यो संसारमा म कर्ता हुँ, म भोक्ता हुं भन्ने भाव (जीव भाव) प्रबल रहन्छ, चित्तमा राग द्वैष आदि विभिन्न भावना बलियो सँग गाडिएको हुन्छ त्यस्ताले एक सूत्रीय वेदान्त सिध्दान्त नै बुझेका हुँदैनन्, उनीहरू अनेक प्रकारका तर्क र कल्पना गरिरहन्छन् , त्यस्ता मन्द मुमुक्षुहरूको निम्ति सृष्टि दृष्टि: वाद उपयुक्त हुन्छ। सृष्टि दृष्टि वादको सिफारिश कर्ता वेदान्ताचार्य चित्सुख आदि हुनुहुन्छ। देवत्व संस्कार प्रबल नभएको व्यक्तिलाई यो ईश्वर रचित सृष्टि नै छैन, अथवा यो उत्पन्न भएकै छैन भनिदिंदा उसले नबुझेर चित्त शुद्धि तथा गुह्य कर्महरू जस्ता सनातनी शास्त्रोक्त कर्म उपासना गर्न छाडिदिने भय रहनाले र आचार्य शङ्करले अरु सिध्दान्तको भन्दा वेदान्त सिध्दान्तको विलक्षणता देखाई अरु वाद भन्दा सृष्टि दृष्टि वाद अथवा प्रतिकर्म व्यवस्थावाद लाई नै निर्दोष मार्ग सिध्द गरिदिनु भएकोले मन्द मुमुक्षुहरूको निम्ति सृष्टि दृष्टि वाद नै उपयुक्त मार्ग हुन्छ । सृष्टि दृष्टि वाद अनुसार सत्ता ३प्रकारको हुन्छ:१. ब्रह्मको पारमार्थिक सत्ता,२. जगत्को व्यावहारिक सत्ता,३. सपना आदिको प्रातिभासिक सत्ता। यो वादमा सृष्टि २ प्रकारका छन् भनिन्छ-१. ईश्वर सृष्टि २. जीव सृष्टि। ईश्वरको योजनाद्वारा नै जगत्को उत्पत्ति,प्रलय, संरक्षण भइरहन्छ। मनुष्य आफूले गरेको पापपुण्य अनुसार सुख-दुःख भोग्न बाध्य हुनै पर्छ।यो पन्छाउन नसक्ने कुरा हो। ईश्वर सृजित पदार्थ सत्य, शास्त्र, सज्जन, खाद्य पदार्थ, औषधि आदिले जगत्को उपकार गरेको छ। कल्याण गरेको छ।  ईश्वर सृष्टि भित्रै प्रत्येक जीवले आफैं सृष्टि गर्ने गरेको छ। त्यो सृष्टि नै उसको दु:खको कारण  हो। जीवले मनमार्फत अनेक संकल्प झिकेर पुत्रेषणा,वित्तेषणा,लोकेषणाको अधिकतम उपभोग गर्छ अथवा रातदिन भोगमा आशक्त र विषयमा राग द्वेष राखेर व्यर्थ भौंतारिइरहन्छ। यो नै जीव सृष्टि हो। ईश्वर रचित प्रपञ्चमा कोही पनि दु:खी हुंदैन।जीवले अनावश्यक राग द्वेष झिकेर अज्ञानवश मनलाई अशान्त, क्षुब्ध र सन्तप्त बनाएर नै संसार  दु:खमय प्रतीत भइरहेको हो। यदि हामी सारा ईश्वरको सन्तान हौं भन्ने उदात्त सिद्धान्तलाई अपनाएर ‘वसुधैव कुटुम्बकम’ भन्ने उक्ति व्यवहारमा चरितार्थ गरी वेदान्त बोधपूर्वक अखण्ड आत्मा सत्ता भित्र रहेको छु ,मेरो नाम र रूप कल्पित हुन् भन्ने सम्झी मनलाई ब्रह्मरूप भित्र विलीन गराएर ब्रह्मरूपले जगमगाएर रहनु, सँधै सन्तुष्ट, शीतल ह्रदय एवं चिन्ता र आकांक्षाले रहित अपूर्व जीवन बांच्नु छ, यहीनै जीवनमुक्तिको स्थिति हो। यी कुराहरू द्वैत विवेक प्रकरणबाट स्पष्ट हुन्छ। श्रद्धाले हेरेमा सारा अविद्या विलीन भइहाल्छ। जब यसरी सृष्टि दृष्टि वाद अनुसार निष्काम कर्म भक्ति र ज्ञानले कसैमा  शास्त्रसम्मत सदाचार, नैतिकता , संयम आदि उच्च आदर्श कायम हुन्छ तब मुमुक्षु स्वत: अर्को स्थिति- दृष्टि सृष्टि वादमा प्रवेश भइहाल्छ।

दृष्टि सृष्टि वाद:

वेदान्तविज्ञ मुनिहरूको भनाइमा दृष्टि अनुसार नै सृष्टि भइरहेको छ। वहांहरूको जोड छ, दृष्टि नभए सृष्टि कसरी अनुभवमा आउंछ? यदि वृत्तिले विषयलाई समातेन भने या विषयतर्फ दृष्टि नपरे  भयानक दु:खको पनि भाव हुन सक्दैन,यो अनुभव सिद्ध कुरा हो। जहिले जुन कुरा प्रतीत हुन्छ त्यो कुरा तत्काल नै सृष्टि हुन्छ।“यदा यति: पश्यति तदा तत्समकालं तत् सृजति” दृष्टि सृष्टि वादको  मान्यता हो यो वादमा सत्ता २ वटा मात्र छ भनिन्छ:१. ब्रह्म रूप आफ्नो पारमार्थिक सत्ता २. दृश्यमान सारा जगत प्रपञ्चको प्रातिभाषिक सत्ता। यसमा व्यावहारिक सत्ता मानिंदैन। आफूबाट कल्पित हुनाले कल्पित विषयको व्यावहारिक सत्ता मानिंदैन। यसरी सृष्टि दृष्टि वाद अनुसार जगत् प्रपञ्च हो भन्ने भ्रान्त धारणालाई डोरीमा सर्प भान भएझैँ ब्रह्मरूप आफूमा नै यो दृश्य जगत् कल्पित हुनाले यसको पृथक् अस्तित्व छैन भन्ने प्रमाणले खण्डन गरी मनुष्य अखण्ड ब्रह्माकारमा साक्षात्कार भएर स्वयं परिपूर्ण अवाङ्मनस गोचर ब्रह्मरूपले निरन्तर प्रकाशमान हुन्छ भन्दछ। यद्यपि श्रीविद्यारण्यमुनि सृष्टि दृष्टि वादी नै हुनुहुन्छ तापनि मध्यम अधिकारीको निम्ति वहां दृष्टि सृष्टि वादको श्रौत सिध्दान्त  देखाउंदै ईश्वर, जीव,जड, चेतन विभिन्न रूपले प्रतिमान भएको यो जगत् सांच्चिकै अद्वैत ब्रह्मरूप आफूमा देखिएको सपना हो भन्ने घोषणा गर्नुहुन्छ।

अजातवाद:-

अजातवाद दृष्टि सृष्टि वादभन्दा पनि बडेमानको सिध्दान्त हो। यसलाई विस्तृतमा जान्न योगवाशिष्ठ र माण्डूक्यकारिका हेर्न पर्छ। पूर्ण साधना सम्पन्न, विरक्त र उच्चकोटीको अधिकारीको विशुद्ध हृदयमा नै यो सिद्धान्त प्रष्टसँग लागु भएको देखिन्छ। अजातवादमा  आफू नै अखण्ड ब्रह्म हो, आफू देखि भिन्न देह आदि समस्त विश्व ब्रह्माण्डको कुनै अस्तित्व नै छैन मात्र हैन कि,प्रतिभाषित पनि हुँदैन,जे प्रतिभासित हुन्छ त्यो अविद्याको कारणले हो भनिन्छ। यसरी प्रपञ्चको प्रतीति वा अप्रतीति भन्ने कुरा भ्रान्ति हो, कल्पित हो भ्रान्ति बस्न पुगेको ठाउँ एक सत्य- अजात तत्त्व (आत्मा) मात्र संधैभरि एक रुपले रहेको छ। यद्यपि विविध रूपात्मक  प्रपञ्चको जो झल्याक झुलुक्क देखिन्छ, त्यो मनले गति देखाउनाले मात्र हो। यदि मन निश्चल(सङ्कल्प रहित) भए संसारको चमत्कार कहाँ पुग्छ कहाँ। केवल अखण्डानन्द परिपूर्ण ब्रह्मरूप आफू सिवाय कहीं पनि केही रहंदैन, देखिंदैन। यसरी विवेक दृष्टिले विचार गर्दै गए सद्वाद,असद्वाद, विज्ञान वाद, शून्य वाद,बिजाङ्कुर सन्ततिवाद सबै स्वत: खण्डित हुन्छ। वेदान्तको सर्वोच्च सिद्धान्त अजातवाद (अद्वैतक परमात्मा वाद) मा गएर आग्लो लाग्छ ।“ न कश्चिज्ज्जायते जीव:....”। विस्तृत जान्न हेर्नुहोस् , पञ्चदशी आद्य भाग।

६०. वेद :-

आर्यहरूको ( सनातनी) सबैभन्दा मुख्य र महान् ग्रन्थ वेद हो जो अनादि र ॐ कार रूप परमात्माबाट प्रकट भएको मानिन्छ । सुरुमा वेद एउटै थियो पछि वेदत्रयी भनिन थाल्यो । अझ पछि वेदब्यासले यसलाई ४ भागमा बाँड्नु भयो र क्रमशः ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद नाम राख्नु भयो । वेदका ४ पत्नी छन् — ऋग्वेदकी ईति, यजुर्वेदकी धृति, सामवेदकी शिवा र अथर्ववेदकी शक्ति । वेदको अध्ययन विधिपूर्वक गरिन्छ । वेदको पाठको क्रम घन, जटा, शिखा,रेखा, माला, ध्वज, दण्ड (रथ) आदि हुन् । वेदका शब्दहरूमा फेरबदल गर्नुहुंदैन । यसको उच्चारण छन्दअनुसार गर्नु पर्छ । वेदको व्याख्या व्याकरण वा निरुक्तबाट गर्न सकिंदैन । वेदलाई जसले समाधिमा देख्यो उही त्यस वेदको ऋषि (आचार्य) हुन गयो भनिन्छ । वेदः पुलिङ्ग शब्द हो भने — विद्लृ(लाभे) धातु यसको निष्पत्ति स्रोतहो ।  वेद वर्गीकरण:-

अ. वेद चार छन् —

 ऋग्वेद,यजुर्वेद,सामवेद,अथर्ववेद । 

आ. वेद र आचार्य –

ऋग्वेद- पैल, यजुर्वेद–वैशम्पायन , सामवेद–जैमिनि, अथर्ववेद सुमन्तु । 

इ. वेद र देवता– 

ऋग्वेद – अग्नि, यजुर्वेद –वायु सामवेद –सूर्य, अथर्ववेद – सोम । 

ई . वेद र ऋत्विक –

ऋग्वेद – होता, यजुर्वेद–अध्वर्यु सामवेद– उद्गाता, अथर्ववेद – ब्रह्मा ।

उ. वेद र उपवेद –

ऋग्वेद –आयुर्वेद, यजुर्वेद-धनुर्वेद , सामवेद–गन्धर्ववेद, अथर्ववेद–सर्पवेद(अर्थवेद) 

ऊ. वेद र शाखा –

ऋगवेद–शाकल–वास्कल । शुक्ल यजुर्वेद–मध्यान्दिन(वाजसनेय) – शुक्ल, कण्व, तैत्तरीय, मैत्राणी । कृष्ण यजुर्वेद – कठ, कपिष्ठल । सामवेद - कौथुम, रामायणीय, जैमिनीय । अथर्ववेद- सौनक, पैपलाद । 

ऋ. वेद र ब्राह्मण – 

ऋग्वेद- एैतरेय, कौषितिक। यजुर्वेद शुक्ल– शतपथ ब्राह्मण। यजुर्वेद कृष्ण–तैत्तरिय, ब्राह्मण । सामवेद–ताण्ड्य, षड्विश, सामविधा।अथर्ववेद–गोपथ ब्राह्मण । 

ऋ. वेद र आरण्यक – 

ऋग्वेद–ऐतरेय, शाख्यान । शुक्ल यजुर्वेद–वृहदारण्यक। कृष्ण यजुर्वेद – तैत्तरीय आरण्यक । सामवेद–छैन । 

लृ. वेद र उपनिषद– 

ऋग्वेद–ऐतरेय,साँखयान । यजुर्वेद कृष्ण– तैत्तरीय, कठ, श्वेताश्वतर, मैत्रायणी, महानारायण। यजुर्वेद-शुक्ल- ईशोपनिषद, बृहदारण्यकोपनिषद् सामवेद– प्रश्नोपनिषद्, माण्डुक्योपनिषद् । 

ए. वेद र शिक्षा – 

ऋग्वेद पाणिनीय शिक्षा, शैशिरीय, स्वराङ्कुश, षडश्लोकी, आपिशली शिक्षा । 

शुक्ल यजुर्वेद – याज्ञवल्क्य शिक्षा, वशिष्ठ, कात्यायनी, परासरी मध्यान्दिनीय । 

कृष्ण यजुर्वेद– भारद्वाज, व्यास, शम्भू, कौहलीय सर्वसम्मत, आरव्य, शिध्दान्त शिक्षा। सामवेद–गौतमी, लोमशी, नारदीय । अथर्ववेद-माण्डुका शिक्षा।

ऐ. वेद र श्रौत सूत्र –

ऋग्वेद–सांख्यायन, आश्वलायन । शुक्लयजुर्वेद–कात्यायन श्रौतसूत्र। कृष्ण यजुर्वेद–बौधायन, वांघल, मानव, भारद्वाज, आपस्तम्ब, काठक, वैखानस ,हिरण्यकेशी, बराह श्रौत सूत्र।अथर्ववेद–वैतान श्रौत सूत्र ।

ओ. वेद र गृह्य सूत्र – 

ऋग्वेद-आश्वलायन,सांख्यायन, कौषीतकी । यजुर्वेद शुक्ल –पारस्कर गृह्यसूत्र । यजुर्वेद कृष्ण–बौधायन, मानव, भारद्वाज आपस्तम्ब, काठक, अग्निवेश्य, वराह , वैखानस, हिरण्यकेशी । सामवेद- गोभिल, खदिर , ब्राह्मण जैमिनि, कांधुम गृह्यसूत्र । 

अथर्ववेद– कौशिक गृह्यसूत्र । 

औ.वेद र धर्मसूत्र–

ऋग्वेद– वसिष्ठ । यजुर्वेद-वौधायन,वैखानस,आपस्तम्ब

,विष्णु,हारीत,राख, हिरण्यकेशी  । सामवेद – गौतम ।अथर्ववेद– छैन । 

अं . वेद र शुल्व सूत्र –

 ऋग्वेद – केही पनि छैन । 

यजुर्वेद शुक्ल– कात्यायन, आपस्तम्ब, मानव । सामवेद– छैन । अथर्ववेद – छैन । 

अः वेद र विषय– 

ऋग्वेद ज्ञान।यजुर्वेद– कर्म। सामवेद –उपासना। अथर्ववेद – विज्ञान । 

६१. पुराण:-

वेदव्यासले रचना गरेको पुरानो कथालाई पुराण भनिन्छ । पुराण हुन सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर, वंशानुचरित यी कुरा हुनुपर्छ । पुराणलाई पाँचौ वेद पनि भनिन्छ । जम्मा पुराण १८ छन् । विष्णु संग सम्बन्धित पुराण:- विष्णु , नारद, वामन, मत्स्य, गरुड र श्रीमद् भागवत पुराण हुन् । ब्रह्मासंग सम्बन्धित पुराण– ब्रह्म, भविष्य, अग्नि, ब्रह्मवैवर्त, ब्रह्माण्ड र पद्म हुन् । शिवसंग सम्बन्धित पुराण– वराह, स्कन्द, मार्कण्डेय, कूर्म, लिङ्ग र शिवमहापुराण हुन् । उपपुराणहरू पनि २१ वटा छन्- ती हुन् – गणेश , नर्सिङ, कल्कि, इकाभ्रण , कपिल , दत्त , श्रीविष्णु, मुद्गल, सनतकुमार, शिवधर्म, आचर्य , मानव, उष्णा, वरुण, कालीका, महेश्वर, शांम्व, शौर्य, परासर , मरिच तथा भार्गव उपपुराण । अन्य केही उपोपपुराण पनि छन्।

६२.उपनिषद्- आत्मा-परमात्मा सम्बन्धि ज्ञानको विषय लेखिएको वेदको अन्तिम भाग जसको संख्या १२३ दखि ११९४ सम्म छ भन्ने छ । जुन विद्याको अध्ययनले विरक्त मुमुक्षुहरूको संसारको बीजभूत अविद्या नष्ट हुन्छ , जुन विद्याले ब्रह्म प्राप्ति गराउँदछ , जसको परिशीलनले जन्म मरण आदि दुःख सदा शिथिल भएर जान्छ, त्यसैको नामलाई उपनिषद् भनिन्छ । राजविद्या वा अध्यात्मलाई वेदान्त भनिन्छ  । उपनिषदको मूल वेद हो । ऋग्वेद संग १० , यजुर्वेद संग (शुक्ल +कृष्ण) १९+३२, सामवेद १६ र अथर्ववेदसंग ३१ उपनिषद सम्बन्धीत छन् । हाल प्राप्त उपनिषदहरू- ईश, केन,कठ , प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरिय, ऐतरीय, ऐतरेय, छान्दोग्य र वृहदारण्यकोपनिषद हुन्  । विस्तृत जान्नको लागि हेर्नुहोस् “पञ्चदशी” । 

६३. प्रस्थानत्रयी:-

 उपनिषद, ब्रह्मसूत्र, भगवत गीतालाई प्रस्थानत्रयी भनिन्छ । यिनीहरूमा उपनिषदलाई श्रुतिप्रस्थान, श्रीमद्भगवत- गीतालाई स्मृति प्रस्थान र ब्रम्हसूत्रलाई न्यायप्रस्थान भनेर पनि चिनिन्छ । विस्तृत जान्न हेर्नुहोस्- ब्रम्हजिज्ञासा–शिवगोपाल रिसाल । 

६४. पञ्चदशी– 

पञ्चदशी वेद तथा वेदान्त प्रकरणहरूको सम्पूर्ण विषयवस्तु एकत्रित गरी एकै ठाँउमा हेर्न सकियोस् र मानिस मुक्त हुन सकोस भनेर तयार भएको ग्रन्थ हो । पञ्चदशीमा १५ धाराहरू छन् । तिनलाई ३ भागमा विभक्त गरी क्रमशः सत् (५) चित् (५) आनन्द(५) नामक विषयहरूको व्याख्या मार्फत ईश्वर,जीव र आत्माको परिचय र प्रत्यक्षीकरण गर्ने बाटो देखाईएको छ । जीवबाट शिव हुने उपाय भनिएको छ । 

६५. गीता:--

श्रीमद्भगवत गीता भगवान् श्री कृष्णको वाणी हो । यो ग्रन्थ प्रस्थानत्रयीको एक अवयव पनि हो । अहिलेसम्ममा यो ग्रन्थले विश्वाकार लिइसकेको छ । गीताको मोटामोटी ९० प्रकार देखिएका छन् । श्रीमद्भगवत गीता नेपाली भाषामा अनुवादित हुन थालेको सम्बत १९७५ देखि हो र आजसम्म लगभग ५०भन्दा बढी लेखकहरूले गीताको नेपाली अनुवाद लेखन तथा प्रकाशन गर्नुभएको छ । विस्तृत जान्न हेर्नुहोस्- श्रीमद्भगवत गीता: नारायणीय नेपाली गद्यपद्यानुवाद ‘श्रीमद्भगवतगीताः अनुवादकीय दृष्टिकोण ' अनु. नारायण प्रसाद खनाल।

              ~समाप्त~

       -----------------------------

             खण्ड २

                                      ॐ

नमो नमस्ते$खिलमन्त्रदेवता द्रव्याय सर्वक्रतवे क्रियात्मने।    वैराग्यभक्त्यात्मजयानुभावित  ज्ञानाय  विद्यागुरुवे  नमो  नमः।

१. वेदान्तदर्शन

दर्शन (नपुलि.)देख्नु वा देख्दा हुन जाने ज्ञान।पूर्वीय परम्परामा तत्त्वको ज्ञान गराउने साधनलाई दर्शन भनिन्छ। दर्शनको अर्थ हुन्छ तत्त्वज्ञान र मनुष्य दु:खको नाश। दर्शनहरू धेरै छन्। दर्शनलाई मुख्यतः २ भागमा बाँडिएको छ।१.आस्तिक २. नास्तिक दर्शन। आस्तिक दर्शनहरू ६ वटा छन्। नास्तिक पनि छ वटै गनिन्छन्।६ आस्तिक दर्शनहरू मध्ये उत्तरमीमांसा अथवा वेदान्त दर्शन एक श्रेष्ठ दर्शन हो।यो दर्शनका पिता ज्ञानकला अवतार महर्षि वेदव्यास (बादरायण) हुनुहुन्छ।यसको स्रोत उपनिषद् हो। उपनिषद् वेदको अन्तिम भाग हो। त्यसैले उत्तरमीमांसा अथवा वेदान्त दर्शनलाई वेदान्त भनिएको हो। अर्थात् वेदको १लाख मन्त्रहरूमध्ये आदि ८० हजार मन्त्रहरू कर्मकाण्ड,  १६ हजार मन्त्रहरू उपासना र अन्तिम ४ हजार मन्त्रहरू ज्ञान काण्डमा पर्दछन्। त्यसैले वेदको अन्तिम भागको ४ हजार मन्त्रहरूलाई वेदान्त भनिएको हो र दर्शन संग मिसाउंदा वेदान्तदर्शन भएको हो । वेदान्त दर्शनसंग षडङ्ग वेदको अन्योन्याश्रित सम्बन्ध छ।यसको पुष्टि यसभित्र आएका व्याकरणिक नियम, साहित्यिक तत्त्व, शब्दार्थ, छन्दोबद्धता,अक्षांश, देशान्तर तथा काल (ज्योतिष)का अंशहरूका प्रयोगले गर्दछन्।

ज्ञानकला अवतार भगवान बादरायण (वेदव्यास)ले ब्रह्मसूत्र नामक ग्रन्थमा वेदान्त दर्शनको संगठन गरेर छाडिदिनु भएको हो। ब्रह्मसूत्रलाई वेदान्त सूत्र, उत्तर मीमांसासूत्र, शारीरिकसूत्र तथा भिक्षुसूत्र पनि भनिन्छ। यसलाई न्याय प्रस्थान पनि भनिन्छ। प्रस्थानत्रयीमध्ये ब्रमह्मसुत्र एक प्रस्थान हो। उपनिषद् र गीता अरु दुई प्रस्थान हुन्। ब्रमह्मसूत्रको रचना काल ४००-५०० इशा पश्चात मानिन्छ। पछि यो दर्शन धेरै शाखाहरूमा विभक्त भयो।ती मध्ये भगवान् शंकराचार्य (८औं शताब्दी) द्वारा पुनर्गठित’अद्वैत वेदान्त’बलवान् भएर आयो। अद्यापि यो दर्शन बहुप्रसिद्ध छ। भगवान वेदव्यासद्वारा संगठित ब्रह्मसूत्र चतु:सूत्रीमाथि भगवान् शंकरावतार भगवान शंकराचार्यले भाष्य लेख्नु भएको छ। शंकराचार्यको भाष्यमाथि वाचस्पति मिश्रले तथा पद्मपादले पुनः भाष्य लेख्नु भएको छ।मूल अद्वैत वेदान्त दर्शनका भाष्यहरूले जीव र ईश्वरको एकताको प्रतिपादन गर्दछन् र भन्दछन्:-‘अहं ब्रह्मास्मि’।

वेदान्त दर्शन ज्ञान गर्ने साधन एउटै छ, त्यो हो गुरु शरणमा पर्नु। गुरु शरणमा परेपछि शास्त्र सम्मत ढंगबाट दर्शन ज्ञान गर्ने समस्त मार्गहरू खोलिदिनु हुन्छ। प्रस्थान गर्ने आफैंले हो। गुरुले परोक्ष ज्ञान गराउनु हुन्छ।प्रवचनद्वारा (उपदेश द्वारा) *अथातो ब्रह्मजिज्ञासा*तत्त्वमसि*दशमस्त्वमसि आदि महावाक्यको व्याख्या सुनाउनुहुन्छ। स्वाध्यायलाई प्रेरित गर्नु हुन्छ।स्वाध्याय भनेको आफूले आफ्नो विषयको (मोक्ष प्राप्तिको)ज्ञान गर्नु हो। स्वाध्यायका लागि  श्रुतिहरू, भाष्यहरू तथा प्रकरण ग्रन्थहरू प्रकाशित छन्। यसरी गुरु शरणमा परी गुरु उपदेश (प्रवचन) तथा स्वाध्यायको बारंबारको पुनरावृत्तिले आफूभित्र निवास गर्ने आत्मवस्तुको अनुभूति हुन्छ। यही आत्मानुभूति नै  अपरोक्ष ज्ञान हो। आत्माको अपरोक्ष ज्ञान भएपछि व्यष्टि जीव (आफू) बन्धन मुक्त हुन्छ। पुनः जन्म मरणको चक्रमा पस्न पर्दैन।

कौतुहल जाग्छ , यति सबै हुने बनाउने त्यस्ता परम दयालु ब्रह्मनिष्ठ/श्रोत्रिय ज्ञानीगुरु पाइन्छ कहाँ? सामान्यतया हाम्रो धर्म व्यवस्थामा तथा संस्कार- संस्कृतिमा भनिए अनुसार यस पृथ्वी लोकमा वसोवास गर्न चार आश्रमको व्यवस्था गरिएको छ। नवजात शिशुदेखि मरणासन्नसम्मको मनुष्यको यसै ४ आश्रममा बाँडिएर आ-आफ्नो परिवार,समाज तथा राज्य/राष्ट्रमा अधिष्ठित छन्। साधारणतया हामी ब्रह्मचर्याश्रम र गृहस्थाश्रम सजिलै भेट्टाउन सक्छौं भने वानप्रस्थ र चतुर्थाश्रम(वानप्रस्थ/संन्यास आश्रम) भेट्टाउन मुस्किल पर्छ। किनभने यी आश्रमको बाटो लिन अलिकति पूर्वजन्मको पुण्य फल र यस जन्ममा तत्-जन्य (भक्ति-ज्ञान उपासना)कार्य गर्न पर्छ। यी दुवै राशि सबैले  आर्जन गरेको हुँदैन एक र दुई, वस्तुतः वानप्रस्थ तथा संन्यास (चतुर्थाश्रम)आश्रमहरू आरण्य(वन) भित्रको प्रसिद्ध तीर्थस्थलहरूमा मात्र रहेको हुन्छ।। ब्रह्मनिष्ठ ज्ञानी गुरुहरू यहीं निवास गर्नुहुन्छ। उदाहरणको रूपमा नेपालमा वेदान्त दर्शन ज्ञान (व्यवहारतः ब्रह्मज्ञान)गराइ दिने सद्गुरुहरू आदि प्रयाग देवघाट धामको हरिहर सन्न्यास आश्रममा महामण्डलेश्वर श्री१००८ स्वामी ज्ञानानन्द सरस्वती ज्यू(सन्त समाज, नेपालका अध्यक्ष),महेश संन्यास आश्रममा महामण्डलेश्वर स्वामी रमणानन्द गिरिज्यू र गलेश्वर संन्यास आश्रममा महामण्डलेश्वर आत्मानन्द गिरिज्यूहरूलाई भेट्टाउन सक्छौं। वर्तमान समयमा समुच्च षड्दर्शन  र यसको मत तथा सम्प्रदाय पोषण गर्ने आश्रम तथा मठ मन्दिरहरू विश्वका हरेक कुना कुनामा देख्न सुन्न पाइन्छ, त्यस तर्फको प्रस्थान भने आफैंले गर्नु पर्छ।

२.वेदान्त दर्शनका जाज्वल्यमान प्रस्नहरू।

क.आत्मज्ञान गर्न के गर्नु पर्छ ?

आत्म ज्ञानको इच्छा छ भने परम्परा पच्छ्याउँनु पर्छ,(साधना) गर्नुपर्छ। आत्म ज्ञानगर्न विधिपूर्वक ब्रह्मज्ञानी गुरुको समीपमा(शरणमा)जानु पर्छ। परम दयालु गुरुले साधन चतुष्टय साधन दिनुहुन्छ।पितामातातुल्य गुरुले जान्नुपर्ने विषयमा उपदेश दिनुहुन्छ। जान्नुपर्ने प्रमुख विषय- जीव र ब्रह्मको अद्वैतता, आत्मा ब्रह्मदेखि भिन्न हो कि हैन भन्ने शंका समाधान,माया र अविद्याका कार्यहरूको ज्ञान गराइ दिनुहुन्छ। गुरु उपदेश (प्रवचन) नित्य लिइरहनु पर्छ। गुरु मुखबाट प्राप्त प्रवचनका विषयवस्तु बारंबार श्रवण-मनन-निधदिध्यासन क्रिया द्वारा आफूमाथि लागु गर्दै आफूलाई आध्यात्मिक ज्ञानले विकसित तुल्याउन पर्छ। यसरी आफूलाई विकसित बनाएपछि चित्तवृत्ति निश्चल, निर्मल हुन्छ, आत्मा परिपूर्ण र अपरिच्छिन्न छ भन्ने साक्षात्कार हुन्छ। आत्मा साक्षात्कार भएपछि जिज्ञासु (मुमुक्षु) मुक्त हुन्छ। अर्थात् सर्वात्मभावमा स्थित भएर, अद्वैत बनेर सारा लोक र पदार्थमा आत्मारूप देख्दछ।ऊ ब्रम्हज्ञानी बन्दछ।

ख. आत्मज्ञान भन्नु र ब्रह्मविद्या भन्नु एउटै हो ? , आत्मज्ञान वा ब्रहविद्याको परम्परा कसरी बस्यो र अहिले कहाँ आइपुगेको छ ?

आत्मज्ञान र ब्रह्मविद्याको अनोन्यास्रित सम्बन्ध हुन्छ।ब्रह्मविद्याले नै आत्मज्ञान गराउँछ । आत्मज्ञान वा ब्रह्मविद्या सृष्टि स्थिति र प्रलय जस्तै अनन्त छ। अहिले हामी पछिल्लो सृष्टि पूर्व देखि कसरी आत्माज्ञान र ब्रम्हविद्या प्रसारण हुंदै आयो सोबारे जान्दछौं।

सृष्टिपूर्व सृष्टि बस्ने ठाउँ,जसलाई कार्यजगत भनिन्छ, सृष्टि गर्नुको कारण र कर्ता जसलाई कार्यरूप हेतु भनिन्छ र त्यस अवस्थामा अनुमान, प्रमाण, कुतर्क, सुषुप्त, अव्याकृत, माया,अविद्या, अज्ञान,सत्यवस्तु र अभाव मात्र थिए। अर्थात नाम र रूप स्पष्ट नभएको कारण तत्त्व अव्याकृत मात्र थियो, जो ज्ञानले नाश हुन्थ्यो। प्रपञ्चको अत्तोनपत्तो थियो। त्यसपछि अनिर्वचनीय अव्याकृत (कारण तत्त्व) बाट हिरण्यगर्भ जन्मिनु भयो। वहां व्यष्टि जीवहरूको ईश्वर हुनुहुन्छ । वहां समष्टिको अभिमानी र जीवधन पनि हुनुहुन्छ। वहां १७ तत्त्व युक्त समष्टि शरीर हुनुहुन्छ। वहाँ हिरण्य गर्भबाट आकाश आदि पञ्चमहाभूत जन्मिए । स्थूल भूतमा अभिमान गर्नाले वहां विराट भनिनु भयो। त्यसपछि वहाँ इन्द्रादि देवताको प्रधान, विश्वको कर्ता र रक्षक चारमुखी ब्रह्माको रूपमा प्रकट हुनु भयो। यसपछि वहांले (ब्रह्माले) आफ्नो जेठा छोरालाई सारा विद्याको आधार र अज्ञानलाई नास्ने ब्रम्हविद्या र आत्मज्ञान प्रदान गर्नु भयो। यो ब्रम्हविद्या र आत्मज्ञान बिभिन्न युग पार गरेर कलियुगका अद्वैत वेदान्ती भगवान् शंकरावतार जगद्गुरु आद्य शंकराचार्य हुँदै एक शाखाको रूपमा २०सौं शताब्दीका ब्रह्मज्ञानी (आत्मज्ञानी)छविप्रकाशानन्दजी,सत्यप्रकाशानन्दजी,कैवल्य प्राप्त परमानन्दजी , वर्तमान सन्त समाजका अध्यक्ष अनन्त श्री विभूषित महामण्डलेश्वर १००८ स्वामीन ज्ञानानन्दजी महाराज र वहाँबाट दीक्षित म (लेखक) यो ब्रम्हविद्या अथवा आत्मज्ञान प्रसार गरिरहेको छु। अतः यो ब्रह्मविद्या अथवा आत्मज्ञान परम्परा सृष्टिको मुलत्त्व भन्दा पनि अनन्त छ। विस्तृत जान्न हेर्नुहोस ”आत्मपुराण”।

ग. संन्यास भनेको के हो ?

संन्यास (पुलिङ्ग) कानुनी अधिकार आफूखुशी छाड्नुलाई संन्यास भनिन्छ।यो अर्थ शब्दकोशको हो। वेदान्तमा चाहिं ब्रह्मचर्य, गृहस्थ,वानप्रस्थ पछि मोक्ष प्राप्तिको इच्छाले ज्ञानी वा वैरागी पुरुष,मर्नै लागेको विरामी र दु:खले ज्यादै आत्तिएका व्यक्तिले लिने चौथो आश्रमलाई सन्न्यास भनिन्छ। श्री मद्भगवत गीतामा भनिएको छ ‘काम्यानां कर्मणां न्यासं सन्न्यासं कवयो विदु:'।

संन्यास ग्रहण प्रकृया:-

गुरुशरण ~चित्तशुद्धि~संन्यास। संन्यास विरजाहोम पछि पाइन्छ।

सन्न्यास वृत्ति:-चार आश्रममध्ये सुरु बाट ३ आश्रमको कुनै पनि आश्रम बाट पूर्ण वैराग्य प्राप्त भई मन, वचन वा शरीरद्वारा हुने सम्पूर्ण क्रियामा कर्तापनको अभिमान र धनमाल, परिवार आदि सांसारिक कुराको ममता त्याग्ने वृत्ति वा धर्मलाई सन्न्यास धर्म भनिन्छ।यो धर्म ग्रहण गरेपछि ऊ सन्यासी हुन्छ। अर्थात् एक सन्न्यासीले विषयमा दोष देखेर सांसारिक कुराबाट विरक्त भएर मात्र गुरु शरणमा परी सन्न्यास ग्रहण गर्छ। विधिपूर्वक सन्न्यास नलिई कर्म छाड्नु हुँदैन।

सन्न्यासीको प्रकार:- क.स्तरको आधारमा। स्तरको आधारमा सन्न्यासीहरू दुई प्रकारका हुन्छन्।एक,विविदिषा स्तर।यो स्तरको सन्न्यासी विद्यार्थी जस्तै हुन्छ। यिनीहरूले बुद्धिको आत्मीकरण,एषणा त्याग, चित्त शुध्दि,महावाक्य बोध र नित्य नैमित्तिक कर्म सम्पादन गर्नु पर्छ। दुई,विद्वत् स्तर संन्यास (जिवन मुक्त संन्यास)- यो स्तरको सन्न्यासीको आत्मज्ञान भइसकेको हुन्छ। आत्मालाई थालको भुजा जस्तै साक्षात्कार गरेर, नित्य र नैमित्तिक कर्महरूलाई विक्षेपको कारण ठानी जीवनमुक्त आनन्दमा रहिरहेका हुन्छन्।

ख.मतको आधारमा। मतको आधारमा सन्न्यासीहरू चार प्रकारका हुन्छन्।१.कुटीचक २.बहुदक ३.हंस ४.परमहंस।यस अतिरिक्त आतुर सन्न्यास,सङ्कल्प सन्न्यास(स्वैच्छिक सपथ)पनि हुन्छन्।

सन्न्यासीको कर्तव्य:-धर्म बोक्नु , अभयदान गर्नु तथा ब्रह्मविद्या र साधनाहरूको दान गर्नु हुन्छ।यो बाहेक आफ्नो मठाम्नायको पालना गर्नु पनि सन्न्यासीको कर्तव्य हो।

सन्न्यासीको आचरण:- एक सन्न्यासीको आचरणमा उसको गुरु द्वारा प्रदान गरिएको दीक्षा (उपदेश) अनुसरण, बस्त्र शृङ्गारादिको उचित उपयोग, आहार बिहारमा सात्विकता । विश्राम, निद्रादिमा आवश्यक वस्तु हरूको सादापन,अटन र श्रवण मनन निदिध्यासनको निरन्तरता आदि पर्दछन्।

सन्न्यासीको प्रतिज्ञा:- सन्न्यासीहरूले सन्न्यास लिँदा प्रतिज्ञा गरेका हुन्छन्। उनीहरूले सारा प्राणीहरूलाई अभयदान दिन्छु भनेका हुन्छन् । अभयदानमा चार वस्तु हुन्छन्।यथा-✓सत्य✓दया✓तप र ✓दान। यसैलाई अहिंसा धर्म भनिन्छ। नित्य नैमित्तक कर्म त्याग्नु हिंसा हो। यस अतिरिक्त सन्न्यासीले अद्वितीय आत्म स्वरूपको ज्ञान गर्न गुरु उपदेश पालन गर्दै यज्ञ, दान,तप र अनसन गर्न पर्छ। शास्त्रले निषेध नगरेको विषयको पनि त्याग गर्नु अनशन हो, विस्तृत जान्न हेर्नुहोस'आत्मापुराण' सम्पूर्ण तथा ‘निर्णय सिन्धु’अन्तिम भाग।

दशनामी सन्यासी:-

आदि शंकराचार्यका शिष्यहरूमा चलिआएका सन्न्यासीहरूको दशथरी भेद-१.तीर्थ।२.आश्रम।३.वन।४.अरण्य।५.गिरि।६.पर्वत।७.सागर।८.सरस्वती।९.भारती।१०.पुरी।

सन्न्यास सम्बन्धमा अन्य थप कुराहरू:- याज्ञवल्क्यले सन्न्यासाश्रम ब्राह्मणले मात्र लिन सक्छ भन्नु भएको छ।कसै कसैले क्रमानुसार तेस्रो आश्रम पूरा नगरी चौथो आश्रममा जान हुंदैन पनि भनेको पाइन्छ। नारीहरूलाई सन्न्यासको अधिकार छैन भन्ने पनि सुनिन्छ।

घ. महानुशासन अथवा मठाम्नाय भनेको के हो ?

मठ + आम्नाय=मठाम्नाय अथवा महा+अनुशासन=महानुशासन एक आदि शंकराचार्यद्वारा विरचित ग्रन्थ हो, जसमा आफूले स्थापना गरेको चार मठको व्यवस्था सम्बन्धित विधान र सिद्धान्त दिइएको छ। यसमा ७३ श्लोकहरू छन्।आम्नायको अर्थ हो:-√ पवित्र प्रथा या रीति।√ वेद आदिको अध्ययन, अभ्यास र पाठ।√ वेद।√ अध्ययनको उद्देश्यबाट गरिने अभ्यास।यो ग्रन्थको माहात्म्य महानुशासनमा यस बारेमा स्पष्ट गरिएको छ कि,को शंकराचार्य पदको अधिकारी हुन्छ र अयोग्य व्यक्तिलाई कस्तो व्यवहार गर्न पर्छ? महानुशासनमा दशनामी सन्यासी संसारमा रहेर पनि संसारमा लिप्त नहुन निर्देशन दिएको छ।महानुशासनमा शंकराचार्य भन्नु हुन्छ “ मठको सम्पत्तिमा संयम गर्नु पर्छ, यति अन्न हुनपर्छ कि असाहाय पिडीत र दरिद्रहरूलाई आश्रय दिन सकियोस्। आचार्य तथा संन्यासी यो वैभवको उपयोग धर्म संस्कृतिको रक्षाको लागि गरुन, स्वयं निर्वाहको लागि जति आवश्यक छ, त्यति मात्र लिऊन्।महानुशासनको अझ अगाडि धर्म आज्ञा छ कि, मठपति आफ्नो राष्ट्रको प्रतिष्ठाको लागि र धर्म प्रतिष्ठाको लागि आलस्य त्यागेर परिश्रम गरुन्। उनीहरू संधै आफ्नो आफ्नो शासन प्रदेशमा भ्रमण गरेर उपदेश दिउन् , वर्णाश्रम धर्मको कर्तव्य बारेमा उपदेश दिउन्।सदाचार बडाउन्। एउटा मठपति अर्को मठपतिको अधिकार क्षेत्रमा नजाऊन्। सबै मठपति समय समयमा एकत्रित भएर धर्म चर्चा गरुन् र देशमा धार्मिक सुव्यवस्था बनाइराख्नलाई प्राणपणदेखि प्रयास गरुन्, वैदिक धर्म प्रगतिशील र अखण्ड रहोस्। यसको लागि उनीहरू दक्ष बनून्। आचार्य शङ्करले आफ्नो यो महानुशासनमा देशका विद्वान मण्डलीहरूमाथि एक जिम्मेवारी सुम्पनु भएको छ। वहाँको मतानुसार विद्वान मानिसहरू नै धर्म प्रति नियामक हुन सक्छन्। उनीहरू यी धर्म पीठहरूमाथि ध्यान दिउन्।समय समयमा मठपतिको आचरण जाँचून्। विद्वान्  , चरित्रवान् , कर्तव्यदक्ष,सद्गुणी, दशनामी संन्यासीलाई नै पीठाधीश नियुक्त गरून्।कोही पीठाध्यक्ष कर्तव्य च्युत सावबित भए भने विद्वानहरूले उसलाई पीठबाट पदच्युत गरिदिऊन्।

ङ. जीवात्माका १६ कला भनेको के हो ?

जीवले जन्म-मरण चक्र पूरा गर्न विभिन्न कार्य ( शारीरिक मानसिक) पूरा गर्नु पर्छ । ती कार्यहरूलाई यहाँ कला नाम दिइएको छ।  ती शारीरिक मानसिक कार्यहरू कुनै स्वत: चलिरहेका हुन्छन् कुनै इच्छाले चलाउन सकिन्छ । प्रस्तुत छ ती १६ कलाहरूको सूची:-

1. पाँच वृत्ति भएको प्राण रूप कला प्रथम___१

2. शुभ कर्ममा प्रवृत्त गराउने आस्तिक बुद्धि रूप कला दोस्रो___१

3. पञ्चमहाभूत ५ कला क्रमश: पाचौं___५

4. दश इन्द्रिय रूप कला आठौं___१

5. मनरूप नवौं कला___१

6. अन्नरूप दशौं कला___१

7. वीर्य रूप एघारौं कला___१

8. तपरूप बाह्रौं कला___१

9. वेदको मन्त्र रूप तेह्रौं कला___१

10. लौकिक र वैदिक कर्म रूप चौधौँ कला___१

11. कर्म बाट उत्पन्न सुख-दु:खमय फलरूप पन्ध्रौं कला___१

12. लोक र देवदत्त नामरूप सोह्रौं कला___१                                                                                                           जम्मा~~~~~~~~१६.

च. आनन्द कहाँ कति ?

चक्रवर्ती राजा हुनु एकसय प्रतिशत आनन्द प्राप्त गर्नु हो भने,मनुष्यगन्धर्व स्थितिमा पुगेकोले त्यो भन्दा १०० गुना ज्यादा आनन्द प्राप्त गर्छ। यसैगरी पितृ स्थितिमा त्यो भन्दा १०० गुना धेरै र क्रमशः अजानज देवता, कर्म देवता, इन्द्र देवता,बृहस्पति,विराट, हिरण्यगर्भ १०० गुनाका दरले धेरै आनन्द प्राप्त गर्छन्।

छ. जगतको समूह भनेको के हो ?

जगत एउटा प्रणाली हो ,जुनसुकै प्रणालीमा आआफ्नो अङ्ग उपाङ्ग भएझैँ जगत् प्रणालीको पनि समूहगत अवयवहरू (अङ्ग उपाङ्गहरू) छन्।ती हुन्:-

@ द्रव्यसमूह:-यस समुहमा ९ अवयवहरू हुन्छन्।ती हुन्:- पृथ्वी, जल, तेज, वायु, आकाश,काल, दिशा,मन र आत्मा।

@ गुणसमूह:-यस समूहमा २४ अवयवहरू हुन्छन्।ती हुन्:-शब्द, स्पर्श, रूप, रस, गन्ध, संख्या, परिणाम,पृथक्त्व, संयोग, विभाग,परत्व,अपरत्व,गुरुत्व,द्रव्यत्व, स्नेह, बुद्धि, सुख-दुःख, इच्छा, द्वेष, प्रयत्न, धर्म, अधर्म,संस्कार। यिनीहरू प्रत्येकको सत्य रज तम तीनै गुण हुन्छन्।

@ क्रिया(कर्म) समूह:-यस समूहमा ५ अवयव हुन्छन्। ती हुन्:-उत्प्रक्षेपण,प्रक्षेपण,आकुञ्चन, प्रशारण र गमन।

@ पदार्थ समूह:-यस समूहमा ३ अवयव छन्। ती हुन्:-जातिपदार्थ, नित्य द्रव्य वृत्ति, विशेष पदार्थ। यी समूह तथा अवयवहरू अनात्म हुन्,ब्रह्म होइनन्।तर यी सबैको अधिष्ठान ब्रम्ह हो ।

ज. देहको स्रोत कहाँ छ ?

परमेश्वरले एक छु अनेक हुन पर्यो भन्ने इच्छा व्यक्त गर्नुभयो। तत्पश्चात् वहां ले अज्ञानलाई (माया) उत्पन्न गर्नु भयो। परमेश्वर र माया (अव्याकृत)को सम्बन्धले महत्त्त्व जन्मियो। महत्तत्त्वबाट हिरण्यगर्भ सूत्रात्मा जन्मिनु भयो। हिरण्यगर्भ सूत्रात्मा बाट देह जन्मिन आइपुग्यो। देह तीन प्रकारका हुन्छन् क्रमानुसार स्थूल, सूक्ष्म र कारण।सर्वात्मक लिङ्ग(सूक्ष्म)देह अहंकार बुद्धि,पञ्चप्राण,दश इन्द्रियहरूको समूह हो।यो आफ्नो लिङ्ग देहमा अभिमान गर्ने लिङ्ग देह चेतनाले युक्त छ र संसारी जीव नामले चिनिन्छ।यो जीव (लिङ्ग देहको)को स्रोत अनिर्वचनीय र अनादि अविद्या (अज्ञान, माया)लाई मानिन्छ। चेतनाले युक्त स्थूल, सूक्ष्म, कारण उपाधि भएको देह भएकोले यसलाई जीव  (व्यष्टि) भनिएको हो।स्थूल,सूक्ष्म, कारण उपाय नलिएर शुद्ध चेतनमात्र (आत्मा मात्र) भएको भए परमेश्वर नै भनिन्थ्यो।देह छ उर्मिहरूले युक्त छ,नाशवान् छ, यद्यपि यसको स्रोत व्यक्ति (कारण)अविनाशी हुनुहुन्छ ।

झ. जगत् भनेको के हो ?

लौकिक अर्थमा जगत् भनेको संसार हो। यसलाई भवाटवी पनि भनिन्छ। वेदान्तमा जगत् भनेको पञ्चमहाभूत, स्थूल शरीर, पञ्चप्राण, दशइन्द्रियहरूको र अन्तस्करण (मन, बुद्धि, चित्त अहंकार )को समूह नै जगत हो। जगत्को उत्पत्ति, स्थिति र प्रलयको कारक ब्रह्म हुनुहुन्छ।जगत् परमात्मामय छ। जगत् परिणामी हैन विवर्तरुप छ। जगतको स्वरूप नाम रूप र क्रियामय छ।स्वगत,सजातीय र जातीय भेदले युक्त छ। सत्य र असत्य शब्द रूपबाट उत्पन्न स्थूल र सूक्ष्म बुद्धिले युक्त छ।यो जगत् सृष्टि पूर्व सत्तामात्र थियो।सत्ता चेतनमय हुन्छ। यही सत्ताले मायासंग सम्बन्ध कायम गर्दा अव्याकृत जन्मियो। अव्याकृतबाट हिरण्यगर्भ सूत्रात्मा जन्मिनु भयो।जगत माता र मायापतिको (ईश्वरको) कार्य स्थान हो,विलाश स्थान हो।जगतको कारण सम्बन्धमा(उत्पत्ति सम्बन्धमा) विभिन्न वाद पनि जन्मेका छन्।ती हुन् :-

कालवाद,सांङ्ख्यवाद(प्रकृतिवाद),न्यायवाद,स्वभाववाद,भुत्ववाद,पुरुषकारणवाद, सिद्धान्तवाद। वेदान्त दर्शनले सिद्धान्तवाद स्विकार गरेको छ।

ञ. पुराकल्प भनेको के हो ?

जुन वेदको भागमा सृष्टिको कथा भनिन्छ त्यसलाई पुरा कल्प भनिन्छ।

ट. क्लेश भनेको के हो ?

दु:खको कारण नै क्लेश हो।क्लेश ५ वटा छन्।तीहुन्:-अविद्या, अस्मिता,राग,द्वैष र अभिनिवेश।

ठ. ब्रह्म भनेको के हो ?

ब्रह्मलाई कुनै पनि विचार वा शब्दद्वारा भन्न सकिन्न। अनुमान प्रमाणले ब्रम्ह नै ईश्वर, परमात्मा हुनुहुन्छ।ब्रह्म विज्ञानघन, सच्चिदानन्दघन र कलारहित,कृयारहित र शान्त हुनुहुन्छ । वहां सृष्टि कर्ता १६ कलाले युक्त हुनुहुन्छ।वहांमा जाति, आश्रम र विषयहरू छैनन्। ब्रह्मा सत्य, ज्ञान र अनन्त हुनुहुन्छ। वहां नै वेद हुनुहुन्छ। वहां बृहत् हुनुहुन्छ। वहाँ ज्ञान-ज्ञाता-ज्ञेय  त्रिपुटीले रहित, स्वप्रकाश र आनन्द स्वरूप हुनुहुन्छ। वहां अनाम र अरूप हुनुहुन्छ।

ड. ज्ञान भनेको के हो ?

अज्ञानको नाश गर्ने साधन नै ज्ञान हो। ब्रह्ममा पुर्याउने ज्ञानलाई ब्रह्मज्ञान भन्दछन् । ब्रह्मज्ञान नहुनु नै माया हो। मायाजालमा पर्नु हो। मानिसले आफूभित्र रहेको अज्ञानलाई हटाउनु उसको महती कर्तव्य हो।ज्ञान प्राप्त गर्न ब्रह्मनिष्ठ गुरुको शरणमा जानु पर्छ। गुरुले जिज्ञासु वा मुमुक्षु वा अधिकारी वा शिष्यलाई परोक्ष ज्ञान गराउनु हुन्छ। अपरोक्ष ज्ञान आफैंले प्राप्त गर्नुपर्छ। यसको लागि गुरुले नै साधन दिनुहुन्छ। अन्ततः विभिन्न ज्ञान भूमिका पूरा गर्दै जिज्ञासुले मोक्ष प्राप्त गर्दछन्।

ढ. गुरु भनेको को हो ?

गुरुको महिमा महान् छ। जस्तै गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देव, महेश्वर। वेदान्तमा गुरुको परिचय हुन्छ-जसले मुक्तिको बाटो देखाउनुहुन्छ वहां नै गुरु हुनुहुन्छ। ब्रह्मनिष्ठ गुरुले साधन दिनुहुन्छ।चार महावाक्यको शोधन गरेर, दशमस्त्वमसि वाक्यको अन्वयार्थ गरेर, ब्रह्मविद्या (ब्रह्मज्ञान) प्रदान गरेर मोक्षको लक्ष्यमा पुर्याउन सोपानको भूमिका निर्वाह गर्नु हुन्छ।( विस्तृत जान्न हेर्नुहोस्  ‘आत्मापुराण’)।गुरुका रूपधेरैहुन्छन्।जस्तो:हरिरूप,हररूप,ब्रह्मारूप,गङ्गारूप,सूर्यरूप। यिनीहरूको आ-आफ्नो प्रस्तुति छ।

ण. जिज्ञासु भनेको को हो ?

मोक्ष वा ब्रह्मज्ञानको इच्छा राख्ने जोसुकै पनि जिज्ञासु हो। जिज्ञासुलाई मुमुक्षु, अधिकारी वा शिष्य पनि भनिन्छ। उपनिषदहरू, पुराणहरू, प्रकरण ग्रन्थहरू तथा गीताहरूमा बिभिन्न स्तर र प्रकारको जिज्ञासु देख्न पाइन्छ। ती जिज्ञासु नै योग र क्षेमको प्रक्रिया तथा गुरु सानिध्यमा श्रवण ,मनन, निदिध्यासन क्रियाद्वारा पछि ज्ञानी बन्दछन् अथवा मोक्ष प्राप्त गर्दछन्।

त. अनुष्ठान भनेको के हो ?

स्वरूपमा मन स्थिर राख्नु नै अनुष्ठान हो, अर्थात् श्रवण ,मनन, निदिध्यासन, ध्यान, समाधि आदि क्रियाद्वारा चित्तवित्तिलाई निश्चल अवस्थामा ल्याउन बसिने समय, स्थान र अवस्थालाई अनुष्ठान भनिन्छ।

थ. प्रणव भनेको के हो ?

समष्टि ॐकार नै प्रणव हो।ॐकारमा अ+उ+म+ँ रहेको हुन्छ। प्रणव पर र अपर ब्रह्मको प्रतीक रूप हो। प्रणव अथवा ॐकारको यसरी शोधन गरिन्छ।अकार, उकार, दुईलाई ऋग्वेद रूपले चिन्तन गर्नेले भूमि लोक पाउंदछ। अकार, उकार दुईलाई यजुर्वेद रूपले चिन्तन गर्नेले स्वर्ग लोक पाउंदछ। अकार उकार र मकारलाई सामवेद रूपले चिन्तन गर्नेले ब्रह्मलोक पाउंदछ। ब्रह्मलोक पुगेको उपासक फेरि फर्कँदैन । जसले ँ(अर्धमात्रा)प्रधान प्रणवको चिन्तन गर्छन् ती ब्रह्मभावमा प्राप्त हुन्छन्। माने, ‘अहं ब्रह्मास्मि' प्रत्यक्ष अनुभव गर्छन्।  ‘दशमस्त्वमसि’को अर्थ खुल्छ।

द. विद्या भनेको के हो ?

ब्रह्माको विशेष स्वरूपलाई जस्ले आफ्नो ✋ हातको हत्केलामा राखेको अमला जस्तै गरी टड्कारो सँग बुझाइदिन्छ त्यो नै विद्या हो अथवा विद्या आत्मज्ञान गराउने साधन हो। ‘ब्रह्मसूत्र' अनुसार वेद शाखाहरू बमोजिम विद्याका फरक फरक नाम छन्।यथा:अक्षरब्रह्म विद्या,वैश्वानरविद्या,पुरुषविद्या,शाण्डिल्य विद्या, सूक्ष्म विद्या,प्रजापत्य विद्या,ब्रह्मविद्या,उद्गीथविद्या,दहरविद्या,पर्यंकविद्या इत्यादि। यसरी विद्याका नामहरू फरक फरक भए पनि काम सबैको मुमुक्षुलाई आत्मज्ञान गराइ मोक्ष पद दिलाउनु हो।

ध. प्रलय भनेको के हो ?

पुराणहरूमा काललाई ४ युगमा बाँडिएको छ। हिन्दू मान्यता अनुसार जब चारै युग बित्छ तब प्रलय हुन्छ।यस वेला ब्रह्मा सुत्नु हुन्छ , जब ब्रह्मा जाग्नुहुन्छ तब संसारको पुनर्निर्माण गर्नुहुन्छ र युगको आरम्भ हुन्छ। शास्त्रमा प्रलयको ४ प्रकार देखाइएको छ।ती हुन्:-नित्य,नैमित्तिक,द्विपार्थ र प्राकृत।

नित्य प्रलय:-वेदान्त अनुसार जीवहरूको नित्य भइरहने मृत्युलाई नित्य प्रलय भनिन्छ।यो क्रिया पलप्रतिपल चलिरहन्छ।

आत्यन्तिकप्रलय:सन्त,साधु(योगीजनहरू)ले ज्ञानमार्गद्वारा आफूलाई ब्रह्ममा लीन गराउनु अर्थात् मोक्ष प्राप्त गरेर उत्पत्ति र प्रलय चक्रबाट बाहिर निक्लनु नै आत्यन्तिक प्रलय हो।

नैमित्तिक प्रलय:-शास्त्र अनुसार प्रत्येक कल्पको अन्त्यमा हुने तीनै लोकको क्षय अथवा पूर्ण विनाश हुनु नैमित्तिक प्रलय हो। पुराणहरू अनुसार जब ब्रह्माको एकदिन समाप्त हुन्छ तब बिश्वको नाश हुन्छ।चार हजार युगको एक कल्प हुन्छ, यसैलाई ब्रह्माको एकदिन मानिन्छ , यो प्रलयमा धरती र अन्य ग्रहको जीवन नष्ट हुन्छन्।नैमित्तिक प्रलयकाल हुंदा कल्पको अन्त्यमा आकाशबाट 🔥 आगोको ज्वाला बर्सिन्छ। त्यो आगोको भयङ्कर तापले सम्पूर्ण जलस्रोत तथा भण्डार सुक्छन्। समस्त संसार बलेर नष्ट हुन्छ। यसपछि संवर्तक नाम गरेको मेघ अन्य मेघसंग मिलेर सय बर्षसम्म वर्सिरहन्छ भने हावापानी अत्यन्त तिब्र गतिमा बगिरहन्छ।

प्राकृत प्रलय:- ब्रह्माण्डको सबै भूखण्ड या ब्रह्माण्ड नै मेटिनु नष्ट हुनु या भस्म हुनु प्राकृत प्रलय हो। वेदान्त अनुसार प्राकृत प्रलय अर्थात् प्रलयको यो उग्ररूप जसमा तीनै लोकसहित महत्त्त्व अर्थात् प्रकृतिको पहिलो सन्तानसम्मको विनाश हुन्छ र प्रकृति पनि ब्रह्ममा लीन हुन्छिन्। सम्पूर्ण ब्रह्माण्ड शून्यमा आउंछ।पञ्चमहाभूत केही पनि रहंदैन। पुराण अनुसार प्राकृतिक प्रलय ब्रह्माको सय वर्षपूरा भएपछि मात्र सम्पन्न हुन्छ। अथवा ब्रह्माले आफ्नो पूर्णायु विताउने वित्तिकै सृष्टि सबै जलमय हुन्छ। केहीपनि बच्दैन। जीवनको आधार यो पृथ्वी पनि त्यो अगाध जलराशिमा डुबेर जलरूप हुन्छ। त्यो समयमा जल अग्निमा, अग्नि वायुमा, वायु आकाशमा र आकाश महत् तत्त्वमा प्रबेश गर्छन। महत् तत्त्व प्रकृतिमा प्रकृति पुरुषमा लीन हुन्छिन्।यी चार प्रलयहरूमा नैमित्तिक र प्राकृतिक महाप्रलय ब्रह्माण्डसंग सम्बन्धित हुन् र नित्य र आत्यन्तिक प्रलय देहधारीसंग सम्बन्धित हुन्।

न. कल्प भनेको के हो ?

कल्प भनेको अवस्थाको नाम हो।एक कल्पमा चार अर्ब बत्तीस करोड मानव बर्ष (३६५) दिन हुन्छ।यो भनेको ब्रह्माको एक कार्य दिवस हो। यसमा सहस्र चतुर्युग आउंछ। ब्रह्माको ५० वर्षलाई एक परार्ध भन्दछन्। दुई परार्ध बराबर ब्रह्माको एक आयु (कल्प) हुन्छ। हामीले एक कल्प (आयु)बिताइसकेको छौं। अर्थात ब्रह्माको एकदिन अर्थात ४३२०००००००वर्ष। यसलाई ब्रह्मकल्प भनिन्छ। अहिले वराह कल्प चलिरहेको छ,जो ब्रह्ममाको दोस्रो दिन हो। यसपछि पद्म कल्प आउंछ। ब्रह्माको एकदिन बराबर बह्मको (शिव को)एक पल  (एक आंखा झिम्क्याइ) हुन्छ।जब शिवको एक सहस्रपटक आंखा झिम्किन्छ तब एक दण्ड पूरा हुन्छ।सय दण्ड बराबर प्रकृतिको एक दिन हुन्छ। यसपछि प्राकृत प्रलय शुरु हुन्छ। यसरी ब्रह्माको एक जीवन पूरा हुन्छ।

प. पञ्चाग्नि भनेको के हो ?

जन्म मरण चक्र वा पञ्चाग्निको वर्णन छान्दोग्य उपनिषदको ५/३/१० मा छ। यस अनुसार अग्नि विद्या ब्राह्मणहरूसंग थिएन।  यो विद्या छेत्रीहरूसंग थियो।यो विद्या पाञ्चाल नरेश जीवल-जावाल-जैवलले आरुणिलाई प्रदान गरेको भन्ने कथा छ ।कथा अनुसार प्रथम अग्नि ‘द्युलोक’ हो। यहाँ देवगण श्रद्धाले आप:हवन गर्छन्। फलस्वरूप सोमराजा प्रकट हुन्छन्। द्वितीय अग्नि 'प्रजन्य' हो, यहाँ सोमराज हवन गरिन्छ फलस्वरूप वर्षा प्रकट हुन्छ। तृतीय अग्नि पृथ्वी हो, यहाँ वर्षाको आहुति दिइन्छ, फलस्वरूप 'अन्न’ प्रकट हुन्छ। चतुर्थ अग्नि पुरुष हो जहाँ अन्न आहुति दिइन्छ फलस्वरूप वीर्य उत्पन्न हुन्छ।पञ्चम अग्नि स्त्री हो यसमा वीर्य आहुति दिनाले गर्भ अवतरण हुन्छ। विस्तृत जान्न हेर्नुहोस् amp.bhartdiscovery.org/in

फ. मार्ग भनेको के हो ?

छान्दोग्य उपनिषद अनुसार मृत्युपछि प्राणी कुन मार्गबाट कहाँ जान्छ भन्ने कुरा दर्शाइएको छ।जसअनुसार मार्ग २ छन्।एक,देवयानमार्ग दुई, पितृ यान मार्ग।

देवयानमार्ग (उत्तरायण मार्ग):-प्राणी मरेपछि प्रकाशपुञ्ज स्वरूपमा परिवर्तित हुन्छ र सो पुञ्ज दिनको प्रकाशमा समाहित हुन्छ।त्यो संयुक्त प्रकाश शुक्लपक्ष हुंदै उत्तरायण ☀️ सूर्यमा प्रवेश गर्छ।छ महिनाको उत्तरायण संवत्सर अवधिमा सूर्यबाट चन्द्रमामा, चन्द्रमाबाट विद्युतमा,विद्युतबाट ब्रह्ममा समाहित हुन्छ। यसैलाई आत्माको प्रयाणको देवयान मार्ग भनिन्छ।यो मार्गबाट जानेहरूको पुनर्जन्म हुंदैन।ज्ञानीहरू नै यो मार्गबाट मोक्ष प्राप्त गर्दछन्।

पितृयान मार्ग (दक्षिणायन मार्ग):-पितृयान मार्गबाट ती प्राणीहरू जान्छन्, जस्ले ब्रह्मज्ञान प्राप्त गरेको हुंदैन।तिनीहरू मर्ने वित्तिकै धुवाँमा परिवर्तन हुन्छन्। धुँवाको रूपमा रातिमा हिंड्छन्।राति राति कृष्ण पक्षमा पुग्छन् र कृष्ण पक्षबाट दक्षिणायन सूर्यमा समाहित हुन्छन्।यिनीहरू देवयान मार्गबाट जानेहरूको जस्तो छ महिने संवत्सरमा पुग्दैनन्।यिनीहरू दक्षिणायन बाट पितृलोक आकासमा र त्याहाँबाट चन्द्रमामा पुग्छन्। यिनीहरू ब्रह्मलोकमा पुग्न सक्दैनन्। पुण्य क्षय भएपछि पृथ्वी लोकमा फर्किन्छन्।देवयानबाट जाने साधक क्रमशः अग्नि लोक, वायु लोक, सूर्य लोक, वरुण लोक, इन्द्र लोक

र प्रजापति लोक हुंदै ब्रह्मलोकमा पुग्छन्। कौषितकी उपनिषदमा ब्रह्मलोकमा ब्रह्मज्ञानी पुगेपछि अप्सराहरूको अगुवाइमा ब्रह्म सम्मुख पुर्याइन्छ र वार्तालाप गराइन्छ भन्ने उल्लेख पाइन्छ।यस उपनिषदमा ब्रह्मलोक र ब्रह्मज्ञानको वर्णन छ।

व.   पुनर्जन्म (जन्म मरण चक्र) भनेको के हो ?

अग्निको उपासकले ध्यान गर्दा आफ्नो अगाडिको अग्निलाई स्वर्ग मान्छ जब उपासकको मृत्यु हुन्छ तब यही उपासनाको आहवनीय स्वर्ग रूप अग्निले उसलाई स्वर्ग लैजान्छ। स्वर्गमा उत्तम भोग भोगेर चन्द्रलोक जान्छ। चन्द्रमाबाट जलद्वारा पृथ्वी लोकमा फर्किन्छ। पृथ्वीमा अन्नद्वारा मनुष्यको विर्य र मानुषीको गर्भ रज बन्दछ। मनुष्य मानुषी सम्मिलनबाट (विर्य आहुति)बाट पुत्र पुत्रीको स्वरूपमा बाहिर निस्कन्छ।ऊ र  उनी फेरि अग्निहोत्रादि कर्ममा लाग्दछन् , जीवन पूरा भएपछि मृत्यु प्राप्त गर्छन्। मृत्यु पश्चात कर्मानुसार आफ्नो मार्ग द्वारा सम्बन्धित लोकमा पुग्दछन्।यहिनै पुनर्जीवन चक्र हो। जन्म -मृत्यु चक्र हो।

भ.   वैदिक यज्ञ भनेको के हो ?

वैदिक यज्ञ भनेको आफ्नो वा पराइको कल्याणको लागि सूक्ष्मदेखि राजसूयादि यज्ञअनुष्ठानसम्मको कार्य सवै यज्ञ हुन् । हेरौं यज्ञका प्रकार-

(क) राजसूय यज्ञ:-यो यज्ञ राजाको राज्याभिषेकको लागि गरिन्छ।

(ख) अश्वमेध यज्ञ:-यो यज्ञ विभिन्न राज्यको प्रभुत्वलाई चुनौती दिन गरिन्छ।जब कुनै एक राज्यको राजकुमार (युवराज) लाई राज्याभिषेक गरिन्छ , तब अन्य राज्यहरूलाई चुनौती दिन एक घोडा छाडिन्छ। यो घोडा जुन जुन राज्य भएर जान्छ , ती राज्य घोडा छाड्ने राज्य अधीन मानिन्छ र कसैले घोडालाई रोकेमा  यो मानिन्थ्यो कि ऊ 🏇 घोडा छाड्ने राजाको प्रभुत्वलाई मान्दैन थियो र ऊ युद्ध गर्न चाहन्थ्यो । अश्वमेध यज्ञ कोही प्रतापी राजाले मात्र गर्न सक्थ्यो।

(ग) वाजपेय यज्ञ:-यो यज्ञ शौर्य तथा शक्ति प्रदर्शन गर्न एकै गोत्रका राजाहरूको राज्य माझमा रथदौड गरेर पूरा गरिन्छ।

(घ) अग्निष्टोम यज्ञ:-यो यज्ञमा पशुबलि दिइन्छ तथा सोमरसको पान गरिन्छ।

(ङ) पञ्चमहायज्ञ(अग्निहोत्र):-धर्म शास्त्रहरूले प्रत्येक गृहस्थलाई दैनिक पञ्चमहायज्ञ गर्न आवश्यक मानेको छ।

पञ्चमहायज्ञ यस प्रकार छ:

(१)ब्रह्मयज्ञ:-नियमित रूपमा वेद तथा धार्मिक ग्रन्थहरूको पाठ।

(२) पितृयज्ञ:-यसको अर्थ तर्पण, पिण्ड दान तथा श्राद्ध गर्नु हो।यसो गर्नाले पितृ खुसी भई आयु,धन, विद्या, स्वर्ग, मोक्ष आदि प्राप्ति होस् भन्ने आशीर्वाद पाइन्छ।

(३) अतिथियज्ञ:-अतिथि सेवा, सत्कार,आदर,प्रेम गर्नु।अतिथिलाई पहिले भोजन गराउनु नै अतिथियज्ञ हो

(४)भूतयज्ञ:-आफ्नो भागको अन्नबाट अर्का प्राणीहरूलाई केही अन्न दिनु हो। अर्को प्राणी भन्नाले गरीब, रोगी,चांडाल, कुकुर,काग, कमिला आदि हुन्।

(५)देवयज्ञ:-देवताहरूको पूजन तथा हवनलाई देवयज्ञ भनिन्छ। यो यज्ञ हर 🏠 घरमा नियमित रूपमा हुनुपर्छ।

यो पनि

यज्ञका परिभाषाहरू:-

यज्ञ:- देवताहरूको पूजन,दान, सत्सङ्ग, यज्ञहरू आयोजना तथा प्रचार (घर्म)।

यज्ञ:-त्याग, बलिदान, शुभकार्य।

यज्ञ:-कर्मकाण्ड विधि।

सत्य शोधन:-

सत्+त्य=सत्य।

सत्=जो समस्त देवता र प्राणहरूबाट सर्वदा भिन्न एवं विशेष लक्षणहरूबाट युक्त छ त्यो नै सत् हो।

त्य=जो देवता र प्राण स्वरूप छ , त्यो त्यो हो।(कौषितकि उपनिषद)

म.मुक्ति भनेको के हो?

सामान्य अर्थमा मुक्ति भनेको जन्म-मरण चक्रबाट फुक्काहुनु मुक्ति (मोक्ष) हुनु हो।मत,बाद अनुसार मुक्तिको धेरै अर्थ छ। अद्वैत वेदान्त दर्शनले मुक्ति लाई कैवल्य भन्छ। मुक्तिका दुईबाटा छन्।१.क्रममुक्ति।२.ज्ञानमुक्ति। क्रम मुक्ति भनेको यहाँ बाट ॐ उपासना गरी मृत्यु पछि ब्रह्मलोकमा फेरि ब्रह्मज्ञान आर्जन गरी हुने पूर्ण मुक्ति हो।२.ज्ञानमुक्ति भनेको जीवन छँदै यहिँ नै ब्रह्मज्ञान प्राप्त गरी’जीवनमुक्त’भएर देह शान्त भएपछि’विदेह’मुक्ति प्राप्त गर्नु हो।

३.  स्वर्णिम वचनहरू(हितोपदेश-१)

आत्मा तर्कले जानिंदैन।

आत्मज्ञानीलाई  कुनै पापले छुन सक्दैन।

मानिसले उसको जीवनमा प्राप्त गर्न पर्ने कुराहरूमध्ये सबै भन्दा ठूलो कुरा आत्मज्ञान हो।

आत्मज्ञान पाण्डित्यपूर्ण वस्तु हो, यसलाई प्राप्त गरेपछि बालकजस्तै बन्नु वा मौन रहनु पर्छ।

आत्मामा सबै प्रपञ्च कल्पित छ।

आत्मामा धर्म पनि छैन, अधर्म पनि छैन केवल आनन्द छ।

आत्मा अद्वितीय छ, विलक्षण छ, सच्चिदानन्द स्वरूप छ,स्वयंज्योतिस्वरूप छ, अविनाशी छ, विशिष्ट छ।यस कारण आत्मज्ञान प्राप्त गर्न पर्छ।

आत्मा पूर्ण र अखण्ड छ।

आत्माको स्वरूप हुन्छ, गुण हुंदैन।“सच्चिदानन्द”सूत्र नै स्वरूप हो।

आत्मा 'अस्ति-भांति-प्रियरूपमा छ(यसको व्याख्या-अस्ति=छ। भांति=आभास लिन सकिन्छ। प्रिय=आनन्ददायक छ)। अर्थात् आत्मा छ, आत्मालाई आभाषद्वारा जान्न सकिन्छ र आत्मा आनन्ददायक छ।

जुन वस्तु ज्यादै दुर्लभ छ, भूमा रूपमा विख्यात छ, सारा शरीरधारी जीवहरूमा एउटा एउटा छ(प्रत्यगभिन्न छ),अनात्म पदार्थभन्दा प्यारो छ,त्यसैलाई आत्मा भनिन्छ।

आत्मा वस्तु अहङ्कार भन्दा पर बस्छ।

पापले रहित,बुढ्याई्ँ आदि छ उर्मि नभएको,अशरीरी, सत्यकाम,र सत्यसङ्कल्पलाई आत्माको लक्षण भनिन्छ।

आत्मको ज्ञानले सारा लोकको र सारा भोग्य पदार्थको प्राप्ति हुन्छ।

आत्मामा संसारी पदार्थको गन्ध पनि हुंदैन,यो बुद्धि भन्दा पनि विलक्षण छ।

आत्मज्ञान भएपछि इच्छा र सङ्कल्पहरू जन्मँदैनन्।

जसले शरीरभित्र रहेर प्राण, बुद्धि आदिलाई(अन्तस्करण र शरीर समूहलाई) आफ्नो आफ्नो विषयमा प्रवृत्त गराउंछ, त्यो नै सर्वान्तर आत्मा हो। यसलाई अनुमानले जानिन्छ (आभाष गरिन्छ) प्रत्यक्ष देखाउन सकिन्न तर अपरोक्ष अनुभव गर्न सकिन्छ।

आत्माको अवस्था अनुसार अन्वय हुन्छ।

आत्मा अक्रिय, असंग र निर्मल हुन्छ।

आत्माको डाइमेन्सन(आयाम) हुंदैन।

आत्मज्ञानबाट मात्र मुक्ति सम्भव छ, ब्रह्मज्ञान र तत्त्वज्ञानलाई गुरु चाहिन्छ तर आत्मज्ञानलाई आफैंले जान्न पर्छ।

ज्ञान अनन्त छ, अज्ञान पनि, इच्छा पनि अनन्त छ। यो अनन्तलाई मेट्नु नै आत्मज्ञान हो।

आत्मज्ञान आलोचना र निन्दा 🐻 सहन नसक्नेले प्राप्त गर्न सक्दैन।

आत्मज्ञान 'निशब्द' जाग्रित भयो भने एक पलमै प्राप्त हुन्छ।

तत्त्वज्ञानीले समस्त ब्रह्माण्डको तत्त्व र संरचना जान्छ, ब्रह्मज्ञानीले ब्रह्मा र ब्रह्मलोकको बारेमा जान्दछ तर आत्मज्ञानी भूमाभरि व्याप्त हुन्छ अर्थात् आफैं ब्रह्म भएर सम्पूर्णलाई हेर्दछ।ब्यहोर्दछ।     

४.अनमोलजानकारीहरू(हितोपदेश-२)

वेद अपरा विद्या हो। यसमा साधनहरू छन्।

ब्रह्मविद्या पराविद्या हो,यसमा फलहरू छन्।

यजुर्वेदको ब्राह्मण भागमा ब्रह्मविद्या (आत्मविद्या)छ।

वेदलाई जानेपछि सबै बन्धन नष्ट हुन्छन्।

ब्रह्मलाई जान्नेवालाले परमपद प्राप्त गर्छ।

त्यो (जीव) आत्मालाई जानेर मृत्युलाई पारगर्दै विजय प्राप्त गर्छ।

मोक्ष प्राप्त गर्नलाई ज्ञानको अतिरिक्त अन्य कुनै मार्ग छैन।

परमात्मा सर्वत्र, पूर्ण,वेदत्रयीको द्रष्टा, अवस्था त्रयीको साक्षी,पञ्चकोशातीत, सच्चिदानन्द स्वरूप छ।(छान्दोग्य उपनिषद्)

सजातिय प्रत्ययको प्रवाह भनेको ‘म सत्चित्आनन्द, कुटस्थ,अकृय,अजर, अमर, पूर्ण, नित्य, शुद्ध, बुद्ध तथा मुक्त स्वरूप आत्माहुं ’ हो।

बिजातिय प्रत्ययको तिरस्कार भनेको “ म ब्राह्मण , क्षत्रिय , वैश्य , शूद्र होइन, म ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ तथा संन्यासी होइन, ‘म पुरुष, स्त्री, बालक, तरुण, सुखि-दु:खि, कर्ता, भोक्ता (एक अर्थमा देहाध्यास) होइन ' यस प्रकारको विचार द्वारा देहाध्यासको वारंवार तिरस्कार गर्नु हो”।

तत्त्वज्ञान र ब्रह्मज्ञानबाट अहङ्कार बड्छ।

देह विकारी छ,देह कृयवान,संगवान र मैलो हुन्छ।

देह धर्म-वर्णाश्रम, बाल्यावस्था, युवावस्था,वृद्धावस्था,स्थूलता,कृशता,ह्रस्वता,दिर्घता,श्यामलता,गोरो आदि देह धर्म हुन्।

कारणदेहको ८ तत्त्व*सुषुप्तअवस्था

*हृदयस्थान*पश्यन्तिवाचा*आनन्दभोग*द्रव्यशक्ति*तमोगुण*मकारमात्रा*प्राज्ञ अभिमान हुन्।यस अतिरिक्त कारण देहमा आनन्दमय कोश पनि हुन्छ।

विषयहरूको सम्बन्धले प्रिय, मोद, प्रमोद वृत्तिहरूको उदय हुन्छ।यसैलाई आनन्दमय कोश भनिन्छ।

जिज्ञासा (स्त्रीलि.) जान्ने इच्छा।

ज्ञानबाट नै कैवल्य (मोक्ष)को प्राप्ति हुन्छ, ज्ञान बिना मुक्ति प्राप्त हुंदैन।

परमात्माको चार अवस्था-शुद्धचैतन्य, अन्तर्यामी,सूत्रात्मा र विराट हुन्।

चेतन तत्वको चार अवस्था- कुटस्थ, ब्रह्म, जीव, इश्वर।

शोक, मोह,राग इत्यादि मनको धर्म हो।

जन्म, बुढ्यौली,मरण शरीरको धर्म हो।

जगतको स्वरूप नाम,रुप र कृयामय छ।

जगतको कारणरूप पञ्चमहाभूत हो।

पुरुषमा उद्योग, साहस, धैर्य बल बुद्धि पराक्रम छ गुण हुन्छ।

योगमा लय,विक्षेप र कषाय ३ बिघ्न संग जुध्न पर्छ।

बुद्धि ५ अवयवले युक्त छ।

हिता,पुरितत् नाडीका नाम हुन्।

जसको घरमा अग्निहोत्र हुन्छ,तीनै पञ्चाग्नि विद्याका उपासक हुन्।यिनीहरूले स्वर्ग,मेघ, मनुष्यलोक, पुरुष-स्त्रीलाई ध्यान गर्छन्।

पञ्चाग्निमा दक्षिणाग्नि,गाहर्पत्य, आहवनीय,सभ्य र आवसथ्य ५ अग्नि पर्दछ।नचिकेताग्नि ३पटक चयन गर्नेले शुद्ध चित्त (निश्चल चित्त वृत्ति) प्राप्त गर्छ।

निश्कासन  यज्ञ गृहस्थ,जपयज्ञ ब्रह्मचारी, समाधि यज्ञ वानप्रस्थ, ज्ञान यज्ञ सन्न्यासीको लागि हो।

निषिद्ध,काम्य, नित्य र नैमित्तिक ४ प्रकारका कर्म हुन्छन्।

वृहत्,पाण्डारवासा,सोमराजा, प्रिय दर्शन प्राणका नाम हुन।

पाँच कर्मेन्द्रिय, पांच ज्ञानेन्द्रिय,पांच महाभूत र प्राण यी १६ तत्वको समूदायलाई पुरुष भन्दछन।

पुरुष (मानिस) प्राणसहित १६ कला भएको हुन्छ।

प्रधानपुरुष (परमात्मा ) मनसहित १६ कला भएको हुन्छ।(साङ्ख्यानुसार)

वेदान्त अनुसार पुरुषलाई जीव र इश्वरलाई प्रधानपुरुष भनिन्छ।

जीव सत्यबाट निस्केर सत्यमै मिसिन्छ।

प्रकृतिको नियम नलाग्ने वस्तु वा घटना नै चमत्कार हो।

प्रणव र अथ: शब्द ब्रह्माको मुखबाट निस्केको प्रथम शब्द हुन्।

कर्म सम्पादन गर्न ५ कुरा चाहिन्छ,ती हुन् शरीर,चिदाभाष, इन्द्रिय, प्राण तथा देवता।

कल्की अवतारी भगवानको दाजुको नाम ‘प्राज्ञ’ हो।

५. आत्माको २०० नामहरूको सूची।

1. अक्लेद्य

2. अकाम

3. अखण्ड

4. अखण्डाकारभूत

5. अग्नि

6. अगृह्य

7. अच्छेद्य

8. अचर

9. अचल

10. अचिन्त्य

11. अचिन्त्यशक्ति

12. अज

13. अजन्मा

14. अण्डज

15. अत्यन्तनिर्मल

16. अतीन्द्रिय

17. अतिच्छन्द

18. अदाह्य

19. अधिपति

20. अन्तरिक्षसत

21. अनन्त

22. अनन्तपार

23. अनादि

24. अन्नाद

25. अभिन्न

26. अमर

27. अस्थूल

28. असङ्ग

29. असु

30. अह्रस्व

31. अधिष्ठानस्वरूप

32. अनणु

33. अनुप्रविष्टचैतन्य

34. अनुप्रविष्टव्यापकचैतन्य

35. अद्वितीय

36. अद्वितीयवस्तु

37. अदीर्घ

38. अद्वैत

39. अलोहित

40. अवस्थाविवर्जित

41. अविकारी

42. अविक्रितरूप

43. अविनाशी

44. अरूप

45. अपहतपाप्मा

46. अपरभिन्न

47. अपरिच्छिन्न

48. अपरिणामी

49. अप्राप्य

50. अपिपास

51. अबध्य

52. अव्यक्त

53. अव्याकृत

54. अव्यय

55. असम्बद्ध

56. अशनाय

57. अशोक

58. अशोष्य

59. अशिर्य

60. अज्ञान

61. आकास

62. आद्यरूपरूप

63. आनन्दस्वरूप

64. आभाषानन्द

65. आत्मा

66. आत्मातत्त्व

67. आनन्द

68. आनन्दघनस्वरूप

69. आनन्दस्वरूपवस्तु

70. आप्तकाम

71. आफू                    

72. इन्द्र

73. ईश्वर

74. ईश

75. ईशान

76. उदन्या

77. ऋतु

78. उद्भिज

79. उपनिषज्ज्ञेय

80. उपमारहितवस्तु

81. उषस्थ

82. क्रियारहित

83. घृति

84. चर

85. चिन्मात्र

86. चिति

87. चिद्घनस्वरूप

88. चिद्रूप

89. चिदेकरसब्रह्म

90. चैतन्य

91. जन्मादिरहित

92. जरायुज

93. जरारहित

94. जल

95. जलरूप

96. जीवात्मा

97. जूति

98. परभिन्न

99. परमज्योति

100. परमतत्त्व

101. परमसत्यवस्तु

102. परिपूर्णब्रह्मबोधक

103. परोक्ष

104. प्रकासस्वरूप

105. प्रकाशवान

106. प्रजापति

107. प्रत्यगात्म

108. प्रज्ञा

109. प्रज्ञान

110. पार्वतीरूप

111. प्रियवस्तु

112. पृथ्वी

113. बन्ध-मोक्ष रहित

114. बोध्य

115. ब्रह्म

116. ब्रह्मरूपवस्तु

117. ब्रम्हतत्त्व

118. ब्रह्मबोधक

119. ब्रह्मा

120. भासमान

121. भूतपाल

122. भूताधिपति

123.

124. मति

125. मन

126. मनिषा

127. मरिचि

128. महान्

129. मायी

130. मुक्त

131. मेघा

132. तटस्थ

133. तेज

134. दुरोणसत्

135. दुर्विज्ञेय

136. देवता

137. द्रष्टा

138. द्रष्टास्वरूप

139. दृष्टि

140. निर्गुण

141. नित्य

142. नित्यमुक्त

143. निरञ्जन

144. निर्मलवस्तु

145. निरतिशय

146. निरन्तर

147. निर्दिृश्यदृक्

148. निराकार

149. निरामय

150. निष्प्रपञ्च

151. निषेध्यगुण

152. व्यापक

153. व्योमसत्

154. वशी

155. वशु

156. वशुदान

157. वाक्

158. वायु

159. विकाररहित

160. विजिघत्स

161. विजर

162. विभू

163. विम्बानन्द

164. विमृत्यु

165. विराट्

166. विशुद्धविज्ञानघन

167. वेदिषत

168. वंश

169. शरीरादिविविक्त

170. शान्तस्वरूप

171. शास्वत

172. शास्त्रप्रमाणकम्

173. स्थिर

174. स्वयंज्योति

175. स्वप्रकाश

176. स्वेदज

177. स्मृति

178. सङ्कल्प

179. सत्य

180. सत्यकाम

181. सत्यसङ्कल्प

182. सत्त्वस्वरूप

183. सद्घनस्वरूप

184. सनातन

185. सुखस्वरुपवस्तु

186. सर्वव्यापक

187. सर्वव्यापी

188. सर्वान्तरयामी

189. सर्वशक्ति

190. सर्वसाक्षी

191. सर्वज्ञ

192. साक्षी

193. सुगत

194. सूत्रात्मा

195. सर्वेश्वर

196. सेतु

197. संज्ञान

198. सुविषद

199. हिरण्यगर्भ

200. होता

201. हृदय

202. हंस

203. क्षेत्र

204. क्षेत्रज्ञ

205. ज्ञान

206. ज्ञानमय

207. ज्ञानरूप

208. ज्ञानस्वरूप

209. ज्ञानस्वरूपब्रह्म

a. पुनश्चः(N.P.)आत्माका यी नामहरूको निर्वचन (संकलन) तपसिलका ग्रन्थहरूबाट  गरिएको हो:पञ्चीकरण,पञ्चदशी,गीता, अध्यात्म रामायण, योगवाशिष्ठ, वेदान्तवार्ता,ब्रह्मसूत्र,ब्रह्मजिज्ञासा,आत्म अनात्म विवेक,सर्ववेदान्त सिध्दान्तसारसंग्रह,आत्मपुराण।

६. वेदान्तका महत्त्वपूर्ण केही शब्दहरूको शब्दार्थ सूची:

अकर्ता(विशेष.) नगर्ने।

अकार मात्र(पुलि.) अक्षरहरूको मात्रा।

अकिञ्चित्कर(विशे.) केही पनि गर्न नसक्ने।तुच्छ।

अक्रिय (विशे.) निष्क्रिय।स्थिर।हलचल नगर्ने।

अग्निष्टोम(पुलि.)सातवटा सोमसंस्था मध्ये एक।५दिन लगाएर १६ऋत्विक्ले सोमपान गरी पूरा गर्नपर्ने यज्ञ।

अग्निहोत्र(नपुलि.) स्थापना गरिएको आगो निभ्न नदिई घिउ दुधद्वारा विहान वेलुका अग्निमा होम गरिने वैदिक कर्म विशेष, जसको एक प्रकार पिण्ड पितृयज्ञ हो।

अङ्गुष्ठ(पुलि.)बुढी औंला। ब्रह्मको आकार।

अचिरादिमार्ग(अव्यय) द्रुतमार्ग।तुरून्त।

अजा(स्त्रीलि.) माया (साङ्ख्य अनुसार)

अणि(पुलि.)सियाको टुप्पो,किनारा।

अन्त:करण(नपुलि.)मन,बुध्दि,चित्त,अहंकारको समुह बस्ने ठाउँ।

अद्वितीय (विशे.)बराबरिमा दोस्रो नभएको। प्रधान।

अध्यारोप(पुलि.)कुनै एकवस्तुलाई अर्को वस्तु सम्झनु (जस्तै:-डोरीलाई 🐍)

अध्यास(पुलि.) झुटो ज्ञान। कल्पना।

अधिकारी(पुंलि.)साधन चतुष्टय सम्पन्न भएको मान्छे। योग्य मानिस।

अन्धबधिर (विशे.)अन्धो-बहिरो।

अन्न(पुलि.) मनुष्यको आहार, जसले प्राण धान्न र वीर्य बन्न मद्दत गर्छ।

अन्नपूर्ण ((स्त्रीलि.) दशमहाविद्या मध्येकी एक। 

अन्नमय (विशे.)अन्नबाट बनेको।

अनन्त (पुलि.)अन्त नभएको।काल।परमात्मा।

अनात्मा(नपुलि.) आत्मा नभएको।

अनादि(विशे.)आदि नभएको। प्रकृति,आत्मा र जीव।

अनित्य (विशे.)सधैं नरहने।नश्वर।

अनिल (पुलि.)हावा,वायुदेवता।

अनुग्रह (नपुलि.)निगाह।दु:ख निवारक कृपा।

अनुबन्ध (पुलि.)बन्धन। अनुबन्ध चतुष्टय।

अनुभव(पुलि.)भोगेर प्राप्त ज्ञान। अनुभूति।

अनुमिति (स्त्रीलि.) अनुमान। तर्क द्वारा कुनै वस्तुको ज्ञान गर्नु।

अनुशय(पुलि.)पछुतो, खराब कामको फल।

अपर(स्त्रीलि.) लौकिक।ओरको।

अपराजिता (स्त्रीलि.)ब्रह्माले पूजा गर्ने मन्दिर। जयन्ती फूल।

अपरोक्ष (विशे.)प्रत्यक्ष्य।आंखा सामुन्नेको।

अपवाद(पुलि.) सामान्य नियम भित्र नपर्ने कुरा।वेदान्तमा अध्यारोपण हटाउनु।

अपहतपाप्मा(विशे.)समस्त पापबाट छुटेको।

अपान(पुलि.) वायुको एक प्रकार। गुदा स्थानमा रहने वायु।

अपेक्षा (स्त्री. लि.)आशा।

अभाव(पुलि.)नहुनु।अदर्शन।यसका ४ भेदछन्।

अभिमान (स्त्री. लि.) अभिमानी पना।

अभिनिवेश(पुलि.)विवेकीमा पनि मूर्खमा झैं देखापर्ने मृत्युको डर।

अभेद(विशे.)फरक नभएको।

अभोक्ता (विशे.)भोग नगर्ने।

अमृत(नपुलि.) समुद्र मन्थन गर्दा निस्केको रस, जुन पिउंदा मृत्यु हुंदैन, रोग लाग्दैन।

अर्चि(स्त्रीलि.)आगो।आगाको भुङ्ग्रो।

अर(विशे.)द्रुतगतिभएको।गाडाको नेमि र नाभिलाई जोड्ने ।

अरणि (स्त्री.लि.) यज्ञको आगो उत्पन्न गर्ने शमीको काठको यन्त्र।

अव्याकृत(विशे.) प्रकाशित नभएको।अपञ्चीकृत।

अवक्रता(विशे.) नबाङ्गिने, सोझो पना।

अबध्द(विशे.)नबाँधिएको, मुक्त।

अवस्था(स्त्रीलि.)समय,स्थिति। जाग्रत्, सुषुप्त, स्वप्न अवस्था।

अविचारकाल(पुलि.)विचार नगरिने समय।

अविद्ध्पाधिक(स्त्रीलि.)माया।अज्ञान।मायावादी नाम दिइएको व्यक्ति, विचार र कार्य।

असङ्ग(विशे.) साथी नभएको।अलग।अकेला।

असत्(नपुलि.) झुटो कुरा।अस्तित्व नभएको।

असम्भूति (स्त्रीलि.)बिमेल। अयोग्यता।अउत्पत्ति।

असंसक्ति (स्त्रीलि.) विरक्ति।

अशनाया(स्त्रीलि.)भोक।क्षुधा।

अहङ्कार (पुलि.)अन्त: करणको एकभेद।यसको विषय अभिमान र देवता रुद्र हुन्।

अहङ्ग्रह(विशे.) अभिमान लिने। सगुण, साकार रुप।

अहम(पुलि.) आँखामा रहने सत्पुरुषको रहस्यमय नाम।

अहर(पुलि.) सूर्यमण्डलमा रहने सत्पुरुषको रहस्यमय नाम।

अहंता(पुलि.)सेखि राखेरबोल्नु।

अहिंसा (स्त्रीलि.)योगअनुसार ५थरि यम मध्ये एक।काटमार नगर्नु। अहिंसाको धेरै प्रकार छन्।

अह(पुलि.)दिन।दिवस।

अक्षर (नपुलि.)वर्णचिन्ह।(विशे.) कहिल्यै ननासिने।(पुलि.) ब्रह्म।                          आ

आकाश(पुलि.)खालीस्थान।पञ्चतत्त्व मध्य एक।

आगम(पुलि.) शिवको मुखबाट निस्कीएर पार्वतीको मुखमा पसेर ह्रिदयमा रहेको एक तान्त्रिक ग्रन्थ।वेद,वेदमाताको अनुशरण गर्ने एक शास्त्र।

आगमापायी(विशे.)जीवनमरण चक्र।आउने र नाश हुने क्रम।

आत्मा(नपुलि.)जीव र परमात्माको यथार्थ स्वरूप,आत्मा(नपुलि.)नित्य। शुद्ध।मुक्त। ज्ञान स्वरूप ब्रम्हको अङ्ग।

आत्मासत्ता (स्त्रीलि.) आत्माको सामर्थ्य।शासन। अस्तित्व।

आरती (स्त्री लि.) आरती। विरक्ति।

आवरण (नपुलि.)ढाक्नु।छेक्नु। अज्ञात वनाउनु।

आवागमन(विशे.)भ्रमवश जन्म र मृत्यु चक्रमा आउजाउ गर्नु।

आसक्ति(स्त्रीलि.)प्रेम।इच्छा।वासनाको पिछलग्गु हुनु।                                 इ

इङ्गुदी(स्त्री लि.) चिउरीको फल। पिण्ड दिन मिल्ने फल।

इच्छा(स्त्रीलि.)कुनै कुरा पाउं भन्ने मनैदेखिको विचार।

इन्द्रिय (नपुलि.)शरीरका दश अवयव।कर्मेन्द्रिय-५,देवता-५,ज्ञानेन्द्रिय-५,देवता-५,अन्तरिन्द्रिय-४,देवता-४।

इन्द्रियात्मावाद(नपुलि.) इन्द्रियलाई आत्मा मान्ने।

इल्य(पुलि.)वृक्ष विशेष।ब्रह्मलोकमा पाइन्छ।   

इष्टापुर्त(नपुलि.)यज्ञादि अनुष्ठान र पोखरी,कुवा,चौतारो, बाटो आदि बनाउने काम।                               ई

ईदा(स्त्रीलि.) स्तुति। प्रशंसा।

ईश्वरकृपा(पुलि.) परमेश्वरको दया।वरदान।मायाप्रेम।

ईशान(पुलि.)ईशान कोण।एघारको संख्या। एघार रुद्रमध्ये एक।

ईशावास्योपनिषद्(पुलि.) उपनिषद्हरु मध्ये एक। श्रुति।

ईक्षा(स्त्रीलि.)हेराइ। विवेचना

उत्तम(विशे.) सबैभन्दा असल। विष्णु (पुलि.)

उद्गीथ(पुलि.) सामवेदको गान,ॐकार।

उदन्या(विशे.) तिर्खा।तृष्णा।

उदान(पुलि.) वायुको एक प्रकार,कण्ठस्थानमा रहन्छ।डकार।छ्युं।

उन्मान(नपुलि.)महत्व वा मूल्य सम्झिनु। नापतौल।

उपदेश (पुलि.)दीक्षागुरुले दिइएको मन्त्र। विवरण।

उपनिषद् (स्त्रीलि.) वेदको लुकेको अर्थ प्रकट गर्ने ग्रन्थ।वेदको अन्तिम भाग। नजिकको बसाइ।

उपपत्ति(स्त्रीलि.) जुक्ति, कारण,हेतु।

उपहित(विशेष.) उपाधि भएको, नजिक ल्याइएको, स्थापना गरिएको।

उपरति (स्त्रीलि.) विरक्ति।संसारको सम्पूर्ण प्रपञ्चहरूबाट निवृत्तहुनु। अरुचि।

उपशम(पुलि.) छुट्कारा। उदासी पन। विश्राम।

उपस्थ (पुलि.) तल्लो पेट।काख।

उपायन(नपुलि.) नजिक जानु,शिष्य बनाउनु, कोशेली।

उर्मि(स्त्रीलि.)उर्मि छ प्रकारका जन्म,मरण,क्षुधा,पिपासा,शोक,मोह। तरङ्ग।

उषस्थ(स्त्री लि.) बिहान भएपछि। सबेरै।                                ऊ

ऊति(स्त्रीलि.)बुनाइ। भोगविलास।

ऊर्ध्व(विशे.) उभिएको। माथिको। उंचो।

ऊर्ध्वपुण्ड्र(पुलि.) निधारमा ठाडो पारेर लगाइने टीका। ठाडो टीका।

ऊर्ध्वमेढ(पुलि.) शिव।

ऊँ(अव्यय) प्रश्न । रिस । ईर्ष्या बुझाउने अव्यय।

ऋग्वेदसंहिता(स्त्रीलि.) ऋग्वेदका अध्यायहरू।

ऋणमोचन (पुलि.) ऋणबाट छुट्कारा।उऋण।

ऋतम्भरा(स्त्रीलि.) योग शास्त्रमा वर्णित सत्यको धारणा र सत्य पुष्टि गराउने चित्तको अवस्था। समाधि।

ऋत्विक्(पुलि.) वैदिक यज्ञहरू गराउने ब्राह्मण।

ऋत() निन्दा गर्नु, दया गर्नु।

ऋषि(पुलि.)वेदहरूका मन्त्र द्रष्टा। सप्तर्षि।कश्यपादि।

ऋक्ष (नपुलि.) नक्षत्र।

ऋ: (स्त्रीलि.) स्मृति।देवमाता।    

लृ

लृहिरा(पुलि.)लहरे वनस्पतिमा पलाउने तना। फर्सी, काँक्रो आदिको लहरमा थाँक्रोलाई समाउने घुमाउरो तना।

एकज्योति (पुलि.)शिव।

एकरस(विशे.)एकै रसको।

एकाग्रचित्त (विशेष.)दत्तचित्त। एकै कुरामा चित्त भएको।

एकात्मकवाद(पुलि.)संसारको सारा प्राणीमा र पदार्थहरूमा एउटै आत्मा छ भन्ने मत।

एकान्तशीलता (स्त्रीलि.) एक्लोपन।

एकाक्षरब्रह्म (पुलि.)ॐकार ब्रम्ह। शिव।

ऐतरेयोपनिषद्(स्त्रीलि.) ऋग्वेदको ऐतरेयआरण्यक। एक उपनिषद, जसमा जीव,जगत र ब्रह्मको व्यवस्था गरिएको छ।

ऐरावत(पुलि.) समुद्र मन्थन गर्दा निस्केको हात्ती, जसलाई इन्द्रले लिए।

ऐश्वर्य (नपुलि.) धनसम्पत्ति। भगवान्।

ओजस्विन् (विशे.) शक्तिशाली

ओतप्रोत (विशेष.) सबैतिर फैलिएको। तानाबाना।

ओल्ल (विशेष.)वर्षा। भिजेको।

ओषध(नपुलि.) ओखती।ओखतीहरू १७थरिका छन्।तिनीहरूको मुख्य विभाजन ग्राम्य र अरण्य हुन्

ॐ(अव्यय)ओंकार।प्रणव। परमात्मा।

औपकार्य (नपुलि.) बस्ने ठाउँ। ⛺ पाल।

औरस (विशे.) न्याय संगत सन्तान।

औं(अव्यय)शूद्रहरूले प्रणवको उच्चारण गर्दा प्रयोग हुने अव्यय।

अं

अंश (पुलि.)भाग। हिस्सा।बाह्रौं आदित्यमध्ये एक।

अंशु (पुलि.) किरण। सूर्य। लगाउनेलुगा।

अ:

कण्ठी (स्त्रीलि.) घाँटीको माला।

कर्ता(पुलि.) गर्ने व्यक्ति। परब्रह्म।

कन्या (स्त्रीलि.) विवाह नभएकि केटी। घिउकुमारी। अलैँची।

कपुय(विशे.)निच,वेकम्मा।

कमण्डलु (पुलि.)पिंध र मुखभाग फुकेको भांडो। जोगीको भिक्षा लिने साधन।

कर्म (नपुलि.)जुन कुरा गरिरहिएको छ, त्योकाम।अन्त:करण शुद्धिको एक साधन। सञ्चित,क्रियमाण, प्रारब्ध - ३ कर्म।

करुणा (स्त्रीलि.)दया।

कर्मेन्द्रिय (नपुलि.)हात, गोडा,मुख, गुदद्वार र मूत्रेन्द्रिय।

कषाय (पुलि.)क्रोध आदि विकार । सांसारिक वस्तुमा प्रेम।

काम(पुलि.) इन्द्रियले विषय भोग गर्ने इच्छा गर्नु।

कारणशरीर(नपुलि.) वेदान्त अनुसार त्यस्तो कल्पित शरीर , जसमा शरीरका इन्द्रियहरूले काम गर्दैनन्,तर तर अहङ्कार संस्कार रहिरहन्छ।

कृमि(पुलि.)किरो।पेटको एक रोग।

कुम्भक(पुलि.) प्राणायामको एक कला।

कुट।कुटस्थ(विशे.) सबै भन्दा माथि बस्ने।

क्लेश (पुलि.)दु:ख। लडाईँ। झगडा।

कोश(पुलि.) वेदान्त अनुसार पञ्चकोश।

कौपिन (नपुलि.) लँगौटी।

क्रममुक्ति(स्त्रीलि.) क्रमशः मुक्ति हुन्छ भन्ने सिद्धान्त। भगवान् शंकराचार्यले वेदान्त सुत्रमाथि व्याख्या गरेर स्थापना गरिएको देवयान मार्गबाट प्रारम्भ हुने एक मुक्ति क्रम।

क्रियमाण (विशे.) नित्य नैमित्तिक कर्महरू । वर्तमानमा गर्न लागिएको काम जसको फल पछि पाइन्छ।

क्ष                 

क्षणभंगुर(विशे.) छिनभरमै नाश हुने।

क्षणक्षेप (पुलि.) छिनभरको ढिलाइ।कालक्षेप।

क्षत(नपुलि.)घाउ वा चोट।नाश।खत।

क्षरपत्र (स्त्रीलि.)गुम्पाती।

क्षत्रकर्म(नपुलि.) क्षेत्रीले गर्न पर्ने काम।

क्षेम (पुलि.)प्रसन्न। प्राप्त वस्तुको रक्षा। आनन्द।

क्षेत्रज्ञ(पुलि.)देह।प्राण। इन्द्रिय।मन। बुद्धि। अहङ्कारलाई जान्ने। जीवात्मा। सर्वज्ञ।

खकक्ष (स्त्रीलि.)आकासको तह।

खग(पुलि.) गन्धर्व। वायुयान।चरा।

खड्गी(पुलि.)गैंडा।

खमूर्ति (पुलि.)ब्रह्म।

ख:( स्त्रीलि.)आकाश।

गति(स्त्रीलि.)चाल। अवस्था।माया लीला। अन्तिम उपाय।

गन्ध(पुलि.)घ्राण यसको इन्द्रिय र देवता अश्विनीकुमार भएका एकविषय।

ग्रन्थ (पुलि.) तन्त्र,श्रुति, स्मृति वा पुस्तक आदि। यसका ३ भेद छन्।कृतग्रन्थ, स्मृतिग्रन्थ,विनिर्गत ग्रन्थ(परमात्माबाट उत्पन्न)।

गुण(पुलि.)असल वा खराब विशेषता।सत्व,रज,तम त्रिगुण।

गुदा(पुलि.)पञ्चकर्मेन्द्रियमध्ये यो एक। यसको विषय विसर्ग र देवता मृत्यु (यम)हुन्।

गुरु (पुलि.) ज्ञान दाता।गुरु श्रोत्रिय र ब्रम्हनिष्ठ दुवै थाप्नु पर्छ नत्र ज्ञान हुंदैन।

गुरुकुल (नपुलि.) गुरुले विद्यार्थीहरूलाई आफूसँग राखेर ब्रह्मचारीको नियम पालना गराई पढाउने ठाउँ।

गुरुशरण((नपुलि.) विधिपूर्वक गुरु आश्रममा शरण पर्नु।बच्ने ठाउँमा आश्रित हुनु।

घट(पुलि.) गाग्रो। शरीर।मन।

घटाकार (पुलि.) शरीरको आकार।

घन(पुलि.) वेद पाठको तरिका। ☁️ बादल।

घ्राण (नपु.)पपञ्चज्ञानेन्द्रिमध्ये एक।यसको विषय गन्ध र देवता अश्विनीकुमार हुन्।

घोष(पुलि.)तालको एक प्रकार। खलबल। घोषणा।

चक्र (पुलि.) बाटुलो घेरा। युग। जन्म मरणरुपि चक्र।

चतुष्टय (विशे.)चार अवयव भएको।(अधिकारी, विषय, सम्बन्ध र प्रयोजन)।

चक्षु(नपु.) पञ्चज्ञानेन्द्रियमध्ये एक चक्षुको विषय रूप र देवता सूर्य हुन्।

चित्त (नपु.)मन, विचार, ह्रदय। ह्रदय र नाभिस्थानको माझमा हुन्छ। यसको विषय सङ्कल्प र देवता नारायण हुन्।

चित्तप्रसाद (स्त्रीलि.) चित्त प्रसन्नता। चित्तमा हुने आनन्द।

चित्तवृत्ति(स्त्रीलि.)चित्तको अवस्था वा गति।वेदान्तसारत: अन्त: करणको चक्षु आदि घटादि(शरीर)को बिषय देशमा गएर एकाकार हुनुलाई वृत्ति भनिन्छ। वृत्ति प्रवित्ति र निवृत्त दुई हुन्छन् बिषय प्रति चित्त गयो भने त्यो प्रवृत्त (क्लिष्ट) हुन्छ र ब्रह्मपट्टि गयो भने निवृत्त (अक्लिष्ट) हुन्छ।जब चञ्चल चित्त वृत्ति अज्ञातब्रह्म विषय तिरउदाउंछ तव,उसमा(अखण्डकाराकारितावृत्तिमा) शुद्ध चैतन्यको प्रतिविम्ब पर्छ फलस्वरूप वृत्ति चैतन्य भासित हुन्छ र यसले जीवको चैतन्यगत अज्ञानावरणलाई फटाइ दिन्छ र आफूपनि चैतन्यको अंश भएकोले स्वयम् प्रकाशमान शुध्द चैतन्यमा विलिन हुन्छ। सबै मुमुक्षुले यस्तो अनुभव गर्न सक्नुपर्छ।

चिदाभाष(पुलि.) चैतन्य स्वरूप परमात्माको प्रतिबिम्ब।जीवात्मा।

चिदात्मा (पुलि.) परब्रह्म। विशुद्ध ज्ञान।

चिन्तन (नपुलि.) सोच्नु। विचार गर्नु। ध्यान।

चिन्मात्र(विशे.) अध्यात्ममय।

चित्रगुप्त (पुलि.) यमराजको लेखनदास।

छ:सत्रु(नपुलि.)काम, क्रोध,लोभ,मोह, ईर्ष्या, अहंकार।

जगत्(स्त्रीलि.) संसार। पृथ्वी।

जठराग्नि (पुलि.) आयुर्वेद अनुसार तीनथरी अग्निमध्ये नाइटो र मुटुको बिचमा रही पित्त रूपले खाएको कुरा पचाउने अग्नि।

जनक (पुलि.) जन्माउने।पैदागर्ने।

जन्य (पुलि.) जन्मिने वस्तु। ज्ञान जन्मिन्छ।छोरो।

जप(पुलि.)कुनै मन्त्र वा नामलाई पटक पटक भन्ने क्रिया।जपका ३ भेद छन्।(वाचिक,उपांशु र मानसिक।

जाग्रत् (विशेष.) जागा रहेको। ब्युँझेको अवस्था।

जाति (स्त्रीलि.)जन्म। उत्पत्ति। वंश कुल।

जिति(स्त्रीलि.) जित्ने शक्ति।जित।

जिज्ञासा (स्त्रीलि.) जान्ने इच्छा।

जीव(पुलि.) प्राणीहरू। मानिस,पशु, वनस्पति।

जीवन्मुक्ति (पुलि.) जीवन् छँदै मुक्ति। जीवन मुक्ति विवेक-एक ग्रन्थ।

जिह्वा(स्त्रीलि.) पञ्चज्ञानेन्द्रिय मध्ये एक। यसको विषय रस र देवता वरुण हुन्थे।

ज्यायस (विशेष.) धेरै ठूलो, सबै भन्दा उत्तम।

ज्योती (स्त्रीलि.) परमात्मा। सूर्य। आँखा।

ज्ञ

ज्ञान(नपुलि.) आत्मज्ञान। ठिक ठिक कुराको जानकारी। श्रुति स्मृति प्रमाण सिद्ध वस्तु। ज्ञान २ प्रकारको हुन्छ। सामान्य र विशेष। सामान्य ज्ञानले वस्तुहरूलाई उजिल्याइदिन्छ। विशेष ज्ञानले अज्ञानलाई डढाइदिन्छ र विशेष सामान्यमा फेरिन्छ।

ज्ञाननिष्ठ (विशे.) ज्ञानमा लागेको।

ज्ञानाज्ञानात्मावाद(विशे.)ज्ञानीले ज्ञान बोधगर्छ,गराउंछ भन्ने वाद।

ज्ञानेन्द्रिय (नपुलि.)जीवलाई विषय सम्बन्धित बोध गराउँने इन्द्रिय। ज्ञानेन्द्रिय कतै ५ त कतै ८ छन् भनिन्छ।

झगिति(अव्यय) चांडै। छिट्टै।

झटिति (अव्यय)उत्तिखेरै। झट्ट।

झुंसी(स्त्रीलि.) ठाउँ को नाम।

झ( पुलि.)झुन झुन आवाज। आँधी बेहरी।

ञ 

टक्कदेश(पुलि.)चुनाव र व्यास प्रदेशको प्राचीन नाम।

टकातन्त्री(स्त्रीलि.)सितार जस्तो एक प्राचीन बाजा।

टङ्कण(नपुलि.)टाइप गर्नु। स्वाग।

टण्टुक(पुलि.)टटेलो।

टलन(नपुलि.) व्याकुलपन।

ठक्कुर (पुलि.) देवता । प्रतिष्ठासूचक पदवी।

ठगण(पुलि.) पांच मात्राको एक गण।

ठट्टरी (स्त्रीलि.) ठट्टा।

ठालिनी (स्त्रीलि.) पटुका।

डक्कारी (स्त्री लि.)वीणा। सारङ्गी।

डङ्गुरी (स्त्री लि.) फर्सी।

डीन(विशेष.) उडेको।

डोलक (पुलि.) प्राचीन समयमा तालदिने बाजा विशेष।

ढक्क(पुलि.) ढाकाको नाम।

ढुण्डिराज (पुलि.) गणेश।

ढाली(पुलि.)ढाल समातेकोमानिस।

णणोकारमन्त्र (पुलि.)जैनीहरूको एक प्रधान मन्त्र।

ण्य( पुलि.)ब्रह्मलोकको एक तलाउको नाम।

तनुमानसा (स्त्री लि.) ज्ञानको सात भूमिकामध्ये तेस्रो।

तप (पुलि.)मन वा शरीरमा जल्नु। पश्चात्ताप गर्नु। ऐश्वर्ययुक्त हुनु।

तत्त्वबोध (पुलि.)आत्म वा ईश्वर सम्बन्धि ज्ञान हुनु। ब्रह्मज्ञान हुनु।

तर्क(पुलि.)जब कुनै कुराको सम्वन्धमा वास्तविक तत्वको ज्ञान हुंदैन तब त्यसको तत्व ज्ञान गर्न युक्ति सङ्गत छलफल निकालिन्छ,यसमा बिरुद्ध पक्षको भनाइ पनि रहन्छ, यसरी गरिने छलफललाई तर्क भनिन्छ।

ताप(पुलि.)तापत्रय,आध्यात्मिक,आधिभौतिक,आधिदैवीक।

तितिक्षा (स्त्रीलि.) सहनशीलता । द्वन्द्वात्मक धर्मलाई सहन गर्ने शक्ति।

तीर्थ(नपुलि.) यस्तो पवित्र ठाउँ जहाँ धर्मभावबाट श्रद्धासहित स्नान,यज्ञ, दर्शन गर्न जान्छन्।

तुर्यावस्था (स्त्रीलि.)तुर्यगा। अज्ञान र अज्ञान विशिष्ट चिदाभाष दुवैको आधार जो शुद्ध चैतन्य हो, त्यसलाई तुर्य भनिन्छ।चतुर्थाश्रम।

तूष्णीभूत(स्त्री लि.) सन्तुष्ट। चुपचाप बसेको।

त्याग(पुलि.) छोड्नु। विषय सुख त्याग्नु।

त्वचा (स्त्रीलि.) पञ्चकर्मेन्द्रिय मध्ये एक। यसको विषय स्पर्श र देवता वायु हो। छाला।

तृष्णा(स्त्री लि.)प्यास। कुनै वस्तु पाऊँभन्ने ठूलो इच्छा।

तैजस (विशे.)तेजबाट उत्पन्न। पराक्रम। सपना अवस्था।

त्र

त्रिपुटी (स्त्रीलि.)३ वस्तुको समूह (उदा.ज्ञान,ज्ञेय, ज्ञाता)।

त्रीवृत्करण(नपुलि.)३भूत-तेज,जल, पृथ्वीको समूह।पञ्चीकरणको उदेश्यको लघुरूप,अल्पबुद्धिलाई सम्झाउन प्रयोग गरिन्छ।छान्दोग्य उपनिषद् हेर्नुहोस्।

त्रिषु(पुलि.)३काँडसम्म टाडाको ठाउँ।

त्रुटकी(स्त्रीलि.) चुट्की।

त्रेता (स्त्रीलि.)४युगमध्ये दोस्रो युग।

त्रेतात्यागी (पुलि.)३प्रकारको अग्निको त्याग गर्ने व्यक्ति।

त्रोटी(स्त्रीलि.)चराको ठुँड।टुटी।

थुक्क (पुलि.) थुक।

थुडन(नपुलि.)ढक्कन वा छोप्ने वस्तु।

थुत्कार(पुलि.)थुत्!! थु:!! यस्तो आवाज।

दम(पुलि.) दवाव। इन्द्रियलाई बाह्य विषबाट जोगाउनु।

दशमहाविद्या (स्त्रीलि.)तन्त्रानुसार दशमहाविद्याका देवीहरू:-काली, 🌟 तारा,षोडशी,बगला, भुवनेश्वरी,धूमावती, छिन्नमस्ता,मातङ्गी,भैरवी र कमला हुन्।

दर्शपौर्णमास(पुलि.)हविर्यज्ञको सात भेदमध्ये तेस्रो यज्ञ, जुन औंसी र पूर्णिमामा गरिन्छ।यसमा अग्नि र विष्णुलाई आहुति दिइन्छ।

द्युलोक (पुलि.) स्वर्ग।

द्रष्टा (पुलि.) ध्यानद्वारा आत्मालाई देख्ने पुरुष।

दृढ (पुलि.) विष्णु।(विशे.)ठोस। बलियो। चाम्रो।

दृश्य(विशे.)देखिने वा हेर्न पर्ने वस्तु वा घटना।जान्नयोग्य।

दृष्टान्त (पुलि.) उदाहरण। शास्त्र।

द्वन्द्वात्मकधर्म(पुलि.) विरोध धर्म।

दान्ति(स्त्री लि.) इन्द्रिय संयम। नम्रता।

देवयानमार्ग (नपुलि.)देवमार्ग। देवताको विमान चल्ने मार्ग।

दिशा (स्त्रीलि.)श्रोत्र ज्ञानेन्द्रियको विषय शब्द र देवता दिशा हुन्।पूपउद ४दिशा।

देह(पुलि.) शरीर।जिन्दगी।

देहात्मावाद (पुलि.) शरीरलाई नै आत्मा मान्ने वाद।

द्वैतवादी(पुलि.) दुई स्वतन्त्र र भिन्न सिद्धान्त एकसाथ मानिने विचार शैली वादी।माध्वाचार्य मत।

धननाथ(पुलि.)कुवेर।

धर्म (पुलि.)वेदले भनेको काम गर्नु।विज्ञानेश्वर अनुसार धर्म छ थरीका हुन्छन्।वर्ण धर्म, आश्रम धर्म, वर्णाश्रम धर्म, गुण धर्म, निमित्त धर्म,। यसरी पनि हेरिन्छ:-साधारण, विशेष र आपत्कालीन धर्म। संसारमा ११थरीका धर्म छन्।

धावन(नपुलि.)दौडाइ वा दगुर्नु। धुनु।धोइधाइ।

धुनि( स्त्रीलि.)साधुको 🔥 आगो तपाइ। नदी।

धेकनरक्षणम(नपुलि.) रेखदेख।

धौतकौषेय (नपुलि.) धोएको रेशमी कपडा।

नाश(पुलि.) कुनै चिजको अस्तित्व नरहनु।

निर्गुण (पुलि.) सत्व,रज, तम तीनैगुणदेखि पर रहेको। परमेश्वर। शिव।

नित्य (विशे.) कहिल्यै ननासिने।

निदिध्यासन(विशे.)साधन चतुष्टय पच्छ्याउनु

नियम (पुलि.) व्यवहार वा धार्मिक कार्य सम्बन्धमा नीति। धर्मशास्त्र वा चलनद्वारा निश्चित गरिएको व्यवस्था।

निरतिशय (विशे.)हुनसम्म बढी। अतिशयोक्ति। परमेश्वर।

निराकार (पुलि.) निर्गुण रूप परमात्मा। शिव।

निरास(पुलि.) बिरोध।खण्डन। टाडा हटाउनु।

निवारण (नपुलि.) हटाउने वा रोक्ने काम। छुट्कारा।

निवर्तक(विशे.) फर्काएर ल्याउने।ज्ञानलाई फिर्ता ल्याउने।

निवर्त्य (विशे.) बिर्सिएको वस्तु।

निर्वचन (नपुलि.) कुनै पद वा वाक्य आदिको त्यस्तो व्याख्या, जसमा व्युत्पत्ति आदिको पुरा वर्णन हुन्छ। शब्द सूची। उखान।

निर्वाण(नपुलि.) मोक्ष। मर्नु।

निर्विकल्प (विशे.) समाधिको एक भेद। पक्का भएको।

निर्विकार (विशे.) कुनै विकार नभएको।

निवृत्त (स्त्रीलि.) संन्यास।वैराग्य।निवृत्तिमार्ग।

नि:श्रेयस्(नपुलि.) मोक्ष, मुक्ति।

निश्चय (पुलि.)दुविधा वा भ्रम नभएको।निधो।

निष्कपटभाव(विशे.)कपट वा छल नभएको।

निष्काम (विशे.) कुनै इच्छा कामना वा सांसारिक वस्तुमा आसक्ति नभएको।

निष्प्रपञ्च (विशे.) प्रपञ्च वा छल नभएको।

निष्फल(विशे.) फल नभएको। व्यर्थ।

नीराजन(नपुलि.)पूजाको आखिरमा गरिने आरती। हतियार मल्ने काम।

पञ्चकोश(विशे.) अन्नमय,प्राणमय,मनोमय, विज्ञानमय,प्राणमय ५ कोश।

पञ्चमहाभूत (पुलि.) पृथ्वी,जल,तेज, वायु र आकाश।

पञ्चरात्र(नपुलि.)१०थरी वैष्णवहरू मध्ये एकले ठूलो एकादशी व्रत र तुलसी विवाह गरी शैवहरूसँग देखभेट नगर्ने कार्य, प्राचीन एक ग्रन्थ विशेष।

पञ्चाग्नि(विशे.) पञ्चाग्नि ताप्नु।यो एक चक्रको रूपमा विख्यात छ। विस्तृत जान्न हेर्नुहोस् ‘छान्दोग्य उपनिषद ५/३’

पञ्चाङ्ग (नपुलि.) पात्रो,एक ज्योतिषीय पुस्तक , जसमा पांच विषय रहन्छन्-वार , तिथि, नक्षत्र,करण र योग।

पञ्चीकरण (नपुलि.) वेदान्त अनुसार पञ्चमहाभूतको विस्तार (भागबण्डा )व्याकृत।

पर्जन्य (पुलि.) पानी बर्षाउने ☁️ बादल।मेघ। इन्द्र।

पशुपति (पुलि.) काठमाडौँमा रहेका शिव।यिनको ध्यान ३ किसिमले गरिन्छ। लघु पाशुपत, मध्य पाशुपत,महापाशुपत।

पटाकार (पुलि.) कपडा जस्तो फैलिएको।फराक सतह।

पदार्थाभाविनी (विशे.)आत्मा नमानेर भौतिक पदार्थ मान्ने।

परब्रह्म (नपुलि.) निर्गुण परमेश्वर।

परम(विशे.) प्रधान। हुनसम्म धेरै। पहिलो।

परमश्रेष्ठ (विशे.)ब्रह्मा। सबैभन्दा श्रेष्ठ।

परमात्मा (पुलि.) परमेश्वर।

परमानन्द (पुलि.)पूर्ण ज्ञान प्राप्त हुँदा हुने आनन्द।

परामर्श (स्त्रीलि.)विचार वा विचारपूर्वकको सल्लाह। अनुमान। समातेर तान्नु।

पर्यंकविद्या (पुलि.)पलङ्ग वा खाट।ब्रम्हाजी बस्ने ठाउँ जहाँ बाट विद्या दिनु हुन्छ।

परलोक (पुलि.) शरीर छाडेपछि जीवात्माले मिल्न जाने ठाउँ। अर्कोलोक।

प्रकाशक (विशे.) देखाउने। आविष्कार गर्ने। शिव।

प्रच्छन्न (विशे.) लुकेको। छोपिएको।

प्रत्यगात्मा(पुलि.) व्यक्तिगत जीव। एक जीव।

प्रत्यक्ष (विशे.) आफ्नै आंखाले देखेको। स्पष्ट।

प्रतिपादक (विशे.) निरूपण गर्ने।

प्रतिपाद्य(विशे.) सम्झाउन योग्य।

प्रपञ्च (पुलि.) दुनियाँ र दुनियाँको जाल। पञ्चतत्त्वहरूको उत्तरोत्तर अनेक भेदहरूको बिस्कुन।

प्रमा (स्त्रीलि.) शुद्ध वा यथार्थ चित्रण।नाप

प्रमाण (नपुलि.) सत्यता।सबुत ।यसका फरक फरक मान्यता छन् वेदान्तीहरू छ प्रमाण मान्छन्। जस्तो:-प्रत्यक्ष, अनुमान,उपमान, शब्द,अर्थापत्ति,अनुपलब्धि।

प्रमेय (विशे.) सिद्ध गर्न सकिने। प्रमाणको विषय हुनसक्ने।

प्रयोजन (नपुलि.) उद्देश्य।

प्रश्न (पुलि.) सोधिने कुरा।एक उपनिषद्।

प्रसन्न (विशे.) खुशी। सन्तुष्ट।

प्रसरण (नपुलि.) अगाडि सर्नु। फैलनु।

प्रवृत्ति (स्त्रीलि.) सांसारिक वस्तुमा आसक्ति हुनु। मनलाग्दी काममा व्यस्त।

पृथक्(अव्यय) फरक।अलग।

प्राकृत (नपुलि.) संस्कृतबाट झरेको भाषा। नेपाली।संसारी।

प्राण(पुलि.) प्राणवायु। इन्द्रिय। परब्रह्म।

प्राणी(पुलि.)जीवात्मा। मानिस।

प्राणात्मावाद(पुलि.)प्राण नै आत्मा हो भन्ने वाद। मायावाद।

प्रायश्चित्त (नपुलि.) क्षतिपूर्ति। पाप छुट्काराको लागि दान, व्रत,तीर्थाटन गर्नु।

प्रारम्भ (पुलि.) सुरुवात।उठान।

प्राज्ञ (पुलि.) बुद्धिमान मानिस। कल्कि अवतारी भगवानको दाजु।

पाणि(पुलि.) ✋ हात। पञ्चकर्मेन्द्रिय मध्ये एक,यसको विषय लिनुदिनु र देवता इन्द्र हुन्।

पाद(पुलि.) खुट्टा। पञ्चकर्मेन्द्रिय मध्ये एक, यसको विषय गमन र देवता उपेन्द्र हुन्।

पाप्मा(पुलि.)पाप।पापी।

पायु(पुलि.) गुदद्वार। भारद्वाज ऋषिका एक छोरा।

पीठाधीश(पुलि.)पीठधारी।

पीडा(स्त्रीलि.) शरीर सम्वन्धित दु:ख। शिरमा बेरिएको माला।

पुष्पाञ्जलि (पुलि.) देवता आदिमा चढाउने फूलको अँजुली।

पुरित (विशे.) शरीरमा रहने,रहेको।

पुर्यष्टक (विशे.) धानको बोट।पुरागर्न योग्य।

पुत्रात्मावाद(विशे.)छोरा-छोरीलाई नै प्राण सम्झिने वाद। मोह-माय नै जीवन हो भन्ने वाद।

पुष्टि (स्त्रीलि.)पुष्टपन। कुराको समर्थन।फुसी।

पूजा(स्त्रीलि.) देवता वा पितृआदिलाई प्रसन्न पार्न कार्यानुसमय वा पदार्थानुसमयद्वारा चडाइने उपचारका भेदहरू।पूजाका प्रकारहरू मध्ये मानसोपचार,पञ्चोपचार र षोडशोपचार मुख्य हुन्।

पूति(स्त्रीलि.) पवित्र पन।(नपुलि.) गन्हाएको।

पूरक(पुलि.)पुरागर्ने।प्राणायामको एक कला।(स्त्री लि.)

पूर्वजन्म(नपुलि.)यो जन्मभन्दा अघिको।

फक्किका (स्त्रीलि.) शास्त्रार्थमा कठिन कुरा स्पष्ट गर्न भनिने लामो वाक्य।धोखेबाजी।

फूत्कृति(स्त्रीलि.)फुक्दाको आवाज।फुक्नु वा फुक्ने क्रिया।

फल(नपुलि.)ज्योतिषमाग्रहस्थितिको परिणाम।वृक्षमा लाग्ने ।

बन्ध(पुलि.)बन्धन। निबन्ध रचना।बाँध।

ब्रह्म(नपुलि.) परमेश्वर।जुन साक्षात अपरोक्ष छ।

ब्रह्मचर्य (नपुलि.) ब्रम्हचर्याश्रम। जहाँ मैथुन सम्बन्धित ८ विचार छाड्नु पर्छ।(वेदान्त प्रदीप,यतिकुलभुषण १००८स्वामी परमानन्द सरस्वती अनुसार-परस्पर हेर्नु, स्पर्श गर्नु,खेल्नु, दुइजना एकान्तमा रहनु,गुप्ती कुरा गर्नु,संगम भएपछि यसो गरौंला उसो गरौंला भन्ने मनसुवा गर्नु,मसक्क आंट्नु,आंटेको कुरा पुरा गर्नुलाई  मैथुन सम्वन्धि ८ विचार भनिन्छ।)

ब्रह्मनिष्ठ (विशे.)ब्रह्मको ध्यानमा मस्त मान्छे।ब्रह्ममा श्रद्धा राख्ने मान्छे।

बाह्य(नपुलि.) बाहिरी।

बुद्धि (पुलि.)अन्त:करणको एकभेद। यसको विषय निश्चय र देवता ब्रह्म हो। विवेक।

बिम्बभूत (पुलि.)ऐनाको दृश्य।झलक। आभास।

बोध(पुलि.)ज्ञान। बुद्धि।

भक्ति (स्त्रीलि.) श्रद्धा। देवीभागवत अनुसार भक्ति ३किसिमको हुन्छ। सात्विकी,राजसी,तामसी।

भय(नपुलि.)डर। जोखिम।

भव(पुलि.) शिव, सांसारिक अस्तित्व,शुभ।

भ्रम (पुलि.) सन्देह। भुमरी। कुनै एक कुरा लाई अर्को सम्झिनु जस्तै:डोरीलाई सर्प।

भाव(पुलि.)अभिप्रायभावना।भाव ३ थरिको हुन्छ। दिव्य,वीर, पशु।

भास(पुलि.)चमक। मिथ्या ज्ञान।

भूमा (पुलि.) ठूलो परिमाण । यथेष्टता।भूमन।

भेट (नपुलि.) दर्शन गर्न जानु। भेट्नु।

भेषज (पुलि.)विष्णु भगवान्।

भोक्ता (पुलि.)पति। विष्णु। प्रेमी।

भोग(पुलि.) विषय भोग। दु:खसुखको अनुभव गर्नु।

मत्सर (पुलि.)लोभी। कञ्जुस। अर्काको उन्नति देखेर जलन गर्ने।

मद(पुलि.)नशा।मस्ती। कामुकता।

मन:प्रसादसाधना (पुलि.) मनको प्रसन्नता। आनन्द।

मनात्मवाद (स्त्रीलि.) मनलाई आत्मा मान्ने वाद।

मार्ग (पुलि.)पुगिने साधन।सडक।

मानापमान (पुलि.) सम्मान-हेला।

मिथ्या (अव्यय.) असत्य। गल्ती।

मुक्त (विशे.)बन्धन वा थुनाबाट छुटेको। मोक्ष प्राप्त।

मुण्डक (पुलि.)टाउको,एक उपनिषद्।

मुमुक्षु(विशे.) मोक्षको इच्छा गर्ने।

मोक्ष कामना (पुलि.) छुट्कारा चाहने।जन्म मरण चक्रबाट मुक्त हुन चाहनु। मोक्षको निम्न भेद छन्।*सालोक्य*सामीप्य*सार्ष्टि*सायुज्य*सारुप्य।*नैष्कर्म्य।

यम(पुलि.) अष्टाङ्ग योगमध्ये इन्द्रियलाई वशमा राख्दै चित्तलाई धर्म वा ईश्वरमा अटल राखिने कर्म।


यमराज(पुलि.) यमलोकका राजा।नचिकेतालाई ज्ञान दिने।

यज्ञ (पुलि.)सकाम वा निष्काम रूपले परमेश्वर वा देवतालाई गरिने आराधना।यसका ३ भेद छन्। अचिरादि,सोमादि, अग्निष्टोमादि।

योग(पुलि.)जीवात्मालाई परमात्मामा मिलाउनु। अष्टाङ्ग योग। मोक्षको उपाय।अप्राप्त वस्तुको प्राप्ति।

योनि(स्त्रीलि.) प्राणीहरूको ८४ लाख जुनी। स्त्रीहरूको प्रजनन अङ्ग।

रक्त (विशे.)रातो।रक्तचन्दन।

रचना(स्त्रीलि.) कुनै चिज बनाउने क्रिया।सजाउनु।व्यूह बनाउनु।

रत्नचतुष्टय (नपुलि.)अतिरिन्द्रियको समुह। मन, बुद्धि, चित्त, अहंकार।

रमणी(स्त्रीलि.)राम्री तरुनी।

रस(पुलि.) कुनै वस्तुको सार भाग,जसको जिभ्रोद्वारा स्वाद लिइन्छ।यस्तो रस कतै ६ त कतै ९ छन् भनिन्छ।

रसना(स्त्री लि.) जिभ्रो।कन्दनी।डोरी।

रयी(स्त्रीलि.) चन्द्रमा।

रुचिका ()

राल(पुलि.)मुखबाट निस्किने तरल पदार्थ।सालधुप।

रुद्र (पुलि.)शिव, रौद्र रस।

रूप(स्त्रीलि.) आकृति। स्वरूप।

रेचक (पुलि.) प्राणायामको एक अवस्था।

रोम (नपुलि.) रौं । ऊन । प्वाल। पानी।

लिङ्ग (नपुलि.) स्त्री वा पुरुष छुट्ट्याउने चिन्ह। पुरुषको मूत्रेन्दिय।

लिङ्गशरीर (नपुलि.) सूक्ष्म शरीर।३ शरीरमध्ये एक। लिङ्ग देह।

लीन(विशे.)ध्यानद्वारा भगवान्मा मिलेको।कुनै वस्तु भित्र पसेको।

लोक(पुलि.) कल्पित संसार।जगत्।समाज।

लोभ(पुलि.)अरुको धनमाल वा सामर्थ्य देख्दा हुने तृष्णा।

वृत्ति(स्त्रीलि.)घेर्ने वा छोप्ने वस्तु।माग।चुन्ने प्रक्रिया।

व्यान(पुलि.)शरीरमा रहने मुख्य पाँच वायुमध्ये सारा शरीरमा फैलने वायु।

व्यापक(विशे.) चारैतिर भरिएको। जताततै घेर्ने वा ढाक्ने।

व्यष्टि (स्त्रीलि.) समष्टिको एक अंश।एकल।

वचन (नपुलि.) शब्दको अर्थ। बोल्ने क्रिया। सल्लाह।

वर्णाश्रम (पुलि.) सनातन धर्म अनुसार ४ आश्रम।

वाक्य (नपुलि.)कुनै कुराको मतलब बुझाउने शब्दको समूह। भाषण।

वाक्(पुलि.) पञ्चकर्मेन्द्रियमध्ये एक। यसको विषय वचन र देवता अग्नि हो।मुख।

वाङ्मय (पुलि.) शब्दले भरिएको। साहित्य। अलङ्कार शास्त्र।

वासना (स्त्रीलि.) अनादि कालदेखि प्राणीमा रहिरहेको इच्छा, कामना। झुटो विचार। अज्ञान।

विकार (पुलि.) उत्पादन।देहविकार छ वटा छन् जन्म, अस्तित्व,बड्नु, तन्नेरी हुनु,वृद्ध हुनु, मर्नु।

विचरण (नपुलि.) घुमफिर गर्नु। हिंड्नु।

विचक्षणा (स्त्रीलि.) कुकुर डाइनो।

विट्टतिद्वार(विशेष.)स्युंदो।आइमाईहरूको सिन्दुर लाउने ठाउँ।

वितृष्णा (स्त्रीलि.)तृष्णा नहुनु।

विदेहमुक्ति(नपुलि.) जीवन छंदै मुक्ति।कैवल्य प्राप्त। चित्त आफ्नो कारणमा लीन भएको अवस्था।

विद्या(स्त्रीलि.) शिक्षा वा पढाइ द्वारा प्राप्त ज्ञान। उपनिषद्, ब्रह्मविद्या।

विद्यापीठ (नपुलि.)विद्याको चर्चा र पढाइ हुने विशेष स्थान।

विपरीत (नपुलि.) उल्टो। विलोम।

विपर्यय (पुलि.) उल्टो पाल्टो।मिथ्या ज्ञान।भ्रम।

विरजा(पुलि.) सन्यास लिने बेलामा गरिने होम।

विवर्तवाद(पुलि.)मायामा जगत्को छायां मान्ने वाद । अद्वैत वेदान्त वाद।

विवक्षा (स्त्रीलि.) बोल्ने अभिलाषा। परिणामतः हुने कुरा।

विवेक(पुलि.)असल-खराव कुरा बुझ्ने वा सोच्ने शक्ति।

विश्व (पुलि.)जीवात्मा।(विशे.) भएभरको सबै।

विषय (पुलि.) सांसारिक वस्तु। लौकिक आनन्द। शब्द स्पर्श, रूप, रस। सम्भोग।

विषूचिका (स्त्रीलि.)हैजा रोग।

विहित (विशेष.)निधो गरिएको। विधान गरिएको

विक्षेप (पुलि.) मनलाई यताउता लैजानु। ध्यानलाई बाधा। बिघ्न।

वेद(पुलि.)अपौरुषेय ग्रन्थ।४वेदकतै ३ र कतै ५ हुन्छ भनिन्छ।

वेदान्त (पुलि.)वेदको अन्तिम भाग। उपनिषद्। आरण्यक।

वैखरी(स्त्रीलि.)परावाणीको चौथो अवस्था।वाग्देवी।

वैश्वानर (पुलि.)चेतनशक्ति। परमात्मा।जठराग्नि।

वैदिक (पुलि.)वेदको विशेषज्ञ।वेदोक्त।

वैराग्य (नपुलि.) उदासीनता।मनन गर्नु। विषयप्रति अषन्तोष र घिन जाग्नु।

शब्द (पुलि.) ध्वनि।आवाज।अर्थ भएको बोली।

शङ्का(स्त्रीलि.) पछि आइपर्ने अनिष्ट कुरा वा  लाभ हुने कुराबारे मनमा उब्जाइने तर्क वा डर।

शरण(नपुलि.)आश्रय।बच्ने ठाउँ।

शर्व(पुलि.) शिव।

शरीर (नपुलि.)जीउ।देह। शरीर ३हुन्छन। स्थूल, सूक्ष्म, कारण।

शंकराचार्य (पुलि.) अद्वैत वेदान्त दर्शनका प्रवर्तक।मायावादका प्रथम व्याख्याता।

शान्ति (स्त्रीलि.)मनको त्यो अवस्था,जसमा चिन्ता,रिस,दु:ख आदि केही हुंदैन।

शाप(पुलि.)सराप। धिक्कार।

शास्त्र(नपुलि.) धर्मको उपदेश। शास्त्र छ छन्।

शास्त्रार्थ (पुलि.)दुई थरी विद्वानहरूबाट आपसमा गरिने शास्त्र सम्बन्धित छलफल।यसका ३ भेद छन्:जल्प,वाद र वितण्डा। प्रख्यात शास्त्रार्थ मध्ये एक शंकराचार्य र मन्डनमिश्रको शास्त्रार्थ हो।

शिरोव्रत(नपुलि.) ज्ञान सञ्चयकोष प्रतिकको रूपमा शिरमा अग्नि धारण, तेज धारण गरिने व्रत

शिस्न(पुलि.)पञ्चकर्मेन्द्रिय मध्ये एक, यसको विषय आनन्द र देवता प्रजापति हुन्।मुत्रेन्द्रिय।

शुण्डादण्ड(पुलि.) हात्तीको सुँड।

शुद्धीकरण।आशौचको चोख्याइ।

शुभेच्छा (विशेष.) कल्याणको भावना।

शून्यवाद(नपुलि.)बुध्दवाद।

शोक(पुलि.)दु:खदायी घटना आइपर्दा मनमा हुने खिन्नता वा चिन्ता।

शौच(नपुलि.)सफाइ 

श्र

श्रध्दा(स्त्रीहलि.)वेद। धर्म शास्त्र र गुरुको वचनमा हुने विश्वास।

श्री(स्त्रीलि.)धन। लक्ष्मी। सिद्धि।

श्रुति(स्त्रीलि.)सुनाई। सुनिएको कुरा।वेदसंहिता। विद्या।

श्रेय(नपुलि.)जस। मोक्ष। कल्याण।

श्रोत्रिय (पुलि.)वेदको विद्वान ब्राह्मण।

षट्सम्पत्ति (पुलि.)शंम,दम, तितिक्षा, उपरति , श्रद्धा , समाधान।

सङ्कोचन(नपुलि.) चाउरिनु। सङ्कोच मान्नु।

सङ्कल्प(पुलि.)कुनैकामगर्ने पक्का बिचार।

सत्वापत्ति()

सत्चित्आनन्द(नपुलि.)सत्य,चैतन्य,आनन्द स्वरुपमा रहनु।

सद्गुरु (पुलि.) ज्ञान दाता गुरु। परमेश्वर।

सम्बन्ध(पुलि.)सम्पर्क।कुनैसिद्धान्तसंग जोडिएको। साथसाथैको नाता।

समत्व (नपुलि.)बराबको।

समवाय(पुलि.) घनिष्ठ सम्बन्ध, साझा संस्था, बथान वा समुह।

समष्टि (स्त्रीलि.)जतिछन् , ती सबैको समूह।

समागम(पुलि.)भेट।मिलन।

समाधान(नपुलि.)समाधि।ध्यान।

सन्देह मेटाउने काम।

समाधि (पुलि.) तपस्या।चित्त अटल भएर म नै ब्रह्म हुं भन्ने अवस्थामा पुग्नु।

समान(पुलि.) वायुको एक प्रकार। नाभिस्थानमा रहन्छ।

समिधा (स्त्री लि.) यज्ञमा होम गर्दा आगो बालिने दाउरा।

समीप(स्त्रीलि.)नजिक, छेउमा।

सर्वान्तर(पुलि.) सबै भन्दा भित्रको। अन्तर्यामी।

सम्यक (अव्यय.) शुद्धसंग। ठिक संग।

स्पन्दन (नपुलि.)विस्तारै काँप्नु वा हल्लिनु।

स्पर्श (पुलि.)छुने काम।छुवाइ।

स्फुरण(नपुलि.)फुर्नु। सम्झना हुनु।

स्मृति (स्त्रीलि.)देवता वा ऋषिहरूले रचना गरेको श्रुतिको आशय भएको सनातन हिन्दूहरूको धर्मग्रन्थ। स्मरण।

स्मरण (नपुलि.) सम्झना। स्मृति।

स्थूल(नपुलि.)हाडमासुको शरीर।

स्वपिति(स्त्रीलि.)सुलेमानी खजुरको पिण्ड।

स्वप्न (पुलि.) सुतेको बेला देखिने अनेक घटनाहरू।

स्वयंप्रकाश(विशे.)आफैं बल्ने। आफ्नै प्रकाश भएको।

स्वराट(पुलि.) आफैं राजा।

स्वराष्ट्र(नपुलि.) आफ्नो देश, राज्य।

स्वराज्य (पुलि.) परमेश्वर।

स्वरूप (पुलि.) आकृति।आत्मा सच्चिदानन्द स्वरूप छ।

स्वस्तिवाचन(नपुलि.) यज्ञ वा पूजाको सुरुमा पढिने मन्त्र।

सम्भूति (स्त्रीलि.) उत्पत्ति। योग्यता।मेल।

संन्यास (पुलि.)चतुर्थाश्रम।वैराग्य। कानुनी अधिकारलाई आफूखुशी छाड्नु।

संप्रसाद(पुलि.) देवता आदिमा चढाइएको वस्तु।

संवर्तक (पुलि.) बेर्ने। नाश गर्ने।नाग।

संवित्(स्त्रीलि.) आत्मा। परमेश्वरको चैतन्य वा आत्मा स्वरूप। चेतना।

संवेदन(स्त्रीलि.)मनमा हुने गहिरो वोध। अनुभव।

संशय(पुलि.)नौथरी विघ्नमध्ये एक।धरमर।

सहन(नपुलि.)सहनु।क्षमा।

साधना(स्त्रीलि.)चारसाधन।साधन चतुष्टय।कुनै काम पूरागर्न गरिने काम।

साधु (पुलि.) धर्मात्मा मानिस। ऋषि।

साष्टाङ्ग(नपुलि.)आठै अङगले युक्त भएर।

साक्षी (स्त्रीलि.) साक्षी वा गवाही।आत्मा।

सांसारिकता(पुलि.)संसारी।दुनिया।

जगत्। मायाजाल।

सिद्ध(पुलि.) सिद्धि प्राप्त गरेको।सत्य मानिएको।

सुकृत(विशेष.) राम्रो सँग बनाइएको,(नपुलि.)पुण्य अतिथि सत्कार, पुरस्कार।

सुषुप्त (विशे.)गहिरो निद्रामा निदाएको।

सूक्ष्म शरीर(नपुलि)त्यसतो काल्पनिक शरीर, जुन सत्र तत्त्वहरू बाट बन्छ र मृत्युपछि पनि रहिरहन्छ।

सोमसवन(नपुलि.) कपुरको वन।अमिलिएको अन्नको रस।(पुलि.)सेतो खयर।

सोमसंस्था(स्त्रीलि.)सातथरि वैदिक यज्ञहरू जसमध्ये अग्निष्टोम,

अत्यग्निष्टोम,उक्थषोडशी, वाजपेय,अतिराग र आप्तोर्याम पर्दछन्।

हर्ष(पुलि.) खुशीयाली। प्रसन्नता।

हिरण्यगर्भ (पुलि.)त्यो ज्योतिर्मय अण्ड,जसबाट ब्रह्मादेखि लिएर सम्पूर्ण चराचरको उत्पत्ति भएको छ।ब्रह्मा।

ह्रदयङ्गम्(विशे.)मनमा रहने। राम्रो।

पुनश्च:-वेदान्तका यी शब्दहरू सर्ववेदान्तसिद्दान्तसारसंग्रह,आत्म अनात्मविवेक,गीता,ब्रह्मसूत्र,ब्रह्मजिज्ञासा,वेदान्तवार्ता,योगवशिष्ठ, पञ्चीकरण,पञ्चदशी,आत्मापुराण, हरिहरपूजाविधि नामक ग्रन्थहरू तथा स्वाध्याय सदनमा(आदि प्रयाग,देवघाट हरिहर सन्न्यास आश्रममा) सुनिएका प्रवचनहरूबाट संकलन गरिएका हुन्। यसलाई सूचीकृत गर्दा संस्कृत-शब्दकोश,के.एन.स्वामीको सहयोग लिइएको छ।

-        ---------       --------                            

७. आदि गुरु आचार्य शङ्कराचार्यका कृतिहरू:-

परम्परागतरूपमाआदि गुरु शंकराचार्यको कृतिहरूलाई ३ वर्गमा राखिन्छ।१.भाष्य।

२.प्रकरणग्रन्थ।३.स्तोत्र।

१.भाष्य:-शंकराचार्यले निम्न लिखित ग्रन्थहरूमा भाष्य लेख्नु भएको छ:- १.ब्रह्मसूत्रमा ब्रह्मसूत्रभाष्य २.ऐतरेय उपनिषद् ३.बृहदारण्यक उपनिषद् ४.ईश उपनिषद् (शुक्ल यजुर्वेद) ५.तैत्तरीय उपनिषद्(कृष्ण यजुर्वेद) ६.श्वेताश्वतर उपनिषद् (,, ,,)७.कठोपनिषद्(,, ,,)८. केनोपनिषद् (सामवेद) ९.छान्दोग्योपनिषद्(,, ,,) १०.माण्डुक्योपनिषद् तथा गौडपाद कारिका,११.मुण्डकउपनिषद्(अथर्ववेद)१२.प्रश्नोपनिषद्(,,)१३.भगवद्गीता (महाभारत)१४.विष्णुसहस्रनाम(,, ,,)१५.सनत्सूजातीय(,, ,,) १६.गायत्री मन्त्र (,, ,,)

२.प्रकरण ग्रन्थ:-१.विवेकचूडामणि २.उपदेशसाहस्री ३.शतश्लोकी ४.दशश्लोकी ५.एकश्लोकी ६.पञ्चीकरण ७.आत्मबोध ८.अपरोक्षानुभूति ९.साधनापञ्चकम् १०.निर्वाणशतकम् ११.मनिषापञ्चकम् १२.यतिपञ्चकम् १३.वाक्यशुद्धि १४.तत्त्वबोध १५.वाक्यवृत्ति १६.सिद्धान्ततत्त्व बिन्दु १७. निर्गुणमानसपूजा १८. प्रश्नोत्तरमालिका।

३.स्तोत्र:- आदि शंकराचार्यले शिव, विष्णु,देवी, गणेश एवं सुब्रह्मन्यमको स्तुतिको लागि धेरै रचना रच्नुभयो।ती हुन्:-गणेश स्तुति:-क.गणेशपञ्चरत्नम् । ख.गणेशभुजङ्गम्। शिवस्तुति:- क.काल भैरवाष्टक। ख. दशश्लोकी स्तुति । ग. दक्षिणामूर्ति  । घ. दक्षिणामूर्ति स्तोत्रम्। ङ. दक्षिणा मूर्तिवर्णमालास्तोत्रम् । च.मृत्युञ्जय मानसिकपूजा। छ.वेदसारशिव स्तोत्रम्। ज. शिव अपराधक्षमापन स्तोत्रम्। झ.शिव आनन्दलहरी। ञ. शिव-केशादिपादान्तवर्णनस्तोत्रम्। ट.शिव नामावली अष्टकम्। ठ.शिव पञ्चाक्षरस्तोत्रम्। ड.शिवपञ्चाक्षरा नक्षत्रमालास्तोत्रम्।ढ.शिवपादादिकेशान्त वर्णन स्तोत्रम्। ण.शिव भुजङ्गम्। त.शिव-मानसपूजा। थ.सुवर्णमाला स्तुति। शक्ति स्तुति:- १.अन्नपूर्णाअष्टकम्।२.आनन्दलहरी।३. कनकधारास्तोत्रम्। ४.कल्याण बृष्टिस्तव। ५.गौरीदशकम्।६. त्रिपुरासुन्दरी अष्टकम्।७. त्रिपुरासुन्दरी मानसपूजा।८. त्रिपुरासुन्दरी वेदपाद स्तोत्रम्।९. देवी चतु:षष्टि उपचार पूजा स्तोत्रम्।१०.देवी भुजङ्गम्। ११. नवरत्न मालिका।१२. भवानी भुजङ्गम्। १३. भमराम्बष्टकम।१४. मंत्रमात्रिका पुष्पमालास्तव।१५. महिषासुरमर्दिनीस्तोत्रम्।१६. ललिता पंचरत्नम्।१६. शारदा भुजङ्गप्रयात स्तोत्रम्।१७.सौन्दर्यलहरी।१८. नर्मदाष्टकम्। बिष्णु तथा वहाँको अवतारहरूको स्तुति:- क. अच्युताष्टकम्।ख. कृष्णाष्टकम्। ग. गोविन्दाष्टकम् । घ.जगन्नाथष्टकम्। ङ. पाण्डुरङ्गाष्टकम्। च. भगवन् मानस पूजा। छ. मोहमुद्गार(भजगोविन्दम्) । ज. रामभुजङ्गप्रयातस्तोत्रम्।झ. लक्ष्मीनृसिंह करालम्ब(करुणा रस) स्तोत्रम्।ञ. नरसिंह पंचरत्नम्। ट.विष्णुपादादिकेशान्तस्तोत्रम् । ठ.विष्णुभुजङ्गप्रयातस्तोत्रम्। ड.षट्पदीस्तोत्रम्। अन्य देवीदेवता तथा तीर्थहरूको स्तुतिहरू :- १. अर्धनारीश्वरस्तोत्रम्।२. उमामहेश्वर स्तोत्रम्।३.कासीपञ्चकम्।४.गङ्गाष्टकम्।५.गुर्वअष्टकम्।६.नर्मदाष्टकम्।७.निर्गुणमानसपूजा।८.मनकर्णिका अष्टकम्।९.यमुनाष्टकम्।१०.यमुनाष्टकम्-२।

८. हिन्दू धर्मग्रन्थहरूमाथि प्रमुख भाष्यहरूको सूची।

भाष्य कुनै सूत्रको व्याख्या वा टीका हो। प्राचीन रचनाहरू अति जटिल र दुर्बोध्य हुनाको कारण रचनाहरूलाई स्पष्टसंग बुझाउन भाष्य लेख्ने गरिन्छ। हालसम्म प्राप्त भाष्यहरूको नाम यसप्रकार छ:-© वेदको भाष्य।© निघण्टुको भाष्य।© पाणिनिको अष्टाध्यायी भाष्य।© ब्रह्मसूत्रको भाष्य।© उपनिषद्को भाष्य।© योगसूत्रको भाष्य।© न्याय दर्शनको भाष्य।© मीमांसा दर्शनको भाष्य।© वेदान्तको भाष्य।© वैशेषिकसूत्रको भाष्य।© साङ्ख्य दर्शनको भाष्य।© गीताको भाष्य।© आर्यभटीयको भाष्य।

९. हरिहर सन्न्यास आश्रम, देवघाट धाम (आदि प्रयाग), संक्षिप्त परिचय

श्री हरिहर मन्दिरको शिलान्यास २०४५ सालमा भएको हो।यो आदि प्रयाग देवघाट धाममा स्थित छ।यदि यस मन्दिर प्राङ्गणबाट भगवान श्रीहरिहर पश्चिममाभिमुख भएर उभिनु भएको छ भन्ने कल्पना गर्ने हो भने वहांको देब्रे करकमलपट्टि गलेश्वर मन्दिर र वेणी सङ्गम तथा दाहिने करकमलपट्टि देवघाट क्षेत्र विकास समिति,महेश संन्यास आश्रम र चक्रवर्ती मन्दिरलाई पाउन सकिन्छ। हरिहर मन्दिरको उदघाटन २०५१ सालमा भएको हो।प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन मन्दिर स्थापनादिवस मनाउने परंपरा छ।यो मन्दिर नेपालकै नमुना र सबैको आकर्षणको केन्द्र बिन्दु रहिआएको छ। कारण यसमा प्राणप्रतिष्ठित सुन्दर दिव्य मुर्तिहरू र मन्दिरको शिखर शैलीको   (हाल यो शीखर २०७२सालको भूकम्पमापरी चर्किएकोले सर्वसाधारण जनतालाई माख्लो तलामा जान रोक लगाइएको छ।) यहाँसम्म सबै भएगरिएका कार्यको श्रेय ब्रह्मलीन स्वामी परमानन्दज्यूमा जान्छ। संस्थापक स्वामी परमानन्दज्यू ब्रह्मलीन हुनुभएपछि हरिहर सन्न्यास आश्रममको रिक्त पीठाधीश पदमा वहांको उत्तराधिकारी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती ज्यू महाराज अभिषिक्त हुनुभएको थियो। अहिले यो हरिहर आश्रम एक वैदिक ग्रामको रूपमा विकसित भइसकेको छ। आश्रमको मन्दिरमा वहुदेवदेवताको सगुण स्वरूप (मूर्ति) सहितको भव्य मन्दिर,गुरुसमाधि स्थल तथा गुरुकुटी, परमानन्द संस्कृत गुरुकुल विद्ध्यापीठम्, छात्रावास,अध्यापक निवास,महानस-भोजनालय,सन्तनिवास, प्रवचन सदन, अतिथि गृह, पुस्तकालय, गौशाला,कृषिशाला र आन्तरिक सचिवालय स्थापित छन् भने पिउने पानी, विजुली, सञ्चार तथा सवारी साधनको निर्बाध सुविधा उपलब्ध छ । आश्रममा बटुक-छात्रहरू, आचार्य-प्राचार्य,संन्यासीसंन्यासिनी,ब्रह्मचारी-ब्रम्हचारिणीहरू,भक्त-भक्तिनीहरू वैतनिक कर्मचारी सेवकहरू एकै वैदिक समाजभित्रको परिवारको सदस्यको रूपमा आ-आफ्ना मर्यादामा रहनुहुन्छ।यो सबै उपलब्धि मुख्य रूपमा २०५३ सालदेखि यस आश्रममको अविच्छिन्न नेतृत्व सम्हालिरहनुभएका सन्त अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती अनन्त विभुषित महामण्डलेश्वर ज्यू, पूर्विय दर्शनका अनुयायीहरू, गुरुभक्त, शुभचिन्तक एवं विकास प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको अथक परिश्रमले सम्भव भएको हो। यहाँ आएर “देवघाट क्षेत्र विकास समिति “ लाई पनि बिर्सिन सकिंदैन। यसैगरी सर्वसाधारण जनताजनार्दनले समानान्तर रूपमा सहयोगको  हर क्षेत्रमा उत्साहवर्धक योगदान गरिरहनु भएको छ। मन्दिरले पनि मुख्य मन्दिर तथा आफ्ना देशभरै फिंजिएर रहेको ३० वटै शाखाबाट सर्वजनहिताय नित्य-नैमित्तिक कर्महरू आफ्नो नियत समय-सारिणी अनुसार चलाउंदै आएको छ।

    यस हरिहर सन्न्यास आश्रममको आफ्नै मौलिक दृष्टिकोण छ। यसका घोषित लक्ष्य, उद्देश्य तथा प्रस्तावित योजनाहरू सफलतापूर्वक अघि बड्दै छन्। (विस्तृत जान्न हेर्नुहोस हरिहरपूजा विधि, अन्तिम भाग) भर्खरै मन्दिर पुनर्निर्माण तथा गुरुकुलम्को स्तरोन्नतिको लागि अनन्त विभुषित महामण्डलेश्वर श्री १००८ स्वामी महाराज ज्ञानानन्द सरस्वती ज्यूको नेतृत्वमा भूमिदान महादान अभियान शुभारम्भ गरिएको छ। यो अभियानले नवघोषित कार्यक्रम त अघि बडाउंछ नै यस अतिरिक्त पूर्व प्रस्तावित योजनाहरूलाई पनि डोर्याएर सम्पन्न गराउने छ। फलस्वरूप श्री हरिहर सन्न्यास आश्रम हेर्दा हेर्दै एक वैदिक नगरीमा परिणत भएको गौरवपूर्ण घटनाको दर्शन पाइने छ। हरि:ॐ तत्सत् !!

१०. हरिहर सन्न्यास आश्रमबाट प्रकाशित ग्रन्थहरू

१. प्रवचन माला

२. वेदान्त प्रदीप

३. परमानन्दस्मृति (शोककाव्य)

४. स्वामी परमानन्द गुरु स्मृति ग्रन्थ

५. शिवमहिम्नस्तोत्रम्

६. श्री परमानन्दचरितामृतम्

७. हरिहर पूजा पद्धति

८. शिव गीता

९. परमानन्द चरितामृतम्(संस्कृत काव्यमा)

१०. सनत्सुजातीयम्

११. हरिहर पूजा विधि

१२. सर्ववेदान्तसिद्धान्तसारसङ्ग्रह

 अनुमतिद्वारा प्रकाशित:-

  १३. परमलघुमञ्जूषातत्वविचार

  १४.सिध्दान्तकौमुदी-स्वर वैदिक  प्रकरणम्।१५.परमानन्द पुन्य तिथि(निबन्ध )  परमानन्दपुण्यतिथिः

             श्रीहरिहरसंन्यासाश्रमः, देवघट्टधाम

श्रीहरिहरसंन्यासाश्रमस्त्रिशूलीकालीगण्डक्योः संगमस्योत्तरे देवघाटग्रामपालिकायां विद्यामानोऽस्ति । देवघट्टं  विश्वेषु तीर्थरूपेण प्रसिद्घम् । अस्याश्रमस्य स्थापना कैवल्यप्राप्तराष्ट्रसन्तस्वामिपरमानन्दसरस्वत्या अभूत् । अत्र गुरुकुलमपि सञ्चालितमस्ति । आसन्नभविष्यत्कालेऽत्र संस्कृतविश्वविद्यालयस्य स्थापना भवन्नस्ति । अस्मिन्नाश्रमे नेपालसन्तसमाजस्य  कार्यालयो वर्तते । वर्तमाने सन्तसमाजस्याध्यक्षो हरिहरसंन्यासाश्रमपीठाधीशाः श्री १००८ स्वामिज्ञानानन्दसरस्वतीमहाभागाः सन्ति । तत्र भवन्तः हरिहरसंन्यासाश्रमस्य विद्यापीठस्य च प्रधानसंरक्षका अपि सन्ति । आश्रमस्य दैनिकी सनातनवैदिकधर्मपरम्परान¬सारेण प्रचालितास्ति । नित्यकर्माणि, नैमित्तिककर्माणि च यथाशक्ति भक्त्या उल्लासेन च आयुजन्ते ।

          आश्रमस्य परमपर्व कैवल्यप्राप्तराष्ट्रसन्तस्य स्वामिपरमानन्दसरस्वत्याः पुण्यतिथिरस्ति । उत्तरायणारम्भे शिशिरर्तौ माघमासे कृष्णाष्टम्यां समशीतोष्णसमये, कृषिव्यापारयोः धनधान्योश्च महत्वपूर्णसमये शान्तिपूर्णसांसारिकवातावरणे शुभे काले ‘गुरुभण्डारा’ यावत् समीपमायाति तावदाश्रमस्य वातावरणं हर्षमयं भवदायाति ।

         भोजनालये वटवः भोजनग्रहणात् पूर्वं गुरुमहिमश्लोकानुच्चारयितुमातुरा भवन्ति । सन्तः भक्ताश्चाश्रमस्य भूषणार्थं स्वयं यत्र तत्र कार्य कुर्वन्ति कारयन्ति च । आश्रमसंरक्षकाः स्वामिमहोदया अहर्दिवं स्वयं तत्परा भवन्ति । पुण्यतिथौ प्रमुखाकर्षणकार्यक्रमः ‘परमानदकाव्यसरिता’ अस्ति । अयं कार्यक्रमः पुण्यतिथेः पूर्वाङ्गस्य सायंकाले  क्रीयते । विशेषतोऽस्मिन् कार्यक्रमे कवितावाचनं प्रहसनं नाटकमञ्चनञ्च क्रीयते । अस्मिन् वर्षे प्रा.डा. नारायणप्रसादखनालस्य प्रमुखातिथ्ये परमानन्दकाव्यसरिताकार्यक्रमो भव्यरुपेण सम्पन्नः । उक्तावसरे सुप्रभापत्रिकायाः सम्पादकः डा. नवराजब्रह्मचारी पत्रिकायाः प्रगतेः कामनामकरोत् । डा. बलरामब्रह्मचारी च परमानन्दकाव्यसरितायाः सफलतायै कामनां कृतवान् । अस्य कार्यक्रमस्य व्यवस्थापकाः स्वाभिनः मुक्तानन्दमहोदया आसन् ।

परमानन्दस्वामिनः पुण्यतिथौ प्रातकाले रुद्राभिषेकं जातम् । दूरदेशादागतानां सतां प्रवचनमात्मानन्दगिरेः प्रमुखातिथ्येऽभूत् । तत्र कृष्णानन्दगिरिमहोदयो रमणानन्दमहोदयोऽन्ये च साधवः ब्रह्मलीनपरमानन्दस्वामिनः श्रद्घाञ्जलिं तथा गुणप्रशंसां  चाकुर्वन् । तस्मिन् समारोहे स्वामिनः शिष्यौ बलरामब्रह्मचारी स्वागतभाषणं तथा सुभाषचैतन्यब्रह्मचारी धन्यवादज्ञापनं  चाकुरुताम् । काव्यसरितायां सहप्राध्यापको नवराजपाण्डेयः कवयः विभिन्नाथितयः, छात्राः, जुममाध्यमेन विशिष्टकवयश्च वाचका आसन् । अस्यं कार्यक्रमस्यायोजना परमानन्दछात्रकल्याणपरिषदा कृता । कार्यक्रमस्याध्यक्षता पूज्याः स्वामिनः ज्ञानान्दमहाभागा अकुर्वन् । सभान्ते स्वामिमहोदयाः कार्यक्रमस्य समापनं कुर्वन्तः सन्त उपस्थितान् जनान् प्रति प्रसादग्रहणार्थमनुरोधमकुर्वन् । भोजनस्थाने वस्त्राच्छादितं प्राङ्गणमासीत् । तस्मिन् स्थाने लम्बासने पंक्तिबद्घाः साधवः, छात्राः, शिक्षकाः, पण्डिताः, भक्ता आमन्त्रिताथितयस्च स्वादिष्टभोजनं स्वरुच्यानुसारेण शनैः शनैः दक्षिणां गृणन्तो भोजनं कृतवन्तः। सुखासने भोजनसमये बालमोहनभोगवत् भोजनं कुर्वतो दृश्यं ट्टष्टवा स्वयं मोहन आगतो वा ? इति भानमभूत् । अनेन प्रकारेण निमन्त्रिता अथितय आश्रमपरिवारश्च तथान्ये चाथितयः भक्ष्यं भक्षयन्तो भोज्यं भ¬ञ्जानो लेह्यं  लिहन्तश्चोष्यं चुसन्तः पेयं पिबन्तस्तृप्ता अभूवन् । ततस्चतुर्विशतितमा पुण्यतिथिः निर्विघ्नतया समाप्ता ।

अस्मिन् कार्यक्रमे मिष्टान्नपर्वतः, शस्कुलिकापर्वतः रोटिकापर्वतः पुलकपर्वतः शाकपर्वतश्चासन् । अस्य समाप्तिस्तु सप्ताहपर्यन्तमाश्रमवासिभिरथितिभिः पथिकैर्वानरैर्गोभिः पक्षिभिः प्रशस्तरूपेण भुक्त्वा सम्पन्ना । श्वादय, काकादयश्च, क्षुद्रजन्तवोऽपि तृप्ताः । भोजनपत्राणि बहुसमयपर्यन्तमग्नौ प्रज्ज्वलितानि अवलोक्य प्रतीयते यत् स्वयं अन्नपूर्णात्र समागता । पाठकमहोदया आगामिवर्षे परमपूज्यस्वामिनः स्मृतिपर्व पञ्चविंशतितमत्वात् ‘रजतजयन्ती’ भव्यतया दिव्यतया च भविष्यति । आगमी रजततिथिः हर्षोल्लासेन सह भवेदिति कामये । हरिहरः जयतु । 

निबन्धकार:

भक्तः -श्रीठाकुरः श्रीहरिहराश्रमः

  NB वेदान्त दर्शनका केही पठनीय ग्रन्थहरू।१.अद्वैत सिद्धि २.आत्मातत्वाविवेक ३.खण्डनखण्डखाद्यम् ४.तत्वविन्दू ५.तत्वत्रयम् ६.तत्वप्रदीपिका ७.ब्रह्ममीमासा सूत्रम् ८.विचारचन्द्रोदय ९.न्यायसिध्दान्तमुक्तावली १०.तर्कशास्त्र।

११.उपसंहार ।

                   यहाँ सम्म आइपुग्दा यस्तो लाग्छ – “ यो पृथ्वी(लोक)भरि मात्र एउटा प्रश्न व्याप्त छ , त्यो प्रश्न हो – मानिसले के गर्नु पर्दछ ? दिक्क मान्न पर्दैन , उपस्थित प्रश्नको सम्यक उत्तर पनि फेला परिसकेको छ, जुन हो – ‘ मानिसले एउटै काम गरे पुग्छ , त्यो हो – मुक्ति प्राप्ति ' । पाठक वृन्द ! के यो मेरो ' मनन अनुमितिको ' स्वत्व सत्य हो ? संशय लागे पुनरावृत गरौं , पक्कै निश्चय(मुक्ति)प्राप्ति हुनेछ ! हुनेछ !! हुनेछ !!! स्वत्व सत्य हो।अस्तु ।

            *समाप्त*

अन्तिम पृष्ठ

“कुनै पनि विषयको ज्ञान गरेर या जिज्ञासु बनेर लेख्नु भनेको एकप्रकारको खोजी गर्नु हो र त्यस्तो खोज गर्न नसक्नेहरूको निम्ति यस्तो समाग्री प्राप्त हुनु भनेको ठूलो सौभाग्यको कुरा हो।...जे होस् ‘मनन अनुमिति’(अद्वैत वेदान्त सामान्य ज्ञान)को यो खण्ड वेदान्त ज्ञान पिपासुका निम्ति अत्यन्त सहायक हुने देखिन्छ”-प्रा.डा.नारापण प्रसाद खनाल (भूमिकाबाट)“                  

 

वानप्रस्थी:श्री ठाकुर प्रसाद अधिकारी

जन्म: २०१४, भाद्र, डाँडाथोक, तुप्चे,न्वाकोट।


मातापिताको नाम:मोदनाथ

- डोलकुमारी

शिक्षा:SLC 2031, सम्प्रति: श्री हरिहर सन्न्यास आश्रम देवघाट धाममा ‘ब्रह्मविद्या’ (अद्वैत वेदान्त दर्शन)अध्ययनरत।

प्रकाशित कृति:रातो घाँगर(कथा संग्रह/ब्लगरमा)। अप्रकाशित-कविता,कला,सपना र अन्य पनि तयार छन्।

प्रकाशोन्मुख:’मनन अनुमिति'

(अद्वैत वेदान्त दर्शन सामान्य ज्ञान)।

सम्पर्क:कवासोती-१६,सातघरे, नवलपरासी पूर्व।

मोवाइल:९८११९६५५३७

इमेल: thakuram4@gmail.com

वेबpostthakuram.blogspot.com













No comments